id
stringlengths
8
46
url
stringlengths
35
109
title
stringlengths
10
138
summary
stringlengths
17
955
text
stringlengths
111
16.8k
news-53519251
https://www.bbc.com/nepali/news-53519251
कोरोना भाइरस नेपाल: लकडाउन खुलेपछि सरकार र नागरिकले 'गर्नैपर्ने तीन-तीन काम'
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै देशैभरि भिडभाड बढेर कोरोनाभाइरसको जोखिम थप वृद्धि भएको चिन्ता व्यक्त भइरहेका बेला जनस्वास्थ्यविद्हरूले अब रोगबाट बच्न "थप सुरक्षात्मक उपाय अपनाउने जिम्मेवारी नागरिकहरूको काँधमा आएको" बताएका छन्।
लकडाउन खुलेपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ उनीहरूले नागरिकहरूले विशेष सतर्कता र सुरक्षात्मक उपाय अपनाउनु पर्ने र सरकारले समुदायस्तरमा परीक्षणको दायरा बढाउनुपर्ने सुझाव पनि दिए। मङ्गलवार राति १२ बजेदेखि देशव्यापीरूपमा लगाइएको लकडाउन सकिएको सरकारी निर्णय आएपछि देशैभरि मानिसहरूको चहलपल बढेको विवरणहरू आएका छन्। सडकमा केही मात्रामा सार्वजनिक यातायातका साधनहरू गुडेका छन् भने कतिपय व्यावसायिक क्षेत्र र सरकारी तथा निजी कार्यालयहरू खुलेका छन्। त्यसले जताततै भिडभाड बढाउँदा सामाजिक दूरी कायम नभएकाले सङ्क्रमणको जोखिम निकै बढेको जनस्वास्थ्यविद्हरूको भनाइ छ। यस्तो जोखिम कम गर्न नागरिकहरू र सरकारले गर्नुपर्ने आवश्यक कुराहरू के-के हुन्? जनस्वास्थ्यविद्हरूका अनुसार नागरिकले सतर्क रहन गर्नुपर्ने कुराहरू: १. उत्साहित नहुनु जनस्वास्थ्यविद्हरूले लकडाउन खुले पनि नागरिकहरूलाई उत्साहित भएर पहिलेकै जस्तो जीवनशैली नअपनाउन सुझाव दिएका छन्। उनीहरूका अनुसार नेपालमा कोरोनाभाइरसको जोखिम शून्य भएको वा घटेको भन्दा पनि कायम रहेकाले "मानसिक र व्यावहारिक रूपमा" निश्चिन्त हुने अवस्था छैन। नेपाल जनस्वास्थ्य सङ्घका पूर्व अध्यक्ष एवम् एकजना जनस्वास्थ्यविद् भोगेन्द्रराज डोटेल भन्छन्, "अब सङ्क्रमणबाट बच्न हामी आफैँले सजग हुनुपर्ने बेला आएको छ। कसैको अनुहार हेरेर त उसलाई कोरोनाभाइरस लागेको छ वा छैन थाहा हुँदैन। त्यसैले 'आफ्नो पोको बलियो पार्नु अरूलाई दोष नलगाउनु' भनेझैँ आफैँ सतर्क रहनुपर्छ।" उनले सङ्क्रमण रोक्न अपनाउनुपर्ने न्यूनतम मापदण्ड अपनाउन सबैलाई आग्रह गरे। सरुवा रोगका विज्ञ डा. बाबुराम मरासिनी लकडाउन हट्दा अहिले धेरैले कोरोनाभाइरस समाप्त भएजस्तो गरी व्यवहार गरेको भन्दै "सबैले कोरोनाभाइरस लाग्न सक्छ" भन्ने सोचेर हिँड्नुपर्ने सुझाव दिन्छन्। २. सुरक्षाका उपाय अपनाउन जारी राख्नु लकडाउन हटेपछि भिडभाड बढेर जोखिम थप वृद्धि भएकाले सामाजिक र शारीरिक दूरी कामय गर्ने कुरा थप महत्त्वपूर्ण हुन पुगेको विज्ञहरूको भनाइ छ। न्यूरोडमा मानिसको भिड नेपालमा अधिकांश सङ्क्रमितहरूमा लक्षण नदेखिएकाले जोखिम धेरै रहेको उनीहरू बताउँछन्। "अब सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ," डोटेल भन्छन्, "लकडाउन खुले पनि आवश्यक नपर्दासम्म घरबाट बाहिर ननिस्कनु नै उत्तम हुन्छ।" उनी अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डाक्टर शेरबहादुर पुन सङ्क्रमणबाट जोगिनका लागि अब सर्वसारधाणले सार्वजनिक यातायात र कार्यालयहरूमा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, "बसहरूमा सङ्क्रमण फैलने खतरा बढी हुने भएकाले यात्रा गर्दा सकेसम्म भाडा ठीक पारेर दिने र धेरैले प्रयोग गरेको पैसा कम प्रयोग गर्ने बानी बसाल्नुपर्छ। चालक सहचालकले पनि सुरक्षाका उपाय अपनाउनु पर्छ। गाडीमा बस्दा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्छ।" पुन कार्यालयहरूमा पनि पहिलेको जस्तो नजिकै बसेर काम गर्ने भन्दा पनि दूरी कायम गर्नुपर्ने तथा चिया र खाजा खाने बहानामा भिडभाड गर्ने चलनलाई निरुत्साहित गर्नुपर्ने बताउँछन्। त्यस्तै एउटै कार्यालयमा एकै स्थानमा बसेर फरक मानिसहरूले काम गर्नुपर्ने अवस्था रहेमा एक व्यक्तिले छाडेपछि निर्मलीकरण गर्नुपर्ने पनि उनको सुझाव छ। सेवाग्राही र सेवाप्रदायक दुवैले सुरक्षाका उपाय अपनाएर मात्र सेवा प्रवाह गर्नुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्। ३. 'अरूको बारेमा पनि सोच्नुहोस्' जनस्वास्थ्यविद्हरू अब सबै नागरिकले पहिलेभन्दा पनि बढी अन्यको बारेमा सोच्नुपर्ने बेला आएको बताउँछन्। कतिपय सवारीसाधनमा सावधानी नअपनाइकनै यात्रु राखिएको पाइएको छ उनीहरूका अनुसार अहिले कतिपय व्यक्तिहरूले 'म त युवा उमेरको छु त्यसैले केही हुँदैन' भन्ने जस्तो व्यवहार देखाएको देखिएको छ। "तर त्यही व्यक्तिको घरमा वृद्धवृद्धा वा दीर्घरोगीहरू हुनसक्छन्। उसको सम्पर्कमा पनि त्यस्ता व्यक्ति पुग्नसक्छन्। त्यसैले सबैले 'मलाइ केही नभए पनि अरूलाई हुनसक्छ' भन्ने सोचिदिनुपर्छ," मरासिनी भन्छन्। जनस्वास्थ्यविद्का नजरमा सरकारले गर्नुपर्ने कामहरू: १. समुदायमा परीक्षण बढाउनु लकडाउन अन्त्य भएको खबरसँगै कतिपय जिल्लाहरूमा समुदायस्तरमा सङ्क्रमण भेटिएको सङ्केत पाइएको व्यहोराका खबरहरू पनि आइरहेका छन्। अधिकारीहरूले भने कोरोनाभाइरस समुदायस्तरमा फैलिएको भनेर आधिकारिक रूपमा बताइसकेका छैनन्। यस्तो अवस्थामा अब सरकारले पुरानो मापदण्डलाई परिवर्तन गर्दै समुदायस्तरमा व्यापक परीक्षण अघि बढाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ। यसरी परीक्षण गरिएमा सङ्क्रमणको वास्तविक अवस्था जानकारी हुने डोटेल बताउँछन्। पुन पनि उनको मतसँग सहमत छन्। उनी समुदायस्तरमा सङ्क्रमणको सङ्केत पाइएका क्षेत्रमा परीक्षण व्यापक बनाएर यथार्थ पत्ता लगाउनुपर्ने सुझाव दिन्छन्। २. वृद्धवृद्धा र दीर्घरोगी लक्षित सतर्कता अपनाउनु विज्ञहरू अब सरकारले वृद्धवृद्धा र दीर्घरोगीहरूलाई लक्षित गरेर सङ्क्रमण नियन्त्रण तथा रोकथामका उपायहरूलाई अघि बढाउनुपर्ने सुझाव दिन्छन्। नेपालमा कोभिड-१९ बाट मृत्यु भएकामा अधिकांश दीर्घरोगी भएको देखिएको भन्दै उनीहरूले सरकारले अब जोखिम क्षेत्रमा गरिने परीक्षणमा पनि दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकता दिनुपर्ने बताए। पुन भन्छन्, "अब हामीले जोखिममा परेका क्षेत्र र समूहलाई छुट्ट्याएर परीक्षण बढाउनुपर्ने हुन्छ। अबको ध्यान त्यतातर्फ जानुपर्छ।" विशेषगरी राजधानी काठमाण्डूसहित शहरी क्षेत्रमा यस्ता जोखिम समूहका नागरिकहरूको सङ्ख्या धेरै भएकाले ती क्षेत्रमा सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्यविद्को भनाइ छ। ३. मापदण्ड बनाउनुपर्ने र अनुगमन गर्नुपर्ने कतिपय जनस्वास्थ्यविद् चाहिँ सरकारले लकडाउन अन्त्य गर्ने र विभिन्न पेशा व्यवसाय खोल्ने निर्णय गरे पनि त्यसै अनुसार मापदण्ड नबनाएकाले समस्या उत्पन्न हुनसक्ने देख्छन्। त्यस्तैमध्येका एक जनस्वास्थ्यविद् मरासिनी सरकारलाई होटल रेस्टुराँदेखि यातायातसम्मका लागि मापदण्डहरू बनाउन र समुदायस्तरमा परीक्षण बढाउन सुझाव दिन्छन्। उनी भन्छन्, "सरकारले विभिन्न क्षेत्र खोल्ने भने पनि ती हरेक क्षेत्रमा कस्ता सुरक्षात्मक उपाय अपनाउनुपर्ने हो भन्नेबारे मापदण्ड बनाइएको देखिँदैन। त्यो नगरी सङ्क्रमण थप बढ्नसक्ने देखिन्छ। सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ।" उनी सार्वजनिक स्थलमा सावधानी अपनाइएको वा नपनाइएकोबारे सरकारले निगरानी र अनुगमन गर्नुपर्ने पनि बताउँछन्।
news-48251509
https://www.bbc.com/nepali/news-48251509
ड्रोनको प्रयोग गरेर प्रत्यारोपण गर्ने मिर्गौला बिरामी र चिकित्सक भए ठाउँ पठाइयो
अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ।
मेरीलन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो। सो ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानमा पुर्‍याउने लाई सुरक्षित राखेर प्रत्यारोपण गर्ने स्थानमा विशेष प्रणाली जडान गरिएको छ। यसको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-41415023
https://www.bbc.com/nepali/news-41415023
नेपाल मेरो ठूलो प्रेरणा: प्रबल गुरुङ
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका 'फेशन डिजाइनर' प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ३८ वर्षको उमेरमा उनले 'फेशन डिजाइनिङ'को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ। उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्। फेशन दुनियाँमा आफूलाई स्थापित गराएका तिनै प्रबल गुरुङलाई हालै न्यूयोर्कस्थित उनको कार्यालयमा भेटेर हाम्रा साथी फणीन्द्र दाहालले काठमाण्डूदेखि न्यूयोर्कसम्मको आफ्नो सफलताको यात्रा फर्केर हेर्दा कस्तो लाग्छ? भनेर सोधेका थिए।
प्रबल गुरुङ्ग साँच्चै भन्ने हो भने फर्केर हेर्ने फुर्सद नै छैन। अच्चम पनि लाग्छ तर आफूलाई मन लागेको काममा आफ्नो भविष्य बनाउँछु भन्ने लक्ष्य थियो। त्यो विस्तारै पूरा हुँदै गएको छ। उद्देश्य, आँट र मेहनत सबै सही ठाउँमा मिलेपछि भाग्य चम्किंदोरहेछ जस्तो लाग्छ। गर्न अझै धेरै बाँकी रहेको पनि मलाई महसुस हुन्छ। तपाईँका संघर्षका दिनहरु कस्ता थिए? मैले आफ्नो व्यवसाय शुरु गर्न खोज्दा संसारकै अर्थतन्त्र ओरालो लागिरहेको थियो। मलाई कतिजनाले त्यो बेला व्यापार शुरु नगर्न सुझाव दिएका थिए। पहिला म जहाँ डिजाइन निर्देशक थिएँ, त्यो काम छाडेर मैलै जुन आफ्नो बचत थियो त्यो राखेर म यहाँको बेरोजगार कार्यक्रममा सहभागी भएको थिएँ। अमेरिकी सरकारले काम पाएन भने बेरोजगारहरुलाई पैसा दिन्छ। ठूलो घर छाडेर एउटा सानो स्टुडियो अपार्टमेन्टमा मैले मेरो व्यवसायको शुरुवात गरेको हुँ। अहिले सम्झिंदा जुन संघर्षका दिन थिए र अहिलेपनि छन् त्यसले मलाई ठूलो पाठ सिकाएको छ। तपाईँले फेशन डिजाइनमा लाग्ने निर्णय लिँदा कस्ता चुनौतीको सामना गर्नुभयो? काठमाण्डूमा जब मैलै फेशन डिजाइनिङमा लाग्ने आफ्नो इच्छाबारे कुरा निकाल्दा मेरा बुवा, आमा, दिदी-भिनाजु, दाइसहित मेरो परिवारले पूर्णरुपमा साथ दियो। तर त्यहाँबाहेक सबैले यो त राम्रो शौख हो तर काम चाहिँ के गर्ने भनेर होच्याएर कुरा गरेको थुप्रै पटक सुन्नुपर्‍यो। के लुगा सिउने काम गर्ने भनेर उनीहरुले सोध्ने गर्थे किनभने काठमाण्डू जस्तो ठाउँमा हामीलाई डाक्टर, इञ्जिनियर सबैभन्दा ठूलो काम त्यसबाहेक कि फाइनान्समा काम गर्नुपर्‍यो भन्ने सोच राख्ने गरिन्छ। अझ केटा मान्छे त्यो पनि लुगाको काम गर्ने भनेर ठूलै असन्तुष्टि व्यक्त भएको थियो। तर मेरी आमाले भने संसारमा आफूलाई मन लागेको चिज जुन कामले भित्रदेखि खुशी दिन्छ, त्यही नै काम गर्नुपर्छ भनेर सिकाउनुभएको थियो। पैसा कमाएर मात्रै जिन्दगीमा केही फरक पर्दैन भन्ने गर्नुहुन्थ्यो। खुशी लाग्ने गरी काम गर्न र त्यो कामबाट आफूलाई मात्रै नभएर अरुलाई पनि फाइदा पुग्नुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो। शुरु शुरुमा मैलै सहयोग पाइनँ तर मलाई अहिले त्यसलाई लिएर न कुनै रिस छ न कुनै दुःख छ। मैलै फेशन डिजाइनिङ पढ्दा कोही पनि थिएनन् तर अहिले काठमाण्डू जाँदा थुप्रै युवाहरु यो क्षेत्रमा रहेको पाउँछु त्यो देखेर मलाई एकदमै खुशी लाग्छ। न्यूयोर्कमा आएपछिको चुनौती कस्तो थियो? शुरुमा एकदमै गाह्रो थियो। अहिले पनि झण्डै आठ वर्षदेखि मेरो आफ्नै ब्राण्डको व्यवसाय छ। मेरो नाम पहिला नसुन्ने मानिसहरुले भाग्यमानी थियो त्यही भएर सफल भयो भन्छन् तर साह्रै गाह्रो थियो। अमेरिकाको न्यूयोर्क जस्तो ठाउँमा म कोही मान्छे नचिनिकनै आएको थिएँ। शुरुदेखिनै 'पार्सन्स स्कूल अफ डिजाइन'मा पढ्नेदेखि लिएर पार्सन्स र उसको प्रतिस्पर्धी कलेज एफआइटीको फेशन प्रतियोगिता थियो। पार्सन्सले जित्यो अनि मैले उत्कृष्ट डिजाइनर पाएँ। त्यहाँदेखिको शुरुवात हो मेरो अनि त्यसपछि डोना क्यारोनमा 'इन्टर्नशीप' थियो। त्यतिखेर एउटा पदका लागि करिब २५ जनाले निवेदन दिएका थिए। मैले पाएँ। हरेक क्षणमा मैले संघर्ष गरेको छु। मलाई जति चुनौतीपूर्ण काम हुन्छ त्यति नै इच्छा लाग्छ। सजिलो काम गर्न झ्याउ लाग्छ। नेपालको विद्यालय जीवन र हुर्काईले तपाईँलाई आफ्नो अहिलेको काम गर्न कतिको प्रेरणा दियो? मेरो हुर्काई र विद्यालयको जीवन एकदमै गाह्रो थियो। अरुभन्दा अलग किसिमको मान्छे भएँ म। मेरा धेरै साथी पनि थिएनन्। मलाई जहिले पनि चित्र बनाउने मात्रै इच्छा लाग्थ्यो। कुनै राम्रो विद्यार्थी जो पढेर प्रथम आउँथ्यो त्यस्तो पनि म भइनँ। र, मलाई हेप्थे। कुटाई पनि खाइन्थ्यो किनभने म सबै केटाहरु मात्रै पढ्ने विद्यालयमा पढ्थेँ। त्यसबेला मलाई कत्तिको गाह्रो थियो भनेर मेरो परिवारलाई थाहा छ। मेरा दाइ-दिदी एकदमै राम्रो पढ्ने र कक्षामा पनि पहिलो आउने गर्नुहुन्थ्यो। विद्यालयमा पढ्दा मेरो आमालाई शिक्षकहरुले प्रबल ठीक हो तर दाइजस्तो राम्रो होइन भनेर भन्थे। मेरी आमाले मेरा दुईजना छोराहरु अलग मानिसहरु हुन् त्यही भएर उनीहरु एउटै हुन्छ भन्ने मेरो इच्छा पनि छैन भन्नुहुन्थ्यो। त्यसले बच्चामा मलाई प्रोत्साहन दियो। मेरा सहपाठीहरुले तँ अलग छस् भनेर भन्दा-भन्दा मलाई त्यसबेला त्यसो भए म आफ्नो अलग किसिमको बाटो रोज्छु भन्ने भयो। उनीहरुले होच्याएर अलग किसिमको मान्छे भनेका थिए तर त्यो नै मेरो लागि सबैभन्दा ठूलो शक्ति र बलको कुरा भयो। तपाईँको पहिरन अमेरिकाको प्रथम महिला मिशेल ओबामादेखि ब्रिटेनकी राजकुमारी केटसम्मले लगाएका छन्। तपाईँमा के जादु छ जसले विश्वका चर्चित महिलाहरुलाई तपाईँले बनाएका पोशाकले आकर्षण गर्छ? जादु त थाहा भएन। तपाईँले उहाँहरुलाई नै सोध्नुपर्ला। तर मैले जुन डिजाइन गर्छु यो चाहिँ सबै मेरो भित्रैदेखि नै सफा मनले गरेको काम भएर पनि होला। म नारी जातिलाई एकदमै श्रद्धा गर्छु किनभने मेरो आमा मेरो एकदमै ठूलो प्रेरणाको स्रोत हो। हाम्रो देशमै होस् कि अरु देशमै होस् महिलाहरुलाई होच्याउने गरिन्छ। उनीहरुलाई पुरुषभन्दा तल्लो दर्जामा राख्ने गरिन्छ। असमानताको यो रीतिरिवाज संसारभर कायम छ। त्यही भएर मैले डिजाइन गर्दा जुन महिलाहरुले मैले तयार पारेको कपडा लगाउँछन् उनीहरुको आत्मविश्वास अझै बढोस् भन्ने चाहन्छु। त्यसरी नै म कपडाको डिजाइन गर्छु। तपाईँले आफ्नो कामकै कारणले केही समय पहिले तत्कालीन प्रथम महिला मिशेल ओबामासँग भेट्नुभयो, त्यसबेला तपाईँलाई कस्तो लाग्यो? त्यसबेला म भित्रैबाट भावुक भएँ किनभने मेरी आमा मेरो लागि सबैभन्दा ठूलो हौसला र प्रोत्साहन दिने मान्छे हो। मलाई संसारले विश्वास नगर्दा उहाँले विश्वास गर्नुभयो। म जे छु आज उहाँकै कारणले छु। जब मलाई ह्वाइट हाउसमा एउटा 'गर्ल्स राइजिंङ' अर्थात् बालिकाहरु अघि बढिरहेका छन् भन्ने विषयको कार्यक्रममा बोलाइयो, मैलै मेरो आमा र मेरो भान्जी पनि लिएर आउन मिल्छ भनेर सोधेँ। त्यसको हुन्छ भन्ने जवाफ आयो। लामबद्ध भएर मेरो आमाले मिशेल ओबामासँग भेट्नुभएको त्यो क्षण म जीवनभर बिर्सिनँ। मिशेल ओबामा मेरो यात्राका लागि प्रेरणादायी हुनुहुन्छ र उहाँका विचार र सिद्धान्त मलाई एकदमै चित्त बुझ्छ। अनि मेरा सबैथोक मेरी आमा हुन्। त्यो भेटमा मिशेल ओबामाले 'टु से वि लभ प्रबल इज एन अण्डरस्टेटमेन्ट' अर्थात् यदि हामीले प्रबललाई माया गर्छौँ मात्रै भन्यौ भने त्यो कम हुन्छ निक्कै धेरै माया गर्छौँ भन्नुभयो। त्यो क्षण मेरो लागि एकदमै अविस्मरणीय हो। त्यसबेला मैलै संसारलाई धन्यवाद दिए। म नेपालदेखि एउटा लुगा बनाउने डिजाइनर बन्न र आफ्नै सानो व्यवसाय गर्न न्यूयोर्क आएको थिएं तर त्यो क्षण मैले इच्छा र आशा राखेको भन्दा धेरै परको थियो। तपाईँको काममा नारीवादी अभियानकर्ता लेखक, कविहरुको ठूलो समर्थन छ। के कारणले सम्भव भयो? मैलै अघि पनि भने नारी जातिप्रति मेरो एकदमै ठूलो श्रद्धा छ त्यसबाहेक मलाई पूर्ण विश्वास पनि छ। सरकार र राजनीतिका महत्त्वपूर्ण पदहरुमा अहिलेसम्म नेपालदेखि विश्वभर पुरुषहरुको व्यापक उपस्थिति छ। त्यही भएर संसारमा जलवायु परिवर्तनदेखि कैयौँ समस्या आएका छन्। असमानता, जातीय विभेद जस्ता विश्वव्यापी समस्या धेरैजसो पुरुषकै कारणले भइरहेका छन्। मलाई के लाग्छ छ भने यदि निर्णय गर्ने टेबलमा २० जना मान्छे छन् भने १० जना महिला हुनैपर्छ, त्यसपछि निर्णय नै फरक पर्छ। पढेलेखेका महिलाले त्यस्तो परिवर्तन ल्याउँछन् भन्नेमा मलाई विश्वास लाग्छ। महिलाहरुको सोचाई अलि फरक छ। नेपालमा गाउँघरमा भन्छन् नि यदि महिलाले काम गरेर पैसा कमाएको छ भने परिवारलाई हेर्छ तर पुरुषहरुले कमाएका छन् भने रक्सी खान जान्छ। मलाई त्यो ठीक हो जस्तो लाग्छ। यसपालि न्यूयोर्क फेशन विकमा एकजना प्रखर नारीवादी अभियन्ता ग्लोरिया स्टाइनम पनि तपाईँको प्रदर्शनी हेर्न आइन्? उनलाई कसरी ल्याउनुभयो? अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ‌‍ओबामाले प्रबल गुरुङ्गले डिजाइन गरेको पोशाक लगाएकी थिइन्। ग्लोरिया स्टाइनम महिला अधिकार र मानवअधिकार एउटै हो भन्ने खालको विचार राख्ने अभियानकर्ता हुन्। पहिलेदेखि नै मैले उनीबाट प्रेरणा लिएको थिएँ। अनि त्यसपछि मैलै चाँहि उहाँलाई चिठी लेख्थें तर कहिलेपनि सोचिन कि उहाँ आउनुहुन्छ भनेर। हामीले सधैँ निम्तो पठाइराख्थ्यौँ तर यसपालि उहाँले जवाफ पठाएर म आउँछु भन्नुभयो। मेरो काम उहाँले देख्नुभएको रहेछ अनि मैलै स्पष्ट रुपमा महिला जातिको अधिकार र न्यायका बारेमा धारणा राखेको थाहा पाउनुभएको रहेछ। फेशनबाट ती कुराहरु मैले अघि बढाइरहेको देख्दा आफूलाई एकदमै प्रभाव परेको बताउनुभयो र उहाँ आउनु भयो। तर नारीवादलाई प्रबर्द्धन गर्ने तपाईँका कतिपय पोशाक एकदमै महंगा रहेछन्, एउटै टीशर्टको झण्डै २ सय डलर अर्थात् करिब २० हजार रुपैयाँ। यो महंगो भएन? महंगो नै हो किनभने गुणस्तर कायम राख्न त्यो गर्नैपर्छ। यो टीसर्ट जति सबै इटलीमा बन्छ र त्यो एकदमै उच्चगुणस्तरको हुन्छ। यसमा 'प्रिन्ट' गर्ने काम न्यूयोर्कमा हुन्छ। एउटा गुणस्तरको कुरा भयो र त्यो बनाउँदा नै महंगो हुने कुरा भयो। त्यसबाहेक अरु टीशर्टकै मूल्यसँग समान बनाएर त्यसको पनि दाम राखेको हो। त्यसको केही रकम हामीले मेरो फाउण्डेशन, वकिलहरुको अर्को एउटा संस्थालाई पनि परोपकारी काम गर्न उपलब्ध गराउँछौँ। तपाईँले विगतमा आफ्नो पहिरनको डिजाइनहरुमा विशेष गरी नेवारी संस्कृतिको एकदमै प्रभाव छ भन्नुभएको थियो। कस्तो खालको प्रभाव भन्नुभएको हो? मैले अहिलेसम्म गरेको पहिरनको डिजाइनमा कुनै सिजनमा नेपालको बारेमा ठूलो रुपमा आउँछ कुनै सिजनमा सानो रुपमा आउँछ। शुरुदेखि नै मलाई म परम्परागत किसिमको पोशाक डिजाइन गर्ने खालको डिजाइनरमा सीमित हुन मन लागेको थिएन। विश्वव्यापी रुपमा नै प्रतिस्पर्धामा उत्रिन सक्ने डिजाइनर बन्न म चाहन्थेँ। तर अहिलेसम्म गरेको डिजाइनमा मलाई नेवारी संस्कृतिदेखि लिएर मुस्ताङको अनि काठमाण्डूको प्रभाव सबै संग्रहमा भइनैरहेको हुन्छ। देश छाडेर गएपनि मेरो उत्पत्ति, मेरो पृष्ठभूमि सबै भन्नु नै नेपालदेखि नै शुरु भएको हो। म नेपालीको छोरा,नेपालमा हुर्किएर आएकोले नेपालको प्रभाव र प्रेरणा सधैँ हुन्छ। कुनै सिजनमा धेरै हुन्छ भने कुनैमा कम हुन्छ। नेपाल इतिहास र संस्कृतिमा एकदमै धनी छ। मेरा कामका लागि प्रेरणा लिन मैले अरु ठाउँमा गएर हेर्नै पर्दैन। उदाहरण लिनका लागि मैले अरु ठाउँ गएर हेर्नै पर्दैन। मलाई नेपालबाटै अझै धेरै गर्ने इच्छा छ। नेपालको कुनाकाप्चामा गएर केही गर्न सकिन्छ कि भनेर हेर्न मन लागेको छ। फेशन सोमा करौडौँ अर्बौँ मानिसको आँखा लागिरहेको बेला यदि नेपाल भन्ने एउटा शब्दमात्रै पनि प्रयोग गर्न पाउँदा यत्रो मानिसमध्ये एकजनाले त नेपालबारे चासो देखाउला जस्तो लाग्छ। म शुरुमा यहाँ आउँदा मैले नेपालबाट भन्दा धेरै जनालाई थाहा पनि थिएन। उनीहरु नेपाल कहाँ छ भनेर सोध्ने गर्थे। तर अहिले उनीहरुमध्ये कतिजना नेपाल पनि गइसकेका छन्। पहिरनसम्बन्धी तपाईँको कुनै काम नेपालमा पनि हुन्छ? हातले बुनेको स्वेटर जति पनि मेरो फेशन शो मा देख्नुहुन्छ त्यो सबै नेपालमै बन्छन्। थोरै मात्रामा भएपनि सबै नेपालबाट बनाउन लगाउँछु। देशमा पनि केही गरौँ भन्ने भएर नै यसो गर्न थालेको हुँ। धेरै वर्ष भइसक्यो। फ्याक्ट्रिमा काम गर्ने ५० जनाभन्दा बढी छन्। एउटा कुरा के भन्न चाहन्छु भने नेपालमा काम गराउन सजिलो छैन। एक त गुणस्तरको बारेमा एकदमै सिकाउनुपर्छ। हाम्रो नेपालीपन रमाइलो छ, चलिहाल्छ नि, भइहाल्छ नि, ठिकै छ नि भन्ने जुन हाम्रो संस्कृति छ त्यो यहाँ चल्दैन। न्यूयोर्कमा त भइहाल्छ र चलिहाल्छ भनेर सामान दियो भने व्यापार छैन भनेर उनीहरु भन्छन्। हामीले त इटालियनहरुसँग, युरोपियनहरुसँग, चिनियाँ र भारतीयहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ। त्यही भएर नेपालबाट आएको पनि त्यतिकै गुणस्तरको हुनुपर्छ। त्यसबाहेक नेपाल बन्द, नेपालको राजनीतिक वातावरणले पनि व्यवसाय गर्न गाह्रो बनाएको छ। नेपाल बन्दले कारखानाका मालिक र कामदार दुवैलाई गाह्रो बनाउने गरेको छ। कामदारले हिँडेर आउनुपर्छ, गाडीमा ढुंगा हानिदिने लगायत कारणले समयमा मसिन पुर्याउन समेत समस्या हुन्छ। लोडशेडिङ्गले अर्को समस्या दिन्छ। मैले गुनासो त गर्न खोजेको होइन तर एकदमै गाह्रो छ भन्न खोजेको हुँ। व्यापारको वातावरण सुधार्नुपर्‍यो भन्न खोज्नुभएको हो तपाईँले? हो। तपाईँ त्यहाँ व्यवसाय गर्ने जो कोहीलाई सोध्नुस् न कतिको गाह्रो छ भनेर थाहा पाइहाल्नुहुन्छ। त्यस्तो हुँदा-हुँदै पनि मैले छोड्दिनँ गरेको गर्छु भनिरहेको छु। मलाई के विश्वास छ भने समय लाग्ला तर अवस्था सुध्रिन्छ जस्तो लाग्छ। अर्को कुरा मैलै त्यही चीजहरु चीनमा बनाएं भने आधा पैसामा बन्छ, मलाई आर्थिक रुपमा फाइदा पनि हुन्छ। तर मैलै फाइदा मात्रैको कुरा सोच्न मिल्दैन किनभने मैले आफू जन्मेको देशका लागि पनि केही गर्नुपर्छ। मेरो कामले गर्दा नेपालको बारेमा संधै कुरा भइरहन्छ तर मैलै मेरो फाउण्डेशन चलाउन बाहेक अरु पनि केही गर्नुपर्छ भनेर कपडा बनाउने काम नेपालमा पनि गरिरहेको हुँ। तपाईँको फाउण्डेशनको कामबारे केही भनिदिनुस् न? शिक्षा फाउण्डेशन नेपाल मैले पाँच वर्ष अगाडि शुरु गरेको हुँ। म, मेरा दाइ र दिदीलाई सानैदेखि फाउण्डेशन खोलेर बच्चाहरुलाई पढाउने इच्छा थियो। १२ जना बालिकाहरुबाट शुरु गरेपछि विस्तारै-विस्तारै बढाउँदा-बढाउँदा हामीले त्यो संख्या अहिले ३०० भन्दा बढी पुर्याएका छौँ। कैदीका बच्चाहरु, बाग्मतीमा सडक सफा गर्ने श्रमिकले त्यसै अलपत्र छाडिदिएका बालिका, माथिल्लो डोल्पाका बालिकाहरु पनि छन्। नेपालमा कति वटा फाउण्डेशनहरु पैसा कमाउने जुक्तिका रुपमा पनि खुलेका छन्। हाम्रो चाहिँ त्यस्तो इच्छा छैन। त्यही भएर नै हामीले लाखौँलाई गर्छौँ पनि भनेका छैनौँ। विस्तारै गर्ने राम्ररी गर्ने सबैभन्दा गर्वको कुरा नै हाम्रो लागि त्यही हो। शत प्रतिशत उठाएको पैसा हाम्रो फाउण्डेशनमा नै जान्छ। तपाईँ नेपालप्रतिको आफ्नो प्रेमको कुरा धेरै गर्नुहुन्छ तर किन नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिनुभयो? प्रबल गुरुङ्गले डिजाइन गरेका पोशाक बलिवुड हिरोइनहरुले पनि प्रयोग गरेका छन्। म यहाँ बसेको १७\१८ वर्ष भयो। मेरो कामले नै भ्रमणमा जानुपर्छ। अब युरोप जानुपर्छ, चीन जानुपर्छ अनि एसियाका अरु देशमा पनि जानुपर्छ। जहाँ जाँदा पनि नेपाली राहदानीले जति दुःख पाउने कुनै राहदानी नै छैन। मलाई व्यापार गर्न पनि बाधा नै पर्‍यो अनि मैले यहाँको पनि हुने र नेपालको पनि हुने दोहोरो राहदानी लिने विचार गरेँ। तर त्यसका लागि नेपाल सरकारले व्यवस्था गरेको रहेनछ। मलाई के लाग्यो भने मैले काम गरेर यत्रो नेपालको नाम ल्याइरहेको छु, फाउण्डेशन खोलेर नेपालमा नै काम गरिरहेको छु, कारखाना नेपालमा नै छ, यदि एउटा राहदानीकै कारण कसैले मलाई ए यसलाई नेपालको माया छैन भनेर सोच्छ भने मलाई उहाँहरुको विचारलाई बदल्ने कुनै इच्छा पनि छैन। उहाँहरुले जे सोचे पनि हुन्छ तर विशुद्ध व्यवसायलाई ध्यान दिएर मैले अमेरिकाको राहदानी लिएको हुँ। नेपालमा तपाईँका धेरै प्रशसंक छन्। त्यहाँका कैयौँ युवायुवतीले तपाईँलाई नेपाललाई विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्ने एकजना चर्चित व्यक्तिका रुपमा लिन्छन्। उनीहरुका आशा अपेक्षा पूरा गर्न कत्तिको गाह्रो लाग्छ? मलाई कुनै अप्ठेरो महसुस नै हुँदैन। उनीहरुले मलाई ईमेलहरु पठाइरहेका हुन्छन्, फेसबुक र इन्स्टाग्राममा सन्देशरु पठाइरहका हुन्छन् मलाई एकदमै खुशी लाग्छ। उनीहरु आफ्नो सन्देशमा 'म अर्को प्रबल गुरुङ बन्न चाहन्छु' भन्छन् तर म के जवाफ दिन्छु भने अर्को प्रबल गरुङ होइन पहिलो जो हो उहाँ त्यो नै हुनुपर्‍यो। मेरो कर्तव्य भनेको आफ्नो काम राम्ररी गर्ने सफलताको साथ गर्ने अनि छलकपट नगरिकन एउटा एकदमै राम्रो हृदयले गर्ने हो। त्यसबाट उहाँहरुले प्रोत्साहन पाउनुभयो भने त्यो सुनमा सुगन्ध भनेजस्तै हुन्छ। तपाईँ जस्तै न्यूयोर्कसम्म आएर आफ्नो सपना पूरा गर्ने लक्ष्य लिइरहेका नेपाली युवायुवतीलाई के भन्न चाहनुहुन्छ? म उहाँहरुलाई सबैभन्दा शुरुमा यहाँ किन आउने भनेर सोध्न चाहन्छु। कतिजनाले मलाई म पनि फेशन डिजाइनर बन्छु भनेर भन्छन्। मैले चाहिँ किन त भनेर सोध्ने गर्छु। यदि प्रख्यात हुने मात्रै इच्छा छ भने नगर्नुस्। कुनै पनि पेशा वा कलामा लाग्दा त्यस्तो काम गर्नुपर्‍यो कि त्यो नगरेपछि आफ्नो जीवन पनि पूरा नभएको जस्तो लागोस्। त्यस्तो पो काम गर्नुपर्छ। यदि त्यो गर्नलाई न्यूयोर्क आउन चाहनुहुन्छ वा कतै पनि जान चाहनुहुन्छ भने जानुहोस्। तर के पनि सोच्नुस् भने न्यूयोर्क आउँदैमा सबैजनाले सफलता पाउँछ भन्ने छैन। सफलता पाउनलाई एउटा सीप हुनुपर्यो, त्यो भन्दा पनि मेहनत हुनुपर्‍यो। र, मेहनत मात्रले पनि पुग्दैन एउटा संकल्पको साथ काम गर्न सक्नुपर्छ।
news-53332258
https://www.bbc.com/nepali/news-53332258
के कोरोनाभाइरस महामारी विश्व परिवर्तन गर्ने मौका हो?
कोरोनाभाइरस महामारी मानवजातिले भोगेको पहिलो सङ्कट होइन।
यस्ता परिवर्तनकारी घटनाहरूले इतिहासमा अपेक्षा नगरिएका परिवर्तनहरू ल्याएका छन्। त्यसैले के यो महामारी पनि विश्वमा ठूला परिवर्तनहरू ल्याउने मौका हो? हेर्नुहोस् एउटा भिडिओ - अनि यो पनि:
news-53231928
https://www.bbc.com/nepali/news-53231928
कोरोना भाइरस नेपाल: लकडाउनमा कामकाजी महिलाले बच्चाको रेखदेख कसरी गरिरहेका छन्
लकडाउनका कारण विद्यालय बन्द छ र बालबालिकाहरू घरमै रहेका छन्।
धेरै कार्यालयहरू भने खुल्न थालेका छन्। यस्तो बेला कामकाजी महिलाहरूले कसरी घरमा रहेका बालबालिकाको रेखदेखको व्यवस्था मिलाएका छन्। हेर्नुहोस् केही कामकाजी महिलाहरूसँग सृजना श्रेष्ठले गरेको कुराकानीमा आधारित भिडिओ - अनि यो पनि:
news-46820601
https://www.bbc.com/nepali/news-46820601
रामबहादुर बमजनको सिन्धुली आश्रमनजिकैको गाउँमा त्रास, अनुयायीहरू अन्योलमा: स्थलगत विशेष रिपोर्ट
बिहिवार बिहानै 'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुग्दा उनका अनुयायी तथा अन्य केही सहयोगीहरू प्रहरीको बाटो हेरेर बसिरहेका थिए।
उनीहरू प्रहरीले माग गरेअनुसार आश्रममा बस्दै आएका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्र जुटाउँदै थिए। बुधवार अपराह्न प्रहरीको टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र देखाउन भनेको थियो। बमजन यही आश्रममा डेढ वर्षदेखि 'गहिरो ध्यान'मा बसेको उनका अनुयायीहरू बताउँछन्। बुधवार बीबीसी नेपाली सेवालाई आश्रमभित्र जान अनुमति नभएको भनि निषेध गरिएको थियो। तर बिहीवार भने प्रवेश दिइयो। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै केही स्थानीय बासिन्दाले आफूहरूलाई आश्रमनजिकै हिँडडुल गर्दा पनि ज्यान मार्ने धम्की दिइएको बताए। तर धेरैले बमजन र आश्रमबारे कुरा खुलेर कुरा गर्न गाह्रो माने। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको टोली आश्रम पुग्नेबित्तिकै बिभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्न थाल्यो। न्यून सङ्ख्यामा रहेका विदेशीहरू पनि प्रहरी आउने भनेपछि सतर्क देखिन्थे। दुई अनुयायी प्रहरी नियन्त्रणमा बोधी धर्म श्रवण सङ्घका स्थानीय प्रतिनिधि तथा बमजनका अनुयायीको अनुमान‍विपरीत आश्रममा बस्ने दुई जनालाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लग्यो। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि आश्रममा खैलाबैला मच्चियो। प्रहरी अनुसन्धानमा सघाउन तत्पर रहेको बेला पनि प्रहरीले एकाबिहानै ध्यानमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको भन्दै अन्य अनुयायीले प्रहरीकै नियतप्रति आशङ्का व्यक्त गरे। प्रहरीको कदमबाट रिसाएका उनीहरूले प्रहरीले ज्यादती गरेको बताए। नाम नबताउने शर्तमा बमजनका एक अनुयायीले भने, "विभिन्न स्थानमा बेपत्ता बनाइएको भनिएका व्यक्तिलाई चिनेको वा सम्बन्ध रहेको भनेको भएर प्रहरीले उनीहरूलाई सोधपुछका लागि लगेको हुनसक्छ।" जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सिन्धुपाल्चोकबाट समेत खटिएको टोलीलाई अनुसन्धानमा सघाउन आश्रमका दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए। कहाँ छ बमजनको आश्रम? सिन्धुली बजारबाट झन्डै पाँच किलोमिटर पश्चिमपट्टि रहेको जङ्गल क्षेत्रको पैरेमा बमजन रहेको भनिएको आश्रममा पुग्न सर्वसाधारणलाई सहज छैन। आश्रममा ध्यान र अध्ययन गर्नका नयाँ संरचनाहरू धमाधम बन्ने क्रममा छन्। महिला अनुयायी र पुरुष अनुयायी बस्नका लागि छुट्टाछुट्टै प्लास्टिकले बारेर टहराहरू बनाइएका छन्। एउटा संरचनादेखि अर्कोमा पुग्न १० मिनेट लाग्छ। हालैमात्र बमजन सरेको भनिएको निर्माणाधीन भवनको केही दूरीमा उनले उपहार पाएको सेतो घोडाका लागि तबेला र खोलाछेउ माछा पाल्नका लागि पोखरी निर्माण गरिएको छ। माछामासु नखाएपनि सोखका लागि माछा पालिएको उनीहरूको भनाइ छ। करिब २८ बिगाहा जग्गा आश्रमको स्वामित्वमा रहेको भनिएपनि त्यसको दोब्बर जमिन बमजनले भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ। बमजनका अनुयायीहरूले निजी जग्गाबाहेक चनदेवी र दक्षिणकाली सामुदायिक वनका जग्गा समेत नियन्त्रणमा लिई त्यहाँ स्थानीय बासिन्दालाई प्रवेश निषेध गरेको उनीहरू बताउँछन्। नियन्त्रित आवागमन बुधवार आश्रम पुग्दा मलाई भित्र पस्न अनुमति नभएको भन्दै प्रवेशद्वारबाटै फर्काइएको थियो। दिन बित्दै जाँदा प्याजी रङ्गको लुगा लगाएका अनुयायीहरूको उपस्थिति बाक्लिँदै थियो। साधारणतया कम बोल्ने उनीहरूमध्ये कोही मसँग मुसुक्क हाँस्दै अघि बढ्थे त कोही शङ्कालु देखिन्थे। जङ्गलमा खनिएको धुलाम्मे बाटोमा म प्रवेशद्वारतर्फ बढ्दै गर्दा एक अनुयायी बालकले मलाई टाढैबाट कता भनि सङ्केत गरे। मैले त्यहीँ आउँदै छु भनेर टाढैबाट चिच्याएपछि उनले प्रतिक्रिया दिएनन्। र म प्रवेशद्वारसम्म पुगेँ जहाँबाट मलाई भित्र छिर्न दिइएन्। विभिन्न जिल्लामा आश्रम भएका विवादित बमजन गएको डेढ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएको बताइन्छ। भय र कौतूहलमा स्थानीय बासिन्दा बमजनमाथि पाँच जना अनुयायीहरूको आश्रममा हत्या गरी बेपत्ता बनाएको र महिला अनुयायीहरूमाथि यौनजन्य हिंसा गरेको आरोप छ । आरोपमाथि प्रहरी अनुसन्धान भइरहँदा स्थानीयबासीमा भने भयमिश्रित कौतूहल देखिन्छ। बमजनको आश्रम बन्ने प्रक्रिया सुरु हुँदा भौतिक पूर्वाधारको विकासका साथै पर्यटन प्रवर्धनले यस क्षेत्रको समृद्धिको अपेक्षा गरेका स्थानीय बासिन्दा निराश छन्। सो आश्रमको झन्डै एक डेढ किलोमिटर आसपासका बस्तीहरूमा म पुग्दा स्थानीय बासिन्दाहरू बमजनसम्बन्धी हत्या, बेपत्ता र यौन हिंसाका समाचारबाट त्रसित र अन्योलको अवस्थामा देखिन्थे। विभिन्न खाले डरका कारणले आसपासका गाउँलेहरूले आश्रममा पुग्न त परै जाओस् बमजनका बारेमा कुराकानी गर्न समेत सङ्कोच माने। रोकतोक र 'ज्यान मार्ने' धम्की दैनिकजसो आश्रमआसपास घाँसदाउरा गर्नुपर्ने केही स्थानीय बासिन्दाहरूले भने आफ्ना समस्या सुनाए। कमलामाई नगरपालिका-५, सिलामेका २६ वर्षीय प्रेमबहादुर गुरुङ वर्षौँदेखि आफूले माछा मार्दै र खेल्दै आएको खोलामा समेत बमजनका अनुयायीहरूको डरका कारण खोलानजिक जान समेत समस्या भएको बताउँछन् । एक महिना अघिको घटना सुनाउँदै उनले भने, "उनीहरूले तारबार गरेको क्षेत्रमा हामी जाने कुरै आउँदैन्। आफ्नै जङ्गल क्षेत्रमा रहेको खोलामा माछा मार्न जाँदा बमजनका सहयोगीहरूले ज्यान मार्नेसम्मको धम्की दिएपछि आजकाल त्यसतर्फ जान छाडेका छौँ।" अर्का स्थानीय भक्तनारायण श्रेष्ठ भन्छन्, "सरकारले हाम्रो यस क्षेत्रमा सहज आवगमन तथा भरपर्दो सुरक्षा व्यवस्था गरिदिनुपर्छ। अन्यथा हाम्रा चेलीबेटी पनि सुरक्षित रहन गाह्रो भएको छ।" शङ्कास्पद गतिविधि बमजनको गतिविधिबारे आफूलाई कुनै चासो नभएको बताए पनि केही मानिसहरूले आश्रमका गतिविधि शङ्कास्पद रहेको दाबी गरे। उनीहरूले धार्मिक स्थलमा समेत स्थानीयलाई रोकतोक गरिनु आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन्। सोही क्षेत्रकी कमला श्रेष्ठले भनिन्, "हामीले आफ्नै घर आसपासको जङ्गलमा घाँसदाउरा गर्न जान डराउनु पर्ने अवस्था आएको छ । यो हामीमाथि अन्याय हो । आश्रम नजिकको निजी जङ्गलमा जान समेत रोकटोत गरिन्छ । धर्मको अनुयायीहरूले जङ्गलमा जान आउन पनि किन रोक लगाउँछन्?" "आश्रममा सहज पहुँच नहुनु र स्थानीयलाई समेत आवतजावतमा रोकतोक लगाइनुले आश्रमप्रतिको आशङ्कालाई थप बल पुर्‍याएको छ।" आश्रमका प्रतिनिधि भने ती आशङ्का र बाहिर सार्वजनिक भएका बमजनमाथिका आरोपको खण्डन गर्छन्। के भन्छ बमजनको आश्रम? गुरुमार्ग गुरु झ्याम्पा लोप्चेनले बीबीसी नेपाली सेवासँग भने, "जुनसुकै धर्मका प्रभावशाली गुरुहरूमाथि यस्ता आरोप प्रत्यारोप हुनु स्वाभाविक हो । गुरु (बमजन) माथि पनि जुन किसिमको गम्भीर आरोपहरू लगाइएको छ त्यो वास्तविकता भन्दा टाढा र भ्रामक छ। त्यसैले मैत्रेय धर्ममा आस्थावान् अनुयायीहरूले संयम र धैर्य अपनाउनुपर्छ। सत्य छर्लङ्ग हुँदै जानेछ।" उनले प्रहरीको अनुसन्धानलाई सघाउन आफूहरू तयार रहेको बताए। "केही तत्त्वहरुले गुरुको मार्गमा अवरोध खडा गर्न लागेका छन् तर हामी विचलितछैनौँ।" एक अनुयायीको सहयोगमा मैले बमजनका लागि निर्माणाधीन भवन समेत घुम्न पाएँ। आश्रममै पुगेपनि बमजनको दर्शन मौकाले मात्र पाइने रहेछ। अर्का अनुयायीले भने, "हामी यहीँ बस्छौँ तर पनि उहाँको दर्शन पाउन भाग्य जुरेको छैन। भाग्य भए कुनै दिन साक्षात्कार होला।" कार्यक्रमको तयारी बुधवार म प्रवेशद्वारमा पुग्दा त्यहाँ दुईजना अनुयायीहरू माघ ४ गतेदेखि आयोजना हुने कार्यक्रमका लागि झन्डा बनाउन लट्ठी काट्दै थिए। मोबाइल प्रयोग गर्न पनि अनुमति लिनुपर्ने उनीहरूको भनाइ थियो। आश्रममा हुने कार्यक्रममा पालो अनुसार स्वयंसेवा गर्नुपर्ने नियमानुसार लमजुङ जिल्लाका अनुयायी तथा सहयोगीहरू तयारी गरिरहेका थिए। आश्रमको सुरक्षा चेकजाँच तथा खानपान लगायतका सबैखाले व्यवस्थापनमा लमजुङ जिल्लाका अनुयायी खटाइएका छन्। उनीहरुले १२ दिनसम्मको कार्यक्रमको सम्पूर्ण जिम्मा लिएका छन्। सो कार्यक्रममा हाल ध्यानमा बसेका १७८ जना अनुयायीलाई मैत्री ज्ञान प्राप्त भएको घोषणा गरिने छ। बमजनलाई 'सुरक्षा खतरा' कार्यक्रममा बमजनले सम्बोधन गर्ने कार्यतालिकामा भने सुरक्षाका कारण परिवर्तन हुनसक्ने बोधी धर्म श्रवण सङ्घका प्रतिनिधि छत्र घिसिङले बताए। उनले भने, "कसैको विश्वास गर्नसक्ने अवस्था छैन, त्यसैले उहाँलाई हामी सार्वजनिक गर्न सक्दैनौँ।" तपस्वी बमजनमाथि लागेका आरोपमाथि प्रहरीले अनुसन्धान थालेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले बमजन कहाँ र कुन अवस्थामा छन् यकिन गर्न सकेको छैन। सिन्धुलीको आश्रममा रहेको भनिएपनि प्रहरी अन्योलमा छ।
news-54027101
https://www.bbc.com/nepali/news-54027101
कोरोना भाइरस महामारीः घरमै राखेर सङ्क्रमित व्यक्तिको हेरचाह कसरी गर्ने?
कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्।
उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन। कोभिड-१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ। हेर्नुहोस् यो भिडिओ।
news-56783055
https://www.bbc.com/nepali/news-56783055
सेक्स सरोगेट थेरपीः इजरेलमा सरकारी खर्चमा यसरी हुन्छ घाइते सैनिकको उपचार
थुप्रै देशमा "सेक्स सरोगेट थेरपी" अर्थात् यौनसेवीबाट उपचार गराउने विधि विवादास्पद मानिन्छ। यसको अभ्यास त्यतिधेरै हुँदैन पनि। यद्यपि इजरेलमा सरकारको खर्चमा नै गम्भीर घाइते भएका सैनिकलाई यसको सेवा उपलब्ध गराइन्छ। यो थेरपीअन्तर्गत बिरामीको उपचारका लागि 'सरोगेट सेक्सूअल पार्टनर' अर्थात् प्रतिनिधि यौनसाथी खटाइन्छ।
इजरेली यौन थेरपिस्ट डा. रोनित अलोनीको तेल अभिभमा सञ्चालन गर्ने परामर्शकक्ष धेरैले अपेक्षा गरे जस्तो नै देखिन्छ। आगन्तुकका लागि त्यहाँ एउटा आरामदायी सोफा छ, महिला र पुरुषको यौनाङ्गका चित्रहरू पनि छन्। तर सँगैको कोठामा जे हुन्छ त्ययो अझै अचम्मलाग्दो छ। त्यो कोठामा सुत्न मिल्ने एउटा सोफा र मैनबत्तीहरू छन्। त्यो कोठामा पैसा तिरिएका यौनसाथीहरूले अलोनीका ग्राहकलाई कसरी अन्तरङ्ग सम्बन्ध र यौन सम्पर्क गर्ने भनेर सिकाउँछन्। "यो होटलजस्तो देखिँदैन - यो घरजस्तो, अपार्टमेन्टजस्तो देखिन्छ," अलोनी भन्छिन्। त्यहाँ एउटा खाट, सङ्गीत बजाउन सीडी प्लेयर, जोडिएको स्नानकक्ष र भित्तामा कामुक कलाकृतिहरू छन्। "यौन थेरपी धेरै अर्थमा जोडीले गर्ने थेरपी हो र कसैको साथी छैन भने यो प्रक्रिया पूरा गर्न सकिँदैन," उनले भनिन्। "पुरुष वा महिला जो भए पनि सरोगेट साथी जोडी बनिदिन्छन्।" आलोचकहरूले यसलाई "वेश्यावृत्ति" जस्तो भने पनि इजरेलमा यो केही हदसम्म स्वीकार्य भएको छ। अनि सरकारले नै घाइते भएका र यौन सम्पर्क राख्न असमर्थ सेनाको खर्च बेहोरिदिन्छ। "मानिसहरूले अरूलाई सन्तुष्टि दिन सक्छु र अरू कसैसँग सन्तुष्टि लिन सक्छु भन्ने महसुस गर्न आवश्यक छ," सेक्स रीहविलटेशन अर्थात् यौन पुनर्स्थापनाको विषयमा विद्यावारिधि गरेकी अलोनीले भनिन्। "मानिसहरू थेरपीका लागि आइरहेका छन्। उनीहरू सन्तुष्टिका लागि होइन। यो वेश्यावृत्तिजस्तो हुँदै होइन," उनले भनिन्। ए नामबाट चिनिन चाहने एक इजरेली सैनिकले रक्षा मन्त्रालयबाट यौनसेविकाबाट पाइने थेरपीका लागि पैसा पाएका थिए। झन्डै ३० वर्षअघि एउटा अग्लो ठाउँबाट खस्दा उनको कम्मरमुनिको भाग नचल्ने भएको थियो। त्यसपछि उनले यौन सम्पर्क गर्न सकेनन्। त्यतिबेला उनको विवाह भइसकेको थियो र उनका सन्तानहरू पनि थिए। तर उनकी पत्नी यौन सम्बन्धबारे चिकित्सक वा थेरपिस्टहरूसँग कुरा गर्न सहज मान्दैन थिइन्। त्यसैले उनले आफ्ना पतिलाई अलोनीसँग सहयोग लिन प्रोत्साहित गरिन्। उनले यौनसेविकासँगको प्रत्येक सत्रपछि अलोनीले आफूलाई कस्तो निर्देशन र सुझाव दिइन् भन्ने बताए। "यसरी सुरु हुन्छ: तपाईँले यसलाई छोइरहनुभएको छ, त्यहाँ छोइरहनुभएको छ र त्यसपछि चरमोत्कर्षमा नपुग्दासम्म एकपछि अर्को चरण हुन्छ," उनले भने। ती सैनिकले साप्ताहिक सत्रका लागि राज्यले पैसा तिर्नु ठिकै भएको उनले तर्क गरे। आजको दिनमा तीन महिनाको उपचारका लागि ५,४०० डलर लाग्छ। "सरोगेटकहाँ जाने मेरो चाहना थिएन, तर म घाइते भएँ अनि जीवनको सबै पक्षमा म पुनर्स्थापित हुन चाहन्छु," टेनिस खेल्न ट्र्याकसूट लगाइ ह्वीलचेअरमा बसेर निस्किन लागेका उनले भने। "म सरोगट यौनसाथीसँग प्रेममा परिनँ। म विवाहित हुँ। यो केवल विधि जान्नका लागि मात्रै हो। मैले गर्नुपर्ने एउटा युक्तिसङ्गत कुराका रूपमा मैले यसलाई लिएको छु।" "यौन जीवनको एउटा अङ्ग हो, यो जीवनको सन्तुष्टि हो," उनले भने। "म धेरै महिलासँग सम्बन्ध राख्ने खालको पुरुष बनिरहेको छैन, त्यो कुरा नै होइन।" विभिन्न उमेर समूह र फरक पृष्ठभूमिका मानिसहरू अलोनीलाई उनको क्लिनिकमा गोप्य रूपमा भेट्न गइरहन्छन्। यौन दुर्व्यवहारबाट प्रताडित वा चिन्ताका कारण प्रेमपूर्ण सम्बन्ध बनाउन थुप्रैले सङ्घर्ष गरिरहेका हुन्छन्। अन्यमा शारीरिक र मानसिक स्वास्थ्य समस्या हुन्छ। अलोनीले सुरुदेखि नै अपाङ्गता भएका ग्राहकमा आफ्नो काम केन्द्रित गरिन्। उनका बुवा तथा धेरै आफन्तमा अपाङ्गता थियो। उनी एक सरोगेटसँग निकट रहिन् जो न्यूयोर्कमा बस्दा अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्थिन्। तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा सन् १९८० को दशकको अन्त्यतिर जब उनी इजरेल फर्किन् उनले नेतृत्वदायी भूमिकामा रहेका यहुदी धर्मगुरूहरूबाट सरोगेटका रूपमा काम गर्न अनुमति पाइन्। त्यसपछि उनले एउटा ग्रामीण समुदाय किब्बट्सस्थित पुनर्स्थापना केन्द्रमा थेरपी प्रदान गर्न थालिन्। धर्मगुरुहरूले एउटा नियम बनाएका थिए - विवाहित व्यक्तिले सरोगेट बन्न नपाउने। यता अलोनीले त्यसलाई स्वीकारेकी छन्। समयक्रममा उनले इजरेली समुदायको साथ पाइन्। उनको क्लिनिकबाट सेवा लिएका झन्डै १,००० मानिसमध्ये धेरै सेनाबाट अवकाश प्राप्त घाइते छन् भने धेरैको मस्तिष्कमा आघात पुगेको वा मेरुदण्ड भाँचिएको छ। उनीहरू सबैलाई त्यहाँको सरकारले उपचारको खर्च उपलब्ध गराउँछ। "इजरेलमा सबैलाई घाइते भएका वा मारिएका मानिसबारे थाहा छ र यी मानिसहरूलाई क्षतिपूर्ति दिनेबारे सबैको धारणा सकारात्मक छ। हामी उनीहरूप्रति आभारी छौँ।" डेभिड नामबाट बोलाइने झन्डै ४० वर्षीय सैनिक सन् २००६ को लेबनन युद्धमा घाइते भएपछि उनको जीवन तहसनहस भयो। त्यसपछि उनी हिँड्न वा बोल्न नसक्ने भए। एक व्यावसायिक थेरपिस्टको सहयोगले मात्रै उनी दोहोरो कुराकानी गर्न सक्छन्। थेरपिस्टले उनको हातलाई सहारा दिनुपर्छ र कलम राखिदिएपछि मात्रै उनले सेतोपाटीमा केही लेख्न सक्छन्। आफू कार्यरत सैन्य शिविरमा आक्रमण हुँदा उनको खुट्टा र टाउकोमा गम्भीर चोट लाग्यो। उपचारका लागि उनी तीन वर्ष अस्पतालमा बसे। त्यतिबेला उनीको जिजीविषा नै मरिसकेको थियो। एक व्यावसायिक थेरपिस्टले उनलाई सरोगेट सेक्स थेरपीबारे जानकारी दिएपछि उनको मनस्थिति केही परिवर्तन हुन थाल्यो। "थेरपी सुरु गरेको बेला मैले आफूलाई हीन महसुस गरेको थिएँ। थेरपी गरिरहँदा मैले आफूलाई पुरुष, युवा र सुन्दर महसुस गर्न थालेँ," डेभिडले भने। "म घाइते भएयता पहिलो पटक मलाई थेरपीले शक्ति र आशा दिएको थियो।" डेभिडले सुरु गरेको त्यो अन्तरङ्ग सम्बन्ध थियो र त्यो अन्त्य हुन्छ भन्ने पनि उनलाई थाहा थियो। त्यसोभए के उनलाई आफ्नो मन दुख्न सक्छ भन्ने थाहा थियो? "सुरुमा, मेरो लागि त्यो निकै कठिन थियो किनभने यौनसेविका मेरी मात्रै भइदिऊन् भन्ने म चाहन्थेँ," उनले भने। "तर मैले के महसुस गरेँ भने हामी यौनसाथी नभए पनि असल साथी बनिरहन्छौँ।" नियमानुसार सरोगेट र ग्राहकहरू थेरपीबाहेकको समयमा सम्पर्कमा बस्न पाउँदैनन्। तर डेभिडको हकमा भने उनलाई थेरपी सेवा दिने सरोगेट सेराफिनासँग त्यसपछि पनि सम्पर्कमा रहन पाउने विशेष अनुमति डाक्टर अलोनीले अन्तिम सत्रका बेला दिएकी थिइन्। डेभिडसँग निकटस्थहरूले उपचारयता उनमा परिवर्तन आएको देखेको बताएका छन्। उनी आफ्ना भविष्यका योजनामा केन्द्रित हुन थालेका छन्। सेराफिनाले सरोगेटका रूपमा रोनित अलोनीसँग काम गरेको एक दशकभन्दा बढी भयो। उनले हालै आफ्नो अनुभवबारे एउटा पुस्तक लेखेकी छन्। 'मोर द्‌यान अ सेक्स सरोगेट 'नामक पुस्तकबारे प्रकाशकले लेखेका छन् "अन्तरङ्ग, गोप्य र माया गर्ने तरिकाबारे एउटा नौलो संस्मरण"। तेल अभिभ क्लिनिकमा काम गर्ने अन्य सरोगेटजस्तै सेराफिनाको पनि अर्को जागिर छ। उनी कला क्षेत्रमा काम गर्छिन्। परोपकारको उद्देश्यले आफूले सेक्ट सरोगेटको भूमिका निर्वाह गरेको उनको भनाइ छ। "थेरपी प्रक्रियामा लैङ्गिकता अथवा आफ्नो शरीर अथवा स्पर्श प्रयोग गर्ने उपायमा मलाई कुनै समस्या छैन। मलाई यो विषय आकर्षक लाग्थ्यो।" सेराफिनाले आफूलाई "पथप्रदर्शक" जस्तै ठान्छिन्, जहाँ उनी उनीहरूलाई थाहा भएको मार्गमा आफ्ना ग्राहकलाई लैजान्छिन्। उनले अन्य सैनिकसहित अहिलेसम्म ४० जना ग्राहकसँग काम गरिन्। तर डेभिड जुन स्तरमा घाइते भएका थिए त्यसले आफूलाई अनौठो चुनौती दिएको उनले बताइन्। उनले डेभिडलाई लेख्न कसरी सहयोग गर्ने भन्ने तरिका पत्ता लगाइन्। त्यसबाट उनीहरू गोप्य संवाद गर्न सक्ने भए। "मलाई थाहा भएको सबैभन्दा कठिन काम डेभिडको हो। कुन दिशामा जाने भन्ने उपाय नभएको मानिसलाई मरुभूमिमा हिँड्नु जस्तै थियो," उनले भनिन्। "उनी हलचल गर्न नसक्ने भएकाले मैले एकदमै धेरै रचनात्मक बन्नुपर्थ्यो। उनी चल्न सक्थे भने कसरी चल्थे होला भन्ने कल्पना गर्दै म उनको शरीर चलाइदिन्थेँ। उनी आफ्नो शरीरमा महसुस गर्न सक्थे तर चल्न सक्दैन थिए।" "डेभिड मलाई भन्छन्: 'मैले केही नभने पनि मलाई के चाहिएको छ भन्ने तपाईँलाई ठ्याक्कै थाहा हुन्थ्यो।'" सरोगेटको काम गर्दा पनि सेराफिनाका प्रेमीहरू थिए र उनीहरूले आफ्नो काम स्वीकार गरेको उनी बताउँछिन्। तर उनी केही व्यक्ति चिन्छिन् जसले आफ्ना प्रेमी वा प्रेमिकाका कारण वा विवाह गर्नुपर्ने भएकाले सरोगेटको काम छोडे। आफ्ना ग्राहकसँग अन्तरङ्ग भइसकेपछि उनीहरूसँग छुटिन आवश्यक भए पनि कठिन हुने उनले बताइन्। "म भन्छु - यो बिदा मनाउन गए जस्तो हो। एउटा छोटो समयका लागि सम्बन्धमा रहने अवसर हामीसँग रहन्छ तर हामी त्यसलाई राखिरहन चाहन्छौँ वा त्याग्छौँ?" "अनि त्यो सम्बन्ध टुट्नु एउटा सुखद कुरा हो। यो राम्रो कारणका लागि हो। म कुनै बेला रुन सक्छु तर म खुसी पनि हुन्छु।" "जब म कोही सम्बन्धमा परेका वा उनीहरूको बच्चा जन्मिएको वा विवाह भएको सुन्छु, म जे गर्छु त्यसका लागि म कति खुसी, उत्साहित र धन्य हुन्छु भन्ने अकल्पनीय छ।" रोनित अलोनी साँझ अबेरसम्म काम गरिरहेकी हुन्छन्। उनी युरोपदेखि दक्षिण अमेरिकासम्मका यौनसम्बन्धी विशेषज्ञको समूहलाई अनलाइन कक्षा दिन्छिन्। यौनसम्बन्धी समस्याको उपचारमा मनोवैज्ञानिक थेरपीभन्दा सरोगेसी बढी प्रभावकारी भन्ने अध्ययन गरिएका सुझाव र घटनाहरू उनी दोहोर्‍याउँछिन्। आधुनिक उपचारले धेरै घाइते सैनिकहरूलाई पनि बचाउन मद्दत गर्ने भएकाले सरोगेट उपचारविधि व्यापक रूपमा प्रयोगमा आउन सक्ने उनी ठान्छिन्। "मानिसको आत्मसम्मान पुनर्स्थापना नगरेसम्म तपाईँ उसलाई पुनर्स्थापित गर्न सक्नुहुन्न," उनले भनिन्। "तपाईँ जीवनको यो पक्षलाई उपेक्षा गर्न सक्नुहुन्न। यो एकदमै महत्त्वपूर्ण छ, शक्तिशाली छ। यो हाम्रो व्यक्तित्वको केन्द्रमा छ। र, तपाईँ केवल यसबारे कुरा मात्रै गर्न सक्नुहुन्न। यौनिकता गतिशील विषय हो, यो हामी र अन्य मानिसबीच हुनुपर्छ।" अलोनीको दृष्टिकोणमा, यौनबारे आधुनिक समाजले अस्वस्थ प्रवृत्ति विकास गरेको छ। "हामीलाई यौनिकताबारे कसरी ठट्टा गर्ने भन्ने थाहा छ। मानिसलाई कसरी अपमानित गर्ने भन्ने थाहा छ, यौनिकताबारे अतिवादी हुने वा परम्परागत हुनेबारे थाहा छ," उनी भन्छिन्। "यो कहिल्यै पनि सन्तुलित छैन। यो जसरी हाम्रो जीवनसँग गाँसिनुपर्थ्यो त्यसरी कहिल्यै पनि भएको छैन र यौनिकता भनेको जीवन हो। यसैबाट जीवन बन्छ। यो प्रकृति हो!" चित्रः केटी होरिच यो पनि हेर्नुहोस् बालबालिकालाई पोर्नबाट जोगाउन यस्तो उपाय
news-48888193
https://www.bbc.com/nepali/news-48888193
कपाल दान: लामो कपाल खेर नफाल्नुस्
कपाल गुमाएका क्यान्सर पीडितलाई खुसी दिन र जीवन जीउनका लागि प्रेरणा प्रदान गर्न लामो कपाल दान गर्न सम्बद्ध अभियानकर्मीले आव्हान गरेका छन्।
दान गरिएको कपालले कपाल झरेका पीडितमा विद्यमान निराशा अन्त्य र आत्मविश्वास बढ्ने उनीहरूको विश्वास छ। तर दान गरिने कपाल कम्तीमा १० इन्चको हुनुपर्छ जसले गर्दा उनीहरूका लागि 'विग' अर्थात् नक्कली कपाल बनाउन सकियोस्। पाँचदेखि दश जनाले दान गरेको कपालबाट मात्र एउटा विग बनाउन सकिने जानकार बताउँछन्। काठमाण्डू लगायत विभिन्न शहरहरूमा कपाल दान गर्ने प्रचलन बढेको भएपनि पीडितहरू भने यसबारे अनभिज्ञ देखिएका छन्। तर केही संघसंस्थाहरूले भने कपाल दान गर्न चाहनेहरूलाई सामाजिक सञ्जालको माध्यमबाट एकत्रित पार्न सफल भएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
news-52597112
https://www.bbc.com/nepali/news-52597112
सन् १९१८ मा यसरी गरिएको थियो स्पेनिश फ्लू महामारी नियन्त्रणको पहल
विश्वव्यापी रूपमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको सन् १९१८को स्पेनिश फ्लू र र कोरोनाभाइरसबीच धेरै समानता खोज्नु उचित नहुन सक्छ। कोभिड-१९ पूर्ण रूपमा नयाँ रोग हो जसले असमानुपातिक रूपमा वृद्धहरूलाई असर पारिरहेको छ।
स्पेनिश फ्लूको महामारी चलेका बेला मास्क लगाएकी महिला स्पेनिश फ्लूले बलियो प्रतिरक्षा प्रणाली भएका २० देखि ३० वर्षका मानिसहरूलाई बढी असर पारेको थियो। तर विभिन्न देशका सरकार र सर्वसाधारणहरूले सङ्क्रमण नफैलियोस् भनेर चालेका कदम भने समान देखिन्छन्। पब्लिक हेल्थ इङ्ल्याण्डले कोरोनाभाइरस सङ्क्रमणका विषयमा प्रारम्भिक आपत्‌कालीन योजना बनाउनका लागि स्पेनिश फ्लू प्रकोपको अध्ययन गरेको थियो जसको मुख्य निचोड सन् १९१८ को शरद ऋतुमा देखिएको सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै धेरै घातक देखिएको थियो। सन् १९१८ मा रक्षासम्बन्धी निकायमा कार्यरत महिलाहरू स्वच्छ हावाले उक्त भाइरसबाट सङ्क्रमित हुने सम्भावना कम रहन्छ भनेर हरेक दिन बिहान र साँझ १५ मिनेट हिँडडुल गर्ने गर्थे सन् १९१८ को मे महिनामा भाइरसका कारण पहिलो मृत्यु हुँदै गर्दा यूके अझै युद्धमा होमिइरहेको थियो। उक्त सङ्क्रमणसँग लड्न अन्य देशका सरकार जस्तै युके पनि तयार अवस्थामा थिएन। रोयल सोसाइटी अफ मेडिसिनका लागि सर आर्थर निउजहोमले सन् १९१९ मा तयार पारेको प्रतिवेदनका अनुसार स्पेनिश फ्लू सैन्य टुकडीहरूको ओसारपसारदेखि हतियार कारखाना र भिडभाडयुक्त बस अनि रेल जस्ता स्थानहरूमा डढेलो लागे झैँ फैलिन थाल्यो। सन् १९१८ को जुलाई महिनामा उनले बिरामी भएको भए सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै "सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र" सरकारले बेवास्ता गरेको थियो। ती नियमको पालना गरिएको भए धेरैको ज्यान जोगिन सक्ने बताउँदै आर्थर थप्छन्: "कहिलेकाहीँ यस्ता किसिमका राष्ट्रिय परिस्थिति हुन्छन् जति बेला स्वास्थ्य र जीवनको जोखिम हुँदा समेत प्रमुख दायित्व "अघि बढ्नु" नै रहन्छ।" इन्फ्लुएन्जाबाट बच्न कपडाको मास्क लगाएका महिलाहरू सन् १९१८ मा इन्फ्लुएन्जाको उपचार थिएन। निमोनिया जस्तो रोग निको पार्न एन्टिबायोटिक पनि थिएन। अस्पतालहरू छिट्टै भरिन्थे। कैयौँ नाटक घर, चलचित्र र नृत्य देखाइने हल अनि गिर्जाघरहरू बन्द गरिए पनि सङ्क्रमण नफैलियोस् भनेर केन्द्रीकृत रूपमा लकडाउन लागु गरिएको थिएन। युद्धकालीन समयका कारण पहिले नै खुला रहने समय तोकिएका पबहरू प्राय:जसो खुलै थिए। ठूला फुटबल प्रतियोगिताहरू युद्धकै कारण रद्द गरिएको भए पनि क्षेत्रीय स्तरमा हुने त्यस्ता प्रतियोगिताहरू भने रद्द गरिएको थिएन। त्यस्ता कार्यक्रमहरूमा व्यापक भिडभाड हुने गर्थ्यो र त्यो महामारीको अवधिभरि चलेको थियो। केही सहरहरूमा नि:सङ्क्रमण गर्ने 'स्प्रे' छरिएको थियो भने केहीले जीवाणुबाट बच्नका लागि मास्कको प्रयोग गर्न गर्थे। टेलिफोन अपरेटर जनस्वास्थ्यसम्बन्धी सूचना अलमल पार्ने किसिमका थिए र अहिले जस्तै मिथ्या समाचार अनि षड्यन्त्रका सिद्धान्त पनि प्रशस्त थिए। केही कारखानाहरूमा सङ्क्रमणबाट बच्न सहयोगी हुने बुझाइका कारण चुरोट पिउनमा रोक लगाइएको थिएन। प्रचारका लागि गरिएका अभियानहरूमा उक्त रोग खोक्दा वा हाच्छिउँ गर्दा फैलने बताइएको थियो। सन् २०१८को नोभेम्बर महिनामा न्यूज अफ द वर्ल्डले आफ्ना पाठकहरूलाई यस्तो सुझाव दिएको थियो: "प्रत्येक साँझ र बिहान नाकभित्र साबुन पानीले सफा गर्नू। साँझ बिहान हाच्चिँउ गर्नू अनि गहिरो सास लिनू। गलबन्दी नलगाउनू। हिँडेरै काममा जानू अनि प्रशस्त 'परिज' खानू।" जनस्वास्थ्यसँग सम्बन्धित विषयमा देखिएका अलमलबारे एक कार्टुन सन् २०१८ को महामारीको प्रभाव नपरेको कुनै पनि देश थिएन। त्यसको प्रभाव र त्यसबाट बच्ने सरकारी प्रयास भने देश अनुसार फरक थियो। अमेरिकाका केही राज्यमा क्वारन्टीनको व्यवस्था गरिएको थियो जसको नतिजा मिश्रित थियो। अन्य केहीले मास्कको प्रयोग अनिवार्य बनाएका थिए। सिनेमा घर, नाटक घरसहित मनोरञ्जनका लागि प्रयोगमा ल्याइएका अन्य स्थानहरू देशभरि बन्द गरिएका थिए। सङ्क्रमणबाट बच्न सावधानी अपनाइन्थ्यो पछिल्लो २० वर्षदेखि क्षयरोग विरुद्ध अभियान चलाइरहेको न्यूयोर्क अन्य राज्यका तुलनामा बढी तयार देखिएको थियो। फलस्वरूप त्यहाँ मृत्यु हुनेहरूको दर कम थियो। त्यसै कारण उक्त राज्यका स्वास्थ्यसम्बन्धी मामिला हेर्ने आयुक्त मनोरञ्जनका लागि प्रयोग गरिने चलचित्र घरसहित अन्य स्थान खुला राख्न दबावमा परे। सन् १९१८मा न्यूयोर्कमा मास्क लगाएर बाटा घाटा सफाइ गर्दै एक व्यक्ति अहिले जस्तै त्यस बेला पनि स्वच्छ हावालाई सङ्क्रमण फैलन नदिन सम्भावित उपायका रूपमा हेरिएको थियो र त्यसैका आधारमा केही सरल उपायहरू अपनाइएका थिए। सन् १९१८मा खुला स्थानमा अदालतको कारबाही तर अमेरिकाका अधिकांश सहरहरूमा ठूला भिडभाड रोक्न भने असम्भव जस्तै देखियो। त्यस्तो अवस्था सबैभन्दा बढी धार्मिक स्थलहरूमा देखिन्थ्यो। स्यान फ्रान्सिस्कोमा महामारीका बेला प्रार्थनामा सहभागी भिड उक्त महामारीको अन्त सम्ममा ब्रिटेनमा ज्यान गुमाउनेहरूको सङ्ख्या २२८,००० पुगेको थियो र जनसङ्ख्याको एक चौथाइ सङ्क्रमित भएको आशङ्का गरिएको थियो। लन्डनमा एउटा बस नि:सङ्क्रमित पारिदैँ सबै तस्वीरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित
140602_former_king_asset
https://www.bbc.com/nepali/news/2014/06/140602_former_king_asset
सम्पत्ति सदुपयोगको गुरुयोजना बन्दै
१३ वर्षअघि हत्या गरिएका पूर्वराजा वीरेन्द्र र उनको परिवारको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको सदुपयोग हुन नसकेको भनी आलोचना भईरहेका बेला त्यस्तो सम्पत्तिलाई व्यवस्थापन गर्न गठित नेपाल ट्रष्टको कार्यालयले ती सम्पत्तिको उपयोगको योजना अघि बढाईसकेको जनाएको छ।
गणतन्त्र घोषणा भैसकेपछि सरकारले स्वर्गीय राजारानीको सम्पत्तिको खोजबीन शुरु गरेको थियो पूर्वराजा र उनको परिवारको नाममा रहेको सम्पत्ति सरकारको मातहतमा ल्याईसकेको उक्त कार्यालयले लगानीबारे सम्बन्धित मन्त्रालयहरुको सुझाव संकलन गरिरहेको एक उच्च अधिकारीले बताए। तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरुका परिवारको सम्पत्ति सरकारको मातहत ल्याई राष्ट्रिय हितमा प्रयोग गर्ने उद्देश्यले २०६४ सालमा नेपाल ट्रष्टको कार्यालय स्थापना भएको थियो। त्यसबीचमा उनीहरुको नाममा रहेका सम्पति सरकारको मातहत आईसकेको भएपनि त्यसको सदुपयोगका लागि ट्रष्टको कार्यालयले बल्ल प्रक्रिया अघि बढाएको छ। सम्पत्ति उक्त कार्यालयका कार्यकारी सचिव श्रीधर गौतमले अचल सम्पत्तिहरुको लगानीबारे विभिन्न मन्त्रालयसँग राय मागिएको बताए। उनले भने, ''त्यहाँबाट राय आएपछि दरबारमार्ग र कमलादी जस्ता मुख्य ठाउँमा रहेका जग्गाहरुको उपयोग गर्ने सन्दर्भमा एउटा एकीकृत गुरुयोजना बनाएर जाने कुरा छ। त्यही आधारमा हामी अगाडि बढिरहेका छौं।'' गौतमका अनुसार सम्भवतः आगामी तीन चार महिनाभित्र लगानीको प्रक्रिया शुरु गरिने छ। उक्त कार्यालयले तत्कालीन राजारानी लगायतको नाममा रहेको ६ हजार रोपनीभन्दा बढी जग्गा र झन्डै डेढ लाख कित्ता शेयर सरकारको मातहत ल्याईसकेको जनाएको छ। कार्यविधि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्नेसम्बन्धी कार्यविधि तयार पारिसके पनि अपेक्षा गरिएअनुसार चल सम्पत्ति नभेटिएकोले तत्काल लगानी गर्न नसकिएको गौतमको भनाइ छ। उनले भने, ''विभिन्न स्वदेशी तथा विदेशी बैंकहरुमा चल सम्पत्ति होला भनी जुन अनुमान थियो। त्यसअनुसार विदेशमा एक पैसा पनि भेटिएन। स्वदेशमै करीब ४५ हजार पाउण्ड भेटिएको छ।'' तत्कालीन राजारानी लगायतका सम्पत्ति सरकारको मातहत आई सके पनि राष्ट्रियहितमा त्यसको उपयोग नहुञ्जेल खासै अर्थ नराख्ने कतिपयको भनाइ छ।
news-57126937
https://www.bbc.com/nepali/news-57126937
ओलिम्पिक्स: ‘महिला भएका कारण तालिबानले मलाई साइकल चलाउन दिँदैन’
अफगानिस्तानकी साइकल खेलाडी मासुमाह अली जादाले शरणार्थी ओलिम्पिक्स टोलीबाट टोक्यो ओलिम्पिक्समा सहभागी हुने आशा गरेकी छन्।
तालिबानबाट खतरा हुन सक्ने र महिला साइकल खेलाडी भएका कारण परेको सामाजिक दबावका कारण सन् २०१६ मा परिवारसहित उनले अफगानिस्तान छाडिन्। उनी अहिले शरणार्थी रूपमा फ्रान्समा बस्छिन्। सन् १९९० को दशकमा अफगानिस्तानमा तालिबानको शासन हुँदा बालिकाहरूलाई विद्यालय जान निरुत्साहन गरिन्थ्यो र महिलाहरूलाई काम गर्न दिइन्थेन। अफगान सरकार र उसका सहयोगीहरूले त्यसयता तालिबानसँग युद्ध गरिरहेका छन्। पछिल्ला केही महिनाहरूमा सर्वसाधारण र त्यसमा पनि विशेषगरि ख्याति कमाएका महिलाहरू लक्षित तालिबान आक्रमण बढ्दो क्रममा छ। हेर्नुहोस् एउटा भिडिओ।
news-52865876
https://www.bbc.com/nepali/news-52865876
कोरोना भाइरस थाईल्यान्ड: महामारीका कारण सङ्कटमा परेपछि हात्ती र माहुतेहरू बसाइँ सर्दै
कोरोनाभाइरस महामारीका कारण पर्यटन उद्योग धराशायी भएपछि थाईल्यान्डमा हजारौँ हात्तीहरू भोकै बस्नुपर्ने परिस्थितिमा आइपुगे।
यो प्रतिकूल परिस्थितिमा धेरै माहुतेहरूले आफ्ना हात्तीलाई गाउँतिर लगिरहेका छन्। परोपकारी संस्थाहरूले यसलाई "थाईल्यान्डको इतिहासमा हात्तीहरूको सबैभन्दा ठूलो बसाइँसराइ" भनेका छन्। बीबीसी थाईले एउटा त्यस्तै समूहले कसरी हात्तीको बथानलाई सुरक्षित स्थानमा लग्यो त्यो यो भिडिओमा देखाएको छ। हेर्नुहोस्। अनि यो पनि
news-45586825
https://www.bbc.com/nepali/news-45586825
ब्राजिल: यो सहरमा किन धेरै जुम्ल्याहा जन्मिन्छन्?
दक्षिणी ब्राजिलको क्यान्डिडो गोड्वाईमा सात हजार मानिस बस्छन्।
त्यहाँ जुम्ल्याहाहरूको जन्मदर उच्च छ। बीबीसी न्यूजले केही जुम्ल्याहासँग कुराकानी गरेको छ र सो स्थानबारे केही जानकारी लिएको छ।
news-48305834
https://www.bbc.com/nepali/news-48305834
नासा भन्छ चन्द्रमा खुम्चिँदैछ, कारण यस्ता छन्
नासाका वैज्ञानिकहरूका अनुसार करोडौँ वर्षमा चन्द्रमा ५० मिटर खुम्चिएको छ।
चन्द्रमा खुम्चिँदा पाँच रिक्टर स्केलसम्मको कम्पन हुने वैज्ञानिकहरू बताउँछन्। किन बिस्तारै खुम्चिरहेको छ त चन्द्रमा? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-46942973
https://www.bbc.com/nepali/news-46942973
जब तालिबानले आक्रमण गर्‍यो, यी पाइलट खाटमुनि लुके, र मृत्युबाट बाँचे
ग्रीसका विमान चालक भ्यासिलिओस भ्यासिलिउले एक वर्ष अघिको त्यो साँझ अझै बिर्सेका छैनन् जुनबेला उनले बाल्कोनीबाट तल हेर्दा भुईँमा रगतले लतपतिएको मानिस देखे। मृत्यु नजिकै आइरहेको उनलाई आभास भयो। एक वर्षअघिको कुरा हो, भ्यासिलिउले काबुलको एउटा विलासी इन्टरकन्टिनेन्टल हिलटप होटलमा एउटा कोठा लिए। त्यो होटल खासगरी विदेशीहरूबीच लोकप्रिय छ, २० जनवरीका दिन तालिबान बन्दुकधारीले त्यहाँ आक्रमण गर्दा ४० जना मारिए।
त्यो त्रासदी उनको सम्झनामा: त्यो साँझको खाना अलि छिटो खाने विचारले म अर्का पाइलट साथी माइकल पोलिकाकोससँग साँझ ६ बजे खान गएँ। होटलमा आउन थालेको तीन-चार महिनामा धेरैजसो राती साढे आठ बजेतिर मात्रै खाना खान जान्थेँ। हामीले त्यस्तै साढे सात बजेतिर खाना खाइसकेर म सबभन्दा माथिल्लो तलामा रहेको आफ्नो कोठा नम्बर ५२२ मा गएँ। आठ बजेर ४७ मिनेट भएको थियो, म एथेन्समा फोनमार्फत कुराकानी गर्दै थिएँ, लबीमा ठूलो विस्फोट भएको आवाज सुनेँ। आक्रमणको भोलिपल्ट बिहान इन्टरकन्टिनेन्टल होटलबाट निस्किरहेको धुवाँ म बाल्कोनीमा गएँ। मैले तल भुइँमा रगतले लतपतिएको मानिस देखेँ। होटलभित्र र बाहिरबाट बन्दुकको गोली चलेको आवाज आइरहेको थियो। त्यसबेला रेष्टुराँमा आफू नभएकोमा निकै भाग्यमानी सम्झेँ र आफैलाई भनेँ, "भ्यासिलियोस अब बाँच्नका लागि केही गर्नैपर्छ।" मैले बाल्कोनीको ढोका खुलै राखेँ र मेरो कोठाको ढोकाभित्रबाट बन्द गरेँ। मेरो कोठामा दुईवटा खाट थिए। ग्रिनेडहरूबाट बच्न एउटा डसना ढोकामा राखेँ। तन्ना, टावल र लुगाहरू बाँधेर एउटा डोरी बनाए ता कि आवश्यक पर्‍यो भने चौथो तलामा जान। पाइलट र तालिम प्रदायक पनि भएकाले मैले समस्या व्यवस्थापन र निर्णय कसरी गर्ने भन्ने वर्षौंसम्म अध्ययन गरेको छु। त्यसैले रेष्टुराँ वा नाटक हेर्न जाँदा पनि ढोकाको छेउमै वा आपतकालीन ढोकाको नजिकै बस्ने गर्छु। अब के गर्ने भनेर सोच्न थालेँ। त्यहाँ कति आक्रमणकारी छन् र कहाँ छन् भन्ने मलाई थाहा थिएन। पाचौँ तल्लाबाट हाम फाल्नु पनि राम्रो भएन। त्यसैले मैले आफैले आफैलाई भनेँ- भित्रै बस र आफूलाई बचाउन जे गर्न सक्छौ गर। किन हो थाहा छैन म अस्वाभाविक रुपमा शान्त थिएँ। मैले एउटा खाट खजमज्याएँ र अर्कोलाई चिटिक्क राखेँ। बत्ति निभाएँ र बाक्लो पर्दा र कुर्चिको पछाडि अँध्यारोमा लुकेँ। डेढ घन्टा बित्यो। त्यसबेलासम्म रेष्टुराँ लबी, पहिलो तल्ला र दोश्रो तलामा रहेकाहरू सबैलाई मारेको मलाई थाहा थिएन। त्यसपछि उनीहरू चौथो-पाँचौ तलामा आएको, छतमा दौडेको सुनेँ। छतमा उनीहरूले अन्तर्राष्ट्रिय फौजको हेलिकप्टरहरू आफ्नो नियन्त्रणमा लिँदै थिए। मैले करिडरमा गोली हानाहान सुनेँ, अचानक होटलको बिजुली गयो। मैले मेरा बच्चाको अनुहार सम्झेँ त्यसपछि मेरो छेउको कोठा नम्बर ५२१ मा उनीहरू पसे, त्यसलाई उनीहरूले त्यो रातका लागि काम गर्ने कोठा बनाए। मैले मेरो कोठाको ढोकामा गोली हानेको सुनेँ। म लुकिरहेको ठाउँ मलाई ठिक लागेन अनि एउटा खाटमुनि घुस्रेँ। उनीहरूले कोठाको साँचोमा गोली हाने, ढोकालाई ठूलो घनले हानेँ र चारजना मान्छे मेरो कोठाभित्र पसे। एकजना बाल्कोनीतिर दौड्यो किनभने त्यो ढोका खुलै थियो। भ्यासिलिओस भ्यासिलिउ र माइकल पोलिकाकोस अफगानी कम्पनी काम एअरका लागि काम गर्थे एउटा गोली चल्यो। मैले आफू शायद मर्छुहोला भन्ने सोचेँ। मैले मेरो परिवार सम्झेँ, मेरा बच्चाका अनुहार सम्झेँ र मेरा जीवनका राम्रा-नराम्रा पलहरू सम्झेँ। ढोका खुलै राखिएको थियो। बन्दुकधारीहरू भित्र-बाहिर गरिरहेका थिए। त्यसपछि उनीहरूले अन्य कोठाका ढोकाहरू खोल्न थाले। मेरो ठीक अगाडि मैले सँगै काम गरेका परिचालक र अरु पाइलटहरूको कोठा थियो। कहिले मारिनु अघिको उनीहरूको क्रन्दन सुन्थेँ, कहिले केही सुन्दिनथेँ। मेरो विचारमा उनीहरूले पाँचौ तल्लाका सबै ढोका खोले र फेला परेका सबैलाई मारे। गोली चलेको र रुवाइ सुनिरहेँ। त्यसपछि उनीहरू भोजमा झैँ हाँसेको सुन्थेँ। बिहान तीन बजेतिर पाँचौं तलामा ठूलो आगो लगाए र असाध्यै धुवाँ आएपछि उनीहरू गए। २०-२५ मिनेटसम्म गोली नचलेपछि म खाटमुनीबाट बाहिर निस्केँ। दोस्रो जीवन बाहिर आएपछि देखेँ उनीहरूले अर्को खाट उठाएर गोली हानेका रहेछन्, कोही लुकेको छ कि भनेर हेरेका रहेछन्। मैले सोचेँ, "आज दोश्रोपटक बाचेँ।" धुवाँ मेरो कोठाभित्र आयो। अब त केही गर्नैपर्ने भयो। म बाल्कोनीमा गएँ। मेरो देब्रेतिर ठूलो आगो लागिरहेको थियो। मेरो कोठामा आगो आए नबाँच्ने पक्का थियो। मैले टेलिभिजनका तारहरू छतबाट तलसम्म गएको देखेँ। त्यसले मेरो तौल धान्न सक्ला कि नसक्ला भनेर तार तानेर हेरेँ। तर त्यसै बखत दुईवटा गोली मेरो छेउमै आए। एउटा २० सेन्टिमिटर टाढा र अर्को आधा मिटर टाढा। ती दुबैले झ्यालका सिसामा प्वाल पारे। ती सायद अन्तर्राष्ट्रिय फौजका स्नीपर थिए। उनीहरूले नाइट भिजन क्यामरा मार्फत मलाई कोठा नम्बर ५२२ बाहिर गएको देखेका थिए। त्यति दूरीमा उनीहरूको निशाना खेर जाँदैन। तर तिनले गोली हानेका बेला टिभीको तार समात्दा म हल्लिएकाले गोली लागेन। मैले भित्र जाने निर्णय गरेँ। आवाज ननिकल्ने गरि सुस्तरी बाथरुममा गएँ। नङकाट्ने कैँची थियो। फ्रिजमा रहेको दूध र पानी अनि एउटा टिशर्ट लिएर गएँ। टिशर्ट काटेर नाकमा घुसाएँ ता कि त्यसले धुवाँ छान्ने फिल्टरको रुपमा काम गरोस्। अर्को टुक्रामा दूध र पानी खन्याएँ र मेरो मुख वरिपरि बाँधे मैले त्यो एथेन्स विमानस्थलको अग्नी नियन्त्रण विभागमा लिएको तालिममा डबल फिल्टर बनाउने त्यस्तै तरिका सिकेको थिएँ। म खाटभित्र घुस्ने वित्तिकै एउटा केटो भित्र आएर खाटमा बस्यो। मैले उसको खुट्टा देखेँ। उसले भुइँमा थुकिरहन्थ्यो र अरूलाई के गर्ने भन्ने आदेश दिइरहेको थियो। म अहिलेसम्म उसको स्वर सम्झिरहन्छु। उ बाथरुम गयो। त्यसपछि बाल्कोनी गयो र एके-४७ बाट गोली हानिरह्यो। म कुनै पनि आवाज बनाउन सक्दिनथेँ किनभने गोलीको आवाज बन्द भएपछि त्यहाँ पूर्ण रुपमा शान्ति थियो। त्यति नै बेला मेरो मस्तिष्कमा एउटा विचार आयो, म त्यस दिन मर्दिन होला। किनभने म साविक समयमा रात्रीको खाना खान गइन। उनीहरू मेरो खाटमा गोली हान्नेबेला बाँचे किनभने म अर्को खाटमुनि थिएँ। स्नीपरहरूको गोलीबाट पनि बचेँ। र, अहिले म राम्ररी लुकेको थिएँ। मैले सोचेँ अन्तर्राष्ट्रिय फौजले कुनै हिसाबले होटल नियन्त्रणमा लिनेछन्, त्यसैले अहिले जस्तो अवस्था छुँ, त्यस्तै बसेँ भने ठिक हुनेछ। तर विहान सबेरै अन्तर्राष्ट्रिय फौजले ट्याङ्कहरूबाट कोठाहरूमा प्रहार गर्न थाले किनभने बन्दुकधारीहरू त्यहाँ ओहोरदोहोर गरिरहेका थिए। हरेक पल्ट ट्याङ्कले गोली हान्दा पुरै होटल थर्किन्थ्यो। सबै फर्निचरहरू धुलो भएका थिए र सिलिङहरूमा प्वाल परेका थिए। त्यसो हुँदा पनि बाँचेकोमा मैले भाग्यमानी ठानेँ। होटलको पाँचौ तल्लाको करिडर उनीहरूले विहान ६ बजे फेरि गोली हान्न थाले। मेरो दराजबाट लुगा लगे, कार्पेट लगे र त्यसमाथि डिजेल खन्याए। उनीहरूको कोठा नम्बर ५२१ पनि जलाए। आगो मेरो निकै नजिक थियो। धुवाँको मुस्लो र तापमा म १५-२० मिनेट भन्दा बाँच्न सक्दिन भन्ने मलाइ थाहा थियो। बाल्कोनीको ढोकाबाट आएको चिसो हावाको भरमा सास फेरि रहेको थिएँ। त्यो धुवाँ काठ वा कार्पेट जल्दाको जस्तो थिएन। त्यो त मान्छे जलाइरहेको धुवाँ पो थियो। म बाहिर आउने निर्णय गरेँ। तर बाहिर निस्कँदै गर्दा ५२१ कोठाबाट झ्याल फुटेको आवाज सुनेँ। मेरो कोठामा पनि त्यस्तै भयो, मैले फेरि लुक्ने निर्णय गरेँ। भ्यासिलिओसको दुई कोटा परको कोठा नम्बर ५२०- आक्रमणपछि अन्तर्राष्ट्रिय फौजले आगो निभाउन फोहोराबाट पानी खन्याइरहेका थिए। आगो त निभ्यो तर काबुलको तापक्रम -३ डिग्री भएका बेला म छिटै हाइपोथर्मियाबाट ग्रस्त हुनेछु भन्ने निश्चित थियो। साढे ९ बजे फेरि बन्दुक बजेको सुनियो तर त्यसको आवाज फरक थियो। ५२१ कोठामा रहेका बन्दुकधारीले जवाफी गोली फर्काएनन्। साढे एघार बजेतिर कोठा नम्बर ५२१ मा एकमात्र बन्दुकधारी बाँकी रहेजस्तो लाग्यो। तर उसका सबै गोली सकिए। मलाई हाँसो फुत्केला जस्तो भयो। उ केहीबेरपछि बेपत्ता भयो। यो सब सुरु हुनु अघिल्लो राती अबेरको उडानबाट म त्यहाँ पुगेको थिएँ। त्यसैले नसुतेको ३५-४० घन्टा भइसकेको थियो। केही मानिसहरू मेरो कोठातिर आएको सुनेँ तर ती राम्रा मानिस थिए कि नराम्रा ठम्याउन सकिन। ११:४० बजे तिर कसैले अफगानी लवजमा पुलीस पुलिस भन्यो। तर म बाहिर आउन चाहिन किनभने ती खराब मान्छे पनि हुन सक्थे। पछि अंग्रेजी लबजमा पनि पुलिस भनेको सुनेँ। म खुशी भएँ र कराउन र खाट बाहिर आउन खोजेँ। म धुवाँले कालो भएको थिएँ। त्यसैले उनीहरूले मेरो अनुहार कस्तो छ भन्ने थाहा पाएनन्। चार कमाण्डोहरूले मतिर बन्दुक फर्काएर तलैबस भने। एकजनाले खासखुस गर्दै भन्यो यो त भुत होला। मलाई असाध्यै जाडो भएको थियो तर मैले म 'काम एअर' को क्याप्टेन हुँ, मलाई नमार भन्न भ्याएँ। उनीहरूले विश्वास गर्न सकेका थिएनन्। कति घन्टा म त्यसरी बसेँ भनेर उनीहरूले सोधे। मैले म सम्पूर्ण समय त्यहीँ बसेको सुनाएँ। उनीहरूले मेरो खाट हेरेर कसरी बाँच्न सफल भएँ भन्ने सोधे। सुन्दर जीवनको मजा एकजनाले मलाई तल लैजाने तर त्यस अघि एउटा फोटो खिच्ने बतायो। मैले पनि फोटो खिच्न चाहेँ। म होटलबाट बाहिर आउने अन्तिम मान्छे थिएँ। उनीहरूले काबुलस्थित ब्रिटिश आधारमा लगे। मेरा सहकर्मी माइकललाई देख्दा म यति खुशी भएँ म विश्वास गर्न सकिरहेको थिइन। आक्रमणको दुई महिनापछि होटलको केही भाग खुला गरिएको थियो रोऊँ कि हासुँ मलाई थाहा थिएन। हामीले कति साथी गुमायौं। विदेश मन्त्रालयले मेरो परिवारलाई होटलबाट सबैजना निकालिएको र म फेला नपरेको बताएको थियो। त्यसैले मेरो परिवारले म बाँचे भन्ठानेको थिएन। तीन-चार घन्टापछि मैले फोन गरेर ठीक छु भन्दा उनीहरू कति खुशी भए तपाई सोच्न पनि सक्नुहुन्न। म सँधैभरी सकारात्मक व्यक्ति रहेँ। हिजोआज झन् बढी सकारात्मक छु। म जीवनको हरेक पलको मजा लिन्छु र मसँग जे छ त्यसका लागि अनुगृहित हुन्छु। जीवन उपहार हो र यो रहेसम्म मजा लिइरहनुपर्छ। ग्रीसको समुद्री किनारमा साथीहरूसँग बसिरहँदा मानिसहरूले आर्थिक मन्दीका कारण उनीहरूले छोड्नु परेका विलासिताका सामानबारे गुनासोहरू सुन्ने गर्छु। म त साथीहरूसँग समुद्री किनारामा खानपान गर्दै जीवनको मजा लिन चाहन्छु। काम, तनाव र नराम्रा कुरामा केन्द्रित नहुनुस्। बरु पल पल राम्रा बनाउन र राम्रा मानिसका वरिपरि रहनमा केन्द्रित हुनोस्। किनभने जीवन सुन्दर छ। काबुलपछि मलाई जीवन साँच्चिनै सुन्दर छ भन्ने लाग्छ। र, विश्वास गर्नुस् म हरेक पलको मजा लिइरहेको छु। ७० प्रतिशत भूभागमा तालिबान सक्रियः बीबीसी काबुल आक्रमणमा ११ नेपाली घाइते 'लिटल मेस्सी' किन घर छोड्न बाध्य भए?
news-44510389
https://www.bbc.com/nepali/news-44510389
विश्वकप २०१८: ब्राजिललाई माथि उठाउने प्रशिक्षक
सन् २०१४ को जुलाई ९ मा खेलिएको विश्वकप फुटबलको त्यो खेल। आर्जेन्टिना भर्खरै नेदरल्याण्डस्‌लाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइनलमा पुगेको छ। तर सबै जना त्यसको एकदिन अघिको डरलाग्दो सेमिफाइनल खेलकै नतिजा पत्याउने प्रयास गरिरहेका छन्।
आयोजक ब्राजिल जर्मनीसँग ७-१ ले हारेको थियो। अब के होला? भन्ने प्रश्न सबैले गरिरहेका थिए। "के ब्राजिलले अब आफ्ना जरा र हाँगाबिँगासहित पूरै प्रणालीमा सुधार गर्ला?" खेल प्रस्तोता मार्क चापमेनले मलाई सोधेका थिए। "मलाई त्यस्तै लाग्छ," मैले जबाफ दिएको थिए। तर मलाई डर थियो कि १० दिन शोक मनाएपछि फेरि सबैथोक पहिले जस्तै हुनेछ। र हुन पनि त्यस्तै भयो। अर्को गलत निर्णय विश्वकपको केही समयपछि नै ब्राजिलले आफ्ना पूर्व मध्यपङ्क्तिका खेलाडी डुंगालाई पुन: प्रशिक्षकमा नियुक्त गर्ने गलत निर्णय गर्यो। उनले सन् २००६ देखि २०१० सम्म राष्ट्रिय टोली सम्हालिसकेका थिए। त्यसबाहेक उनको बाँकी अनुभव भनेको उनले ब्राजिलको क्लब इन्टरन्याशोनलको प्रशिक्षकको असफल भूमिका केही महिना निर्वाह गरेका थिए। उनी जरैदेखि सुधार गर्नसक्ने मानिस थिएनन्। उनको नियुक्ति वास्तविकतालाई अस्वीकार गर्दै चालिएको कदम थियो। यदि हामीमाथि आक्रमण भयो भने, ब्राजिलको फुटबल एशोशियसनले ठान्यो, हाम्रा मान्छे डुंगा हुन्। एक जना आक्रमक व्यक्तिका रुपमा डुंगाले आगोको बदलामा आगोले ने प्रहार गर्नेछन् भन्ने विश्वास त्यसबेला गरिएको थियो। तर त्यसको दुई वर्षपछि सन् २०१८ को विश्वकप छनौट खेलका एक तिहाइ खेलहरू समाप्त भइसक्दा ब्राजिल स्वत: छनौट हुने टोली संख्या भन्दा बाहिर छैठौँ स्थानमा थियो। सबै विश्वकपका अन्तिम प्रतियोगिताहरूमा छनौट भएको ब्राजिलको गौरवपूर्ण इतिहास नै मेटिने हो कि भन्ने आशङ्का व्यक्त गरिदैँ थियो। डुंगामाथि दबाब थियो। रिओ ओलिम्पिक्समा उनको सबैभन्दा ठूलो आशा थियो। यदी उनले फुटबलमा स्वर्ण पदक दिलाउन सकेको भए, उनको अवस्था थप बलियो हुने थियो र उनले थप समय पाउने पनि थिए। त्यस्तो हुन पनि सक्थ्यो। तर ओलिम्पिक्सको केही अघि मात्रै कोपा अमेरिका एक सय वर्ष पुगेको अवसरमा संयुक्त राज्य अमेरिकामा विशेष संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो। डुंगाको टोली इक्वेडरसँग बराबरी खेल्यो, परुसँग हार्‍यो अनि समूह चरणबाटै घर फर्क्यो। त्यसपछि उनको जागिर संकटमा पर्‍यो र कोरिन्थियन प्रशिक्षक टिटे, जसलाई सन् २०१४ मा नै प्रशिक्षकको जिम्मेवारी दिइनुपर्ने मत प्रबल थियो, उनले ढिलो गरि टोली सम्हाले। त्यसपछिको बाँकि इतिहास हो। टोलीका सदस्यहरू खासै हेरफेर गरिएनन्। चीनमा खेलिरहेका पोलिन्होलाई फिर्ता बोलाइयो। त्यो एउटा विवादास्पद कदम भएपनि त्यसले उल्लेख्य सफलता दिलायो। र टिटेले जोखिम मोलेर किशोर ग्याब्रिएल जिससलाई मध्य पङ्क्‍तिबाट अगाडि खेल्ने जिम्मेवारी दिएर तत्कालै सकारात्मक परिणाम समेत प्राप्त गरिहाले। यी दुई खेलाडी बाहेक अन्य सबै सदस्य उही रहेको टोलीले डुंगाको नेतृत्वमा भन्दा बिल्कुलै फरक परिणाम दियो। जटिल देखिएको छनौट चरण सहजै पार लाग्यो। टिटेको नेतृत्वमा ब्राजिलले १० खेल जित्यो, दुई खेल बराबरी खेल्यो, ३० गोल हान्यो र जम्मा तीन वटा खेलमा पराजित भयो। युरोपेली टोलीहरूसँगको मैत्रीपूर्ण खेलमा पनि उनीहरू राम्रो लयमा छन्। रूस विश्वकपमा खेल्न आइपुग्दा उनीहरू प्रतियोगिताका रुचाइएका अरू टोलीहरू जस्तै समर्थनयोग्य आधार सहित उपस्थित भएका छन्। यहाँ एउटा महत्तवपूर्ण प्रश्न पनि उठ्छ - कसरी एक जना मानिसले यत्रो परिवर्तन ल्याउन सक्छन्? विश्वकप २०१८: ब्राजिलका 'चमत्कारी प्रशिक्षक' ब्राजिलको नविनता यसको दुईवटा जबाफ छन्। टिटेका सकारात्मक गुणमात्रै होइनन् उनका सहकर्मीका कमजोरीहरू र कमजोर अवस्थामा आफूलाई दिइएको जिम्मेवारीलाई जोडेर हेरिनुपर्छ। त्यहाँ सफलताका खतरा र एक्लोपनका पीडा दुईवटा समस्या थिए। ब्राजिलको फुटबल जन्मदै महान थिएन। उसले एउटा प्रक्रियाको परिणाम स्वरूप महानता हासिल गर्दै गयो। सन् १९५८ देखि सन् १९७० सम्म भएका चारवटा विश्वकपमा उनीहरूले तीनवटा जिते र त्यसबेला तयारी र ट्याक्टिस(कौशल) दुवैमा उनीहरू अन्य टोलीहरूभन्दा उम्दा थिए। सन् १९५८ मा नै ब्राजिलसँग ठूलो संख्यामा डाक्टरहरू, एक जना दन्त चिकित्सक, शारीरिक तयारीका विज्ञ थिए। त्यसबेलै खेल सम्बन्धी मनोविश्लेषकलाई समेत प्रयोग गर्ने 'आलोकाँचो' प्रयास ब्राजिलले गरेको थियो। सन् १९५८ र सन् १९६२ का खेलाडी तथा सन् १९७० का प्रशिक्षक मारियु जागलुलाई मैँले सन् १९६२ को विश्वकप खेल्न इङ्ग्ल्याण्डको टोली चिकित्सक बिनै गएको थियो भनेर सुनाउँदा धन्नै उनी आफ्नो कुर्सीबाट लडेनन्। र, रणनीतिको सन्दर्भमा उनीहरूले युरूग्वे, आर्जेन्टिना र हंगेरीका प्रशिक्षकहरूबाट पनि केही कुराहरू लिएका थिए र सबैलाई एक ठाउँमा मिलाएर नयाँ कुरा पस्किएका थिए। रक्षापङ्क्तिमा चार जनालाई खेलाउने योजनाका उनीहरू अग्रणी थिए। सन् १९५८ मा नै उनीहरूले पहिलो पटक विश्वकप युरोपमा जितेका थिए। त्यो रणनीतिका कारण उनीहरूले सेमिफाइनलसम्म एउटा पनि गोल खाएनन्। सन् १९७० सम्म पुग्दा उनीहरूको स्तर अझै माथि पुगेको थियो। जागलु त्यो अभूतपूर्व टोलीको प्रशिक्षक बन्न पाएकोमा प्रशन्न थिए र उनलाई अहिलेको आधुनिक फुटबलको ४-२-३-१ ढाँचाको अग्रणी मानिन्छ। सन् १९७० को विश्वकप बिजेता टोलीका सदस्य पेले खुसी मनाउँदै। ४४ वर्षपछि जर्मनीसँगको लज्जास्पद हारपछि रूँदै डेविड लुइज। तर त्यत्रो सफलताले ब्राजिललाई अल्छी बनायो र आफू जन्मदेखी नै एकदमै दक्ष रहेको ठान्ने बनायो। र जब खेल अघि बढ्दै गयो ब्राजिल खतरनाक रुपमा एक्लियो। कुनै पनि ब्राजिलका प्रशिक्षकहरू युरोपको उच्चस्तरको क्लबहरूमा काम गर्न कहिल्यै आएनन् र जो आए तिनिहरू पनि टिक्न सकेनन्। ब्राजिल एक दशकअघिका स्पेनका प्रशिक्षक पेप ग्वार्डिओलाले गरेको क्रान्तिबाट पूर्ण रुपमा बेखबर जस्तै भयो। ब्राजिलको फुटबलका धेरैले शारीरिक विकासक्रमले बललाई नियन्त्रण कायम गरिराख्ने किसिमले खेल्न गाह्रो भएको विश्वास गर्ने गरेका थिए। उनीहरूलाई लाग्थ्यो कि शक्ति आर्जन गर्ने तरिका भनेको तत्काल प्रत्याक्रमण गर्नु नै हो। सन् २०१४ मा जर्मनीसँगको खेलसम्म आइपुग्दा त ब्राजिलहरू समय सकिएको औषधी जस्तो बनेका थिए। जर्मनीले ग्वार्डीओलाका अवधारणाहरूमा टेकेर ब्राजिललाई ७-१ गोल अन्तरले पराजित गरेको थियो। टिटे-युरोपको शिक्षा ब्राजिलको विफलता अपवाद भनेको उसले आफूलाई विकास गर्न र सिक्न चाहेको छ र त्यसको मेरूदण्ड टिटे बनेका छन्। उनको बायोडेटा पहिलो पटक हेर्दा केही पनि अस्वभाविक छैनन्। उनले एकपछि अर्को जागिर खाएका छन् र अधिकांशमा हटाइएका पनि छन्। उनले युरोपमा कहिल्यै काम पनि गरेका छैनन्। तर ५७ वर्षीया यी प्रशिक्षकको सञ्चार क्षमता निक्कै राम्रो छ। त्यसबाहेक उनी एकदमै जिज्ञासु छन्। विश्वकप छनौटमा उनको मुल मन्त्र 'मैले कसरी सिक्ने भनेर जानेको छु' रहेको थियो। यसै शताब्दीको सुरुमा जब टिटेलाई चिन्न थालियो, उनको परिचय ३-५-२ विशेषज्ञका रुपमा रहेको थियो। तर जब उनले ब्राजिलको इन्टरन्याशोनल क्लब सम्हाले उनी आर्जेन्टिनी मध्यपपङ्क्‍तिका खेलाडी आनद्रेश डि अलेसान्द्रो (जसले पोर्ट्रसमाउथमा पनि खेलेका थिए) सँग रमाए। उनले नै टिटेलाई युरोपको ४-४-२ ढाँचाबारे व्यख्या गरेका हुन्। उनलाई थप ज्ञानको भूत चढ्यो र त्यसपछि टिटेलाई उत्कृष्ट टोलीहरू कसरी खेल्छन् भन्ने जान्नका लागि युरोपमा लामो समय बिताएका छन्। दक्षिण अमेरिकासँग तुलना गर्दा फुटबल टोलीहरू कसरी जोडिएर खेल्ने गर्छन् भन्ने कुरा एकदमै फरक छन्। उनले कोरिन्थियन टोलीलाई सन् २०११-१२ मा ब्राजिल र दक्षिण अमेरिकाको फुटबल उपाधि मात्रै दिलाएनन् उनको टोलीले चेल्सीलाई क्लब विश्वकप फाइनलमा पराजित गर्‍यो। त्यो टोली एक गोलले जित्ने टोलीका रूपमा चिनिन्थ्यो। तर त्यसरी टाँस्सीएर खेल्दा खेल्न भने कठिन हुन्थ्यो। बलियो रक्षापङ्क्‍तिमा टोली निर्भर हुन्थ्यो। तर टिटेले युरोपबारे अध्ययन गर्ने क्रममा उत्कृट टोलीहरूले मैदानमा कसरी अंक हात पार्छन र विपक्षी टोलीलाई हराउँछन् भन्नेतर्फ आफूलाई केन्द्रित गरे। उनले सिकेका सबै कुराहरू सन् २०१५ मा कोरिन्थिन टोलीले ब्राजिलको क्लब उपाधि जित्दा लागु गराएका थिए। त्यसबेला तिनिहरू यस्तो टोली थिए जसले आक्रमणको सम्भावना निरन्तर खोजी रहन्थ्यो र एक अर्कालाई बल पास गर्ने विकल्पमा पनि खुल्ला रहन्थे। र त्यो रणनीति नै अहिले टिटेले ब्राजिलको राष्ट्रिय टोलीमा ल्याएका छन्। नोभेम्बर २०१६ मा आर्जेन्टिनालाई तीन-सून्यले ब्राजिलले हराएपछि आर्जेन्टिनाका प्रशिक्षक सिजर लुइस मेनोट्टीले मुक्तकण्ठले प्रशंसा गरेका थिए। उनले भनेका थिए, "उनले रक्षापङ्क्‍तिलाई २० मिटर माथि ल्याएका छन् र टोलीलाई एक ठाउँमा राखेका छन्, यो सन् १९७० को ब्राजिल जस्तो देखिन्छ।" नेमारको परीक्षा? टिटे अहिले सबैतिर टेलिभिजन विज्ञापनमा छन्। डुंगा सधैँ एक जना योद्धा जसरी प्रस्तुत हुन्थे तर अहिलेका ब्राजिलका प्रशिक्षक एक जना बुद्धिमान व्यक्ति जसरी प्रस्तुत हुन्छन् र सिधा आँखामा हेरेर संवाद गर्छन। एक जना आलोचकले त उनलाई 'सर्पलाई पनि लठ्ठ बनाउनसक्ने' व्यक्ति भनेका छन्। अहिलेसम्म त ब्राजिललाई उनले लठ्ठ बनाएका छन्। विश्वकप छनौटमा उनको टोलीले पाएको 'रेटिङ' पनि उच्च थियो। देशभित्र आर्थिक र राजनीतिक भद्रगोल जारि रहँदा ब्राजिलको राष्ट्रिय टोली आशाको दियो बनेको छ। यदी टिटेलाई राष्ट्रपति चुनावमा लड्नु थियो भने उनी विश्वकप अघि नै टोलीलाई छाडेर जान्थे। उनको शैलीमा भन्नुपर्दा यस्ता गम्भीर विषयमा ठट्टा गर्न समेत उनी रूचाउँदैनन्। यी प्रशिक्षकले आफूले नखोजीकनै स्ट्राइकर नेमार जत्तिकै चर्चा पाएका छन्। आगामी केही हप्तामा यी दुईबीचको सम्बन्धमा धेरै कुरा निर्भर हुनेछ। सन् २०१४ मा जस्तो अहिले ब्राजिलको टोली नेमार एक्लैमा निर्भर छैन। चोटका कारण नेमार उपाचारमा रहँदा उनीबिनै मैत्रीपूर्ण खेलमा रुस र जर्मनीसँग जित हासिल गरेर ब्राजिलले त्यो देखाइसकेको छ। तर नेमार टोलीमा रह्नुको ठूलो फाइदा पनि छ। उनी रहँदाका सम्भावित समस्या पनि छन्। सफलता एउटा व्यक्तिको सफलता सदैव टोलीको हितमा नहुन पनि सक्छ जुन वेम्ब्लीमा नोभेम्बर महिनामा इङ्गल्याण्डसँग ब्राजिलले गोलरहित बराबरी खेल्दा पनि देखियो। त्यसबेला नेमार एकदमै धेरै आफूमा केन्द्रित भएका थिए। नेमार एकदमै राम्रा छन् र उनले एकैछिनमा धेरै विकल्पहरू देख्न सक्छन्। दबाबमा उनले के टोलीका लागि राम्रो निर्णय गर्न सक्छन्? टिटेले उनले त्यस्तो गर्नसक्ने सुनिश्चित गर्नुपर्छ। साथै उनले बेलाबेलामा रिसाएजस्तो देखिने नेमारका गतिविधि पनि नियन्त्रण गराउनु पर्नेछ।'फल' आकर्षित गर्न सजिलै मैदानमा लड्ने गरेको आरोप नेमारमाथि लाग्ने गर्छ। त्यस्तो समयमा विपक्षीहरू आक्रोशित हुने गर्छन, खेलको पारो चढ्नेगर्छ र नेमार स्वयं त्यसको सिकार बन्नसक्ने आशंका पनि पाइन्छ। १४ वटा छनौट खेलमा नेमारले ६ वटा पहेलो कार्ड पाएका थिए। विश्वकपमा त्यस्तो भयो भने उनले नकआउट चरणका महत्त्वपूर्ण खेल सजिलै गुमाउन सक्छन्। र यस पटक ब्राजिल उनलाई आफ्नो विश्वकपको अभियानमा अन्त्यसम्मै राख्न चाहान्छ। टिटेको नेतृत्वमा ब्राजिलले छैठौँ पटक विश्वकप विजेता बनेर ६० वर्षअघि युरोपमा रचिएको इतिहास दोहोर्‍याउन चाहान्छ।
news-48442158
https://www.bbc.com/nepali/news-48442158
सगरमाथा: संसारको छानोमा बढ्दो भिडले दुर्घटना निम्त्याएको हो?
सगरमाथा आरोहण गर्न चाहनेहरूको सङ्ख्या निकै बढेपछि हिमालमा मृत्यु हुनेहरूको सङ्ख्या पनि बढेको बताइन्छ।
यसपटकको आरोहणका मौसममा ११ जनाको ज्यान गइसकेको छ। अक्सिजन कम हुने उचाइमा भिड बढ्दा पनि यस्तो समस्या आएको बताइएको छ। सगरमाथामा कत्तिको भिड हुन्छ र यसको प्रभाव आरोहीहरूमा के पर्छ? हेर्नुहोस् एक भिडिओ - अनि यो पनि:
news-47084604
https://www.bbc.com/nepali/news-47084604
अचम्मको चोर जसले हेर्दाहेर्दै महँगो चित्र चोर्‍यो
आइतवार एक व्यक्ति मस्कोस्थित प्रख्यात कला सङ्ग्रहालयमा सरासर पसे।
उनले सहज ढङ्गबाट सबै आगन्तुकको अगाडि एउटा चित्रकला झिके, बोके र हिँडे। त्यो वास्तवमा चोरी थियो। तर कलाकार आर्खिप कुइन्डजीले २० औँ शताब्दीमा बनाएको सो ल्यान्डस्केप पेन्टिङ लिएर उनी धेरै टाढा पुग्न पाएनन्। भोलिपल्टै प्रहरीले उनलाई समात्यो। चोरीको सम्पूर्ण दृश्य सीसीटिभी क्यामेरामा कैद भएको थियो। हेर्नुहोस् भिडि‌ओ। अनि यो पनि पढ्नुहोस्
news-51459288
https://www.bbc.com/nepali/news-51459288
पतिको ज्यान जोगाउन खाली खुट्टा दौडिन्छिन् यी भारतीय वृद्धा
यी भारतीय महिलाको नाम लता करे हो र उनी ६८ वर्षकी भइन्।
गत तीन वर्षदेखि उनी महाराष्ट्र राज्यमा आयोजित तीन किलोमिटर दौड प्रतियोगिता सहभागी हुँदै र विजयी बन्दै आएकी छन्। प्रतियोगितामा जितेको पुरस्कार उनी आफ्ना बिरामी पतिको उपचारमा खर्च गर्छिन्। उनको जीवनीमा एउटा चलचित्र पनि बनेको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-50804818
https://www.bbc.com/nepali/news-50804818
एउटै पुर्खाबाट फरक प्रजाति बन्छन् भन्ने डार्विनले यसरी पत्ता लगाए
एक सय ६० वर्षअघि ब्रिटिश वैज्ञानिक चार्ल्स डार्विनले लामो अनुसन्धानपछि क्रमविकासको सिद्धान्त प्रतिपादन गरे।
त्यसकै आधारमा लेखिएको उनको पुस्तक पनि प्रकाशित भयो। उक्त पुस्तकले त्यति बेला विद्यमान जीवविज्ञानको मान्यतामा ठूलो परिवर्तन ल्याइदियो। डार्विनको सिद्धान्तले जीवहरूका पूर्वज तथा तिनको क्रमविकासबारे नयाँ किसिमले व्याख्या गरेको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-53431167
https://www.bbc.com/nepali/news-53431167
कोरोना भाइरस यूके: लन्डनको ब्रिक लेनमा करी रेस्टुराँमा छाएको सङ्कट
यूकेमा सञ्चालित हजारौँ भारतीय रेस्टुराँमध्ये कैयौँ कोभिड-१९ महामारीका कारण अब कहिल्यै नखुल्न सक्ने उद्यमीहरूको समूहले चेतावनी दिएको छ।
कोरोनाभाइरस महामारी रोक्न लगाइएको लकडाउनले यहाँका रेस्टुराँ मालिकहरूलाई आर्थिक तनावमा पारिदिएको छ। यूकेका सहरहरूमा धेरै करी रेस्टुराँ छन् र दक्षिण एशियाली स्वादको चिकेन टिक्का मसालालाई ब्रिटेनको राष्ट्रिय खानेकुरा भन्ने पनि गरिन्छ। तर कैयौँ सञ्चालकहरू हिँडडुलमा प्रतिबन्ध हटेको भए पनि रेस्टुराँ खोल्ने कि नखोल्ने भन्ने द्विविधामा छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि:
news-50312143
https://www.bbc.com/nepali/news-50312143
कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, '७० वर्षदेखि चलेको सीमा'
नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले "दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई आफूहरूले विवादास्पद भूमि नमान्ने" बताएका छन्।
नक्सा नयाँ नभएको तर्क गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले भने, "यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन।" "नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो," बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने। नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा "बुझ्ने काम भइरहेको" बताएको छ। यसबारे सरकारले औपचारिक टिप्पणी गरिसकेको छैन। नेपालको नापी विभागका अधिकारीहरूले कालापानी र सुस्ताको विषय परराष्ट्रसचिव स्तरीय संयन्त्रले हेर्ने भएकाले "आफूहरूले प्रतिक्रिया जनाउन नसक्ने" बताएका छन्। नेपालमा कस्तो प्रतिक्रिया? भारतको नक्सामा कालापानी परेको विषयले नेपालमा ठूलो चर्चा पाएको छ। सत्तारूढ दलका नेता तथा विभिन्न राजनीतिक दलले पनि कालापानीको विषयमा बुधवार बोलेका छन्। दाङमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, "एकपक्षीय रूपमा त्यस्तो भएको छ भने पार्टीहरूले पनि त्यसलाई गम्भीर रूपमा लिनुपर्छ र सरकारले पनि त्यसलाई गम्भीर रूपमा लिन्छ।" "कूटनीतिक तवरबाट यस कुरा अगाडि बढाउने प्रक्रियाको सुरुवात सरकारबाट भइसकेको छ।" उनले लिपुलेकबारे भारत र चीनबीच सहमति भएपछि भारत जाँदा त्यसमा आफ्नो सरोकार रहेको कुरा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बताएको प्रसङ्ग पनि स्मरण गरे। "हाम्रो त्यसमा सहमति छैन। त्यसलाई सच्याइनुपर्छ भन्ने कुरा प्रस्ट भनेको छु," उनले भने। नेपालको नापी विभागले जारी गरेको नक्सामा कालापानी छ मङ्गलवार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकले भारतले सार्वजनिक गरेको नक्साबारे नेपाल सरकारको धारणा तथा गरेको कामबारे बुझ्न गृह, परराष्ट्र, भूमिव्यवस्था मन्त्रालय एवम् नापी विभागका अधिकारीहरूलाई बोलाएको छ। समितिले गृहमन्त्री र परराष्ट्रसचिवलाई जसरी पनि उपस्थित हुन भनिएको समितिकी सदस्य डा. डिला सङ्ग्रौलाले बीबीसीलाई बताइन्। "यस विषयमा राष्ट्रिय सहमति होओस् भन्न संसद्को विशेष अधिवेशन बोलाउनेबारे आज समितिमा कुरा उठेको छ," उनले भनिन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य नेकपाका नेता भीम रावलले समेत सरकारको धारणा छिट्टै सार्वजनिक नभए आफूहरूले पनि समितिमा बोलाउन र निर्देशन दिन सक्ने बताए। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत ट्वीटमार्फत् 'दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको' बताएका छन्। भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय नक्सालाई "अस्वीकार्य र आपत्तिजनक" भन्दै प्रधानमन्त्रीलाई तत्काल प्रतिवाद गर्न ट्विटरमा लेखेका छन्। ग्रेटर नेपाल अभियानका संयोजक फणीन्द्र नेपालले सुगौली सन्धिको प्रसङ्ग उल्लेख गर्दै कालापानी नेपालको नै भूमि भएको प्रमाण उपलब्ध भएका तर्क गरेका छन्। के भन्छ नापी विभाग? नापी विभागले देशका अन्य ठाउँमा विवाद समाधान गरेर सीमास्तम्भ गाड्ने र नक्साङ्कन गर्ने लगायतका कामहरू भइरहेका भए पनि सुस्ता र कालापानीबारे विवादलाई मिलाउने जिम्मेवारी परराष्ट्रसचिव स्तरीय संयन्त्रको रहेको बताएको छ। विभागका महानिर्देशक प्रकाश जोशी भन्छन्, "परराष्ट्रसचिव स्तरीय संयन्त्रलाई चाहिने भए हामीले प्राविधिक सहयोग दिन सक्छौँ।" केही महिनाअघि भने नापी विभागले देशकै निसान छाप र कतिपय सरकारी निकायले कालापानी क्षेत्रको आफ्नो भूभाग नदेखिएको नक्सा प्रयोग गरेको भन्दै सच्याउन पत्राचार गरेको थियो। नापी विभागले 'सही नक्सा' पहिचानको गर्न "दार्चुला जिल्लाको माथिल्लो भाग चुच्चो भएको नक्सालाई सही र डाडुजस्तो भएको नक्सा गलत" भनेर बुझाएको थियो। 'यो कुरालाई ठूलो मुद्दा नबनाऔँ" गिरीश कुमार, भारतका महासर्वेक्षक भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी भारतभित्र परेको भन्दै नेपालका राजनीतिक नेता, नागरिक समाजले विरोध जनाइरहेका छन्। यसबारे भारत के भन्छ? यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन। हामीले यो नक्सा केही दशकयता नै चलाइरहेका छौँ। झन्डैझन्डै भारत विभाजनका बेलादेखि नै। नक्साबारे कुरा गर्ने हो भने हामीले यसपटक देशको सीमा परिवर्तन भएको नक्सा सार्वजनिक गरेका होइनौँ। तर कालापानी आफ्नो भएको नेपालको भनाइ छ। त्यसमा उत्पन्न विवादलाई समाधान गर्न भनेर परराष्ट्रसचिव स्तरमा द्विपक्षीय संयन्त्र पनि छ। त्यसमा यो कुरा बेवास्ता भएको होइन? हेर्नुहोस्, दुवै देशका यस विषयमा फरकफरक धारणा होलान्। यसमा म तपाईँसँग सहमत छु। हामी यसबारे हुने छलफललाई पनि निरन्तरता नै दिनेछौँ। नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो। विवादित भूमि नै मान्ने हो भने पनि दुई देशबीच नक्सा जारी गर्दा छलफल हुनुपर्थ्यो होला नि? विवादित भन्ने कुरा पनि वहाँहरूको भनाइ हो, हाम्रो होइन। तर हामी यसबारे छलफललाई निरन्तरता दिनेछौँ। यो ७० वर्षयतादेखि चलेको सीमा हो। अब नेपालले औपचारिक रूपमा वा संयन्त्रमा यसबारे कुरा उठायो भने भारतको भनाइ के हुन्छ? परराष्ट्रसचिव स्तरीय द्विपक्षीय संयन्त्रको अजेन्डा बनाउने मान्छे म होइन। तर पक्कै पनि वहाँहरूले कुरा गरिरहनुभएकै होला। तर हामीले जे देखाइरहेका छौँ त्यही नै हाम्रो स्थान हो। त्यसैले यो केही नभएको कुरालाई मुद्दा नबनाऔँ। बाह्य रूपमा केही नचलाएको यो नक्सामा आन्तरिक रूपमा पनि हामीले केही परिवर्तन गरेको नभई केही मिलाएका मात्र हौँ। कालापानीको विवाद के हो? नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग बेइजिङमा एक समझदारी हुँदा पुन: सुरु भएको थियो। नेपालसँगको सहमतिबिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियो: "... दुवै पक्ष व्यापारवस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला/लिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।" झन्डै ५,५३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दु मानिन्छ। त्यो स्थान लिपुलेकभन्दा अझै उत्तरपश्चिममा पर्छ। सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ। तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन। उक्त सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन। बीबीसीसँगको एउटा पुरानो अन्तर्वार्तामा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेका थिए, "सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भन्ज्याङबाट निस्किएको नदीलाई चाहिँ काली भनेर लेखेको पाइएको छ।" "अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिङ्कर भन्ज्याङनजिकै पङ्खागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ।" अमेरिका र ब्रिटेनका केही पुस्तकालयमा पुराना नक्साहरू रहेका र तिनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई 'नेपालको पक्षमा' सुल्झाउन सघाउने सीमाविद् श्रेष्ठको धारणा छ।
news-43123106
https://www.bbc.com/nepali/news-43123106
‘ओली र प्रचण्ड दुवै अध्यक्ष’
दुई प्रमुख वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरण सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
दुई पार्टीका शीर्ष नेताहरूले सोमवार राति हस्ताक्षर गरेको एउटा सहमतिपत्रमा एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने उल्लेख छ। एमाले-माओवादी एकता सहमतिमा हस्ताक्षर 'पार्टीको नेतृत्व संयुक्त, सरकारको पालैपालो' एकीकृत पार्टी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको मान्यताबाट अघि बढ्ने प्रतिबद्धता जनाइएको छ। यसै सन्दर्भमा साथी फणीन्द्र दाहालले नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीलाई पार्टी एकीकरण सम्बन्धी निर्णयमा नयाँ पार्टीको नेतृत्व नेताहरूले कसरी गर्ने भन्ने विषय किन नराखेको? भनेर सोधेका छन्।
news-56109520
https://www.bbc.com/nepali/news-56109520
मङ्गल ग्रहः कुनै अवतरण सफल, कुनै असफल
सन् २०२१ मा मङ्गल ग्रहमा अवतरण गर्ने दुईवटा प्रयास हुनेछन्।
अमेरिकी पर्सिभिअरन्स फेब्रुअरी १८ वरपर र चिनियाँ तियान्वेन-१ मे वा जुनमा अवतरण गर्ने अपेक्षा गरिएको छ। पर्सिभिअरन्स सफल भए त्यो अर्को ग्रहमा पुग्ने सबैभन्दा ठूलो र परिष्कृत वाहन हुनेछ। तर मङ्गलमा अवतरण गर्न गरिएका सबै प्रयास सफल भएका छैनन्। कस्तो छ त मङ्गल ग्रहमा अवतरणको इतिहास?
news-55272883
https://www.bbc.com/nepali/news-55272883
कोरोना भाइरस नेपाल: प्रदेश १ का मुख्यमन्त्री भन्छन्, 'भाइरसबारे जनचेतना फैलाउनै गार्‍हो भयो'
कोरोनाभाइरसको नियन्त्रणका सन्दर्भमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनचेतनाको कमीले व्यवस्थापन गर्न गार्‍हो भएको बताएका छन्।
कोरोनाभाइरसको प्रकोप सुरु भएपछि सङ्घीय, प्रान्तीय र स्थानीय तीनै तहका सरकारहरू महामारी नियन्त्रणको प्रयासमा छन्। उनीहरूबीचको सहकार्य र व्यवस्थापनमा विद्यमान चुनौती र आगामी योजनाबारे बीबीसी नेपालीका सम्वाददातासँगको कुराकानीका क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। कुराकानी सुन्न माथिको तस्बिरमा 'प्ले बटन' थिच्नुहोस्।
news-44223045
https://www.bbc.com/nepali/news-44223045
हात्ती धपाउने अनौठो उपाय
मानव-पशु द्वन्द्व भारतको तमिलनाडुका निम्ति नौलो विषय होइन।
हात्तीहरूको प्राकृतिक मार्गहरूमा मानव बस्ती विस्तार भएका कारण कुनै पनि समय तिनीहरूको झुन्ड हिंस्रक रूपले त्यहाँ फर्कने डर स्थानीयवासीहरूमा पाइन्छ। तर कलेजका एक विद्यार्थीले त्यसलाई रोक्ने उपाय विकास गरेको बताएका छन्। स्पीकर जडित ड्रोनमार्फत् सिंहको गर्जनको आवाज बजाएर हात्ती धपाउने उपायले काम गर्ने उनी ठान्छन्।
news-52849920
https://www.bbc.com/nepali/news-52849920
कोरोना भाइरस: के कोरोनाभाइरसको दोस्रो लहर आउँछ
विश्वभरि लकडाउनलाई कहिले खुकुलो पार्न सकिन्छ भनेर योजना बनिरहेका छन्।
यो योजनामा कोरोनाभाइरस सङ्क्रमणको सम्भावित दोस्रो लहरको चर्चा हुने गरेको छ। र अहिले यसको दोस्रो वा तेस्रो लहर कसरी व्यवस्थापन गर्ने भन्ने पनि विचार विमर्श भइरहेको छ। कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावन कति छ त? हेर्नुहोस् एउटा भिडिओ - अनि यो पनि: कसरी बिरामी उँटहरूले दक्षिण कोरियालाई महामारी नियन्त्रण गर्न सहयोग गरे कोरोनाभाइरस नियन्त्रण गर्न परीक्षण किन महत्त्वपूर्ण कस्तो मास्कले कति सुरक्षा दिन्छ?
news-51909899
https://www.bbc.com/nepali/news-51909899
कोरोनाभाइरस: नेपालमा स्यानिटाइजर उत्पादन गर्ने नास्टको प्रयासमाथि प्रश्न; साबुन पानी उत्तम विकल्प
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिकहरूले हातको कीटाणु मार्ने स्यानिटाइजर उत्पादन सिकाउन ललितपुरका प्रतिनिधिहरूलाई तालिम अघि बढाइरहँदा नेपालसँग स्यानिटाइजरको गुणस्तरबारे हालसम्म कुनै मापदण्ड नबनेको नियमनको जिम्मेवारी पाएका एक अधिकारीले बीबीसीलाई बताएका छन्।
ललितपुर महानगरपालिकाको लिखित अनुरोधमा कोरोनाभाइरससँग सम्बन्धित सचेतना अभियान अन्तर्गत त्यहाँका प्रत्येक वडाका प्रतिनिधिहरूलाई स्यानिटाइजर उत्पादनबारे आइतवारबाट ६ दिने प्राविधिक तालिम दिइरहेको नास्टले जनाएको छ। कोभिड-१९ को सङ्क्रमण देखापरेसँगै बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीको अभाव भएका विवरण आइरहेका छन्। यस्तोमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार बजारमा सहजै पाइने र घरेलुस्तरमा नै उपलब्ध सामग्रीहरूको प्रयोग गरी कीटाणुनाशक स्यानिटाइजर बनाउन सिकाउने उद्देश्य आफ्नो तालिमले लिएको नास्टको भनाइ छ। तर विज्ञहरूले रसायनको प्रयोग गरी सुपरीवेक्षण विना समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया दिएका छन्। नास्ट के भन्छ? तालिममा ललितपुर उपमहानगरपालिकाका हरेक वार्डका २ जना प्रतिनिधि सहभागी रहेको र त्यसमा आफ्ना वैज्ञानिक बाहेक स्वास्थ्य अधिकारीहरू पनि उपस्थित रहेको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेल बताउँछन्। उनले तालिमले सहभागीहरूलाई बजारमा सहजै पाइने र घरेलुस्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी स्यानिटाइजर तयार पार्न 'सम्भवत पोख्त बनाउने' बताए। 'हामीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको हेन्ड ड्रप उत्पादन गर्न तालिम दिने हो। हामीले बजारमा पाइने केही रसायनहरू र घरायसी प्रयोगमा हुने रक्सीलाई पनि अझ बढी प्रशोधित बनाएर बनाउन सिकाउँदैछौँ। मलाई लाग्छ उहाँहरूले पूर्ण रूपमा सही सिकिरहनुभएको छ।" नास्टका अनुसार बजारमा पाइने रक्सी वा घरेलु उत्पादन हुने रक्सीलाई थप प्रशोधित गर्ने विधि सहभागीहरूलाई सिकाइँदैछ र त्यसमा खासै घातक नहुने रसायनहरू मिलाउँदा स्यानिटाइजर बनाउन सकिन्छ। नास्टका प्रवक्ता ढुङ्गेलले बढी परिमाणमा प्रशोधित रक्सी र सानो परिमाणमा हाइड्रोजन पेरोक्साइड, ग्लिसरोल र डिस्टिल्ड वाटरको प्रयोग गरी स्यानिटाइजर बनाउने विधि सिकाउन लागिएको जानकारी दिए। स्यानिटाइजर र यसको निर्माण विधिबारे जनचेतना अभिवृद्धि गर्नु, अभावको समयमा बजारमा आउनसक्ने नक्कली स्यानिटाइजरबारे जानकारी उपलब्ध गराउनु र अप्ठेरो परिस्थितिमा घरभित्रै वा समुदायको स्तरबाट स्यानिटाइजर उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिनु तालिमको उद्देश्य भएको उनले बताए। विज्ञहरू चाँहि के भन्दैछन्? नेपाल केमिकल सोसाइटीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुली स्यानिटाइजर बनाउने प्रयास भरपर्दो नभएको बताउँछन्। उनले भने, "स्यानिटाइजर घरेलु स्तरमा उत्पादन गर्नुअघि त्यसको मापदण्ड र गुणस्तर सुनिश्चित हुनुपर्छ र नास्ट वा महानगरपालिकाले मात्रै भनेर हुँदैन। यहाँको वैज्ञानिकहरू पनि सहमत हुनुपर्छ। हाडड्रोजन पेरोक्साइड आगोले समाउने जोखिम भएको विषालु प्रकृतिको रसायन हो। विश्व स्वास्थ्य संगठनले शून्य दशमलब एक प्रतिशत मिलाउनु भनेको छ स्यानिटाइजर बनाउँदा यो मिलेन भने त्यो पूरै अनुत्पादक हुन्छ।" उनले जनस्वास्थ्यसँग सरोकार राख्ने कुरामा गम्भीर सावधानी अपनाएर मात्रै निर्णय लिनुपर्ने पनि उल्लेख गरे। "हात धुने साबुन नै सबैभन्दा उत्तम हो किनभने देश विदेशका वैज्ञानिकहरूले त्यसमा जोड दिएका छन्। भाइरसको जुन बाहिरपट्टि प्रोटिनहुन्छ त्यसलाई साबुनले नै नष्ट गर्ने हो। स्यानिटाइजर दोस्रो विकल्प हो। रक्सीले भाइरसलाई निस्क्रिय बनाउन सक्छ तर पहिलो र सबैभन्दा भरपर्दो विकल्प साबुन नै हो।" उनले नेपालमा शत प्रतिशत प्रशोधित रक्सी नपाइने भएकाले त्यो पनि एउटा चुनौती भएको उल्लेख गरे। नेपालमा स्यानिटाइजरको गुणस्तर निर्धारण हुनै बाँकी विश्वका १०० भन्दा बढी मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण देखिएसँगै नेपाली बजारमा नयाँ नाम सहितका स्यानिटाइजरहरू देखा पर्न थालिरहेका छन्। तर स्यानिटाइजरको गुणस्तरबारे हालसम्म मापदण्ड बन्न बाँकी रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बीबीसीलाई बताए। उनले भने, "विगतमा गुणस्तर निर्धारण गरिएको थिएन तर अहिले यो एउटा महत्त्वपूर्ण विषयका रूपमा आएको छ। हामीले हप्ता दश दिनभित्रै एउटा मापदण्ड बनाउँछौँ र यसका लागि प्रकिया सुरू गरेका छौँ।" "बजारमा विभिन्न खालको स्यानिटाइजरहरू आइरहेको छ। त्यसको गुणस्तर कस्तो हुनुपर्छ भनेर हामीले अन्तर्राष्ट्रिय अभ्यास र हाम्रा छिमेकी देशको अभ्यास हेरेर निर्णय लिन्छौँ। प्रयोगशाला परीक्षण पनि गरेर हेर्नुपर्ने हुन्छ।" देशभित्र उत्पादित र विदेशबाट आयात गरिने सामग्रीहरूको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी पाएको विभागले विगतमा स्यानिटाइजरका विषयमा खासै चासो नराखेको जस्तो देखिन्छ।
news-49274679
https://www.bbc.com/nepali/news-49274679
क्यान्सर: सौन्दर्य भ्लगरले आफ्नो उपचारबारे बनाएको प्रेरक भिडिओ
सौन्दर्यसम्बन्धी भिडिओ बनाएर चर्चित भएकी दक्षिण कोरियाली डोअन लीलाई गत फेब्रुअरीमा एक प्रकारको क्यान्सर लागेको थाहा भयो।
त्यसयता उनले क्यान्सर उपचारको जानकारी आफ्नो युट्युब च्यानलमा गर्न थालेकी हुन्। उनले राख्ने भिडिओहरू चर्चित भएका छन्। एउटा त ४० लाख पटक हेरिएको छ। बीबीसीसँग कुरा गर्दै उनले सुरुमा क्यान्सको उपचारको भिडिओ राख्न रहर नलागे पनि अरू क्यान्सरपीडितलाई सहयोग हुन्छ भनेर राख्न थालेको बताइन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-41213717
https://www.bbc.com/nepali/news-41213717
कतार संकट: फोन वार्तापछि रियाद आक्रोशित
साउदी अरेबियाले कतारसँग वार्ता स्थगित गरेको बताएको छ।
छिमेकी खाडी मुलुकको आकाशमा कतार एयरवेजका जहाजलाई उड्न दिइएको छैन। कतारी नेता र साउदी राजकुमारबीच फोन वार्ता भएलगत्तै साउदी अरेबियाले त्यस्तो घोषणा गरेको हो। कतार संकट समाधानका लागि वार्ता गर्ने विषयमा दुवै पक्षले छलफल गरेका थिए। तथापि कतारले फोन वार्ताबारेका तथ्यहरु तोडमोड गरेको साउदी अरेबियाले आरोप लगाएको छ र उसले वार्ता अन्त्य गरेको बताएको छ। अपेक्षा साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले गत जुन ५ यता कतारसँग सम्बन्ध विच्छेद गरेका छन्। ती चार मुलुकले कतारले आतंकवादी क्रियाकलापलाई सघाएको आरोप लगाएका छन्। तर कतारले उक्त आरोप अस्वीकार गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्षसँग अलग अलग कुरा गरेपछि शुक्रबार उनीहरुबीच फोन वार्ता भएको थियो। उक्त फोन कुराकानी जारी संकट समाधानमा महत्वपूर्ण हुने ठानिएको थियो। संकट शुरु भएयता रियाद र दोहाबीच त्यो नै पहिलो औपचारिक कुराकानी थियो। तर उनीहरुबीच सम्बन्ध थप बिग्रिएजस्तो देखिन्छ।
news-52846899
https://www.bbc.com/nepali/news-52846899
मदनकृष्ण श्रेष्ठ: 'मलाई रोग लागेको छ तर म नाच्न सक्छु'
कलाकार मदनकृष्ण श्रेष्ठको एउटा टिकटक भिडिओ अहिले चर्चित बनेको छ। भिडिओमा उनले नाचेर रमाइलो गरेका छन्।
उनी भन्छन्, “धेरैले म चल्न सक्दिनँ, बोल्न सक्दिनँ भन्ने सोच्नुभएको रहेछ। तर यो नाचेको भिडिओ बनाएपछि त्यो भ्रम हटेको छ।“ उनलाई पार्किन्सन्स रोग लागेको छ जसले उनको शरीर पहिले जस्तो सहजै चल्न दिँदैन। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। अनि यो पनि
news-52946300
https://www.bbc.com/nepali/news-52946300
नेपाल मौसम: चक्रवात निसर्गको प्रभावले भइरहेको वर्षा शनिवार दिउँसोदेखि कम हुने
गत बुधवार दिउँसो अरब सागरबाट पश्चिम भारतको मुम्बई नजिकैबाट प्रवेश गरेको शक्तिशाली चक्रवात निसर्ग उत्तरपूर्वतिर सर्दै नेपाली भूभागमा आइपुग्दा एउटा कमजोर न्यून चापीय प्रणालीमा परिवर्तन भएको मौसम पूर्वानुमान शाखाका मौसमविद्ले जानकारी दिएका छन्।
तर त्यसका कारण मौसममा प्रभाव देखिएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार प्रदेश नं १, २ र वाग्मती प्रदेशमा वर्षा भएको छ। "यो प्रणाली आजै (शनिवार)बाटै कमजोर हुँदै जानेछ। भोलिसम्ममा मध्य र पूर्वी क्षेत्रबाट पनि यसको प्रभाव हट्नेछ," उनले भने। अब अविरल वर्षा हुन छाडेर रोकिँदै वर्षा हुन सक्ने उनले बताए। बाढीको जोखिम कति? जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा विकसित समुद्री आँधी निसर्ग कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। त्यसका कारण शनिवार पनि नेपालभरि नै बदली भएको छ। शुक्रवार दिउँसोदेखि परेको पानीले काठमाण्डू उपत्यकाका नद‍ीमा पानीको बहाव बढेको छ प्रदेश नं १, २ र वाग्मती प्रदेशमा मध्यम स्तरसम्मको वर्षा हुने र अन्य प्रदेशमा थोरै वर्षा हुने बताइएको छ। बाढीको जोखिमबारे विभागले शुक्रवार र शनिवार दिएका जानकारीअनुसार कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव केही बढ्ने तर सतर्कताको स्तरभन्दा तलै रहने छ। त्यस्तै प्रदेश नं १, २, वाग्मती प्रदेश र प्रदेश नं ५ को पूर्वी भाग भई बग्ने साना नदीमा बहाव बढ्ने, अनि केहीमा आकस्मिक बहाव हुन सक्ने भन्दै उसले तटीय क्षेत्रमा सतर्क रहन भनेको छ। "लगातार पानी परिरहेको बेलामा बाढीबारे सचेत त हुनैपर्छ," मौसमविद् अर्यालले बताए। नेपालमा मनसुन कहिले सुरु हुन्छ? अहिले नेपालभित्र मनसुन वा बर्खे झरी गराउने बादल प्रवेश भइसकेको छैन। सामान्यतया नेपालमा जुन १० को हाराहारीमा मनसुनी प्रणालीको प्रवेश हुनेगर्छ। यसपालि दक्षिण भारतको केरला राज्यमा मनसुन प्रणाली विकसित हुन थालेको बताइन्छ। "नेपालमा सम्भवत: अझै हप्ता १० दिनपछि मात्र मनसुन प्रणाली विकसित हुने देखिन्छ," अर्यालले भने। उनका अनुसार यहाँ मनसुन प्रणाली विकसित हुन बङ्गालको खाडीमा पहिला केही आवश्यक प्रणाली बन्नुपर्छ। "त्यहाँ केही मापदण्ड पुगेपछि अनि हामीकहाँ विभिन्न क्षेत्रमा रहेका वर्षा नाप्ने स्टेशनहरूले वर्षाको प्रवृत्तिबारे विवरण दिएपछि मात्र हामीले यहाँ मनसुन प्रवेशबारे निर्क्योल गरेर बताउन सक्नेछौँ," उनले भने। झन्डै तीन-चार महिनासम्म रहने मनसुनमा नेपालको अधिकांश खेतीपाती निर्भर हुने गर्छ।
news-45438463
https://www.bbc.com/nepali/news-45438463
केन्या: छात्राले बनाए हात्ती धपाउने उपकरण
केन्यामा सान्द्रा लुकिन्डो नाम गरेकी छात्रा र उनका सहपाठीहरूले गाउँ छिरेका हात्ती धपाउन एउटा उपकरण बनाएका छन्।
सो उपकरण सौर्य ऊर्जाबाट चल्छ र १० किलोमिटर परबाटै हात्ती आएको पत्ता लगाउँछ। हात्ती आएको सूचना दिन त्यसबाट स्वचालित रूपमै गाउँले, वन्यजन्तु हेर्ने निकाय र वनका सुरक्षाकर्मीलाई एसएमएस जान्छ। सो उपकरणले मानव र हात्तीबीच हुने द्वन्द्व घटाउन सघाउने विश्वास त्यसको निर्माण गर्ने छात्राहरूले राखेका छन्। हेर्नुहोस् यो भिडिओ।
news-49295610
https://www.bbc.com/nepali/news-49295610
कश्मीरी युवाहरू भविष्यप्रति चिन्तित
भारत सरकारले जम्मू-कश्मीरलाई विशेष हैसियत प्रदान गर्ने संवैधानिक प्रावधान खारेज गरेयता कश्मीर बन्द छ।
कश्मीरी युवाहरूले भने भारत सरकारको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आफूलाई धोका भएको महसुस गर्दै आफ्नो भविष्य राम्रो नभएको बताएका छन्। स्थानीय युवाहरूसँग गरिएको कुराकानीमा आधारित तयार पारिएको यो भिडिओ हेर्नुहोस्। अनि यो पनि बन्द कश्मीर अहिले यस्तो देखिन्छ
news-48512738
https://www.bbc.com/nepali/news-48512738
म्यान्मार द्वन्द्व: को हुन् 'बौद्धमार्गी बिन लादेन'?
उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई 'बौलाहा कुकुर' भन्दै मुसलमानहरूले बर्मेली महिला 'चोरेको र बलात्कार गरेको' एवम् 'छिटोछिटो बालबालिका जन्माएको' आरोप लगाउँछन्।
५१ वर्षीय अशिन विराडु म्यान्मारकी नेत्री आङ साङ सू चीविरुद्ध अभिव्यक्ति दिएपछि अहिले समस्यामा परेका छन् वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई संरक्षण गर्‍यो जसले गर्दा उनलाई कटु भाषा बोल्न प्रोत्साहन मिल्यो। तर नोबल शान्ति पुरस्कार पाएकी आङ साङ सू चीविरुद्ध कडा अभिव्यक्ति दिएपछि अदालतले उनले सीमा नाघेको निष्कर्ष निकाल्दै राजद्रोहको कानुनअन्तर्गत पक्राउ गर्न आदेश दिएको छ। कटु भाषणका कारण चर्चित भएका यी भिक्षु को हुन्? सुरुका वर्ष विराडु सन् २००१ मा मुसलमानका कार्यक्रमहरू बहिष्कार गर्ने अभियानको नेतृत्व गरेर पहिलो पटक चर्चामा आएका थिए। सन् २०१७ मा हिंसा भड्किएपछि हजारौँ रोहिंज्या मुसलमानहरू म्यान्मार छोडेर भागेका थिए उनलाई सन् २००३ मा पक्राउ गरी २५ वर्षको जेलसजाय दिइएको थियो तर क्षमादान पाएर सन् २०१० मा उनी जेलबाट बाहिर निस्किए। जेलमा बसे पनि अल्पसङ्ख्यक मुसलमानविरुद्ध उनको रिस कम भने कम भएन। उनका भाषणमा राष्ट्रियताको सशक्त बोलीसहित बौद्ध दृष्टान्तहरू समेटिएका हुन्छन्। उनी पत्रकारहरूसँगको अन्तर्वार्तामा शान्त र स्पष्ट सुनिन्छन्। तर सार्वजनिक भेलाा बोल्दा निकै भावुक र जोसिना बन्छन्। प्राय: उनको भाषणमा मुसलमानविरुद्ध घृणाको भाव झल्काउने शब्दहरू सुनिन्छ। उनले मुसलमान पुरुषले बौद्ध महिलालाई विवाह गर्न रोक लगाउने कानुन बनाउन अभियानसमेत चलाएका थिए। "सर्प सानो छ भनेर तपाईँ बेवास्ता गर्न सक्नुहुन्न। मुसलमानहरू त्यस्तै हुन्," उनी भन्छन्। प्रतिबन्ध देशमा मुसलमानको जनसङ्ख्या बढिरहँदा त्यसले बौद्ध संस्कृति दबाउन लागेको भन्ने खालका सन्देश उनले सामाजिक सञ्जालमार्फत् फैलाउन सुरु गरे। विराडुले मुस्लिमविरोधी सन्देशहरू फैलाउनका लागि सामाजिक सञ्जाललगायत पुस्तक र सीडीजस्ता परम्परागत माध्यम पनि प्रयोग गरे अन्तत: फेसबुकले उनलाई सन् २०१८ को जेनुअरीमा देशका अल्पसङ्ख्यक रोहिन्ज्या मुसलमानलाई लक्षित गरी घृणायुक्त सन्देश लेखेको भन्दै कालोसूचीमा राख्यो। विराडुले आफू कालोसूचीमा परेपछि वैकल्पिक माध्यमहरू खोज्ने बताए। "जब फेसबुकले मलाई बन्द गरायो, म युट्युबको भर परेँ। युट्युब त्यति धेरै मानिससम्म नपुग्ने भएपछि म राष्ट्रवादी कामलाई निरन्तरता दिन ट्विटरको प्रयोग गर्छु," उनले भने। उनले आफ्ना भिडिओहरू रुसी सामाजिक सञ्जाल र मिडिया साइट भीकेबाट पनि शेअर गर्छन्। तर केवल फेसबुकले मात्रै उनलाई प्रतिबन्ध लगाएको होइन, बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छिमेकी देश थाईल्यान्डले पनि गत एप्रिल महिनामा उनलाई प्रवचन दिन रोक लगायो। गलत बुझाइ म्यान्मारको जम्मा पाँच प्रतिशत जनसङ्ख्या रहेको मुसलमानको भोगेको पीडाले उनको लोकप्रियता प्रतिविम्बित गर्छ। म्यान्मारमा विराडु मुस्लिमविरोधी प्रभावशाली भिक्षुका रुपमा चिनिन्छन्, तर उनले चाहिँ आफूले आफ्नो धर्म र संस्कृतिलाई जोगाएको बताएका छन् सन् २०१३ को जुलाई महिनामा टाइम म्यागजिनले "द फेस अफ बुद्धिस्ट टेरर" शीर्षकमा उनको फोटोसहित मुख्य समाचार प्रकाशित गरेको थियो। "मलाई गलत बुझिएको छ र ममाथि आक्रमण गरिएको छ। मेरो बदनाम गर्नका लागि एउटा समूह छ जसले सञ्चारमाध्यममा मबारे लेख्न पैसा दिन्छ। अन्लाइन मिडियालाई मुस्लिमहरूले नियन्त्रणमा राखेका छन्," उनले सन् २०१३ मा बीबीसीसँग भनेका थिए। सन् २०१५ को एउटा वृत्तचित्रमा उनलाई "द बुद्धिस्ट बिन लादेन" भनि व्याख्या गरिएको थियो जुन नामलाई केही पश्चिमा सञ्चारमाध्यमले व्यापक रूपमा प्रयोग गरेका थिए। त्यो तुलनालाई उनी अनुचित मान्छन्। उनले आफू हिंसालाई घृणा गर्ने बताए। "मलाई त रुखो गरी प्रतिक्रिया जनाउन पनि मन लाग्दैन," विराडुले भने। संयुक्त राष्ट्रसङ्घ विवाद एकाउन्न वर्षीय विराडु धेरैजसो आफ्नै कारणले विवादमा तानिएका छन्। विराडुले संयुक्त राष्ट्रसङ्घकी विशेष दूत याङ्ही लीलाई 'वेश्या' भनेका थिए सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा रहेका अल्पसङ्ख्यक मुसलमानको अवस्थाको अनुसन्धान गर्न विशेष दूतका रूपमा याङ्ही लीलाई पठायो। विराडुले यी दक्षिण कोरियाली कूटनीतिज्ञलाई 'वेश्या' जस्ता अशोभनीय शब्दहरू प्रयोग गरेका थिए। गत वर्ष सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले रखाइन राज्यमा भएको नरसंहारका लागि म्यान्मारका सेनाका उच्च अधिकारीहरूमाथि छानबिन हुनुपर्ने बताएको थियो। उक्त प्रतिवेदनको आधारमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले प्रारम्भिक छानबिन थालेको थियो। म्यान्मारको सरकारले भने संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अस्वीकार गर्‍यो र विराडुले त्यसप्रतिको आक्रमणको नेतृत्व गरे। "अन्तर्राष्ट्रिय फौजदारी अदालत यहाँ आएको दिन... त्यही दिन हो जुन दिन विराडुले बन्दुक समात्छ," उनले गत वर्षको अक्टोबर महिनामा आफ्ना समर्थकलाई आश्वस्त पारे। रोहिन्ज्या सङ्कट सन् २०१२ मा सुरु भएको मुसलमानविरोधी दङ्गा उनका समर्थकहरूले गराएको दोष लगाइन्छ। उक्त दङ्गाका कारण सात लाख मुसलमानहरू म्यान्मार छोडेर छिमेकी देश बाङ्ग्लादेश भाग्न बाध्य भए। हिंसात्मक सैन्य अभियानले सात लाख रोहिंज्या मुसलमानलाई छिमेकी देश बा्ग्लादेशमा शरण खोज्न बाध्य पार्‍यो सन् २०१७ मा गार्डिएन पत्रिकामा दिएको अन्तर्वार्तामा उनले भने, "आङ साङ सू चीलाई बङ्गालीहरूलाई सहयोग गर्न मन लाग्छ, तर म उनलाई रोक्छु।" बर्मेली राष्ट्रवादीहरू रोहिन्ज्या मुसलमानहरूलाई बङ्गाली भन्दै उनीहरूलाई बाहिरियाको रूपमा चित्रित गर्छन्। उनले सत्तारूढ न्याश्नल लीग फर डेमोक्रेसीले गोप्य रूपमा मुसलमानको मुद्दालाई समर्थन गरेको आरोप लगाए। बौद्ध धर्म म्यान्मार धर्म निरपेक्ष देश हो। तर त्यहाँको समाज बलियो रूपमा ९० प्रतिशत नागरिकले मान्ने बौद्ध धर्मबाट प्रभावित छ। राज्यबाट शताब्दियौँसम्म संरक्षण पाएका विहारहरू ब्रिटिशको औपनिवेशिक कालका बेला १९ औँ शताब्दीमा मात्रै स्वतन्त्र भए। बौद्ध धर्मको प्रभाव म्यान्मारको समाजमा गहिरो छ देशको उर्वर क्षेत्रमा भव्य विहारहरू छन् र कृषियोग्य भूमिको ठूलो क्षेत्र बिहारहरूको स्वामित्वमा छ। देशमा सैन्य शासनको लामो इतिहास छ र त्यहाँ झन्डै चार लाख सैनिक छन्। भिक्षुको सङ्ख्या पाँच लाख छ। उनीहरू उच्च सामाजिक हैसियत रुचाउँछन् र त्यो सर्वस्वीकार्य छ। प्रतिबन्धित संस्था सुरुमा विथाडु नाइनसिक्सनाइन नामक संस्थामा आबद्ध थिए। उक्त संस्थाका समर्थकहरूका अनुसार पहिलो अङ्क नाइनले बुद्धप्रतिको विशेष श्रद्धा जनाउँछ, सिक्सले बौद्ध शिक्षाका अक्षरहरू जनाउँछ र अन्तिम नाइनले भिक्षुहरूको समूह सङ्‍घको गुणको प्रतिनिधित्व गर्छ। विराडुको नेतथत्वका कारण म ब थु आन्दोलन देशभरि फैलियो तर यथार्थमा नाइनसिक्सनाइन समूह मुसलमानविरोधी अभियानका लागि चिनिन्छ। उनले राज्यबाट समर्थन पाए र सन् २०१३ मा म्यान्मारका राष्ट्रपति थेइन सेनले 'बुद्धका छोरा' भन्दै विराडु र मुसलमानविरोधी आन्दोलनको समर्थन गरे। सन् २०१४ मा विराडु अर्को संस्था म ब थु भनिने पेट्रोएटिक एसोसिएशन अफ बर्माका प्रमुख बने। सन् २०१७ मा प्रतिबन्धित हुनुअघि उक्त संस्था देशभरि तीव्र गतिमा विस्तार भयो। तर प्रतिबन्ध लागे पनि पुरानो राजधानी माण्डलेस्थित म सोइ यिन बिहारबाट उनले निर्विघ्न संस्थाको कामलाई निरन्तरता दिइरहे। त्यहाँ उनले मुसलमानको हिंसाका पीडितहरूको स्थायी फोटो प्रदर्शनीमा राखेका छन्। सन् २०१३ मा बीबीसीलाई दिएको एउटा लामो अन्तर्वार्तामा गेरु रङ्गको वस्त्रमा पहिरिएका उनमा आफ्ना कामबारे कुनै पश्चात्ताप नै नभए जस्तो देखिन्थे। "मुसलमानहरू कमजोर हुँदा मात्रै राम्रो व्यवहार गर्छन्। बलियो भएका बेला ब्वाँसो वा स्यालको बथानजस्ता हुन्छन् र अरूको सिकार गर्न खोज्छन्," उनले भने। मुस्लिम हिंसाका पीडितहरूको भन्दै प्रदर्शनीमा राखिएका तस्बिर उनले भनेका थिए, "आफूबाहेक मुसलमानहरूले अरूलाई मानवको रूपमा गन्दैनन्। उनीहरू इसाई र हिन्दूलाई पनि आक्रमण गर्छन्। खासमा उनीहरू सबैलाई आक्रमण गर्छन्। यदि तपाईँ यो विश्वास गर्नुहुन्न भने आफ्नो परमाणुप्रविधि तालिबानलाई दिनुहोस्, म वाचा गर्छु तपाईँको देश छिट्टै लुप्त हुन्छ।" बृहद् प्रभाव विराडु हवाई यात्रा गरिरहन्छन्। उनले श्रीलङ्काको बोदुबाला सेना समूहसँग निकट सम्बन्ध स्थापित गरेका छन्। श्रीलङ्काका भिक्षुहरूले नेतृत्व गरेको उक्त संस्थाले पनि बौद्धधर्मको थेरावादको अनुसरण गर्छ। बोदुबाला सेनाले पनि मुसलमानविरुद्ध हिंसात्मक अभियानका कारण कुख्याति कमाएको छ। "आज बौद्धधर्म खतरामा छ। यदि खतराको घण्टी बजिरहेको सुन्यौँ भने हामीले दृढतापूर्व एकअर्काको हात समाउनुपर्छ," सन् २०१४ मा कोलम्बोमा भएको भेलामा उनले भने। तर उनको देशमा भने परम्परागत विहारमा उनको लोकप्रियता घटेन। सरकारले समर्थन गरेको सङ्घ परिषद्ले सन् २०१७ मा उनलाई प्रवचन दिन पनि रोक लगायो। तर देशकी चर्चित नेत्रीविरुद्ध बोलेपछि भने उनी समस्यामा परे। सू चीमाथि आक्रमण "उनी कुनै फेशन गर्ने महिलाले जसरी लुगा लगाउँछिन्, शृङ्गार गर्छिन् र एकदमै स्टाइल निकालिएको लुगा र अग्लो कुर्कुच्चो भएको जुत्ता लगाउँछिन्," गत एप्रिलमा उनले एउटा उत्साहित भेलामा आङ साङ सूचीबारे यस्तो टिप्पणी गरे। मे महिनामा गरेको अर्को भाषणमा उनले सरकारका एक सदस्यमाथि 'विदेशीसँग सुतेको' आरोप लगाए। सू चीको विवाह एक ब्रिटिश प्राज्ञ माइकल अरिससँग भएको थियो। अरिसको सन् १९९९ मा सू ची घरमै नजरबन्दमा रहेका बेला क्यान्सर रोगका कारण निधन भएको थियो। आङ साङ सू ची आफ्नो देशमा लोकप्रिय छिन् "विराडु एकदमै चर्चित भिक्षु हुन् र ठूलो भिडले उनलाई पछ्याउँछ। उनका समर्थकहरू उनले मुसलमानमाथि आक्रमण गर्दा खुसी हुन्छन्। तर उनले आङ साङ सूचीलाई निसाना बनाएपछि उनको लोकप्रियता खस्कियो र उनी आलोचित बने," याङ्गुन स्कूल अफ पोलिटिकट साइन्सका सहसंस्थापक मियाट थुले भनिन्। अक्स्फर्डमा पढेकी आङ साङ सू ची "द लेडी" भनेर चिनिन्छिन्। उनी कुनै औपचारिक पदमा नरहे पनि शक्तिशाली छिन्। उनको आधिकारिक पद 'स्टेट काउन्सिलर' हो। राष्ट्रपति उ विन मिन उनका निकट सहयोगी हुन्। म्यान्मारको संविधानअनुसार उनका दुई सन्तान विदेशी बाबुबाट जन्मिएका कारण उनी देशको राष्ट्रपति हुन पाउँदिनन्। गैरसैनिकको सरकारले सर्वोच्च पदका लागि रोक लगाउने त्यो प्रावधान हटाउन खोजेको छ। तर विराडुले भने प्रस्तावित संवैधानिक परिवर्तनको विपक्षमा बोलेका छन्। "मानिसहरूमा आङ साङ सू चीप्रति अत्यन्त धेरै सम्मान छ। विराडुका समर्थक रहेका थुप्रै कट्टरपन्थी भिक्षुलाई पनि सू चीविरुद्ध जान गाह्रो हुनसक्छ," मियाट थुले भनिन्। "विराडु यदि संवैधानिक परिवर्तनका मात्रै आलोचक भएका भए सरकारलाई उनीविरुद्ध कारबाही चाल्न कठिन हुने थियो। तर उनले सू चीविरुद्ध बोलेपछि आम मानिसमाझ त्यसको राम्रो सन्देश गएको छैन।" "उनले सरकारलाई आफूविरुद्ध कारबाही अघि बढाउन सजिलो बनाइदिए।" तर विराडु अडिग छन्। "यदि उनीहरू मलाई पक्राउ गर्न चाहन्छन् भने त्यसो गर्न सक्छन्," उनले एउटा वेबसाइटलाई भनेका छन्।
news-55131862
https://www.bbc.com/nepali/news-55131862
आफ्नो पैतालामुनि हिउँ पग्लिरहेको भोगिरहेकी महिला
उत्तरी ध्रुवनजिकै आफ्नो बुवासँग क्यासिडी क्रेमर शिकार गर्छिन्।
तर उनले शिकार गर्ने जनावरहरू अन्तै सर्न थालेका छन्। उनलाई लाग्छ जब उनले विवाह गरेर बालबच्चा पाउँछिन् त्यो बेला परम्परागत जीवनशैली सम्भव हुने छैन। के कारणले क्यासिडीलाई जीवनशैली परिवर्तन गर्न बाध्य बनाउँदैछ? हेर्नुहोस् एउटा भिडिओ।
news-53947171
https://www.bbc.com/nepali/news-53947171
कोरोना भाइरसः महामारी बनेर फैलिएको यो विषाणुबारे अहिलेसम्म थाहा भएका पाँच कुरा
कोरोनाभाइरसबारे सबै नयाँ कुरा थाहा पाउन गाह्रो हुन्छ।
यहाँ नयाँ अध्ययनहरूले पत्ता लगाएका पाँच महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरिएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-55576058
https://www.bbc.com/nepali/news-55576058
अमेरिकी संसद्‌ भवनमा भएको दङ्गाले डोनल्ड ट्रम्पको विरासतलाई कस्तो प्रभाव पार्ला
डोनल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकाल अलि फरक किसिमले टुङ्गिदैछ।
राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूलाई संसद् भवनतिर जान भनेका थिए धेरै सातादेखि राष्ट्रपति ट्रम्पले ज्यानुअरी ६ निर्णायक दिन हुने बताउँदै आएका थिए। उनले आफ्ना समर्थकहरूलाई त्यो दिन वाशिङ्टन डीसीमा आएर नोभेम्बरमा सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गर्न र आफूलाई राष्ट्रपति बनाइराख्न कङ्ग्रेस र उपराष्ट्रपति माइक पेन्सलाई चुनौती दिन आह्वान गरेका थिए। गत साता बुधवार बिहान राष्ट्रपति र उनका पक्षधरहरूले त्यसका लागि केही गतिविधि गरे। ट्रम्पका निजी वकिल रूडी जुलियानीले निर्वाचनसम्बन्धी विवाद “युद्धमार्फत् सुनुवाइ" गर्नुपर्ने टिप्पणी गरेका थिए। राष्ट्रपतिका जेठा छोरा डोनल्ड ट्रम्प जुनिअरले आफ्ना पिताको पक्षमा ‘नलड्ने’ पार्टीका सदस्यहरूलाई एउटा सन्देश दिए। “यो अब उनीहरूको रिपब्लिकन पार्टी होइन,” उनले भने, “यो डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टी हो।” दुवै सदनको संयुक्त सत्र सुरु हुँदा प्रदर्शनकारीहरू संसद् भवनबाहिर भेला भए चुनावमा धाँधली भएको भन्दै प्रदर्शन गर्न भेला भएका समर्थकहरूलाई राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट दुई माइल पर अवस्थित संसद् भवन क्यापिटलसम्म जान आह्वान गरे। उनले भने,”हामीले हार मान्नेछैनौँ। हामी पराजय स्वीकार गर्नेछैनौँ। हाम्रो देशले बढी नै सहिसक्यो। अब हामी त्यसो गर्न सक्दैनौँ।” राष्ट्रपतिले आफ्नो भनाइ टुङ्ग्याउँदै गर्दा अमेरिकी संसद्‌मा अर्कै किसिमको नाटकीय घटनाक्रम विकास हुँदै थियो। त्यस बेला संसद्को संयुक्त सत्रमा राज्यपिच्छेको निर्वाचन परिणाम प्रमाणीकरण गर्ने तयारी गरिएको थियो। सुरुमा माइक पेन्सले विवादित राज्यको मतपरिणाम खारेज गर्न राष्ट्रपतिले गरेको आग्रह अस्वीकार गर्दै विज्ञप्ति जारी गरे। उनले आफूसँग त्यस्तो शक्ति नरहेको र आफ्नो भूमिका ‘धेरै हदसम्म आलङ्कारिक’ रहेको बताएका थिए। त्यपछि रिपब्लिकनहरूले सुरुमा एरिजोनाको मतपरिणामलाई चुनौती दिए। त्यसपछि दुवै सदनमा उक्त राज्यमा जो बाइडनको विजय स्वीकार गर्ने या नगर्नेबारे बहस चल्यो। दुवै पक्षले कटु अभिव्यक्ति दिए र आफ्ना पक्षका नेता बोल्दा ताली बजाए। सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा छिरेका एक प्रदर्शनकारीले आफूहरू फिर्ता नहुने सन्देश पठाएका थिए संसद् भवनमा दङ्गाकारी केही समयअघि कङ्ग्रेस भवनमा बन्दुक बोकेर प्रवेश गर्ने धारणा राखेको भनेर चर्चामा आएकी सांसद लरेन बोबर्टले जनमत बेवास्ता हुन आफूले नदिने बताइन्। उनले आफूले संविधानको रक्षा र समर्थन गर्ने शपथ खाएकाले हास्यास्पद निर्णयको विपक्षमा उभिनुपरेको बताइन्। कसैको अन्तिम संस्कारमा सहभागी हुन जाँदा लगाइने जस्तो कालो सूट लगाएर आएका रिपब्लिकन पार्टीका मिच मक्कनेलले पनि डोनल्ड ट्रम्पको चर्को आलोचना गरे। उनले भने, “यदि पराजित पक्षको आरोपकै मात्र आधारमा निर्वाचनको परिणामलाई उल्टाइयो भने हाम्रो प्रजातन्त्र मृत्युचक्रमा प्रवेश गर्छ,” उनले भने। “हामीले सम्पूर्ण देशले चुनावको परिणामलाई स्वीकार गरेको कहिल्यै देख्न पाउनेछैनौँ। प्रत्येक चार वर्षमा जुनसुकै मूल्यमा पनि शक्ति हत्याउने प्रपञ्च हुनेछ।” जोर्जियामा रिपब्लिकन पार्टीले दुई स्थानमा पराजय बेहोरेपछि सेनटको अल्पसङ्ख्यक दलको नेतामा घटुवा हुन लागेका कन्टकीका सेनटर मक्कनेलको अभिव्यक्ति आएकै बेला संसद्‌बाहिर रहेका ट्रम्प समर्थकहरू उग्र भइसकेका थिए। सम्भवतः अगाडिका भाषणबाट प्रेरित भएर संसद् भवनमा छिर्दै उनीहरूले त्यहाँ विद्यमान कमजोर सुरक्षा नाघेर संसद्को सत्र ठप्प पारिदिए। त्यो बेला सांसद, कर्मचारी र सञ्चारकर्मीहरूलाई सुरक्षित क्षेत्रमा लगिएको थियो। उक्त घटनाक्रमको समयमा टेलिभिजन क्यामराहरूले प्रदर्शनकारीहरूले संसद् भवनको सिँढीमा नाचिरहेको र झण्डा फहराइरहेको दृष्य देखाएका थिए। सामाजिक सञ्जालमा दङ्गाकारीहरूले विधायिकाको च्याम्बर फोडेर प्रवेश गर्न खोजेका तस्बिर र भिडिओहरू देखा पर्ने थाले। उनीहरूले निर्वाचित सांसदको कार्यालय र सुरक्षा अधिकृतको कार्यालयमा आफ्नो तस्बिर खिचाए र तल्लो सभाको सुरक्षा घेराभन्दा परसम्म बन्दुक समेत लगे। समर्थकहरूको उपद्रोपछि पनि ट्रम्पको 'माया' डेलवेअरमा अर्थतन्त्रबारे सम्बोधन गर्ने तयारीमा रहेका राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो कार्यक्रम स्थगित गर्दै वाशिङ्गटनमा भएको उपद्रोको निन्दा गरे। आफ्नो सङ्क्षिप्त मन्तव्यमा उनले आधुनिक समयमा अमेरिकी लोकतन्त्रमा कहिल्यै त्यस्तो आक्रमण नभएको भन्दै राष्ट्रपति ट्रम्पलाई तत्कालै राष्ट्रिय टेलिभिजनमा गएर हिंसाको निन्दा गर्न र उक्त घेराबन्दी अन्त्य गर्न माग गर्न चुनौती दिए। जो बाइडनले वाशिङ्टनमा भएको घटनालाई विद्रोहको सङ्ज्ञा दिए त्यसको केही मिनेटमै ट्रम्पले देशवासीलाई सन्देश दिए तर त्यो बाइडनले अपेक्षा गरे जस्तो थिएन। बरु उनले चुनावमा धाँधली भएको जस्ता यसअघि व्यक्त गर्ने भनाइसँगै आफ्ना समर्थकहरूलाई “घर जान” अनुरोध गरे। उनले ती समर्थकहरूलाई माया गर्ने भन्दै उनीहरू एकदमै विशेष रहेको बताए। त्यो नियमित रूपमा राष्ट्रपतिले आफ्ना समर्थकहरूको उत्तेजित कदमबारे जनाउने प्रतिक्रियाजस्तै थियो। सामाजिक सञ्जालले लगाएको अभूतपूर्व प्रतिबन्ध ट्रम्पका समर्थकहरूलाई प्रोत्साहन गरिएका दुइटा ट्वीटलाई सुरुमा चेतावनी दिँदै ट्विटरले पछि हटाइदिएको थियो। त्यसपछि उक्त समाजिक सञ्जालले राष्ट्रपतिको ट्विटर खातालाई १२ घण्टा पोस्ट गर्न नमिल्नेगरी ‘लक’ गरिदियो। फेसबुकले उक्त कदम पछ्याउँदै ट्रम्पमाथि दिनभरि प्रतिबन्ध लगायो। सामाजिक सञ्जालसँगको लामो र निकट सम्बन्ध राखेका ट्रम्पलाई राष्ट्रपति भएयता पहिलो पटक त्यसरी चुप लगाइएको थियो। ट्रम्पका समर्थकहरू विभिन्न वेशभूषामा आएका थिए यदि डोनल्ड ट्रम्पका लागि यो ‘अन्त्यमा तपाईँलाई सदाचारको मतलब छैन” भन्ने घडी हो भने अमेरिकी संसद्‌मा रगतका टाटा र काँचका टुक्राको सरसफाइ भइरहँदा त्यो क्षण आइपुगेको छ। साँझमा प्रहरीले अन्तत: अमेरिकी संसद्‌मा सुरक्षा कायम गरेपछि दुवै तर्फका नेताहरूले हिंसाको निन्दा गरेका थिए। सेनटका बहुमतप्राप्त नेता चक शुमरले ज्यानुअरी ६ अमेरिकी इतिहासमै कालो दिनका रूपमा अभिलेखमा बसेको बताए। उनले ट्रम्पलाई भिडको राष्ट्रपति भन्दै उनको पक्षपोषण गर्नेहरूको पनि आलोचना गरेका थिए। रिपब्लिकन पार्टीभित्रको भावी सङ्घर्ष त्यसपछि रिपब्लिकनहरूले पनि त्यस्तै प्रतिक्रिया व्यक्त गरे। ट्रम्पकी आलोचक रिपब्लिकन सांसद लिन चेनीले राष्ट्रपतिको उक्साहटमा भिडले आफूहरूलाई संवैधानिक दायित्व पूरा गर्नबाट रोक्न खोजेको भन्दै ट्वीट गरिन्। प्रायः ट्रम्पको पक्षमा उभिने गरेका आर्कन्सोका सांसद टम कटनले राष्ट्रपतिलाई चुनावको परिणाम स्वीकार गर्न, अमेरिकी नागरिकलाई झुक्याउन छोड्न र भिडले गरेको हिंसाको निन्दा गर्न आग्रह गरे। प्रथम महिला मेलानिया ट्रम्पकी चीफ अफ स्टाफ स्टेफनी ग्रिशम र ह्वाइट हाउसकी सहप्रवक्ता सेरा म्याथ्यूजले पदबाट राजीनामा दिए। अगामी २४ घण्टामा थप पदाधिकारीहरूले राजीनामा दिने विवरण आइरहेका छन्। सीबीएस च्यानलले ट्र्म्पको क्याबिनेटका अधिकारीहरू संविधानको २५ औँ संशोधनको प्रयोग गरी कसरी उपराष्ट्रपति र क्याबिनेटका बहुमत सदस्यले अस्थायी रूपमा राष्ट्रपतिलाई पदबाट हटाउन सक्छन् भन्ने विचार गरिरहेको जनाएको छ। दुवै सदनको संयुक्त सत्र सुरु भएको समयमा क्यापिटलबाहिर प्रदर्शनकारीहरू भेला भएका थिए पेन्स र क्याबिनेटले कदम चाले पनि नचाले पनि ट्रम्पको राष्ट्रपतीय कार्यकाल ज्यानुअरी २० मा अन्त्य हुँदैछ। यो बिन्दुमा रिपब्लिकन दलले आफूले कङ्ग्रेस र ह्वाइट हाउसमा नियन्त्रण गुमाएको अवस्था छ। उसको नराम्ररी साख गुमेको छ तर पार्टीको नेतृत्व पङ्क्तिमा अझै डोनल्ड ट्रम्पको बलियो प्रभाव छ। बुधवारको घटना ट्रम्प र उनका समर्थकहरूबाट नियन्त्रण हासिल गर्न रिपब्लिकन दलभित्रका परम्परावादीहरूका लागि पार्टीभित्र सङ्घर्ष गर्न एउटा प्रस्थानविन्दु बन्न सक्छ। मक्कनेलको सम्बोधन सुन्दा उनी त्यस्तो बाटो अङ्गीकार गर्न इच्छुक भएको देखिन्छ। यसअघिका रिपब्लिकन दलका राष्ट्रपतीय उम्मेदवार तथा यूटाका सेनटर मिट रोम्नीले पनि त्यसको नेतृत्व लिन सक्छन्। ट्रम्पको लोकप्रियतावादी किसिमको विरासतमा दाबी गर्ने अरू नेताले त्यसलाई चुनौती दिन सक्छन्। ट्रम्पको विरासत र भावी योजना सेनटमा चुनावको परिणामप्रति आफू असहमत रहेको सबैभन्दा सुरुमा घोषणा गरेका मिजरीका जस हलीले संसद् भवनको हिंसापछि पुनः बैठक बस्दा पनि आफ्नो धारणा परिवर्तन गरेनन्। सङ्कटले राजनीतिक अवसर पनि दिन्छ र धेरै नेताहरूले यो अवसरलाई आफ्नो लाभका लागि प्रयोग गर्न सङ्कोच मान्नेछैनन्। अहिले पनि ट्रम्प शक्तिमा छन्। उनी सबैबाट निन्दित भएको हुनसक्छन् र ह्वाइट हाउसमा टेलिभिजन हेरेर बसिरहेका हुनसक्छन्। सामाजिक सञ्जालबाट अस्थायी रूपमा बाहिरिएपनि उनी लामो समय चुप बस्नेछैनन्। फ्लोरिडास्थित आफ्नो नयाँ घरमा गएपछि लेखाजोखा गरेर उनले कुनै दिन फेरि शक्तिमा फर्किने योजना बुन्न सक्नेछन् र अहिले क्षतविक्षत विरासत फेरि पुनर्जीवित बनाउने प्रयास गर्नेछन्।
news-57084150
https://www.bbc.com/nepali/news-57084150
नेपाली कांग्रेसः नयाँ सरकार निर्माणबारे जसपामा दुई धार देखिएपछि अब ध्यान ‘एमालेको अन्तरविरोधतिर’
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई वा दुईभन्दा बढी दलहरू मिलेर संविधानको धारा ७६ (२) अन्तर्गत बहुमतको सरकार बनाउन आह्वान गरेको समयसीमा सकिनु एकदिन अगाडि उक्त पहलको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको ध्यान सत्ताधारी एमालेको आन्तरिक विभाजनतर्फ मोडेको देखिएको छ।
ओलीले विश्वासको मत नपाएपछि कांग्रेस सभापति देउवा नयाँ सरकार निर्माणमा अग्रसर भएका छन् शीतलनिवासबाट आह्वान भएको भोलिपल्टै कांग्रेसले मङ्गलवार माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका नेताहरूसँग एकसरो छलफल गरेको थियो। तर जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार निर्माणमा अरुचि प्रकट गर्दै विज्ञप्ति प्रकाशित गरेका कारण अब कांग्रेसको ध्यान एमालेभित्रकै असन्तुष्ट खेमातिर मोडिएको कांग्रेस सभापति शेरबहादुर देउवाका निकट नेता एनपी साउदले बीबीसीलाई बताए। अङ्कगणितको खेल अहिले प्रतिनिधिसभामा कुल २७१ सदस्य कायम रहेको छ। सोमवार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा भएको मतदानमा ओलीको पक्षमा ९३ मत मात्रै आएको थियो भने उनको विपक्षमा १२४ मत आएको थियो। तर बहुमत प्राप्त गर्न आवश्यक १३६ मत कतैतिर पनि देखिएन। जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसिदिएपछि ओलीको विपक्षमा रहेको समूहको पनि बहुमत पुगेन। सो पक्षले उही व्यवहार कायम राख्ने हो भने ओलीइतरको पक्षलाई पनि बहुमत जुटाउन कठिन पर्ने देखिन्छ। तर यदि एमालेभित्रका असन्तुष्ट पक्षका केही सांसदहरूले राजीनामा दिएमा भने कुल कायम संसद सङ्ख्या घट्नेछ र त्योसँगै आवश्यक बहुमतको न्यूनतम सङ्ख्या पनि घट्नेछ। “जनता समाजवादी पार्टीले एकढिक्का निर्णय गर्न सकेन भने एमालेभित्रको अन्तरविरोधले के भूमिका खेल्छ र कस्तो बाटो लिन्छ भन्ने कुरा अहिले महत्त्वपूर्ण भएको छ,” कांग्रेस नेता साउदले भने। त्यसैले कांग्रेसले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालिरहेको उनले बताए। भेटघाट तीव्र नेता साउदले कांग्रेस सभापति देउवाले एमालेको असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेको भन्दै ती कुराकानी जारी रहेको बताए। “वास्तवमा कांग्रेसले सबै पक्षलाई समेटेर सरकार निर्माण गर्न चाहेको छ। एक किसिमले यो हाम्रो दायित्व पनि हो,” त्यस्ता भेटघाटबारे सोध्दा अर्का कांग्रेस नेता बालकृष्ण खाँडले बताए। तर अझसम्म यति नै सांसद सङ्ख्या आफ्नो पक्षमा आइसकेको भनेर बताउने स्थिति नभएको नेता खाँडले भने। “(एमालेभित्रका असन्तुष्ट पक्षका)नेताहरूले नै स्वयं अब यो सरकार परिवर्तन गर्न जरुरी छ भन्ने कुरा गर्दै आएका हुन्। परिस्थितिलाई निकास दिन केही सांसदले राजीनामा दिने कुरा पनि उनीहरूबाटै आएका छन्। तर यो विषय हामीसँगको सहमतिमा भन्दा पनि उनीहरूकै विषय हो,” साउदको भनाइ छ। तर यी विषय अझै निर्क्योलमा पुगिसकेको देखिँदैन। राजीनामाको विषयमा एमालेका असन्तुष्ट नेताहरूले स्पष्ट रूपमा बोलिसकेका छैनन्। तर यदि बिहीबार रातिको समयसीमासम्म दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रयास सफल नभए सबभन्दा ठूलो दलको नेताको हैसियतले फेरि वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने सम्भावना बाँकी छ। ‘प्रकारान्तरले फेरि चुनाव नै’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधवार ट्वीट गर्दै वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार गठन अनि एक वर्षभित्र चुनावको सुझाव दिएका छन्। अब जस्तो सरकार बने पनि देशमा चाँडै नै चुनाव हुने कुरा प्रष्ट भएको कांग्रेस नेताहरूले पनि बताएका छन्। “चुनावको वातावरणतर्फ हामी क्रमिक रूपमा अगाडि बढिरहेका छौँ। संविधानको धारा ७६ (२) वा (३) जुनसुकै खालको सरकार बनेपनि मुलुक प्रकारान्तरले चुनावमा जान्छ,” साउदले भने। “चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनि भरोसायोग्य दलबाट सम्पन्न गराउन महत्त्वपूर्ण हुन्छ। यस सन्दर्भमा नेपाली कांग्रेसले विगतमा पनि विश्वसनीय भूमिका खेलेको छ।” पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीको नेतृत्त्वमा सरकार बन्नुअघि भट्टराई प्रधानमन्त्री थिए।
news-53228106
https://www.bbc.com/nepali/news-53228106
भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित
भारत सरकारले ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।
सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ। प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ। भारत सरकारले निर्णय लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला लिइएको छ। इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू 'भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा' भएकाले प्रतिबन्धित गरिएको हो। कसरी हट्छ? 'एउटा टिकटक भिडिओले जीवन बदल्न सक्छ' आईटी मन्त्रालयले आईटी कानुन अनुसार उक्त निर्णय लिएको हो। ती एपहरू एन्ड्रोयड र आईओएस दुवै अपरेटिङ् प्रणाली भएका मोबाइल फोनमा प्रतिबन्धित हुनेछन्। मन्त्रालयका विज्ञप्तिमा भनिएको छ, "भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।" यसबाट भारतको साइबर सुरक्षा सुनिश्चित हुने सरकारको भनाइ छ। उक्त प्रतिबन्धपछि दुवै खाले मोबाइल फोनले एप स्टोरबाट ती एपहरू हटाउनु पर्नेछ। तर सरकारले जारी गरेको विज्ञप्तिमा मानिसहरूलाई आ-आफ्नो मोबाइलबाट ती एप मेट्न अपिल गरिएको छ। जसले ती एप आफ्नो मोबाइलमा राखेका छन् उनीहरूले नहटाउँदासम्म रहिरहने छन्। तर एप स्टोरबाट हटाइएपछि उनीहरूले आफ्नो स्मार्टफोनमा राखेका एप अपडेट गर्न सक्ने छैनन्। टिकटक स्टार
news-50900136
https://www.bbc.com/nepali/news-50900136
इन्डियन एयरलाइन्स विमान अपहरण: यी नेपाली यात्रुलाई पहिला 'कसैले ठट्टा गरे जस्तो' लागेको थियो
बीस वर्षअघि आजकै दिन काठमाण्डूबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको एउटा विमान आतङ्कवादीहरूको अपहरणमा परेपछि नेपालको उड्डयन सुरक्षा प्रणालीबारे उठ्न थालेका प्रश्न अझैसम्म पनि सेलाएको पाइँदैन।
गत महिना मात्र अमेरिकी सरकारको एक प्रतिवेदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने केन्द्रको रूपमा रहेको र रहिरहन सक्ने उल्लेख गरेको थियो। नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली र अवैध विदेशी मुद्रा, सुन, लागुऔषध र वन्यजन्तु तस्करी तथा मानव ओसारपसारजस्ता गतिविधि हुने गरेको अधिकारीहरू बताउँछन्। नेपालबाट अफगानिस्तानको कान्दहार पुर्‍याइएको विमान र त्यसमा रहेका यात्रुहरूलाई छुटाउन भारतले त्यस आतङ्कवादको आरोपमा भारतमा थुनिएका तीन जना मुक्त गरेको थियो। अपहरणकारीसँग सम्झौता हुँदा भारतीय जेलबाट छाडिएका मसूद अजहरले पछि जिहादी सङ्गठन जैश-ए-मोहम्मद स्थापना गरेर भारतमा शृङ्खलाबद्ध आक्रमणमा संलग्न भए। कश्मीरको पुलवामामा ४० भन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी गत फेब्रुअरीमा भएको आत्मघाती आक्रमण जैश-‍ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ। जेलबाट छुटेलगत्तै उनको संलग्नता सन् २००१ मा भारतीय संसद्‌मा भएको आक्रमण पनि पाइयो जुन कारणले भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो। भारतको आकाशबाट अपहरण सन् १९९९ मा क्रिस्मसको अघिल्लो दिन अपराह्ण चार बजेपछि काठमाण्डूबाट इन्डियन एयरलाइन्सको विमान उड्यो। विमानमा चालकदलका सदस्यसहित कुल १८० जना थिए। तर उडान नम्बर ८१४ भारतीय आकाशमा प्रवेश गर्नेबित्तिकै अपहरणमा पर्‍यो। जनकलाल श्रेष्ठ श्रीमतीको उपचारका लागि भारत जाँदैथिए मुखुन्डो लगाएका एक व्यक्तिले चक्कु बोकेको देखेपछि उक्त विमानमा यात्रा गरिरहेका नेपाली यात्रु जनकलाल श्रेष्ठलाई कसैले ख्यालठट्टा गरे जस्तो लागेको थियो। "तर त्यो ठट्टा थिएन। बरु त्यसपछिका आठ दिन हाम्रा लागि चलचित्रका दृश्यजस्तै भइदिए।" जावलाखेलस्थित आफ्नै निवासमा बीबीसीसँग कुराकानी गर्दै श्रेष्ठले दुई दशकअघि भएको "त्रासदीपूर्ण" घटनाको स्मरण गरे। उनी श्रीमतीलाई लिएर दिल्ली हुँदै उपचारका लागि भेलोर जाँदैथिए। उनकी श्रीमतिको त्यो पहिलो विमानयात्रा थियो। सुरुमा उनले शनिवारको टिकट काटेका थिए। तर बुहारीले शनिवार यात्रा गर्न शुभ नहुने भनेपछि श्रेष्ठ दम्पती एक दिनअघि यात्रा गर्दैथिए। "यात्राभरि बुहारीसँग धेरै रिस उठ्यो। तर त्यो हाम्रो लागि हुनै लेखेको थियो र भाग्यले बुहारीको मुखबाट त्यो बोलाइएको थियो।" अमृतसर, लाहोर, दुबई हुँदै कान्दाहार अपहरण भएपछि विमान पाकिस्तानसँगको भारतीय सीमावर्ती सहर अमृतसर पुर्‍याइएको थियो। सुरुमा विमान पाकिस्तानी सहर लाहोर लैजान अपहरणकारीले दबाव दिएका थिए। तर एकातर्फ इन्धनको कमी र अर्कोतर्फ पाकिस्तानले अनुमति नदिएपछि विमान अमृतसरमा रोकियो। अपहरणकारीहरूले भारतीय भूमि छाड्न दबाव दिएकै कारण अमृतसरबाट निकै कम इन्धनका भरमा विमान पुन: लाहोरका लागि उड्यो। पाकिस्तानले अन्तत: अवतरण अनुमति दिएको थियो। त्यहाँबाट इन्धन भरेर विमान अफगानिस्तान जान खोजेको भए पनि काबुलमा राति अवतरण गर्ने सुविधा नहुँदा उक्त विमान दुबई गयो। त्यहाँबाट भने विमानलाई तत्कालीन तालिवान शासन रहेको कान्दाहार पुर्‍याइयो। र त्यहीँबाट भारत सरकारका प्रतिनिधिसँग उनीहरूले महत्त्वपूर्ण वार्ता गरे। त्यहाँ भएका वार्तामा सघाउन र नेपाली पक्षका कुरा राख्न भनेर पाकिस्तानस्थित नेपाली दूतावासका एकजना कूटनीतिज्ञ युगनाथ पौडेललाई समेत कान्दाहार पठाइएको थियो। जनकलाल श्रेष्ठ सम्झन्छन्, "विमानभित्र हामीलाई भने कहाँ छौँ, कता गइरहेका छौँ भन्ने केही थाहा थिएन।" "सुरुमा मैले कति पटक उडेको र ओर्लिएको भनेर विचार गर्न खोजेको थिएँ। तर पछि अरू कुराको तनाव हुन थालेपछि त्यो पनि छाडिदिएँ।" त्रासदीपूर्ण २४ घण्टा उनकी श्रीमती शान्ति श्रेष्ठले नियमित औषधि सेवन गर्नुपर्थ्यो। तर अपहरणकारीले सबैका झोलाहरू खोसेर अलग्गै राखिदिएका थिए। चौबीस घण्टापछि बल्ल उनलाई औषधि खाने अनुमति दिइयो। सुरुको २४ घण्टा सबैभन्दा त्रासदीपूर्ण रहेको श्रेष्ठ बताउँछन्। बिरामीहरूलाई समेत शौचालय जाने अनुमति नदिँदा छेउमै बसेका एक भारतीय यात्रुले पहिल्यै माफी मागेर बीअरको बोतलमा पिसाब फेरेको उनी अहिले पनि सम्झिन्छन्। कान्दाहारमा वार्ता चलिरहेका बेला डिसेम्बर ३० मा एक पटक ती अपहरणकारीले "कुरा मिलेन म अब एकएक गरेर मार्छु, ईश्वरको नाम लिऊ" भन्दा आफूलाई सबैभन्दा धेरै डर लागेको उनी बताउँछन्। "तैपनि नेपाली भएकाले अन्तिम समयसम्म हामीलाई चाहिँ केही नगर्लान् कि भन्ने झिनो आशा भने थियो," श्रेष्ठले स्मरण गरे। "सुरुमा मारेनन् भने त कुनै न कुनै बेला वार्ता मिल्ला भन्ने आशा थियो।" उक्त अपहरण प्रकरणमा ज्यान गुमाउने भारतीय नागरिक रूपन कात्याललाई उनीहरूको मार्ने नै उद्देश्य भए जस्तो श्रेष्ठलाई लाग्दैन। श्रेष्ठका अनुसार छुरी हानेर पीडितको आर्तनाद भारत सरकारलाई सुनाएर दबाव दिन उनीहरूले खोजेका थिए तर अत्यधिक रक्तस्राव भएर उनले ज्यान गयो। पाकिस्तानमा अपहरणकारीले एक व्यक्ति बिरामी परेको भन्दै शरण दिन आग्रह पनि गरेका थिए। तर त्यहाँको सरकारले नमानेको हुँदा दुबई पुग्दासम्म उनको ज्यान गएको थियो। आठ दिनपछि टन्न खाना आठौँ दिन वार्ता टुङ्गोमा पुगेपछि नयाँ वर्षसँगै भारतबाट गएका दुई विमानले यात्रुहरूलाई दिल्ली फर्काए। उक्त विमानमा राम्ररी खाना खान पाउँदाको क्षण उनले अझै बिर्सिएका छैनन्। जनकलाल श्रेष्ठ भन्छन्, "आठ दिन त सबथोक भद्रगोल थियो। कहिलेकाहीँ थोरै रोटी खान पाउँदा पनि फेरि खाना आउने हो कि हैन भन्ने सोचेर त्यो पनि बचाएर राख्नुपर्थ्यो।" अरूले थोरैथोरै भए पनि कुखुराको मासु र रोटी पाउँदा कान्दाहारमा एक शाकाहारी दम्पतीलाई भने एउटा सुन्ताला भाग लगाएर खान दिएको देख्दा आफूलाई निकै चित्त दु:खेको उनी बताउँछन्। आठ दिन त्यसरी पूरा संसारसँग छुटिएर बस्नुपर्दा एक विमानचालकले "यहाँबाट मुक्त हुन पाए साइकल चलाएर बस्थेँ" भनेको उनी सम्झिन्छन्। त्यत्तिका दिन शौचालय सफा नभएकाले पूरै दुर्गन्धित भएको थियो। दिल्ली आएपछि भने श्रेष्ठ दम्पती उपचारका लागि भेलोर नगई फर्किए। केही दिनको दिल्ली बसाइका बेला बजारतिर जाँदा आफूहरू नेपाली भन्ने थाहा पाएपछि भारतीय नागरिकहरू रिसाएको गरेको उनले अझै बिर्सिएका छैनन्। भारतीय विमान अपहरणमा परेपछि त्यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कति सुरक्षित छ? एक अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकारीले नेपालको प्रतिष्ठामा अपहरण प्रकरण अहिलेसम्मकै ठूलो 'कालो दाग' का रूपमा रहेको बताउँछन्। भूतपूर्व डीआईजी हेमन्त मल्लका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एउटा सुरक्षित विमानस्थल मान्न आवश्यक मापदण्डहरू अझै पुगेका छैनन्। "आन्तरिक टर्मिनल होस् वा भन्सारतिर, विमानस्थलको कम्पाउन्ड पनि ढुक्न हुन सकिने अवस्थामा छैन।" अर्कोतर्फ विश्वभरि नयाँ सुरक्षा चुनौती आउँदा समेत काठमाण्डू विमानस्थलमा भने हात र आँखाकै भरमा धेरै जाँच हुने अवस्था रहनु ठूलो कमजोरी रहेको उनी बताउँछन्। अमेरिकी सरकारको प्रतिवेदनमा समेत यात्रुको प्रिस्क्रीनिङ हुन नसक्नु र कागजपत्रको वैधता जाँच्न समेत अल्ट्राभाईलट (यूभी) लाईटको प्रयोग नहुनुलाई समस्या औँल्याइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको फाइल तस्बिर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले जारी गर्ने सन्दिग्ध व्यक्तिहरूको सूचीमा परेका व्यक्तिको विवरण नेपाल प्रहरीलाई पनि पठाइन्छ। तर त्यसको आधारमा नियमित यात्रुको विवरणसँग जाँचेर हेरिने नगरेको विज्ञहरू बताउँछन्। पूर्वडीआईजी मल्ल भन्छन्, "विमानस्थल सुरक्षा गर्ने एउटा दक्ष संयन्त्र र जनशक्ति बनाउन ढिलो भइसकेको छ। अपराध गर्ने र त्यसलाई लुकाउने नयाँनयाँ तरिकाहरू आइरहेका छन्।" "मेटल डिटेक्टर भन्ने एउटा मुख्य जाँच गर्ने प्रविधि नै अब पुरानो भइसक्यो। तर त्यससँग जुझ्ने हाम्रो गति भने निकै सुस्त छ।" 'सीसीटीभी नै छैन' विमानस्थलको अधिकांश क्षेत्र सीसीटीभीको निगरानीमा हुनुपर्छ। तर काठमाण्डू विमानस्थलमा सबैतिर सीसीटीभी नभएको त्यहाँका कर्मचारीहरूले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई बताएका छन्। उनीहरूका अनुसार अहिले दिनहुँजसो विदेशबाट आउने शवपेटिकाको कुनै जाँच गरिँदैन। "विमानस्थलमै यात्रुका सामान चोरिँदा वा हराउँदा समेत त्यो कसले गर्‍यो भन्ने थाहा हुँदैन। हेर्दा सामान्य घटना भए पनि यस्ता थुप्रै पक्षले हाम्रो विमानस्थलका छिद्रहरू देखाउँछन्," एक अधिकारीले भने। विमानस्थलले एक्स-रे तथा अन्य उपकरण राखिएको बताए पनि त्यो छलेर ठूलो परिणाममा अवैध विदेशी मुद्रा, सुन र लागुऔषध तस्करी हुने गरेको पाइएको छ। यदाकदा केही अवैध सामग्री भेटिँदा सुराकीले काम गरेको प्रहरी अधिकारीहरूले बताउने गरेका छन्। समितिको सुझाव अझै 'कार्यान्वयन भएन' सन् १९९९ को डिसेम्बर २४ मा भएको अपहरणलगत्तै नेपाल सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा विमानस्थलमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरू आवश्यकतानुसार चनाखो र सक्रियता, उपकरणहरू पुराना भएका र ती बिग्रिए वैकल्पिक व्यवस्था नभएको उल्लेख गरेको थियो। आफ्नो काम सकिएपछि पनि कर्मचारीहरूले निर्वाध रूपमा विमानस्थल क्षेत्रमा हिँडडुल गर्ने गरेको त्यसमा उल्लेख छ। विमानसेवालाई खाना पुर्‍याउने 'क्याटरिङ भ्यान'को पनि राम्रोसँग जाँच नगरिने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ। सुरक्षामा कुनै त्रुटि नहोस् भनेर यात्रु र अन्य उद्देश्यले हिँडडुल गर्ने मानिसहरू मिसिने अवस्था रोक्न कदम चाल्नुपर्ने उक्त समितले सुझाव दिएको थियो। उसले विमानस्थलमा 'क्याजुअल पास' दिने चलनलाई पनि सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानेको थियो। तर अहिलेसम्म "ती सुझाव कार्वान्वयन नगरिएको" र स्थितिमा "खासै परिवर्तन नआएको" विमानस्थलका कर्मचारी तथा प्रहरी अधिकहारी बताउँछन्।
news-47367066
https://www.bbc.com/nepali/news-47367066
यी महिलाका हात छैनन् त्यसैले उनले खुट्टाले सिलाउँछिन्
बराका शेनुडाको अवस्था अरू कपडा सिलाउने महिलाको भन्दा फरक छ।
इजिप्टकी यी ३० वर्षीय महिला हातबिना जन्मेकी थिइन् तर उनी भन्छिन् त्यसले उनको जीवनमा उनलाई कतै रोकेको छैन। हालै इजिप्टको सरकारले पारित गरेको कानूनमा अपाङ्गता भएका मानिसहरूलाई अझ बढी रोजगारी दिने व्यवस्था गरिएको छ। बराकाले अहिले लेखपढ गर्न सिक्दैछन् ता कि एक दिन उनले जागिर खान आवेदन हाल्न सकुन् र आफ्नो जीवन आरामदायी बनाउन सकुन्।
news-48033674
https://www.bbc.com/nepali/news-48033674
नेपाल भूकम्प: विगत आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो
चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे।
भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ' भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो। त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालो सम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो। वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११:५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन्। पाठ चार वर्षअघिको भैँचालोमा हामीले आफ्नै पालामा हाम्रा बा वा हजुरबाहरूले सुनाउने गरेको 'नब्बे सालको भैँचालोको कथा' जस्तै भयानक विपद् भोग्यौँ। तर न सर्वसाधारण न त सरकारी ओहोदामा रहनेहरूले त्यस भैँचालोबाट पाठ लिएको देखिन्छ। अहिले पनि भैँचालो थाम्ने खाले निर्माण नभइरहेको गुनासो सार्वजनिक हुने गरेको छ। विशेष गरेर सहरी क्षेत्रमा त्यस्तै विपद् पर्दा आवश्यक पर्ने खुला स्थानहरू राखेको देखिँदैन। चार वर्षअघि गएको भूकम्पमा काठमाण्डू उपत्यकामा धेरै मठमन्दिरहरू भत्किए विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूला खाले भैँचालाहरू गएकै देखिन्छ। त्यस्ता भैँचालाको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन्। साना र मझौला खाले भैँचालोहरू त गइरहेकै हुन्छन्। गल्ती नेपालमा गएका भैँचालाहरूको विवरण समावेश गरेर लेखिएका कतिपय पुस्तक र लेखहरूमा पनि गल्तीहरू भेटिएका छन्। इतिहासकार महेशराज पन्तले विभिन्न ऐतिहासिक अभिलेखहरूका आधारमा नेपालमा गएका भूकम्पहरूको अध्ययन गरेका छन् भैँचालाहरूको कुरा गर्दा धेरैले सम्झना गर्ने पुस्तकमध्येमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले लेखेको 'नेपालको महाभूकम्प' पर्छ। यो पुस्तकमा नब्बे सालको भैँचालोको विषयमा धेरै र त्यसभन्दा अघिका भैँचालोहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ। यो नब्बे सालको भैँचालो गएको एक वर्षपछि प्रकाशित भएको थियो। तर त्यसमा नब्बे साल अघिको भैँचालोबारे राणाले लेख्दा गल्ती हुन गएको भनी नयराज पन्त भन्ने गर्थे। उक्त पुस्तकको आफ्नो निजी प्रतिमा उनले त्यसको संशोधन पनि गरेर राखेका थिए। खोजी अध्ययन गर्दै जाँदा मैले पनि त्यो पुस्तकमा गल्तीहरू भेट्दै गएँ। नेपालको खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् जीआर चित्रकार र माधवराज पाण्डेले अङ्ग्रेजी भाषामा लेखेको 'इतिहासमा चढेका, नेपालमा गएका भैँचाला' भन्ने एउटा लेखमा पनि ब्रह्मशमशेरकै गल्ती दोहोर्‍याएको भेटियो। यस्तै कारणहरूले मैले नेपालमा गएका भैँचालाहरूको इतिहास खोतल्ने निधो गरेँ र वि.सं. १८६८ जेठ २४ गते गएको एउटा भैँचालोबारे सप्रमाण लेखी संशोधन मण्डलद्वारा प्रकाशित हुँदै आएको 'पूर्णिमा'को ९५ पूर्णाङ्कमा त्यसलाई २०५५ सालमा छपाएँ। फ्रान्सको 'सँत्र नासओनल् दे ला रशेर्‍शे साँतिफिक्' अर्थात् शास्त्रीय अन्वेषणको राष्ट्रिय केन्द्रबाट मलाई २०५६ सालको हिउँदमा तीन महिनाका लागि त्यहाँ अन्वेषण गर्ने प्रस्ताव आयो। मैले त्यहाँ तीन महिनामा सकिने खालको अन्वेषण गर्नुपर्ने थियो। त्यसैले मैले नेपालका भैँचालाकै विषय समातेँ। प्यारिसमा गरेको त्यस अध्ययनबाट एउटा छाप्न मिल्ने पुस्तिका नै तयार भयो। त्यो लेख २०५७ वैशाख ८ गते काठमाण्डूमा भएको एउटा गोष्ठीमा प्रस्तुत हुनुका साथै संशोधन मण्डलबाट प्रकाशित भएको अङ्ग्रेजी भाषाको जर्नल 'आदर्श'मा पनि त्यो लेख छापियो। पछि प्यारिसबाट पनि उक्त लेखको सारांश फ्रेन्च भाषामा छापिएको छ। ब्रह्मशमशेर जङ्गबहादुर राणा कुन हो सबैभन्दा पुरानो भैँचालो? यसरी मैले ऐतिहासिक तथ्यहरूमा आधारित भएर नेपालका भैँचालासम्बन्धी इतिहासको अध्ययन गर्दा कतिपय पुस्तक र लेखहरूमा प्रशस्त गल्तीहरू भेटेँ र तिनलाई सच्याउने प्रयास पनि गरेँ। नेपालका प्राचीन टिपोट र अभिलेखहरूको मेरो हालसम्मको अध्ययनले नेपालमा गएका भैँचालामध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भैँचालो भनेको वि.सं. १२८० मा गएको भैँचालो हो। यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ। मैले अध्ययन गर्दा लक्ष्मीपति-नयराज सङ्ग्रहमा जुनजुन सालका पात्राहरू उपलब्ध भए तिनको पनि उपयोग गरेँ। यसबीच दिनेशराज पन्तको अन्वेषणबाट पनि भैँचालाको इतिहासको विषयमा केही तथ्य फेला परे। चार वर्षअघि आएको ठूलो भूकम्पपश्चात् ब्रह्मशमशेरको पुस्तकलाई धेरैवटा प्रकाशनगृहले प्रकाशित गरेर फेरि एक पटक चर्चित बनाएका थिए गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिकभूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर मैले नेपालका भैँचालाहरूबारे तथ्यहरू खोजेको हुँ। त्यस क्रममा एकै साल पनि धेरैवटा भैँचालाहरू गएको तथ्य भेटिन्छ। चाँडचाँडै दोहोरिएका भैँचालाहरू अहिले भन्ने गरिएको परकम्प पनि हुनसक्छन्। राजाकै मृत्यु गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ। त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ। भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ। राजा अरि मल्लको पालामा भक्तपुर शासनको केन्द्र थियो वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ। त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ। त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ। वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन्। त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्। झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ। कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पुर्‍याएको उल्लेख छ। नेपालमा गएका भूकम्पहरूको विवरण अपूर्ण अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भैँचालो जानसक्छ भन्न सक्थ्यौँ। तर इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ। यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भैँचाला पनि गएका छन्। चार वर्षअघिको भूकम्पले लडाएको धरहरा यसले नेपाल भैँचालाको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ। इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान्। नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भैँचाला यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ। भैँचालोको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ। भैँचालाको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तर्फबाट प्रशस्त खर्च भइरहेको छ। भैँचालोको इतिहासको खोजीमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पेको खण्डमा अझ बढी प्रकाश पर्थ्यो कि जस्तो मलाई लाग्छ। (इतिहासकार पन्तसँग बीबीसी संवाददाता विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित। यो लेख पन्तले प्रयोग गर्ने शैलीकै भाषामा तयार पारिएको छ।)
news-54648483
https://www.bbc.com/nepali/news-54648483
अमेरिका निर्वाचन २०२०: किन मलाई मतदान गर्न बाध्य पार्न सकिँदैन
हुन त यो वर्ष भएका सामाजिक आन्दोलनका अग्रपङ्क्तिमा युवा देखिए, तर इतिहास भन्छ अमेरिकामा भएका निर्वाचनहरूमा ३० वर्षभन्दा कम उमेरका युवा अत्यन्त कम सहभागी भएका छन्। छब्बीस वर्षीया नाटाली जोन्स-पिङ्की ९/११ को घटना र ब्ल्याक लाइभ्स म्याटर आन्दोलन दुवैकी साक्षी हुन्। यो उनको कहानी हो।
त्यो मङ्गलवारको बिहान फ्लोरिडाको सारासोटामा नाटालीलाई उनकी धर्ममाता स्टेफनीले अरू बेलाभन्दा चाँडै उठाइदिइन्। त्यो दिन उनको जीवनकै अविस्मरणीय रहनेछ भनेर परिवारले उनलाई बताउँदै आएको थियो। कपाल कोरिदिँदै अनि विद्यालयको पोसाक मिलाएर लगाइदिँदै आमाले उनलाई त्यो दिन राम्रो व्यवहार प्रदर्शन गर्न सुझाव दिइन्। उनले पनि सहमतिमा टाउको हल्लाइन्। उनलाई सानैदेखि भविष्यमा प्रख्यात हुने रहर थियो। धेरै पैसा कमाएर परिवारलाई सघाउने इच्छा थियो। त्यो दिन जब उनी उनको स्कूल एमा बी बुकर इलिमेन्टरीनजिक पुगिन्, अगाडिको दृश्यले अचम्ममा परिन्। "जताततै लिमोजिन गाडीहरू थिए। घोडसवार प्रहरीहरू थिए। सूट र काला चस्मा लगाएका सिक्रेट सर्भिसका कर्मचारी देख्दा 'मेन इन ब्ल्याक' चलचित्रको याद आयो," उनले भनिन्। विद्यालय उनको निम्ति दोस्रो घर थियो। उनकी काकी जोसेफाइन त्यहीँको चमेनागृहमा काम गर्थिन्। तर त्यो दिन उनले स्कूलभरि धेरै अपरिचित मानिसहरू देखिन्। मेटल डिटेक्टरको सुरक्षा जाँचपश्चात् उनलाई कक्षाकोठामा लगियो। त्यहाँ उनी र १५ जना अन्य विद्यार्थीका निम्ति कुर्सीहरू राखिएका थिए। उनले छेउको कुर्सी रोजिन्। अनि शिक्षिका श्रीमती ड्यानियल्स आइन्। "ओहो त्यो दिन उनी निकै सुन्दर देखिएकी थिइन्।" के ड्यानियल्स सुरुदेखि नै नाटालीको शिक्षिका थिइन् र उनलाई मन पराउँथिन्। अमेरिकी चुनावको मत सर्वक्षण कति यथार्थपरक बल्ल परिचितहरू देखेपछि नाटाली अलिकति ढुक्क भइन्। बिहान ९ बज्न लागेको बेला कोठा शान्त भयो। बालबालिकालाई विशेष अतिथिको स्वागतका निम्ति उभिन भनियो। राष्ट्रपति जर्ज डब्ल्यू बुशको कक्षाकोठामा प्रवेश भयो। क्यामेरा सक्रिय भए अनि राष्ट्रपति नाटालीको अगाडि रोकिएर हात मिलाए। बालबालिकासँग मुस्कुराउँदै राष्ट्रपति कोठाको अगाडि बस्न गए। के ड्यानियल्सले पाठ पढाउन थालिन् जसअन्तर्गत बालपुस्तकबाट उनले वाचन गरिन्। केही मिनेट नबित्दै ह्वाइ टहाउसका प्रमुख सचिव एन्ड्रू कार्ड राष्ट्रपतिको नजिक गए र उनको कानमा केही फुसफुसाए। "त्यो क्षणपश्चात् राष्ट्रपतिको ध्यान भङ्ग भयो। मानसिक रूपमा उनी त्यो कोठाबाट बाहिरिएको जस्तो देखिन्थ्यो। उनको अनुहार रातो भयो। हामीलाई लाग्यो सायद उनलाई बेस्सरी पिसाबले च्याप्यो होला," नाटालीले स्मरण गर्दै भनिन्। उनले के देखिनन् भने उनको ठिक पछाडि ह्वाइट हाउसका प्रेस सचिव एरि फ्लिसर आएर बसेका थिए र उनले एउटा कार्डमा 'अहिले केही नबोल्नू' भनेर राष्ट्रपतिलाई देखाइरहेका थिए। करिब सात मिनेटसम्म राष्ट्रपति कक्षाकोठामा बसिरहे। त्यसपछि उनले बालबालिकाको पढ्ने क्षमताको प्रशंसा गर्दै निर्धारित समयभन्दा अगावै बाहिरिए। किन त्यस्तो भयो भनेर कक्षाले केही समयपछि थाहा पायो। त्यसको कैयौँ वर्षपछि पनि नाटाली समाचार तथा वृत्तचित्रहरूमा देखापरिरहिन्। सल्लाहकारले राष्ट्रपति बुशको कानमा "दोस्रो विमान दोस्रो टावरमा बजारियो। अमेरिकामाथि हमला भएको छ" भनेर भनिरहँदाको दृश्यमा नाटाली छेउमा देखिन्छिन्। सारासोटास्थित एमा इ बुकर इलिमेन्टरी स्कूलमा राष्ट्रपति जर्ज डब्लु बुश आफ्ना सल्लाहकारसँग कुराकानी गर्दै नाटाली जन्मिएको न्यूटाउन क्षेत्र यात्रासम्बन्धी ब्रोशरहरूमा पर्यटकीय स्थलको रूपमा अङ्कित छैन। सन् २०१९ मा त्यहाँ सेतो बालुवाको तटमा रमाउन करिब २७ लाख पर्यटक आएको भिजिट सारासोटा वेबसाइटमा उल्लेख छ। त्यो तटीय क्षेत्रबाट दुई माइल जति उत्तरतिर लाग्यो भने न्यूटाउन पुगिन्छ। "यो अश्वेतहरूको क्षेत्र हो। बाँकी सारासोटा जुन सम्पन्न छ र जहाँ गल्फ क्लब छन् तीभन्दा यो क्षेत्र पूरै भिन्न छ। त्यो चाहिँ श्वेतहरूको क्षेत्र हो।" नाटालीको जन्म एउटा ठूलो र प्रेमपूर्ण परिवारमा भएको थियो। उनलाई जन्मदिने आमाले आफ्नो बहिनी स्टेफनीको कुनै बच्चा नभएका कारण नाटाली जिम्मा दिएकी थिइन्। नाटाली फ्लोरिडाको सारासोटामै जन्मिएर हुर्किएकी हुन् "मेरा दुई आमा थिए। थुप्रै काकाकाकी, दुई दिदीबहिनी र एक भाइ अनि थुप्रै कजनहरू थिए। हामी एकअर्काको घर गइरहन्थ्यौँ। रमाइलो बाल्यकाल थियो।" "अनि शिक्षकहरू पनि हाम्रा काकाकाकीजस्तै थिए।" उनको समुदायको केन्द्रमा एमा बुकर स्कूल थियो। यसको नाम सारासोटाकी एक प्रथम अफ्रिकी अमेरिकी शिक्षिकाको नामबाट राखिएको थियो जसले गरिब समुदायका अश्वेत बालबालिकाको शिक्षाका निम्ति काम गरेकी थिइन्। सन् २००१ मा उक्त स्कूलका बालबालिकाले राम्रो प्रदर्शन गरेका थिए जसकारण वाशिङ्टनस्थित राजनीतिज्ञहरूको समेत ध्यानाकर्षित गरेको थियो। आफ्नो प्रशासनले अमेरिकाका विविध समुदायलाई समान शिक्षाको अवसर दिने भनी गरेको वाचा प्रवर्धन गर्ने सिलसिलामा राष्ट्रपति बुशले बुकर भ्रमण तय गरेका थिए। वाचन क्षमताका कारण उनलाई भेट्न नाटाली र १५ अन्य विद्यार्थी छानिएका थिए। अपहरणकारीहरूले अमेरिकन एअरलाइन्स फ्लाइट ११ लाई वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा ठोकिदिएको जानकारी पाएको केही मिनेटमा राष्ट्रपति बुश कक्षाकोठामा पसेका थिए। नौ बजेर तीन मिनेट जाँदा दोस्रो विमान दक्षिणी टावरमा ठोकिएको जानकारी दुई मिनेटपश्चात् राष्ट्रपति बुशलाई दिइँदा उनी शिक्षिका ड्यानियल्सका सामु थिए। नौ बजेर बीस मिनेट नवित्दै उनले बालबालिकाको वाचनको प्रशंसा गर्दै बाहिरिए। "मलाई लाग्यो कतै मैले कुनै गल्ती त गरिनँ? के भयो?," के ड्यानियल्सले त्यो क्षण सम्झँदै भनिन्। आफ्नो भ्रमण छोट्ट्याएर जानु परेकोमा क्षमा माग्दै राष्ट्रपति बुशले बुकर स्कूललाई लेखेको पत्र "त्यसपछि अचम्म हुन थाल्यो," नाटाली भन्छिन्। "कसैले कोठा टेलिभिजन ल्यायो र समाचारको च्यानल लगायो। अनि हामीले थाहा पायौँ। भवनहरूमा भएका आगजनी र मानिसहरूको भागदौड देखेर हामीमध्ये धेरै रुन थाल्यौँ।" शिक्षिका ड्यानियल्सले टेलिभिजन बन्द गरेर प्रार्थना सुनाउन थालिन्। स्कूलको चमेनागृहबाट राष्ट्रपतिले गरेको टिप्पणी विश्वभरि प्रसारण हुन थाल्यो। उनी गए र उनीसँगै सुरक्षाकर्मी र क्यामराधारीहरू पनि गए। बालबालिकालाई लिन अभिभावक आउन थाल्यो। दिउँसोसम्ममा विद्यालय खाली भयो। त्यसपछिका साताहरूमा त्यहाँ क्यामरा बोकेर मानिसहरू आए अनि स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीहरूको अनुभवबारे कुरा गर्न चाहे। त्यो कोठामा उपस्थित नाटाली र अन्य बालबालिकाहरू समाचार स्टेशनमा पुगे अनि पत्रकारहरूलाई भेटे। नाटाली (पहिलो पङ्तिमा, बायाँबाट तेस्रो) र उनकी सहपाठीहरू ९/११ बालबालिका नामक वृत्तचित्रका निम्ति सन् २०१९ मा भेला भएका थिए "त्यसपछि हामीले धेरै अन्तर्वार्ता दियौँ। सबैजनाले एकै प्रकारको प्रश्न सोध्थे। राष्ट्रपतिले के भने र कस्तो प्रतिक्रिया जनाए भनेर। हामी साना थियौँ। हामीले धेरै बताएनौँ," उनले भनिन्। वर्षौँ वितेपछि उनले कतिपय समाचारहरू गलत भएको पत्ता लगाइन्। उनी भन्छिन् राष्ट्रपतिले शान्तपूर्वक किताब वाचन गरेको भन्ने समाचार आयो जुन सही थिएन। ती १५ बालबालिका नजिक भए। प्राथमिक तथा माध्यमिक तहमा सँगै पढे। ड्यानियल्सले फेरि उनीहरूलाई पढाइन्। माध्यमिक तहपछि सबै आ-आफ्ना बाटो लागे। ९/११ किड्स नामक वृत्तचित्र बनाउनेहरूका कारण उनीहरूको वर्षौँपश्चात् फेरि भेट भयो। "त्यो कक्षाकोठामा रहेका बालबालिकाले सम्पूर्ण अमेरिकाको प्रतिनिधित्व गर्छन्," निर्देशक एलिजाबेथ सेन्ट फिलिपले भनिन्। "उनीहरूको एकैनासको कथा छैन। एक जना त्यो दिनको घटनाको प्रभावमा परेर सैन्य सेवामा लागे। एक जना व्यापार परामर्शदाता बनेर लाखौँ कमाइरहेका छन् भने एक जना जेल परेका छन्।" "यो विशिष्ट पुस्ता रह्यो। उनीहरूले प्राथमिक विद्यालयमा हुँदा टीभीमा मानिसहरू मरेको देखे। सामाजिक सञ्जाल तथा सन् २००८ को वित्तीय सङ्कटका साथसाथ हुर्किए। अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति निर्वाचित भएको देखे अनि पछिल्ला वर्षहरूमा भएका विभाजन देखेका छन् - ब्ल्याक लाइभ्स म्याटरसहित। र उनीहरू ३० वर्ष पनि पुगेका छैनन्!" आप्रवासी मतदाता जसले अमेरिकी निर्वाचनको छिनोफानो गर्न सक्छन् सो वृत्तचित्रको मुख्य कथा समुदाय र प्रहरीबीचको तनावमा केन्द्रित छ। यसबारे नाटालीले प्रत्यक्ष अनुभव गरेकी छन्। हुर्किँदै गर्दा उनले आफ्ना नातेदारहरूलाई परिचयपत्र नबोकेको कारणमा प्रहरीले कुटेको देखेकी छन्। प्रहरीले उनी र उनको क्षेत्रका अरू साथीहरूलाई रोक्ने र उनीहरूको बोल्ने शैलीबारे ठट्टा गर्ने गरेको उनले अनुभव बेहोरेकी छन्। "उनीहरूको निम्ति हामी हास्यपात्र थियौँ। हाम्रो संस्कृति उनीहरूको लागि ठट्टाको विषय थियो।" फ्लोरिडा राज्यमै न्यूटाउनमा धेरै अपराधका घटना हुने गरेको आँकडा छ। यसको निम्ति प्रहरीको अधिक सक्रियता जिम्मेवार रहेको नाटाली र उनका समुदायका अगुवाहरू ठान्छन्। "यदि हामीले मद्दत माग्यौँ भने प्रहरीलाई आइपुग्न एक घण्टा लाग्थ्यो। तर कतै पार्टी भए पाँच मिनेटभित्रै प्रहरी आएर थोरै लागुऔषधका निम्ति मानिसहरूलाई पक्राउ गरिहाल्थ्यो," नाटालीले भनिन्। सन् २०१८ मा प्रहरीसँगको तनाव झनै बढ्यो जब नाटालीका १९ वर्षीय भाइ जेरेमीलाई प्रहरीले पाँच गोली प्रहार गर्‍यो। राज्यस्तरका फुटबल खेलाडी जेरेमी आफ्नो मित्रका साथ कारभित्र निःशस्त्र थिए। उनलाई तीनवटा गोली लाग्यो। जेरेमी को ज्यान त जोगियो तर पछि लागुऔषधसम्बन्धी मामिलामा उनी जेल परे। अमेरिकामा प्रहरीले कुनै अश्वेत युवालाई निसानामा पारे भने यस्तै हुने नाटाली ठान्छिन्। उनको पक्राउपछि न्यूटाउनमा ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनहरू गरिए। सन् २०१९ मा भेट हुँदा नाटालीले श्रीमती ड्यानियल्ससँग अँगालो मारिन् नाटाली अहिले २६ वर्षकी भइन्। आफ्नो पुरुषमित्र र दुई बच्चाका साथ उनी बस्छिन्। सेप्टेम्बर ११ को घटना होस् वा उनको भाइको पक्राउसम्बन्धी विषय होस्, उनी निकै सावधान हुने गर्छिन्। त्यतिखेर कतिपय गलत समाचारहरू प्रसारण भएको देखेकाले कुनै विषय पत्याउनुअघि उनी आफैँ सोधखोज गर्छिन्। "म हतारमा निर्णय लिन्नँ। सबै कुरा बुझ्छु।" त्यसैले उनले राजनीतिज्ञहरूलाई तत्कालै आलोचना नगर्ने मनस्थिति विकास गरेकी छन्। त्यसमा राष्ट्रपति ट्रम्प पनि पर्छन्। "मलाई लाग्छ उनले व्यापार सुरु गर्न चाहनेहरूलाई सजिलो बनाइदिए। अर्थतन्त्र राम्रो भएको थियो। तर उनले कैयौँ खराब काम पनि गरेका छन्।" आगामी निर्वाचनमा उनी भोट हाल्ने कि नहाल्ने अनि हालेमा कसलाई हाल्ने भन्ने बारे अनिर्णित छिन्। विगतमा उनले मतदान गरेकी छन् तर यसपालि फरक अनुभव भइरहेको छ। "हरेक चार वर्षमा राजनीतिज्ञ तथा पत्रकारहरू हाम्रा समुदाय समक्ष आइपुग्छन् र हाम्रो बारे चिन्तित रहेको देखाउँछन्। तर केही परिवर्तन हुँदैन। हाम्रो भोट चाहनेहरू हाम्रा समुदायका होइनन् र हाम्रो समुदायका तर्फबाट बोल्न सक्दैनन्।" नाटालीको गृहराज्य फ्लोरिडा राष्ट्रपतीय निर्वाचनमा निकै प्रभावशाली मानिन्छ। फ्लोरिडाले जसलाई जिताउँछ उसैले ह्वाइहाउसको जिम्मा पाउने सम्भावना बढ्छ। पछिल्ला निरन्तर छवटा चुनावमा फ्लोरिडाले विजेता राष्ट्रपतिलाई छानेको छ। त्यसैले नाटालीको भोट महत्त्वपूर्ण छ। "म भन्दिनँ कि भोट महत्त्वपूर्ण छैन। त्यो महत्त्वपूर्ण छ, तर आखिरमा त्यसले हामीले हाम्रो समुदायमा खोजेको परिवर्तन ल्याउँछ त? वा त्यसका लागि हामी आफैँ अग्रसर हुनुपर्छ?"
150729_mullah_omar_dead
https://www.bbc.com/nepali/news/2015/07/150729_mullah_omar_dead
तालिबान नेता ओमारको ‘निधन भइसक्यो’
अफगानीस्तानमा सरकारी सूत्रहरुले बीबीसीलाई तालिबान विद्रोही समूहका प्रमुख नेता मुल्लाह ओमारको निधन भइसकेको बताएका छन् तर सो समूहले अझै त्यस्तो समाचारबारे आधिकारिक टिप्पणी गरेको छैन।
महिनौंदेखि मुल्लाह ओमारको अवस्थाबारे हल्ला चलेका थिए। ती हल्लाकै माझ अफगान सरकारले ती समूहसंग शान्तिवार्ता गर्न ठोस प्रयास थालेको थियो। केही खबरहरुका अनुसार भने ओमारको निधन भएको केही वर्ष वितिसकेको छ। सार्वजनिकरुपमा खासै नदेखिने गरेका ओमारको निधन दुई देखि तीन वर्ष पहिले भइसकेको अफगान सरकार तथा गुप्तचर स्रोतहरुले जनाएका छन्। थप विवरण प्राप्त भएका छैनन्। बीबीसीले सम्पर्क गरेको एक तालिबान प्रवक्ताका अनुसार उनीहरुले चाँडै विज्ञप्ति जारी गर्नेछन्। विगतमा पनि मुल्ला ओमारको निधन भएका अपुष्ट खबरहरु थुप्रै आउने गर्थे। तर यसपटक पहिलोचोटि अफगान सरकारका उच्च स्रोतले त्यसको पुष्टी गरेका छन्।
news-54599563
https://www.bbc.com/nepali/news-54599563
अमेरिका निर्वाचन २०२०: के रुसले यसपालि पनि हस्तक्षेप गरिरहेको छ?
रुसले सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको विषयबारे दुई वर्ष छानबिन भयो।
यसपालि पनि उसले अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लागेको छ। अमेरिकी निर्वाचन, रुसी हस्तक्षेप, मिथ्या समाचार र मनोवैज्ञानिक खेलबारे हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-55819138
https://www.bbc.com/nepali/news-55819138
कोरोना भाइरस: कोभिडका कारण बढिरहेको अनिद्रा: कसरी झेल्ने?
धेरैले प्रत्येक नयाँ वर्षमा राम्ररी निद्रा पुर्‍याउने वाचा गर्छन्।
तर यो वर्ष यो वाचा गर्न समस्या छ। किनभने कोरोनाभाइरस सङ्कटले राम्ररी निदाउन झन् कठिन पारिदिएको छ। केही विज्ञहरूले यसलाई 'कोरोनासोम्निया' वा 'कोभिड-सोम्निया' अर्थात् कोरोनाभाइरसका कारण उत्पन्न भएको अनिद्रा भन्न थालेका छन्। कोभिड-१९ का बेला तनावपूर्ण जीवनसँग जोडिएर अनिद्राको समस्या विश्वभर मानिसहरूले सामना गरिरहेका छन्। यूकेमा सन् २०२० को अगस्टमा यूनिभर्सिटी अफ साउथह्याम्टमको एउटा अध्ययनले अनिद्रा अनुभव गर्ने मानिसहरू बढेको देखायो। पहिले प्रत्येक छ जनामध्ये एकमा अनिद्राको समस्या हुने गरेकोमा यतिखेर त्यो प्रत्येक चार जनामध्ये एकमा पाइएको उक्त अध्ययनले जनाएको थियो। यस्तो समस्या आमा, अत्यावश्यक सेवामा काम गर्ने मानिस र अश्वेत, एसियाली एवम् अल्पसङ्ख्यक आदिवासी समुदायमा बढेको देखिएको छ। चीनमा अनिद्राको दर लकडाउनको उत्कर्षमा १४.६ प्रतिशतबाट बढेर २० प्रतिशतसम्म पुगेको थियो। इटली र ग्रीसमा त औषधोपचारको आवश्यकता नै पर्ने गरी 'चिन्ताजनक अवस्था'मा अनिद्राको समस्या देखिएको थियो। त्यहाँ मे महिनामा अध्ययनमा सहभागी झन्डै ४० प्रतिशतमा अनिद्राको समस्या देखिएको थियो। अनिद्रा शब्द गुगलमा सन् २०२० मा जति धेरैपटक यसअघि कहिल्यै खोजिएको थिएन। महामारी दोस्रो वर्षमा लाग्दा महिनौँदेखिको सामाजिक दूरीले हाम्रो दैनिकी उथलपुथल पारिदिएको छ। वास्तवमा कोरोनाभाइरस के हो? काम र बाँकी जीवनमा हामीले गर्ने सन्तुलनको रेखा मेटिएको छ। भविष्य अझै अनिश्चित हुँदा हाम्रो निद्रामा त्यसको असर देखिन थालेको छ। हाम्रो स्वास्थ्य र कार्यक्षमतामा यसको गम्भीर असर पर्नसक्छ। अवरोधबीच जीवन महामारीको नभएकै बेला पनि अनिद्राले जीवनलाई सहज बनाउँदैनथ्यो। लगातार निदाउन नसक्नु वा निदाइहाले पनि चैन नहुने समस्याले दीर्घकालीन रूपमा मोटोपन, तनाव, खिन्नता, मुटुसम्बन्धी रोग र मधुमेहका समस्या निम्तिन सक्छन्। रातमा सात घण्टाभन्दा कमको अपुग निद्राले काममा असर पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। कयौँ अध्ययनहरूले जसकै कारण काममा गल्ती हुने सम्भावना उच्च हुने, एकाग्रता नहुने, झोक्किने र मनस्थिति फेरिइरहने समस्या हुने देखाएका छन्। अमेरिकाको एउटा ठूलो मेडिकल अध्ययन संस्था मेयो क्लिनिकका डा. स्टिभन अल्टकुलर अनिद्राको निदानमा विशेषज्ञता हासिल गरेका मनोविद् एवम् नशारोग विशेषज्ञ हुन्। उनी भन्छन्: "कार्यालयमा काम गर्दा हुने हाम्रा बानीहरू बिर्सिसकेका छौँ। जस्तो कि हाम्रो खाजा खाने एउटा समय थियो। घरमै बसेर काम गर्दा हाम्रो शरीर अभ्यस्त भएको चक्र बिथोलिएको छ।" क्यालिफोर्निया विश्वविद्यालयकी स्वास्थ्य प्राध्यापक एङ्गेला ड्राकी भन्छिन्: "तपाईँ कार्यालयमा काम मात्र गर्नुहुन्थ्यो र घर आएर आराम गर्नुहुन्थ्यो। त्यसमा फरकपन थियो। तर यतिखेर तपाईँ घरमा मात्रै हुनुहुन्छ।" कोरोनासोम्नियाबारे लेखेकी र अनिद्राको समस्या झेलेका थुप्रै बिरामीको उपचार गरेकी ड्राकीले घरबाट काम गर्दा शरीरलाई कम व्यायाम हुने र प्राकृतिक रूपमा प्राप्त हुने प्रकाश शरीरले नपाउने बताउँछिन्। ती दुवै कुराले राम्रो निद्राको लागि वातावरण तयार पार्छन्। गत वर्ष इन्सोम्नियाको समस्या धेरै झेल्नेमा स्वास्थ्यकर्मीहरू पाइएका थिए यतिखेर संसारमा कहिल्यै नभएको बेरोजगारी दर बढेको छ। जसको जागिर बचेको छ उनीहरूले त्यसलाई जोगाइराख्ने काममा निकै जोडबल गर्ने गरेका छन्। डा. स्टिभन अल्टकुलर भन्छन्: "यतिखेर हामीसँग काम र घरबिचको सीमा निकै अस्पष्ट हुन थालेको छ। मानिसहरू ढिलोसम्म काम गर्न थालेका छन्।" यही बेला हाम्रा सोखहरू ओझेलमा परेका छन्। साथीहरू भेट्ने, जमघट गरेर तनाव कम गर्ने काममा समेत कमी आएको छ। धेरैले त्यससँगै सामना गरिरहेका अन्य मानसिक समस्या समेत निद्रासँग जोडिन थालेको छ। स्वास्थ्यकर्मीहरूमै पछिल्लो एक वर्षमा अनिद्राको समस्या निकै बढेको छ। डिसेम्बरमा अटवा विश्वविद्यालयले विश्वका एक लाख ९० हजारभन्दा धेरै मानिसहरू समेटिएका ५५ वटा अध्ययनहरूको समीक्षा गरेको थियो। उसले त्यसबाट महामारी सुरु भएयता अनिद्रा, तनाव, डिप्रेसन र कुनै घटनाविशेष पछिका असहज अवस्थाहरूको मापन गर्न खोजेको थियो। ती सबैखाले असहजता स्वास्थकर्मीमा १५ प्रतिशतले बढेको पाइयो भने अनिद्रामा त त्यो २४ प्रतिशतसम्मले वृद्धि भएको थियो। कसरी जुझ्ने? यूकेको स्लीब च्यारिटीकी प्रमुख कार्यकारी लीजा आर्टिसका अनुसार महामारी लम्बिरहँदा अनिद्राको समस्या झट्टै गइहाल्ने सम्भावना देखिँदैन। उनी भन्छिन्: "सुरुवाती अवस्थामा मानिसहरूले सल्लाह नलिँदा निद्राको समस्या अनिद्रामा परिणत हुन्छ। र त्यसलाई सुल्झाउने अचुक उपाय पनि छैन। फेरिएका बानी तोड्ने काम सहज पनि छैन।" तर यस्ता समस्यामा चिकित्सककहाँ झट्ट नगइहाल्नेका लागि यो एक वर्षमा अनलाइन माध्यमबाट निदानको उपाय खोज्न सकिने सहज बाटो समेत बनेको छ। निद्रा समस्याको निदानको लागि त्यसको केही स्वास्थ्य व्यवहारलाई समेत पालना गर्नुपर्छ। सुत्नुअघि धूम्रपान वा मद्यपान नगर्ने र खाटमा बसेर काम नगर्ने बानीले सहयोग गर्छ। कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक? निद्राको लागि समाचारमा कति घोत्लिने भन्ने सीमा समेत बनाउनु पर्छ। फोनका घण्टी तपाईँका निद्रा खुलाउने साधन बन्नु हुँदैन। यसअघि पनि विश्वमा ठूला नकारात्मक घटनापछि धेरैमा अनिद्राको समस्या बढ्ने गरेको पाइन्छ। हामीले के भुल्नु हुँदैन भने यो असाधारण समय हो। "यस्तो अवस्था मानवजातिले १०० वर्षअघि झेलेको थियो," ड्राकी भन्छिन्। "यो हामीमध्ये कसैले यसअघि भोगेका थिएनौँ।"
news-49055121
https://www.bbc.com/nepali/news-49055121
प्लास्टिक: मानिसले फालेको प्लास्टिकजन्य फोहोरले पृथ्वीलाई कति चोटि बेर्न पुग्ला?
हिजोआज प्लास्टिकको व्यापक प्रयोग हुन्छ। तर त्यसबाट पृथ्वी प्रदूषित पनि भइरहेको छ।
पर्यावरणसम्बन्धी वेबसाइटहरूले प्रत्येक वर्ष फालिने प्लास्टिकजन्य फोहोरले पृथ्वीलाई चार पटक बेर्न पुग्ने दाबी गर्ने गरेका छन्। के यो साँचो हो त? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-50606525
https://www.bbc.com/nepali/news-50606525
दक्षिण एशियाली खेलकुद: तेक्वान्दोमा पदक जित्ने आशामा नेपालका दुई ‘आमा खेलाडी’
नेपालमा हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुद सागमा सहभागी हुने तेक्वान्दोकी आयशा शाक्य र मनिता शाहीले पदक जित्ने आशा राखेका छन्।
आमा बनेपछि केही वर्षको अन्तरालमा उनीहरू तेक्वान्दो खेल्न फर्किएका हुन्। उनीहरू दुवै जना अहिले छोराछोरी घरमा छोडेर प्रशिक्षण गर्दैछन्। आफ्नै भूमिमा आयोजना हुन लागेको सागमा नेपालले तेक्वान्द्वोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ। दुई दशकअघि सम्पन्न आठौँ सागमा नेपालले तेक्वान्दोमा १४ वटा स्वर्ण पदक जितेको थियो। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
news-42757036
https://www.bbc.com/nepali/news-42757036
पति नपुंसक भएको थाहा पाएपछि…
त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ।
मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भयङ्कर निराशाजनक। अस्वीकार्यता कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए। म ३५ वर्षकी थिएँ र मसँग यौनसम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो। कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एकअर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डाह गर्थेँ। के मलाई पनि जिन्दगीमा त्यस्तो साथीको चाहना थिएन? मेरो ठूलो परिवारमा चारजना दाजुभाइ, एक बहिनी र वृद्ध भइसकेका अभिभावक थिए। तर पनि मैले सधैँ एक्लो महसुस गर्थेँ। मेरा दाजुबहिनीको बिहे भइसकेको थियो र उनीहरूको आफ्नै परिवार थियो। बेला-बेला मैले सोच्थेँ मेरो उमेर बढ्दै गएको र म एक्लो भएकोबारे उनीहरू के नै चासो राख्थे र? मेरो मुटु प्रेम र चाहनाका लागि जलिरहन्थ्यो। तर म एक्लोपनले घेरिएकी थिएँ। बेला-बेला मलाई लाग्थ्यो कि म मोटी भएकीले यस्तो भएको हो। के पुरूषहरू मोटी महिलालाई घृणा गर्छन्? के मेरो तौल नै मैले विवाहका लागि उपयुक्त केटा नपाउनुको कारण हो? के म साँच्चै नै जीवनभर एक्लै रहनुपर्छ? के म सधैँ कुमारी नै रहन्छु? यस्ता प्रश्नहरू हरबखत मेरो दिमागमा खेलिरहन्थे। अन्तत: जब म ३५ वर्षकी भएँ। कसैगरी ४० को दशकका एक पुरूष विवाह गर्न आए। लजालु हाम्रो कुरा छिन्ने बेलामा मैले मेरा भावना उनीसँग व्यक्त गरे। तर उनले न ध्यान दिए न त जवाफ। उनी अत्तालिएको जस्तो लाग्यो। भुइँतिर निहुरिएर उनी चुपचाप बसिरहे, टाउको पनि खासै माथि उठाएनन्। मैले सोचेँ पुरूषहरू अचेल महिलाभन्दा बढी लजाउन थालेका छन् र मेरा हुनेवाला पति पनि अपवाद रहेनछन्। तर बिहेको रात म अलमलमा परेँ। मलाई थाहा छैन उनले किन त्यस्तो व्यवहार देखाए। जब मैले भोलिपल्ट सोधेँ, उनले भने- मलाई सञ्चो भएन। तर केही पनि परिवर्तन भएन। हाम्रो दोस्रो, तेस्रो र कैयौँ रातहरू त्यस्तै रहे। मैलै मेरी सासूलाई त्यो कुरा भनेँ तर उनले आफ्नो छोराकै बचाउ गरिन्। "ऊ एक लजालु केटा हो जो बच्चैदेखि केटीहरूसँग कुरा गर्न धक मान्थ्यो, ऊ केटाहरू पढ्ने विद्यालयमा पढ्यो र उसकी दिदीबहिनी पनि छैनन् न त विपरीत लिङ्गको कोही साथी नै छ।" त्यो स्पष्टीकरणले मलाई तत्कालका लागि केही राहतको अनुभुति दिलायो। तर मैले त्यसबारे सोच्ने क्रम रोक्न सकिनँ। असहज प्रत्येक दिन मेरा अपेक्षा, सपना र चाहनाहरू मर्दै गइरहेका थिए। यौन मलाई असहज लाग्नुको मुख्य कारण थियो। उनी मसँग खासै बोल्दैन थिए। उनले मलाई कहिले पनि छोएनन् न त मेरो हात समाए। यदि महिलाले आफूले लगाइरहेको लुगा मात्रै मिलाउन खोजी भने पुरूषहरू तिनलाई घुरेर हेर्छन्। तर राति म पूर्ण रूपमा नग्न हुँदा पनि मेरा पतिले मलाई हेर्दैन थिए। के मेरो मोटोपन नै उनको त्यस्तो व्यवहारको कारण थियो? के दबाबमा परेर उनले मसँग बिहे गरेका थिए? मलाई आफ्नो पीडा कसलाई सुनाऊँ थाहा थिएन। मेरो आफ्नो परिवार म नयाँ जीवनसँग खुशी थिएँ भन्ने भ्रममा थियो। तर मेरो धैर्यको बाँध टुटिरहेको थियो र मलाई एउटा समाधान चाहिएको थियो। त्यो दिन बिदा थियो। अस्वभाविक रुपमा उनी बिदाको दिनमा पनि घरमा बस्दैन थिए। उनी या त आफ्ना साथीको घरमा जान्थे या आफ्ना आमाबुबालाई बाहिर लग्थे। तर भाग्यवश त्यो दिन उनी घरमा नै बसे। म उनको कोठामा छिरेँ र ढोका बन्द गरेँ। उनी आफ्नो ओछ्यानबाट जुरुक्क उठे। म उनको नजिक गएँ र आदरपूर्वक सोधेँ, "तपाईँलाई म मन पर्दिनँ हो? हामी एक पटक पनि नजिक भएका छैनौँ, तपाईँले आफ्ना भावनाहरू शब्दमा पनि व्यक्त गर्नुभएन। तपाईँको समस्या के हो?" उनले जवाफ दिए, "मलाई कुनै समस्या छैन।" निराश उनले के पनि भने भन्दा मैलै उनको ध्यान तान्नुपर्छ र त्यसो गरेर उनको नजिक हुनुपर्छ। मैले निकै आँट गरेँ र उनको यौनाङ्ग छुन खोजेँ। मेलै कल्पना गरेकी थिएँ कि मेरो स्पर्शले परिणाम दिनेछ तर म निराश भएँ। पुरूषको यौनाङ्गको वास्तविक आकार त्यो हो कि होइन भनेर मलाई अलमल भयो। मैले अश्लील भिडिओमा हेरेको चाहिँ गाफ्रिक्सहरू प्रयोग गरेर त्यसलाई ठूलो बनाइएको सुनेको थिएँ। मलाई थाहा थिएन र यसबारे कसलाई सोध्ने? मलाई एकदमै लाज लाग्यो। त्यसले मलाई सतायो। जसरी महिलाको सुन्दरताबारे पुरूषहरू धारणा बनाउँछन्, मैले मेरा पतिको शरीर हेरेर धारणा बनाउन किन मिल्दैन? मैले पतिबाट अपेक्षा गर्नु गल्त थियो र? त्यसपछि मलाई थाहा भयो कि उनी नपुंसक थिए र हाम्रो बिहेभन्दा पहिले डाक्टरले उनी नपुंसक भएको पुष्टि गरिसकेका थिए। उनी र उनका परिवारलाई सबै थाहा थियो। तर मलाई थाहा नदिएर उनीहरूले मलाई धोका दिएका थिए। मैले थाहा पाएपछि उनलाई लज्जा महसुस भयो। यद्यपि उनले माफी मागेनन्। एकजना महिलाले गर्ने सानो गल्तीलाई पनि समाजले बढाइचढाइ गर्छ। पुरूषको गल्ती हुँदा पनि महिलातिर औंला तेर्स्याइन्छ। नियति मलाई मेरा आफन्तले सुझाए, "यौन मात्रै जिन्दगीका लागि महत्त्वपूर्ण होइन। तिमीले धर्म सन्तान किन बनाउँदैनौँ?" मेरा पतिका परिवारले याचना गर्‍यो, "मानिसहरूलाई वास्तविकता थाहा भयो भने त्यो हाम्रो लागि ठूलो लज्जाको विषय हुनेछ।" मेरो माइती पक्षले मलाई स्मरण गरायो, "यो तिम्रो नियति हो।" तर मेरा पतिका शब्दहरूले सबैभन्दा बढी मलाई चोट पुर्याए। उनले भने, "तिमीलाई जे मन लाग्छ गर। जोसँग सुत्न चाहन्छौँ सुत। म तिमीलाई केही भन्दिनँ अथवा कसैलाई यो कुरा भन्दिनँ। कसैसँगको सम्पर्कबाट बच्चा भए उसलाई म आफ्नो नाम दिन तयार छु।" यस्ता कुरा कुनै पनि पत्नीले आफ्ना पतिबाट सुन्न नपरोस्। उनी धोकेबाज थिए र उनले आफ्नो र परिवारको प्रतिष्ठताका लागि मलाई त्यस्तो गर्न भनिरहेका थिए। मेरा खुट्टा समाउँदै उनी रोए र भने, "कृपया कसैलाई पनि यो कुरा नभन र मसँग सम्बन्ध विच्छेद पनि नगर।" उनले सुझाएका कुरा गर्न म कल्पना पनि गर्न सक्दिनँ। मेरासामु यतिमात्र विकल्प थियो- या त उनलाई छाड्नु या त माया र हेरचार गर्ने जीवनसाथीको चाहा मार्नु। लडाइँ अन्ततः मेरा भावनाहरू जिते। मैले मेरा कथित पतिका घर छाडेँ। मेरा आमाबुबाले मलाई स्वीकारेनन्। मेरा साथीहरूको सहयोगले म छात्रावासमा बस्न थालेँ र एउटा जागिर पाएँ। मेरो जिन्दगी पहिलाको जस्तै सही बाटोमा फर्कियो र मैले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएँ। मेरा पतिको परिवार निर्लज्ज थियो। सम्बन्ध विच्छेद हुनुको वास्तविकता लुकाउन उनको परिवारले ममाथि अवैध सम्बन्ध राखेको आरोप लगायो। मेरो लडाइँको क्रममा स्वास्थ्य परीक्षण पनि गराएँ। मलाई तीन वर्ष लाग्यो र अन्ततः सम्बन्ध विच्छेद भयो। पुनर्जन्म पाएजस्तो मलाई महसुस भयो। म अहिले ४० वर्षकी भएँ र म अझै कुमारी छु। विगतमा मसँग नजिक हुन धेरै पुरूषहरूले प्रयास पनि गरे। उनीहरूले के लख काटे भने शारीरिक सन्तुष्टि नपाएरै मैले आफ्ना पतिलाई छाडेकी हुँ र उनीहरूले मबाट त्यही पाउन खोजे। सन्तुष्ट त्यो मेरो लागि चाहिँ एकदम गलत र सङ्कीर्ण सोच थियो। म त्यस्ता पुरूषदेखि टाढै बसेँ। उनीहरूमध्ये कसैले मसँग बिहे गर्न चाहेको थिएन र प्रतिबद्ध सम्बन्ध बनाउन चाहेको थिएन। मसँग चाहना, सपना र भावनाहरू छन्। तर मलाई माया गर्ने, मेरो ख्याल गर्ने, मेरा भावनाहरू बुझ्ने र मसँग जीवन बिताउने व्यक्तिसामु मात्रै म यी कुराहरू व्यक्त गर्न चाहन्छु। म त्यस्तो व्यक्तिका लागि प्रतीक्षरत छु। त्यस्तो व्यक्ति नभेटुञ्जेल मैले आफ्ना साथीहरूको यौनजीवनबारे गोप्यरूपमा कुराकानी गरेर आफूलाई सन्तुष्ट पारिरहेकी छु। र, यौनबारे जतिबेला ममा सोच आउने गर्छ त्यतिबेला बेवसाइटहरू मेरा राम्रा साथी भइदिन्छन्। मैले जे गरेकी छु त्यसका लागि मबारे धारणा बनाउने मानिसहरूको कुनै कमी छैन। मलाई विश्वास छ ती मानिसहरूले बुझ्नेछन् कि महिलाहरू निर्जीव होइनन्, उनीहरूका पनि अनेकौँ भावना हुन्छन्। (दक्षिण भारतमा बस्ने एकजना महिलाले आफूसँग भएको सत्य घटनाबारे बीबीसी संवाददाता ऐश्वर्या रविशंकरलाई बताएकी हुन्। उनको आग्रहमा नाम उल्लेख नगरिएको हो।)
news-57231897
https://www.bbc.com/nepali/news-57231897
एमाले विवादः माधव नेपाल-झलनाथ खनाल एमालेको 'साधारण सदस्य समेत नरहने गरी निष्कासित'
नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको एक प्रेस वक्तव्यमा जनाइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता ज्ञवालीले उल्लेख गरेका छन्। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालको वेबसाइट ट्विटरमा सन्देश लेख्दै स्थायी कमिटीको बैठकको निर्णय भन्दै त्यस्तो विवरण सार्वजनिक गरेका थिए। थापाका अनुसार नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई "पार्टीविरुद्ध गतिविधि गरेको भन्दै सोधिएकोमा चित्त बुझ्दो स्पष्टीकरण नदिएकाले पार्टीबाट निष्कासन गर्ने" निर्णय भएको हो। प्रवक्ता ज्ञवालीले जारी गरेका वक्तव्यमा जेठ ८ गते ती नेताहरूलाई स्पष्टीकरण सोधिएकोमा त्यसको कुनै स्पष्टीकरण प्राप्त नभएको जनाइएको छ। "निजहरूलाई पार्टीको विधान, नेकपा (एमाले) संसदीय दलको विधान तथा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था बमोजिम पार्टीका सबै पद, ओहदा, जिम्मेवारी र स्थान लगायत पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्न सङ्घसंस्था वा सङ्गठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सो समेत नरहने गरी कारबाही गर्ने,'' निर्णय गरिएको पार्टी प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी अन्य नेताहरू "घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको" पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनाएका छन्। ''उहाँहरूलाई यस अघिको आकस्मिक बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएको, पार्टी विरोधी गतिविधि निरन्तर बढाइरहेको, स्पष्टीकरण पछि पनि उहाँहरूको क्रियाकलाप सार्वजनिक रूपमा प्रकट भइरहेको स्थितिलाई मध्य नजर गरेर पार्टीबाट निष्कासन गर्ने निर्णय भएको हो,'' थापाले बीबीसीसँग भने। गत शुक्रवार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष प्रस्तुत गरेको दाबीमा हस्ताक्षर गरेको भन्ने आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो। कारबाहीमा परेका भनिएका एक जना नेता भीम रावलले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रिया जनाउँदै पछिल्लो निर्णय हास्यास्पद रहेको बताएका छन्। ''...केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो,'' उनले लेखेका छन्। फैसला सर्वोच्च अदालतको फैसलासँगै कायम भएको नेकपा एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्ने नेता नेपाल समूहका नेताहरूले माग गरिरहेका छन्। एमाले नेतृत्वको सरकारको सिफारिसमा पाँच महिनाभित्र दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि पार्टी भित्रको विवाद झन् चर्किएको छ। यस अघि पनि एमालेले नेताहरू माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो। तर नेपाल‍-खनाल समूहका नेताहरूले सामूहिक रूपमा सांसद पदबाट राजीनामा गर्ने कसरत अघि बढाएसँगै पार्टीले उनीहरू माथिको कारबाही फिर्ता लिएको थियो। प्रतिनिधिसभामा यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने पहल गर्दा नेपाल खनाल समूहका केही सांसदहरू अनुपस्थित भएका थिए।
news-53605278
https://www.bbc.com/nepali/news-53605278
कोरोना भाइरस नेपाल: विद्यार्थीले यसरी गरे मास्कको फेसन शो
काठमाण्डूको नव आशा गृह विद्यालयले मास्क प्रयोग गर्न प्रोत्साहित गर्न विद्यार्थीहरूको मास्क फेसन शो आयोजना गरेको छ।
कोरोनाभाइरस सङ्क्रमणका कारण विद्यालय बन्द भएको बेला आवासीय विद्यार्थीहरूलाई रचनात्मक काममा लागएको बताइएको छ। नव आशा गृह आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निशुल्क अध्ययन गराउन खोलिएको विद्यालय हो। कस्तो रह्यो त मास्कको फेसन शो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ। अनि यो पनि:
news-55392254
https://www.bbc.com/nepali/news-55392254
नेपाल संसद् विघटन: नेकपाको आधिकारिक बैठक आफैँले डाक्ने प्रधानमन्त्रीको भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेता तथा विघटित प्रतिनिधि सभा सदस्यहरूलाई बालुवाटारमा डाकेर आफूविरुद्ध पार्टीका अर्का अध्यक्ष प्रचण्डले कारबाही गर्ने कुरा "हास्यास्पद भएको" बताएको उक्त भेलामा सहभागी एकजना नेताले बीबीसीलाई बताएका छन्।
पूर्व मन्त्री तथा ओलीनिकट नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान भएको उक्त भेलामा "प्रचण्डले पार्टी एकता प्रक्रिया भङ्ग गर्दै गरेको तर आफूले एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने" बताएको जानकारी दिए। "सरकारका हरेक काममा अवरोध गरिएका कारण पार्टीको भविष्य जोगाउने अन्य विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको" प्रम ओलीले बताएका छन्। "जनताले जुन आदेश दिएर पठाएका थिए त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो," उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले पठाएको विज्ञप्तिमा भनिएको छ। सो भेलामा विघटित प्रतिनिधि सभाका ९३ जना नेकपा सदस्य सहभागी भएको बस्नेतले बताएका छन्। बालुवाटार भेलामा उपस्थित नेकपा नेताहरू कारबाही 'हास्यास्पद' नेकपाको आइतबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध कारबाही गर्न मङ्गलबार केन्द्रीय कमिटीको बैठक डाकेको प्रति इङ्गित गर्दै उनले त्यो "हास्यास्पद भएको" उल्लेख गरेको नेता बस्नेतले बताए। "वहाँहरू (प्रचण्ड समूह) एकता भङ्ग गर्न खोज्दै हुनुहुन्छ। तर म पार्टी एकता जोगाउन अन्तिम कसरत गर्छु," भनेर प्रधानमन्त्रीले भनेको बस्नेतले बताएका छन्। साथै अब पार्टीका आधिकारिक बैठक आफैँले डाक्ने पनि उनले जानकारी दिएको बस्नेतले बताए। प्रधानमन्त्री निकट अर्का नेकपा नेता राजन भट्टराईले पनि पार्टिले उनीमाथि कारबाही गर्ने विषयको विरोध गर्दै बीबीसीलाई भने, "पार्टीको पहिलो अध्यक्ष जसले पार्टीलाई एकताबद्ध बनाएर यहाँसम्म लिएर आयो त्यसका विरुद्ध कारबाही गर्न उहाँहरूसँग केही अधिकार नै छैन। हाम्रो पार्टीको अहिलेको विधानले के भन्छ भने सबै चिज सर्वसम्मत निर्णयबाट हुन्छ। दुईवटा अध्यक्षको सहमति बेगर केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन।" यसैबीच प्रचण्ड पक्षका नेकपा नेताहरूको भेला सोमबार दिउँसो नै बोलाइएको छ। प्रधानमन्त्री ओलीले सोमवारको भेलामा बोलेको विषयलाई उद्धृत गर्दै उनको निजी सचिवालयले एक वक्तव्य प्रेषित गरेको छ।त्यसमा उनले निर्वाचन, पार्टी एकता र तयारीबारे बोलेका केही कुरा तल उल्लेखित गरिएको छ: निर्वाचन किन? "संसद् विघटन मेरो निजी रोजाइ होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्‍यो। अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने 'न्यारेटिभ' चलाइएको छ, त्यो गलत छ। जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो।" एकताको समस्या के? "एकतापछि पार्टीको सचिवालयका ७५ वटा बैठक भए। कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरू कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरूको स्वार्थपूर्तिले घेरिनुपर्‍यो।" चुनावको तयारीमा लाग्न निर्देशन "तपाईंहरू अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरूलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्। कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनु पर्छ।"
news-51173358
https://www.bbc.com/nepali/news-51173358
सभामुख पाउन प्रधानमन्त्रीसँग कुनै वाचा गरेको छैनः अग्नि सापकोटा
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गरेका नेता अग्नि सापकोटाले आफूमाथि लागेका अभियोग, आफ्नो भावी भूमिका र अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा बीबीसीसँग आफ्ना धारणा राखेका छन्।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख उम्मेदवारलाई लिएर रहेको भनिएको लामो मतभेद अन्तत: सापकोटालाई अघि सार्ने सहमतिका साथ आइतवार टुङ्गो लागेको हो। पूर्वमाओवादी नेता सापकोटा नेकपाका स्थायी समिति सदस्य हुन्। नेकपाको सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै लामो समयदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठकको बाटो खुलेको छ। एमसीसी के हुन्छ? अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीप्रति सत्ताधारी दलकै उच्च नेताहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओली र मन्त्रीहरूले उक्त सम्झौता संसद्‌बाट अनुमोदन गराउने बताउँदै आएका छन्। प्रधानमन्त्रीले त पूर्वसभामुख कृष्णबहादुर महराले त्यसो गर्न असहयोग गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए। नेकपाको बहुमत रहेकाले सापकोटा सभामुख निर्वाचित हुने निश्चित जस्तै देखिन्छ। सभामुख बनेपछि उनले एमसीसी अनुमोदन गराउन पहल गर्छन्? सापकोटाले त्यसबारे पार्टीले पनि सचिवालयबाट निर्णय गर्ने भनेको र त्यो राष्ट्रिय बहसमा रहेको बताउँदै एउटा निष्कर्षमा पुगिने बताए। 'गोप्य सहमति छैन' एमसीसीको पक्ष वा विपक्षमा आफूलाई प्रस्तुत गर्न नचाहेका उनले त्यस विषयमा राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे। सभामुख चयनलाई लिएर प्रधानमन्त्रीले एमसीसी अनुमोदनप्रति पनि चासो राखेका खबर आएका छन्। त्यसप्रति प्रचण्ड र स्वयम् सापकोटाले उनलाई आश्वस्त पारेको हुन सक्ने कतिपयको आकलन छ। "पूर्वमाओवादीहरूको अपमान भइरहेको छ" तर सापकोटाले त्यसबारे कुनै कुराकानी नभएको बताए। उनले भने, "(त्यसबारे) प्रसङ्ग नै उठेको छैन। कुनै ठोस विषयमा यसो वा उसो भनेर प्रधानमन्त्री वा अध्यक्ष कसैले केही भन्नुभएको छैन। त्यस्तो केही कुरा छैन। जे छ खुला छ।" 'काखापाखा हुन्न' नेकपाले सरकारलाई सहज हुने पात्र सभामुखमा चाहेको चर्चा थियो। अघिल्ला सभामुख महराले असहयोग गरेको भन्ने गुनासो गर्ने गरेको बताइन्थ्यो। लामो बहसपछि अन्तत: सभामुख बन्न लागेकाले सापकोटा सरकारलाई सहज हुने गरी प्रधानमन्त्रीको चाहना सम्बोधन गर्नुपर्ने बाध्यतामा पर्ने विश्लेषण पनि गरिन्छ। तर सापकोटाले कसैलाई काखापाखा नगर्ने बताए। उनले भने, "मैले सदनको गरिमा राख्दै सदनलाई जीवन्त राख्ने, लोकतन्त्रलाई सुदृढ बनाउने र सन्तुलित भूमिका नै निर्वाह गर्नेछु।" नेकपाले सभामुखमा सापकोटालाई अघि सार्ने निर्णय गरेसँगै उनीमाथि 'हत्या अभियोग लागेको' भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ठूलो चर्चा भइरहेको छ। 'म दोषी छैन' उनले जिल्ला र उच्च अदालत हुँदै हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा पुगे जस्तो गरी प्रचार भएको तर त्यो सत्य नभएको बताए। अपहरण गरेर हत्या गरिएका भनिएका अर्जुन लामालाई आफूले नचिनेको र उनको नाम पनि नसुनेको तर त्यसमा आफूलाई मुछ्न खोजेको उनको भनाइ छ। द्वन्द्वकालमा अर्का नेता वर्षमान पुनसँग अग्नि सापकोटा त्यस्ता द्वन्द्वकालीन घटनाहरू सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा पर्ने उनको दाबी छ। उनका अनुसार लामाकी पत्नीले आयोगमा निवेदन समेत दिइसकेकी छन्। त्यसले आफ्नो काममा कुनै प्रभाव नपार्ने बताउँदै उनले भने, "त्यस घटनामा मेरो कुनै पनि संलग्नता पनि छैन। त्यसकारण त्यसले काममा मेरो ऊर्जा र नैतिक धरातल कमजोर बनाउँदैन।" शान्तिवार्ताकार सत्य निरूपण तथा मेलमिलाप आयोगमा हालै पदाधिकारी सिफारिस गरिएका छन्। तर द्वन्द्व पीडितहरूका संस्थाहरूले राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसप्रति विरोध जनाएका छन्। बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले राजीनामा दिएका थिए। पूर्वमाओवादीबाटै सभामुख बनाउने प्रचण्डको अडानपछि सापकोटाले उक्त जिम्मेवारी पाउने बाटो खुलेको हो। उनी यसअघि ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मन्त्री थिए। दुई पटक मन्त्री बनेका सापकोटा विफल भएको शान्ति वार्तामा महरा नेतृत्वको माओवादी टोलीका एक सदस्य थिए।
news-44170021
https://www.bbc.com/nepali/news-44170021
रोबोट प्रयोग गरेर दीक्षान्त समारोहमा सहभागी
अमेरिकाको आलबामा राज्यस्थित एउटा विद्यालयबाट पढाइ सकेकी सिन्थिया पेट्वे बिरामी थिइन्।
अस्पतालमा भर्ना भएकी हुनाले उनले दीक्षान्त समारोहमा सहभागी हुन नपाउने जस्तो देखियो। उनको उपस्थितिलाई सुनिश्चित गर्न उनका बुवाआमा र विद्यालयले यस्तो योजना बनाए। यो पनि हेर्नुहोस्
news-47425718
https://www.bbc.com/nepali/news-47425718
भारत-पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत
कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ।
बीबीसीले कश्मीरस्थित नियन्त्रण रेखाको दुवै पट्टि रहेका समुदायहरू सम्म एक दुर्लभ पहुँच पाएको छ। जब जब तनाव बढ्छ यिनै समुदायले सबभन्दा पहिलो मार खेप्नुपर्छ। हेर्नुहोस् उनीहरूको अवस्थाबारे एक भिडिओ। अनि यो पनि...
news-44756970
https://www.bbc.com/nepali/news-44756970
जहाँ सामाजिक सञ्जालको प्रयोगमा कर लाग्छ
के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ?
उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले 'स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।' त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि 'उत्पादकत्व बढोस्।' तर के यो नीतिले काम गर्ला?
news-54307366
https://www.bbc.com/nepali/news-54307366
अमेरिका निर्वाचन २०२०: अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडन को हुन्? के उनले डोनल्ड ट्रम्पलाई निर्वाचनमा हराउन सक्लान्?
डोनल्ड ट्रम्प र उनको थप चार वर्ष ह्वाइट हाउसको कार्यकालका बीच एकमात्र मानिस उभिएका छन् - जो बाइडन।
डेमोक्र्याट नेता जो बाइडनले आगामी चार वर्ष ह्वाइट हाउसको बाग्डोर कसले सम्हाल्ने भनेर रिपब्लिकनतर्फका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ। उनका समर्थकहरूको निम्ति बाइडन दशकौँको अनुभवप्राप्त विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन् जो सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्छन् र जसले व्यक्तिगत दुर्घटनाहरूसँग बहादुरीपूर्वक सामना गरेका छन्। तर उनका विरोधीहरूका निम्ति बाइडन संस्थापनसँग जोडिएका "डाँडापारिका घाम" हुन् जसले बेलाबखत लाजलाग्दो गल्ती गर्छन्। (महिलाहरूको कपाल सुँघ्ने जसको अचम्मको बानी पनि छ।) के ट्रम्पलाई हराउन आवश्यक क्षमता उनमा छ त? प्रभावशाली वक्ता जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् जो बाइडन चुनाव प्रचारका पुराना खेलाडी हुन्। उनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बने। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो। उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो क्षमता भएका मानिस पनि हुन्। भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। यो उनको तेस्रो अभियान हो। बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए: "मेरा पुर्खा उत्तरपूर्वी पेन्सल्भेनीआका कोइलाखानीमा काम गर्थे।" उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए। तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् - उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए। पछि 'जो बम'का नामले परिचित भएका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो। सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, "मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा"। विचारनगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो। सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए। उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तिक्ष्ण र स्वच्छ अनि आकर्षक छ।" तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने। त्यस्ता टिप्पणीका बावजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय रहेका छन्। तर हालसालै एउटा रेडिओ कार्यक्रममा चर्चित अश्वेत प्रस्तोतासँग बोलेका कुरा निकै विवादित भए। उनले भनेका थिए, "यदि अझ पनि तपाईँलाई म र ट्रम्पमध्ये एक जना चुन्न कठिन भइरहेको छ भने तपाईँ अश्वेत होइन।" त्यो एउटा वाक्यले सञ्चारमाध्यममा ठूलो सनसनी मच्चियो। उनको प्रचार टोलीले बाइडनले अश्वेत मतदाताहरूलाई हलुका रूपमा नलिएको प्रतिक्रिया दिनुपर्‍यो। अनुभवी प्रचारक मतदाताहरूसँगको भेटघाटमा बाइडन निकै सहजरूपमा प्रस्तुत हुन्छन् उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ। रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्। बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्। बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् - कुनै रकस्टारले जस्तै। "उनी मानिसहरूसँग अङ्कमान गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन," पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले न्यूयोर्कर पत्रिकालाई बताए। तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्। आरोपहरू उनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कैयौँ आरोप खेपेका छन् गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाए। अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे। प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए। तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले भित्तामा घँचेटेको र यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन्। पछिल्ला वर्षहरूमा "पीडितलाई विश्वास गरौँ" भन्ने साझा नारा बनेको छ बाइडनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्‍यो। बाइडनका समर्थकहरूले वर्तमान राष्ट्रपतिविरुद्ध एक दर्जनभन्दा धेरै महिलाले यौन दुर्व्यवहारका आरोप सार्वजनिक रूपमा लगाएको प्रसङ्ग कोट्याउने गर्छन्। तर यस्तो विषयमा सङ्ख्याको खेल खेल्नुहुन्छ र? मीटू अभियान सुरु भएयता बाइडनलगायत डेमोक्र्याटिक नेताहरूले महिलाहरूलाई विश्वास गर्नुपर्ने भन्दै आएका छन्। त्यसैले त्यस्ता आरोपलाई हलुका रूपमा लिने कुनै पनि प्रयासले अभियानकर्मीहरूलाई असजिलो बनाउँछ। हालै दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा रिडले भनेकी थिइन्: "बाइडनका समर्थकहरूले मेरो बारेमा सामाजिक सञ्जालमा निकै नराम्रा कुरा गरेका छन्।" "उनी आफैँले केही भनेका छैनन् तर उनको प्रचार समूहले आडम्बर प्रदर्शन गरेको छ।" बाइडनको प्रचार कार्यालयले ती भनाइ अस्वीकार गरेको छ। उही गल्ती नदोहोर्‍याउने प्रयत्न उम्मेदवारको रूपमा हिलरी क्लिन्टन अझ अनुभवी थिइन् तर सन् २०१६ को चुनावमा डोनल्ड ट्रम्पले उनलाई पराजित गरिदिए सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण बाइडनले विगतका डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारहरूको गल्ती नदोहोर्‍याउने उनका समर्थकको आशा छ। वाशिङ्टनमा उनको धेरै अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष। तर यस्ता अनुभवले विगतमा काम नगरेका पनि कैयौँ उदाहरण छन्। अल गोर (आठ वर्ष तल्लो सदनमा, आठ वर्ष सिनेटमा, आठ वर्ष उपराष्ट्रपति), जन केरी (२८ वर्ष सिनेटर) र हिलरी क्लिन्टन (आठ वर्ष प्रथम महिला, आठ वर्ष सिनेटर) ले उनीहरूभन्दा कम अनुभवी रिपब्लिकन प्रतिद्वन्द्वीसँग पराजय भोगेका थिए। बाइडनका समर्थकहरू उनको स्वाभाविक शैलीका कारण पुरानो गल्ती नदोहोरिने आशा गर्छन्। सन् २००८ मा ओबामाले उनको चुनाव विषय परिवर्तनको वाचामा केन्द्रित गरेका थिए तर बाइडनलाई त्यही कुरा फेरि गर्न गाह्रो पर्नेछ पटकपटक अमेरिकी मतदाताहरूले वाशिङ्टनभन्दा बाहिरबाट आएका वा त्यसरी संस्थापनभन्दा बाहिरको रूपमा आफूलाई प्रस्तुत गर्ने उम्मेदवारहरूलाई जिताएका छन्। अर्थात् ह्वाइट हाउसमा पुगेर राजनीतिक संस्थापनमा फेरबदल गर्ने वाचा गर्नेहरूले मत पाएका छन्। तर त्यस्तो वाचा गर्न बाइडनलाई भने असम्भव हुनेछ किनभने करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन्। अनि लामो समयदेखिको रेकर्ड उनकै विपक्षमा प्रयोग हुनसक्छ। लामो इतिहास सन् १९८७ मा बाइडनले पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए गत केही दशकयता अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन्। अहिलेको राजनीतिक वातावरणमा ती कतिपय निर्णय उचित नदेखिन सक्छ। सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए। यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ। ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले बाइडनबारे गरेको एउटा टिप्पणीलाई पनि रिपब्लिकनहरू सम्झाइरहन्छन्। विगत चार दशकमा विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने गेट्सले बताएका थिए। यो अभियानका बेला यस्ता थप विषय अगाडि आउन सक्छन्। पारिवारिक वेदना बाइडनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ। सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण बो बाइडनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ। तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ। शक्ति, भ्रष्टाचार तथा झुट? हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो। उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन्। उनलाई जलसेनाले कोकिन प्रयोग गरेको पाएका कारण निकालिदिएको थियो। उनले न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो। गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए। उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन्। महाभियोग राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइएको थियो तर पछि सिनेटले सफाइ दिएका कारण उनलाई हटाइएन उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो। त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो। त्यही फोन कलका कारण ट्रम्पमाथि हालसालै महाभियोग लगाइयो। सिनेटले रोकेका कारण ट्रम्पको पद भने गुमेन। तर यसले सिर्जित राजनीतिक विवादमा आफू नमुछिएको भए हुने बाइडनलाई लागेको हुनसक्छ। विदेश मामिला बाइडनसँग विश्वमञ्चको धेरै अनुभव छ कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ। उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्। यसले मतदाताहरूलाई आश्वस्त त पार्छ तर विदेशमामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिन्न। सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले। अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए। बाइडनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन्। तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन्। उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्। सबै वा शून्य हारेपनि जितेपनि बाइडनको राजनीतिक जीवनको यो अन्तिम अध्याय हुने देखिन्छ जनमत सर्वेक्षणहरूले निरन्तर बाइडनलाई ट्रम्पभन्दा ५ देखि १० अङ्कले अगाडि रहेको देखाइरहेका छन्। तर अझै पनि नोभेम्बरको चुनाव आउन केही समय बाँकी छ। दुई प्रतिस्पर्धीबीच थप सङ्घर्ष बाँकी नै छ। सरकारले कोरोनाभाइरस महामारीको व्यवस्थापन कसरी गरेको भन्नेबारे तथा देशमा अश्वेत अमेरिकीसमुदाय विरुद्ध प्रहरी हिंसालाई निन्दा गर्नेबारे दुई नेताले भिन्नभिन्न मत राख्दै आएका छन्। महामारी व्यवस्थापनसँग जोडिएको अनुहार ढाक्ने मास्कको प्रयोगको विषय समेत राजनीतिक मुद्दा बनेको छ। बाइडन बारम्बार मास्क लगाएर सार्वजनिक रूपमा देखा परिरहन्छन् भने ट्रम्पले त्यसको विपरीत गतिविधि गरेका छन्। सानातिना राजनीतिक कटाक्ष तथा राजनीतिक प्रचार अभियानका बेला गरिने छवि निर्माणका विषय बाहेक यो चुनावसँग निकै नै महत्त्वपूर्ण मुद्दाहरू गाँसिएका छन्। यदि बाइडनले जिते भने उनको निम्ति लामो राजनीतिक यात्राको एउटा उत्कर्ष हुनेछ। तर यदि उनी हारे भने थप चार वर्ष उनकै शब्दमा 'संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुन पूर्णत: नालायक व्यक्ति'को हातमा सत्ताको लगाम जानेछ। केही वर्ष अघि उनलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुने कि नहुने भनी प्रश्न गरिँदा बाइडनले भनेका थिए: "राष्ट्रपति नबनीकनै पनि म खुसीखुसी यो संसारबाट बिदा हुनसक्छु।" अब त्यो स्थिति भने रहेन। अमेरिकाको चुनावमा कति खर्च हुन्छ?
news-48160166
https://www.bbc.com/nepali/news-48160166
समुद्री आँधी फानीको प्रभाव नेपालमा कस्तो रह्यो? सगरमाथा क्षेत्रमा 'दशौँ लाखको क्षति' भएको आकलन
३४ आरोहीहरू र तिनका सहयोगीहरू रहेको कञ्चनजङ्घा आधार शिविरबाट ताजा विवरण आइसकेको छैन तर फानी आँधीको प्रभाव देखिएपछि सम्भवत: सबैभन्दा धेरै क्षति सर्वाधिक आरोहीहरू रहेको सगरमाथाको माथिल्ला शिविरहरूमा परेको प्रारम्भिक आकलन त्यहाँ रहेका एक अधिकारीले गरेका छन्।
भारतको पूर्वी तटीय राज्य ओडिशामा शुक्रवार समुद्री आँधी फानी सक्रिय भएपछि पूर्वी नेपालमा हल्का तथा मध्यम वर्षा भएको थियो भने सगरमाथा र कञ्चनजङ्घा जस्ता हिमाली भेगमा हावाहुरी र हिमपात भएको थियो। शुक्रवारको आँधी हुरीले गर्दा सगरमाथा आरोहणको क्रममा दोस्रो (६,५०० मिटर) र तेस्रो शिविरमा ठड्याइएका लगभग १०० त्रिपालहरूमा क्षति पुगेको नेपालको पहिलो सगरमाथा उचाइ मापन आयोजनाका क्रममा सगरमाथा आधार शिविरमा रहेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बीबीसीलाई बताए। उनले भने, "हावाहुरीले गर्दा दुवै शिविरमा गरेर सय वटा जति पालहरू उडाएको छ। हाम्रो खाना राख्ने र खाने पालहरू पनि उडाएको छ। केही पाल त फेरि प्रयोग गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुन पुगेका छन्।" के कति क्षति भयो? उनको अनुमानमा शुक्रवारको हावाहुरीका कारण सगरमाथामा माथिल्ला शिविरमा पाल उडाउँदा वा नष्ट हुँदा दशौँ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको छ। उनका अनुसार अब "ती पालका स्थानमा नयाँ पाल लैजानु पर्ने हुन्छ। खानेकुरा र अन्य सामान पनि नयाँ लैजानु पर्छ।" त्यसपछि मात्रै आरोहणका कार्यक्रमहरू अगाडि बढ्छन्। यो वसन्त ऋतुमा ३७७ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिइसकेका छन्। नुप्से, लोत्से र पुमोरी हिमाल आरोहीहरू समेत गरेर सगरमाथा आधार शिविरमा अहिले करिब ५०० आरोहीहरू रहेका छन्। तीनका सहयोगीहरू समेत गरेर त्यहाँ अहिले करिब २ हजार जति मानिसहरू पालमा बसिरहेका छन्। बाक्लो हिमपात शनिवार दिउसोसम्म भारी हिमपात भइरहेको सगरमाथा आधार शिविरदेखि माथि पनि केही शेर्पा आरोहीहरू रहेको गौतम र अर्का एक आरोहीले बताए। समुद्री आँधी फानीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम भविष्यवाणी भएलगत्तै पर्यटन विभागले हिमाली क्षेत्रमा रहेका सबै आरोही र तिनीहरूका सहयोगीहरूलाई "सुरक्षित रहन र सुरक्षाको प्रबन्ध मिलाउन" सचेत गराएको थियो। सरकारले शुक्रवारदेखि पूर्वी पहाडी र हिमाली क्षेत्रमा हेलिकोप्टर उडान समेत बन्द गर्न निर्देशन दिएको थियो। सगरमाथा आधार शिविरमा रहेका पर्वतारोहण व्यवसायी एवं आरोही फुर्वा तेन्जिङ शेर्पाले बीबीसीसँग भने, "करिब एक फिट बाक्लो हिउँ परेको छ। हुस्सु लागेको छ। "मौसम राम्रो नभएकोले हेलिकोप्टरहरू उडेको छैनन्। माथिल्लो शिविरबाट शेर्पाहरू तल झर्ने प्रयास गरिरहेका छन्।" शनिवार साँझ पर्नै लाग्दा त्यहाँको मौसम पनि सफा हुन थालेका तस्बिर आधार शिविरमा रहेका पर्वतारोहीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। नेपाली पर्वतारोही दावा स्टिभन शेर्पाले आधार शिविरमा सबै सुरक्षित रहेको र मौसम सफा हुन थालेको आफ्नो फेसबुक सन्देशमा उल्लेख गरेका छन्। मौसम भविष्यवाणी कस्तो छ? नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको ओडिशामा शुक्रवार बिहान बज्रिएको समुद्री आँधीको केही प्रभाव हिमाली क्षेत्रसम्मै देखिएपनि अब त्यो नेपालमा कमजोर हुने क्रममा रहेको छ। विभागका एक मौसमविद् समीर श्रेष्ठले बीबीसीसँग भने, "फानी आँधी अहिले धेरै नै कमजोर भइसकेको छ। त्यो अहिले न्यून चापीय क्षेत्रमा घटिसकेको छ। पूर्वी नेपालका केही बदली भएपनि बाँकी भागमा मौसम खुलिरहेको छ।" विभागका अनुसार शनिवारसम्ममा फानी आँधी कमजोर भएर उत्तर पश्चिम कोलकाता पुगेको छ र त्यो प्रणाली अझै कमजोर हुने क्रममा छ| आँधीको बाँकी प्रभावका कारण पूर्वी नेपालका केही स्थानमा "हल्का देखि मध्यम वर्षा" र हिमाली क्षेत्रमा पनि "हल्कादेखि मध्यम हिमपातको" सम्भावना रहेको विभागले जनाएको छ। मौसम विभागका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ र त्यसैले "अपरान्ह पश्चात केहि स्थानहरुमा मेघ गर्जन चट्याङ तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। शनिवार रातिपछि भने मौमसमा बिस्तारै सुधार हुने अनुमान छ। यो पनि पढ्नुहोस:
news-43904848
https://www.bbc.com/nepali/news-43904848
भारत: आन्ध्र प्रदेशमा एकै दिन ३७ हजार चट्याङ
दक्षिणपूर्वी भारतमा यो हप्ता हजारौँ चट्याङ परेको अधिकारीहरूले बताएका छन्।
तटीय राज्य आन्ध्र प्रदेशमा मङ्गलवार एकै दिनमा कम्ती ३७ हजार चट्याङ परेका थिए। चट्याङ लागेर एक जना महिला र उनकी १० वर्षिया नातिनीसहित सात जनाको मृत्यु भएको बताइएको छ। मृत्यु भएकामध्ये अधिकांश विपन्न गोठाला वा कृषिमजदुर थिए। अहिले आन्ध्र प्रदेशका गाउँहरूमा सुरक्षा सतर्कता अभियान सञ्चालन गर्न लागिएको छ। भारतमा चट्याङका कारण प्रत्येक वर्ष करिब दुई हजार मानिसको मृत्यु हुने गरेको छ। चट्याङबाट प्रतिरोधी प्रविधिको आवश्यकता
news-47852908
https://www.bbc.com/nepali/news-47852908
नाना सिलाउने हजुरआमा
नवजात शिशुका लागि परम्परागत नेपाली लुगा सिलाउने व्यवसायमा वि.सं. २०३२ देखि ८१ वर्षीया महिला उद्यमी इन्दिरा सापकोटा अझै सक्रिय छिन्।
सापकोटाको जीवनले लगन र परिश्रम गरे जे पनि सम्भव छ भन्ने प्रेरणा दिन्छ। एउटा भोटो सिलाएर काम सुरु गरेकी उनले निरन्तर ४८ वर्षदेखि शिशुका लुगा बनाउने व्यवसाय गरिरहिन् र उनी सफल महिला उद्यमीको उदाहरण बनिन्। हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ -
151106_surya_subedi
https://www.bbc.com/nepali/news/2015/11/151106_surya_subedi
'यो आर्थिक नाकाबन्दी नै हो'
तराईमा जारी आन्दोलन र नेपाल भारत सीमा नाकामा देखिएको अवरोधका कारण नेपालमा इन्धन र केही अत्यावश्यकीय वस्तुको चरम अभाव देखिन थालेको कैयौं साता भइसकेको छ। त्यसैका कारण नेपालमा खासगरी भूकम्प प्रभावित क्षेत्रमा मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायले सचेतसमेत गराइसकेका छन्। नेपालको संविधानप्रति भारतीय असन्तुष्टिका रुपमा धेरैले अर्थ्याउने सीमा अवरोधबाट भूपरिवेष्ठित देशका रुपमा नेपालले निर्वाध रुपमा पाउनुपर्ने अधिकार मात्रै होइन अन्य कैयौं अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन भइरहेको प्रशस्तै टिप्पणी भइरहेका छन्। यसो हुँदाहुँदै पनि भारतबाट अघोषित नाकाबन्दी भएको टिप्पणी गर्ने नेपाली नेतृत्व पंक्ति उक्त मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगबाट उठाउन विफल भएको भन्दै व्यापक आलोचना भएका छन्। यही प्रसंगमा बीबीसी नेपाली सेवाका महेश आचार्यले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एंव ब्रिटेनस्थित लिड्स विश्वविद्यालयका प्राध्यापक सूर्य सुवेदीसँग कुराकानी गरेका थिए। प्रस्तुत छ, उक्त अन्तर्वार्ता को संपादित अंश:
प्रा. सुवेदीले नेपालले अन्तर्राष्ट्रिय निकायको ढोका ढकढकाउने अहिले बलियो आधार रहेको बताएका छन् नेपालले भारतसंगको सीमा नाकामा देखिएको अवरोधलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सक्छ? अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपालले तीनवटा कदम चाल्नुपर्छ। पहिलो, नेपालले आफ्नो धारणा स्पष्ट बनाउनुप-यो। अहिले भइरहेको नाकाबन्दी हो कि होइन? या आर्थिक नाकाबन्दी हो कि होइन? दोस्रो, नेपालले लिखित रुपमा यो मामिलामा आफ्नो धारणा अर्थात ‘पोजिसन पेपर’ बनाउनुप-यो। नेताहरुले भाषण गरेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर मात्रै हुने होइन। व्यवसायिक हिसाबले कानुनी विशेषज्ञलाई राखेर नेपालको स्थिति यो हो, नेपालको अधिकार यो छ भारतीय पक्षबाट भइरहेको यो काम मान्य छैन भन्ने किसिमको एउटा औपचारिक ‘पोजिसन पेपर’ बनाउनुप-यो। तेस्रो, विक्रम सम्वत् २०४५ सालको स्थिति भन्दा नेपालको अहिलेको स्थिति अन्तर्राष्ट्रिय कानुनमा धेरै बलियो छ। त्यो बेला नेपाल त्यतिबेलाको ग्याट अर्थात् अहिलेको विश्व व्यापार संगठनको सदस्य थिएन, अहिले छ। सन् १९८२ मा अनुमोदित समुद्रसम्बन्धी राष्ट्रसंघीय सन्धि, जसको नेपाल पक्ष राष्ट्र पनि हो, त्यसले भूपरिवेष्ठित राष्ट्रको अधिकार प्रत्याभूतिमात्रै गर्दैन, दुई राष्ट्र बीचको समस्यालाई निराकरण गर्ने न्यायिक र अर्धन्यायिक निकायको पनि व्यवस्था गरेको छ। हामी अन्तर्राष्ट्रिय न्यायिक र अर्धन्यायिक निकायको ढोका ढकढकाउन सक्छौं। त्यो ढोका ढक्ढक्याउने परिस्थिति बेग्लै आउला। तर ढोका ढकढकाउने तयारी नेपालले गरेको छ भनेर मात्रै बाहिर सूचना प्रवाह हुने हो भने पनि भारतलाई बेग्लै किसिमको दबाब पर्थ्यो भन्ने मैले देखेको छु। तपाईंले सबैभन्दा पहिले त नाकाबन्दी हो कि होइन स्पष्ट भन्नुप-यो, भन्नुभयो। तर अहिले धेरै नेपालीले यसलाई भारतको अघोषित नाकाबन्दी भनिरहेका छन्। तपाईंको विचारमा चाहिं यो के हो? यथार्थमा यो आर्थिक नाकाबन्दी नै हो। मैले पाएको सूचना र अध्ययनका क्रममा अन्तर्राष्ट्रिय कानुनी दृष्टिकोणबाट यो एक किसिमको आर्थिक नाकाबन्दी हो। त्यो आर्थिक नाकाबन्दीविरुद्ध नेपालले अन्तर्राष्ट्रिय निकायको ढोका ढकढकाउने अहिले बलियो आधार छ। तर कतिपय मानिसले चाहिं बेलाबेला भारतीय नाकाबाट सामान भित्रिरहेकाले, केही नाका खुकुलो पारिरहेकाले यसलाई पूर्ण रुपमा आर्थिक नाकाबन्दी भन्न नमिल्ने तर्क गरिरहेका छन् नि? पूर्ण रुपमा भन्न नमिल्ला तर यथार्थमा मैले देखेको चाहिं यो आर्थिक नाकाबन्दी नै हो। किनभने यो राजनीतिक र कानुनी समस्यामात्रै नभएर मानवीय समस्या पनि हो। नेपालमा अत्यावश्यक वस्तुको आपूर्ति भएको छैन। औषधिको राम्रोसँग आपूर्ति भएको छैन। यो कानुनीभन्दा पनि धेरै माथिको मानवीय समस्या भइसक्यो। प्राकृतिक प्रकोपले पीडित जनतालाई अहिले मानव निर्मित समस्याले पनि धेरै पीडित बनाएको छ। त्यसलाई कानुनी रुपमा हेर्दा पनि भूपरिवेष्ठित देशले परम्परागत रुपले पाइरहेको नाकाहरु सबै निर्वाध रुपले प्रयोग गर्न पाउनुपर्छ। अहिले त्यो स्थिति छैन। अन्त कुनै नभए पनि नेपालको पेट्रोलियम पदार्थ भित्रिने प्रमुख नाका रक्सौल नाकामा अवरोध भइसकेपछि भारतजस्तो उदीयमान विश्वशक्ति हुन्छु भन्ने राष्ट्रले नेपाल जस्तो सानो छिमेकी राष्ट्रलाई कुनै पनि हिसाबले आपूर्ति सहज गर्नसक्छ। भारतसँग त्यो क्षमता छ। यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नको लागि तपाईले सुझाएको दोस्रो विकल्प अनुसार विश्व व्यापार संगठनमा कसरी कुरा उठाउन सकिन्छ? भारतले गरेको व्यवहारको प्रमाण यो हो, विश्व व्यापार संगठनको कानुनले यो भन्छ र यो कानुन उल्लंघन भएको ठानेको हुनाले हामी उजुरी गर्न आएका छौं भन्ने औपचारिक निवेदन नेपालले पेश गर्नुप-यो। तपाईंको विचारमा अहिले विश्व व्यापार संगठनको कुन चाहिं कानुन उल्लंघन भएको छ त अहिलेको यो घटनाले? त्यो चाहिं ग्याट भनिने १९४७ को विश्व व्यापारसम्बन्धी अभिसन्धि हो र विश्व व्यापार संगठनको मुख्य धरातल भनेकै त्यही ग्याट सन्धि हो। त्यो सन्धिमा निर्वाध व्यापार र पारवहनको स्वतन्त्रतासम्बन्धी व्यवस्था छ। हामीले २०४५ सालमा नेपाल त्यतिबेला ग्याटको सदस्य थिएन त्यसैले सदस्य हुनुपर्छ भनेर पछि हामी विश्व व्यापार संगठनको सदस्य भयौं। त्यसले गर्ने पारवहन र व्यापारको स्वतन्त्रताको प्रत्याभूति उल्लंघन भएको छ भनेर नेपाल जानसक्छ। दोस्रो कुरा, १९८२ को संयुक्त राष्ट्रसंघको तत्वावधानमा भएको समुद्री कानुनसम्बन्धी विश्व अभिसन्धि छ, त्यो अभिसन्धिका धाराहरुले भूपरिवेष्ठित राष्ट्रहरुको स्वतन्त्र पारवहनको अधिकारको प्रत्याभूति गरेको छ। त्यसको उल्लंघन भएको छ भनेर नेपालले यी यी प्रमाण हुन् भनेर दरखास्त दिनसक्छ। तर यस्ता कानुनी व्यवस्था हुँदाहुँदै पनि भारतले जस्तै सुरक्षाको कारण देखाएर आपूर्ति सहज नगरेको बेला ती कानून बाध्यकारी हुँदैन भन्ने तर्क पनि सुनिन्छ नि? हो, त्यो एउटा अपवाद छ। तर सुरक्षाको कारण देखाउन मिल्ने आधार अहिले भारतसँग छैन। किनभने नेपालले गरेको क्रियाकलापले, नेपालले सामान आयात निर्यात गर्दाखेरि भारतको सुरक्षामा दख्खल पुग्न गयो भने मात्रै भारतले त्यो किसिमको कानुनी उपाय अवलम्बन गर्नसक्ने हो। तर नेपालले गरेको आयात निर्यातको गतिविधिले भारतको सुरक्षामा कुनै पनि प्रतिकूल असर परेको मैले देखेको छैन। यो अपवादबाहेकको अरु अवस्थामा चाहिं यदि अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको रहेछ भने ती सम्बन्धित निकायले भारतलाई सदस्य राष्ट्रको हिसाबले दिने निर्देशनचाहिं वाध्यकारी हुन्छ कि हुँदैन उसको लागि? विश्व व्यापार संगठनको अर्धन्यायिक निकायको निर्णय भारतलाई वाध्यकारी हुन्छ। त्यस्तै समुद्री कानुनसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको जुन विवाद निरुपणको व्यवस्था छ, त्यो पनि वाध्यकारी हुन्छ। यसमा नेपाल सरकार आफै वादी भएर मुद्दा लिएर जानुप-यो। तर पनि नेपालले केही नगरे अन्तर्राष्ट्रिय निकायहरुले अहिले जुन अवस्था छ त्यो जानकारीमा लिएर आफै केही गर्नसक्छन् कि? उनीहरुले राजनीतिक, कूटनीतिक तवरमा गर्ने कुरा बेग्लै छ। तर त्यसको कानुनी आधार हुँदैन। किनभने कानुनी हैसियत नभएको निकायलाई गुहारेर कानुनी उपचार प्राप्त गर्नसकिँदैन। त्यो एक किसिमको अन्तर्राष्ट्रियकरण त हो। तर त्यो अलिकति फितलो अन्तर्राष्ट्रियकरण हुन्छ। यस्तो अवस्था हुँदाहुँदै पनि नेपालले अन्तर्राष्ट्रियकरण गर्नसकेन भन्दै गर्दा कतिपयले भने नेपाल भारतमाथि धेरै नै निर्भर छ, यसरी अन्तर्राष्ट्रियकरण गर्दाखेरि जुन दुईपक्षीय सम्बन्धमा थप नकारात्मक असर पर्छ कि भन्ने धारणा राखेका छन्। एककिसिमले त्यो व्यवहारिक नै हो भनेर ठान्नेहरु पनि थुप्रै देखिन्छन् नि? मत त आआफ्नो हुन्छन् नै। भारतसँग हामीले अन्तर्राष्ट्रिय कानुनको आधारमा आफ्नो अधिकार माग गर्नु भनेको भारतलाई चिढ्याउनु पनि होइन। भारतले त्यो हिसाबले सोच्नु पनि हुँदैन। अन्तर्राष्ट्रिय कानुनी शासनले जुन व्यवस्था गरेको छ, त्यसलाई आधार मानेर जाँदाखेरि राजनीतिकरण नगरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ भन्ने मेरो मान्यता छ। प्रा. सुवेदीसंगको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् नेपाल सन्दर्भ
news-56227956
https://www.bbc.com/nepali/news-56227956
कोभिड खोपः ५५ वर्षभन्दा माथिका व्यक्तिले ध्यान दिनुपर्ने कुरा के के हुन्
फागुन २३ गतेदेखि नेपालमा ५५ वर्षमाथिका मानिसलाई कोभिड खोप दिने अभियान सुरु भएको छ।
तर बढी उमेर भएका वा कुनै रोग या दीर्घरोग भएका व्यक्तिले खोप लगाउन मिल्छ कि मिल्दैन त? खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् त? खोप लगाउनासाथ के गर्नुपर्छ? अरू औषधि सेवन गर्न हुन्छ कि हुँदैन? यस्ता धेरैमा मनमा उब्जिरहेको प्रश्नहरूको उत्तर खोजेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।
news-47354306
https://www.bbc.com/nepali/news-47354306
असाध्यै लामो कार्यालय समय कटौती गर्न जापानमा यसरी हुन्छ ड्रोनको प्रयोग
निश्चित समयभन्दा बढी काम गर्नु जापानमा समस्याको रूपमा देखिएको छ।
त्यसरी काम गर्दा विभिन्न कारणले कैयौँ युवाको ज्यान गएका उदाहरण पनि छन्। अहिले केही कम्पनीले प्रविधिको सहयोगमा त्यो सम्याको समाधान खोज्ने प्रयत्न गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-43489304
https://www.bbc.com/nepali/news-43489304
विदेशी टोली नेपालमा एकदिवसीय क्रिकेट खेल्न इच्छुक: पारस खड्का
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आयरल्यान्ड, स्कट्ल्यान्ड र अफगानिस्तान जस्ता एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीले नेपालमा आएर खेल्ने इच्छा देखाएको बताएका छन्।
बुधवार बीबीसी न्युज नेपालीको फेसबुक लाइभमा कुरा गर्दै उनले हालै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलहरूमा भेटिएका अन्य देशका खेलाडीहरूले त्यस्तो चाहना राखेको कुरा सार्वजनिक गरेका हुन्। "श्रीलङ्का, पाकिस्तान र बांग्लादेश जस्ता टेस्ट राष्ट्रहरूलाई पनि चाँडै नै नेपालमा खेलाउन सकिन्छ," उनले भने। तर त्यसका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलाउन नेपालमा उचित पूर्वाधार हुनु आवश्यक रहेको उनको ठम्याइ छ। नेपाली खेलाडीहरूले आफ्नो उत्तरदायित्व निर्वाह गरेको भन्दै उनले क्रिकेटमा भएको राजनीतिलाई अन्त्य गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने उनको धारणा थियो। अहिले पनि देश गम्भीर नभए समग्र नेपाली क्रिकेटमाथि अन्याय हुने उनको धारणा थियो। फेसबुक लाइभमा खड्कासँगै अर्का खेलाडी सोमपाल कामीलाई पनि निम्त्याइएको थियो। कामीले नेपाली टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दा आफू थप उत्साहित भएको र ठूला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्नु आवश्यक रहेको बताए।
news-47669947
https://www.bbc.com/nepali/news-47669947
पोखराको फेवा किनारमा रानीको नाममा बनाइएको एउटा भव्य महलको कथा
पोखराको फेवाताल किनारमा बनाइएको मनमोहक शाही बङ्गला देखेर नलोभिने को होला? रत्न मन्दिर भनिने बङ्गला ताल किनारको सडकबाट देखिँदैन। बरु पूर्वपट्टिबाट डुङ्गामा सयर गर्दै बाराही मन्दिर जानेले दक्षिण फर्किएको भवनको थोरै हिस्सा देख्न सक्छन्।
पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसायको एउटा प्रमुख आधार बन्दै आएको फेवा तालको किनारमा छ दशकअघि निर्माण गरिएको रत्न मन्दिर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ। राजतन्त्रको पतनसँगै राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको अन्त्य हुने बेलामा उनीहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई नेपाल ट्रस्ट ऐन २०६४ अन्तर्गत ल्याइएको छ । त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने कानूनी व्यवस्था भइसके पनि अहिलेसम्म प्रयोगमा ल्याइएको छैन। प्रयोगबारे विवाद नेपाल ट्रस्टले फेवा तालको रमणीय किनारमा रहेको यति महत्त्वपूर्ण सम्पत्ति प्रयोगविहीन अवस्थामा नेपाली सेनाको सुरक्षामा राखिरहनुका पछाडि यसको प्रयोगबारे विवाद नै प्रमुख कारण रहेको धेरैको बुझाइ छ। ट्रस्टले गोकर्णस्थित फरेस्ट रिजोर्ट, कमलादीको काठमाण्डू प्लाजा, सोल्टी आउटर कम्प्लेक्स लगायतका थुप्रै सम्पत्ति भाडामा वा लिजमा दिइसक्दा पनि पोखराको रत्न मन्दिर भाडामा वा लिजमा आजसम्म दिन नसक्नुको प्रमुख कारण स्थानीयवासीको विरोध नै हो । रत्न मन्दिर रहेको क्षेत्र पोखराको पर्यटनको केन्द्रविन्दु नै हो। पर्यटन व्यवसायी र स्थानीय जनता व्यक्ति विशेष वा कुनै कम्पनीलाई लाभ पुग्नेगरी ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको रत्न मन्दिरलाई कुनै पनि हालतमा भाडामा वा लिजमा दिइनुहुन्न भन्ने मत राख्छन्। पर्यटन व्यवसायी बासु त्रिपाठी र लक्की कार्की 'व्यक्तिको होइन, समग्र पर्यटनको प्रवर्द्धन हुने गरी यसको सदुपयोग हुनुपर्ने' मान्यता राख्छन्। ट्रस्ट भने यसलाई भाडामा वा लिजमा दिएर आम्दानी लिई ट्रस्टको लक्ष्य अनुसार त्यसलाई खर्च गरिनुपर्ने सोचमा छ। तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ट्रस्टको अध्यक्षको हैसियतले रत्न मन्दिरले चर्चेको जग्गालाई लिजमा दिएर दुर्गम क्षेत्रका बालबालिकाको पठनपाठनमा खर्च गर्ने भनेर पोखराको एक कार्यक्रममा बोल्दा स्थानीय पर्यटन व्यवसायीले तत्काल प्रतिवाद गरेका थिए। उनीहरू यो ऐतिहासिक सम्पदालाई राष्ट्रहितमा प्रयोग गरिनुपर्ने सुझाव दिँदा गौतमले सराङकोट डाँडातिर देखाएर ती सबै सम्पदा हुन् भनेर ओठेजवाफ फर्काएको घटनालाई नमीठो रूपमा स्मरण गर्छन् । त्यसयता पनि ट्रस्टले यो जग्गा लिजमा दिने योजना बनाएको र स्थानीयवासीले प्रतिवाद गरेको सुनिन्छ। ट्रस्टकै नाममा फेवा तालको किनारमा रहेको अर्को घरसहितको जग्गा हिमागृह यति एयरलाइन्सलाई लिजमा दिने निर्णय भएर पनि स्थानीयवासी जनताको विरोधका कारण निर्णय फिर्ता लिइएको थियो । रत्न मन्दिरको उपयोग कसरी गर्ने त? रत्न मन्दिरले चर्चेको जग्गा कुल ११० रोपनी छ। फेवा ताल किनारमै रहेको हिमागृह १३ रोपनीमा छ। रत्न मन्दिरको हाता बाहिर पश्चिमपट्टि खुलाचौर ४८ रोपनी छ। रत्न चोकमा दुई रोपनी र ट्रस्टको कार्यालय भवन दुई रोपनीमा छ। सबैजसो जग्गाहरु पर्यटकीय केन्द्रमा छन्। पर्यटन व्यवसायको हिसाबले पर्याप्त सम्भावना बोकेको ठाउँमा भएका कारण यी सम्पत्तिमा व्यवसायीले आँखा लगाउनु स्वाभाविकै हो। तर पोखरेलीहरू नेपालको राजतन्त्रको इतिहाससँग जोडिएको रत्न मन्दिरबाट आय आर्जन गर्ने कुरामा सहमत भए पनि यसको लाभ सीमित व्यक्ति वा स्वार्थ समूहले उठाउनु हुन्न भन्ने पक्षमा छन्। शाही इतिहास रत्न मन्दिर तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा निर्माण गरेको दरबार हो। त्यसताका उनी बेलाबेला रत्न मन्दिर आएर बस्थे। शाही अतिथिहरूलाई भेटघाट गर्ने र आतिथ्यता समेत प्रदान गरिन्थ्यो। पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा आफू शाही अतिथि भएर रत्न मन्दिरमा पाँच/सात दिन बसेको कुरा उल्लेख छ। दक्षिण भारतबाट बेतका पलङ्ग, कुर्सी र ड्रेसिङ टेबलहरू आएको थियो भनी आत्मवृत्तान्तमा उल्लेख गरिएको छ। वीरेन्द्र राजा भएपछि पश्चिमाञ्चल क्षेत्रीय भ्रमणका अवसरमा यो दरबार र रत्न मन्दिरका नाममा रहेको पर्याप्त जग्गालाई सचिवालयहरू स्थापनामा बराबर प्रयोग गरिन्थ्यो। रत्न मन्दिर खुला गरिए पर्यटकहरूको पोखरा बसाइ अवधि लम्ब्याउन सघाउ पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ। बिदा गरिएको नेपालका राजाको हिउँदे दरबारका रूपमा प्रयोग गरिएका सामान जस्ताको तस्तै हेर्न स्वदेशी तथा विदेशी सबैका लागि रुचिको विषय हुनसक्छ। सङ्ग्राहलयको माग टिकट काटेर हेर्ने गरी रत्न मन्दिर खुला गरिनुपर्ने पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीको सुझाव छ। सार्वजनिक स्वामित्वको सम्पत्ति कम्पनी वा व्यक्तिलाई किमार्थ दिन नहुने उनको तर्क छ। रत्न मन्दिरलाई सङ्ग्रहालय र सुन्दर पार्कका रूपमा विकास गर्न सकिने अर्का पर्यटन व्यवसायी लक्की कार्कीको मत छ। पोखरा बैदामका ८४ वर्षीय होमबहादुर लामिछाने रत्न मन्दिरलाई त्यत्तिकै बन्द गरेर राख्न नहुने बरु राज्यले त्यसको हेरचाह गरेर देशका निम्ति आय हुने काम गर्नुपर्ने सल्लाह दिन्छन् । दरबारका पूर्वकर्मचारी समेत रहेका उनी ताल र हिमाल देखिने यो ठाउँमा बेलायतकी महारानी एलिजाबेथ आएर बसेकी तर हिमाल बादलले ढाकेका कारण हिमाल देख्न नपाई मन सानो पारेर फर्केको स्मरण गर्छन्। बैदाम निवासी मेशबहादुर भट्टराई रत्न मन्दिर निर्माण भएको जग्गा आफ्ना बुवा, दाजुभाइ र छिमेकीसँग राजा महेन्द्रले किनेको बताउँछन्। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यस ठाउँलाई अवलोकनका लागि खुला गरेर उपयोगमा ल्याउनुपर्ने उनको धारणा छ । रत्न मन्दिर खुला गर्ने योजना किन रोकियो? दुइ वर्षअघि रत्न मन्दिर सर्वसाधारण र पर्यटकका लागि शुल्क लिएर खुला गर्ने तयारी भएको जानकारी नै दिइएको थियो। नेपाल ट्रस्ट सम्पत्ति अवलोकन तथा खर्चसम्बन्धी विनियमावली २०७३ तयार गरेर विद्यार्थी र ज्येष्ठ नागरिकलाई रु ५०, स्वदेशीलाई रु १०० र विदेशीलाई रु १००० शुल्क निर्धारण गरिएको थियो। पछि के कारणले खुल्न नसकेको हो जानकारी नै दिइएन। नेपाल ट्रस्टका इन्जिनियर श्रीकान्त भट्टराई रत्न मन्दिर खोल्नुअघि पूर्वतयारीका काम गर्नुपर्ने र त्यतिबेला माग गरिएको रु ५ करोड प्राप्त हुन नसक्नु यस पछाडिका कारण हुन सक्ने बताउँछन्। उनका अनुसार अहिले पनि रत्न मन्दिर भरतपुरको दियालो बङ्गला लगायतका ट्रस्टको सम्पत्तिको आवश्यक मर्मत सम्भारका लागि रु १७ करोड माग गरिएको छ। नेपाल ट्रस्टमा गत कात्तिकदेखि सचिव पद खाली नै छ। सचिव आए पनि लामो समय नबस्ने हुँदा ट्रस्टको सम्पत्ति सदुपयोगको दीर्घकालीन योजना बन्न सकेको छैन। राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था कति छ नेपाल ट्रस्टको सम्पत्ति? नेपाल ट्रस्टको कार्यालय दरबारमार्गले प्रकाशित गरेको सम्पत्ति विवरण अभिलेख २०७३ अनुसार ट्रस्टको नाममा नेपालका विभिन्न ठाउँमा करिब २१ हजार ५०० रोपनी जग्गा छ। ट्रस्टका एक कर्मचारीका अनुसार हाल नगद करिब रु ७० करोड छ। यस बाहेक नबिल ब्याङ्क, होटल अन्नपूर्ण, नेपाल औद्योगिक विकास निगमको दशौँ हजार कित्ता शेयर पनि छ। ट्रस्टको सम्पत्तिको संरक्षण र उपयोग गर्दै गुरुयोजना बनाएर आयआर्जनमा लगाइनुपर्ने र सम्पत्ति निष्क्रिय राख्न नहुने जनधारणा छ। नत्र सेनाको पहरामा राखिएको रत्न मन्दिर विना प्रयोजन राखिने कार्यलाई राजतन्त्रको पुनरागमनको प्रतीक्षा गरिएको त होइन भन्ने जनसाधारणको टिप्पणीलाई नै बल पुर्‍याउनेछ। ‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्।
news-50272365
https://www.bbc.com/nepali/news-50272365
निर्मल पुर्जा: कसरी सुरु भयो साहसी आरोहण अभियान
सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने अभियान पूरा गरेको भोलिपल्ट काठमाण्डू विमानस्थलमा उत्रेका निर्मल पुर्जाले आफ्नो सफलतालाई 'कुनै दौड नभई मानव क्षमताको जाँच' भएको प्रतिक्रिया दिएका थिए।
उनको भनाइ थियो: "तपाईँले जीवनमा साँच्चिकै केही कुरा गर्न चाहनुहुन्छ र त्यसका लागि पूरा शतप्रतिशत दिनुहुन्छ, मन र मस्तिष्कबाट त्यस काममा लाग्नुहुन्छ भने त्यो सम्भव छ। यो अभियानको त्यो सन्देश पर्वतारोहण क्षेत्रमा मात्र नभएर सबै मानिसहरूको लागि हो।" त्यसको एक दिनअघि भाइटीकाकै दिन ३६ वर्षे यी पूर्व ब्रिटिश सैनिकले तिब्बतमा पर्ने शिशापाङ्मा हिमालको सफल आरोहण गरेका थिए। उचाइका हिसाबले ८ हजार मिटरमाथिका शिखरमध्ये शिशापाङ्मा सबैभन्दा होचो भएपनि उनको यो सफलतासँगै विश्वभर उनको साहसको चर्चा भयो। बधाई दिनेमध्ये कसैले उनको उक्त सफलतालाई 'साँच्चिकै लोभलाग्दो कीर्तिमान' भनेका थिए भने कसैले त्यससँगै 'पर्वतारोहणलाई अर्को तहमा पुर्‍याएको' भन्दै प्रशंसा गरे। 'प्रोजेक्ट पोसिबल' नाम दिइएको उनको कीर्तिमानी अभियान कति महत्त्वपूर्ण हो भनेर ठम्याउन उनले तोडेकै कीर्तिमान हेरे पुग्छ। यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-होले १४-हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए। आफ्नै परीक्षा म्याग्दीमा जन्मिएका यी कीर्तिमानी आरोहीको हिमालसँगको साइनो धेरै पुरानो होइन। सन् २०१२ को डिसेम्बरबाट मात्र ‍निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन्। सन् २०१७ मा सगरमाथा-लोत्से र मकालु पाँच दिनभित्र चढेपछि उनको नाममा विश्व कीर्तिमान बनेको थियो। तर त्यतिखेर ब्रिटिश सेनामा काम गर्ने उनी दुई दिनभित्र काममा फर्कंनुपर्ने तालिका थियो। "त्यसबेला मौसमको खराबीले मकालु आधार शिविरमा हेलिकप्टर आइदिएन। र, ६ दिन लाग्ने बाटो दगुरेर १८ घण्टामा तल तुम्लिङ्टार आइपुगेँ," पुर्जाले बीबीसीसँग भने। "त्यसो गर्दा पनि म शारीरिक रूपमा ठीकै थिएँ। त्यसबेला मलाई मेरो क्षमता योभन्दा अझ बढी छ भन्ने लाग्यो र त्यसरी सात महिनामा १४ वटा आठ हजार मिटरका हिमाल चढ्ने योजना बन्यो।" उनले सुरुमा ८० दिनभित्र अग्ला पाँच हिमाल चढ्ने सोचेका थिए। जुन ब्रिटिश सेनामा रहेर गर्न असम्भव हुने थाहा पाएपछि उनले एक वर्षअघि जागिरबाट राजीनामा दिएका हुन्। तर महत्त्वाकांक्षी यस योजनामा आर्थिक सहयोग जुटाउन उनले निकै सास्ती खेपे जसक्रममा आफ्नै घर समेत बेचेको उनले बताए। जब उनले आफ्नो योजना अरूलाई सुनाए पर्वतारोहण क्षेत्रकै मानिसहरूले पनि कसैले 'असम्भव' भनिदिन्थे त कसैले 'हाँसेर टारिदिन्थे'। हुन त त्यस्तो योजना सम्भव होला भन्ने कल्पना केही महिना अघिसम्म पुर्जा स्वयंलाई पनि थिएन। "तर जब मैले चढ्छु भने, अरू सबैले जे सोचे पनि ममा यो सम्भव छ र मैले सक्छु भन्नेमा म विश्वस्त थिएँ।" उनले आफ्ना साथी मिङ्मा डेभिड शेर्पालाई आफ्नो योजना सुनाए। दुवैलाई यो गर्न सकिन्छ भन्ने विश्वास भएपछि उनीहरू सहयोगी शेर्पाहरूसँगको टिम बनाउन लागे। निर्मल पुर्जासँगको आरोहण अभियानकै बेला मिङ्मा डेभिडले समेत ८ हजार मिटर माथिका ८ वटा थप हिमाल चढेर १४ वटै हिमाल आरोहण पूरा गरेका छन्। उनले ६ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल पहिले नै चढिसकेका थिए। मिङ्मा डेभिडले बीबीसीसँग भने: "हामीले सुरुदेखि नै निकै उत्साही र आत्मबल भएका शेर्पाहरूको टिम बनायौँ। सके चढ्ने होइन कि चढेरै छाड्ने भन्ने आत्मबल टोलीमा रहेका हामी सबैसँग थियो।" यस आरोहणकै दौरान मिङ्माले आठ हजार मिटर माथिका ८ वटा थप हिमाल चढेर १४ वटै हिमाल पूरा गरेका छन्। उनले ६ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल पहिले नै चढिसकेका थिए। नेपालबाट पाँच आरोहीले १४ वटै आठ हजार मिटर माथिका हिमाल चढेकोमा ३० वर्षे मिङ्मा त्यो पूरा गर्ने कान्छा आरोही हुन्। शक्ति सात महिनाभित्र सक्ने लक्ष्य राखिएको पुर्जाको यो अभियान ६ महिना ६ दिनमा पूरा भयो। यो वर्ष शिशापाङ्मा आरोहणमा रोक लगाएको चीन सरकारले नेपाल सरकारको आग्रहमा पुर्जाको आरोहण दलका लागि मात्र सो हिमाल खुला गरेको थियो। जसको प्रक्रिया र पहलका लागि केही समय नलागेको भए अझै केही दिन वा साता अगाडि १४ वटा हिमाल चढिसकिने पुर्जाको विश्वास थियो। पुर्जाले बनाएका कीर्तिमान र उनको रफ्तार देखेर धेरैले उनलाई सोध्ने गर्छन्: त्यस्तो शक्ति कहाँबाट आउँछ? यसको लागि पुर्जाको व्यावसायिक जीवनमा केही पछाडि फर्कनुपर्छ। ब्रिटिश सेनामा बिताएका १६ वर्षमध्ये पछिल्लो १० वर्ष निर्मल पुर्जाले युके स्पेशल फोर्सेस (यूकेएसएफ)मा काम गरेका थिए। जसक्रममा उनले चरम चिसो अवस्थामा गरिने युद्धको प्रशिक्षकदेखि लिएर स्पेशल बोट सर्भिसमा काम गरेका छन्। उनले सुनाए: "यूकेएसएफमा काम गर्ने सपना ब्रिटिश सेनाभित्रका सबै एकसेएक आर्मीहरूले देख्छन्। तर कडा प्रतिस्पर्धा हुने त्यस परीक्षा पास गर्न निकै कमले सक्छन्।" "एकसेएक प्रतिस्पर्धी हुने त्यहाँ फेल हुने मानिसको कुरा सुन्नुभयो भने अर्कै कथा बन्छ। तपाईँलाई प्रयास नै गर्ने आँट पनि आउन्न। त्यसैले मैले असफल मानिसको कथा सुन्दिनँ।" हिमाल चढ्दा नै पनि उनले कुनै हिमाललाई कम नआक्ने बताउँछन्। उनका अनुभवमा एउटै हिमाल दोस्रोपटक चढ्दा अर्कै अनुभव हुन्छ। चौधवटा हिमालका कथामा त झन् धेरै नै विविधता छन्। "यति ठूलो मिशनमा हिँड्दा शारीरिक क्षमता र स्फूर्ति त सबैभन्दा आधारभूत कुरा हुन्छ। त्योभन्दा बढी आफ्नो टिमलाई नेतृत्व दिँदा क्षण-क्षणमा लिइने निर्णायक निर्णयहरू महत्त्वपूर्ण हुन्।" उनले सफलताको रहस्य सुनाए: "यो रफ्तारमा हिमाल चढ्दा ज्यान नै गल्न समय लाग्दैन। तर आफैँलाई उत्प्रेरणा भर्दै एक-एक पाइलामा विश्वास राख्दै अगाडि बढ्नु नै सफलताको रहस्य हो।" 'आफैँसँगको दौड' आरोहणमा निर्मल पुर्जाको एउटा मन्त्र छ- यो कसैसँगको प्रतिस्पर्धा वा दौड होइन। यो आफैँभित्र आफ्नो क्षमता खोज्ने यात्रा हो। सगरमाथा आरोहणको पछिल्लो बसन्त याममा यिनै पुर्जाले खिचेको चुचुरो चढ्ने बेलाको 'ट्राफिक जाम'को तस्बिर निकै चर्चित बनेको थियो। जतिखेर कम अनुभवी वा सौखिन मानिसहरू सगरमाथा चढ्न खोज्दा त्यहाँ मानिसको भिड लागेको भन्दै सरकार र पर्वतारोहण क्षेत्र आलोचित बनेको थियो। "खासमा त्यतिखेर मैले १० घण्टा १५ मिनेटमा रहेको आफ्नो सगरमाथा र लोत्सेको रेकर्डलाई ६ घण्टामा तोड्न खोजिरहेको थिएँ," सगरमाथामा ट्राफिक जामबारे आफ्नो फोटो खिच्दाको कथा उनले सुनाए। "मैले गर्छु भनेको काम नगरेको छैन तर ट्राफिक जामले सात घण्टा कुर्नुपरेपछि कारण बताउन खिचेको फोटो संयोगले भाइरल भइदियो। " सगरमाथामा भएको भद्रगोलपूर्ण अवस्थाको चित्र बाहिर ल्याइदिए पनि पुर्जालाई अरू आरोहीबारे केही भन्नु छैन। "सबैले आफ्नो क्षमताको जाँच दिने हो। कसैलाई सानै पहाड चढ्दा पनि आफ्नो क्षमताप्रति गर्व लाग्छ भने त्यसका लागि उनीहरू स्वतन्त्र छन्। हामीले त्यसको सम्मान गर्नुपर्छ।" सगरमाथाको पछिल्लो बसन्त याममा निर्मल पुर्जाले खिचेको चुचुरो चढ्ने बेलाको 'ट्राफिक जाम'को तस्बिर निकै चर्चित बनेको थियो। प्रोजेक्ट पोसिबलको मुख्य लक्ष्य १४ वटा हिमाल भएपनि त्यसक्रममै उनले विभिन्न नयाँ कीर्तिमान बनाएका छन् भने कति यसअघिकै आफ्ना कीर्तिमान तोडेका छन्। "म हिजोको आफूभन्दा आज अझ राम्रो हुन चाहन्छु। मैले गर्ने प्रतिस्पर्धा भनेकै त्यही हो।" आठ हजार मिटर उचाइका हिमाल चढ्ने क्रममै महालङ्गुर हिमश्रृङ्खालामा पर्ने सगरमाथा, लोत्से र मकालुमा यसअघि पाँच दिनको रहेको आफ्नो कीर्तिमान ४८ घण्टामा चढेपछि पुर्जा आफैँले तोडेका थिए। उनले गत बसन्त याममा (६) र गर्मी याममा (५) सबैभन्दा धेरै आठ हजार मिटर माथिका हिमाल चढेका छन्। सात वर्षअघि पदयात्राको क्रममा सगरमाथा आधारशिविर पुगेका बेला अनायसै मनमा आरोहणको रहर पलाएपछि ६,११९ मिटर उचाईको लोबुचे इस्ट चढेका उनी अब हिमालमै आफ्नो कर्मक्षेत्र बनाउन चाहन्छन्। जलवायु बचाउ अभियान हिमालय र कराकोरम पर्वत श्रृङ्खलामा पर्ने १४ वटै हिमालहरू चढेपछि पुर्जाले आफूले चढेका हिमाललाई पृथ्वीको भविष्यसँग जोडेर हेर्न थालेका छन्। बीबीसीसँग कुरा गर्दा अबको आफ्नो अभियान जलवायु परिवर्तनसँग सम्बन्धित हुने बताएका छन्। "यसअघि मैले पनि जलवायु परिवर्तनको कुरालाई यसरी हेरेको थिइनँ। तर अहिले लाग्छ हामीले पृथ्वीलाई हाम्रो घर बचाउने जसरी हेर्नुपर्छ," पुर्जाले भने। "घर नै भएन भने हाम्रा अन्य उपलब्धीको केही अर्थ छैन। हाम्रो घर कसरी ध्वस्त भइरहेको छ भन्नै सबैले बुझ्न आवश्यक छ।" सन् २०१४ मा आमादब्लम हिमाल चढ्दा उनले क्याम्प वानमा हिउँ पगालेर पानीको जोहो गरेका थिए। चार वर्षपछि त्यहीँ पुग्दा हिउँ नभएकै कारण तलबाट ग्यालेनभरी पानी बोकेर जानु परेको थियो। हिमनदीहरू पग्लने दर उत्तिकै बढिरहेको उनले देखे। "यतिखेर म मर्कामा परेका र स्वर चाहिएका मानिसहरूको प्रतिनिधित्व गरेर बोल्न सक्ने भएको छु।" सेनाको जागिर छाडेपछिको आफ्नो कर्मक्षेत्र अब हिमालमै हुनेमा उनलाई शङ्का छैन। तर अब उनले हिमालमा गर्न बाँकी त्यस्तो ठूलो काम के छ त? पुर्जाले आफ्नो गति नरोकिने सङ्केत गर्दै भने: "छ नि! केही समय कुर्नुस। म छिट्टै भन्छु त्यो पनि।"
news-52180734
https://www.bbc.com/nepali/news-52180734
कोरोना भाइरस: चीनले वन्यजन्तुको व्यापारमाथि लगाएको प्रतिबन्धले किन काम नगर्न सक्छ?
चीनले वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाए पनि त्यो त्यति धेरै प्रभावकारी नहुने संरक्षणविद्हरूले बताएका छन्। किनभने चीनले अझै पनि ‍औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि रोक लगाएको छैन।
यी छुटका कारण देखिएका प्रतिबन्धका छिद्रको अर्थ जङ्गली जनावरको मासुको किनबेच अझै पनि सम्भव भएको उनीहरू बताउँछन्। मासुको किनबेचमाथि गत फेब्रुअरीमा प्रतिबन्ध लगाइएको थियो जब अहिले महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएको थियो। यी छुट दिइनुको अर्थ अझै पनि जनावरहरूका मासु कालोबजारी गरिन्छ भन्नेप्रति चिन्ताहरू व्यक्त भएका छन्। परम्परागत औषधिमा विश्वास प्रतिबन्ध लगाइए पनि परम्परागत चिनियाँ औषधिमा प्रयोग गर्न सकियोस् भनेर सालक र चितुवाजस्ता संरक्षित जनावरहरूको व्यापारमा भने अनुमति दिइएको छ। "थुप्रै वन्यजन्तुका उत्पादनहरूले दिने फाइदाबारे वैज्ञानिक पुष्टि भइनसकेको भए पनि मानिसहरूको विश्वास भने दह्रो छ," बर्डिङ बेइजिङका संस्थापक तथा चीनस्थित वन्यजन्तु संरक्षणका परामर्शदाता टेरी टाउनजेन्डले भने। "उदाहरणका लागि, मलाई थाहा छ एउटा एकदमै शिक्षित परिवारमा दुई सन्तान थिए। एउटामा प्रजननसम्बन्धी समस्या थियो र अर्को वन्यजन्तु संरक्षणमा काम गर्थ्यो। "प्रजननसम्बन्धी समस्या हुनेले समस्या समाधानको अन्तिम उपायस्वरूप सालकको खबटा प्रयोग गर्‍यो जबकि उसलाई राम्ररी थाहा थियो कि त्यसमा पर्याप्त वैज्ञानिक प्रमाण छैन।" परम्परागत औषधिका लागि उच्च माग भएका कारणले सालक चीनमा लगभग लोप हुने अवस्थामा पुगिसक्यो र त्यो विश्वमा एकदमै तस्करी हुने जनावरमा पर्छ। अनुसन्धानले के पत्ता लगाएको छ भने सालकमा ती भाइरसहरू हुन्छन् जसका कारण कोभिड-१९ हुने सम्भावना ज्यादा हुन्छ। 'नेचर' जर्नलमा प्रकाशित अध्ययनले के स्पष्ट पारेको छ भने अहिले जारी महामारीमा जनावरको भूमिका छ भन्ने पुष्टि भएको छैन। भुत्लाका लागि पशुपालन सन् २०१७ मा चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार चीनमा हुने झन्डै ७५ प्रतिशत वन्यजन्तुको पालन उनीहरूको छाला उत्पादनका लागि हुने गर्छ। त्यस्ता जनावरमा मिङ्क, स्याल र र्‍याकून पर्छन्। "सन् २०१८ मा, छालाका लागि पाँच करोड जनावरहरूको चीनमा हत्या गरियो," एक्ट एशियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकारी पीएफ सूले भने। उक्त संस्थाले भुत्ला र छाला उद्योगका लागि गरिने जङ्गली जनावरको उपयोगको विरोधमा अभियान चलाउँदै आएको छ। "भुत्ला र छालाका लागि उपयोग गरिएका तिनै र्‍याकून डग, मिङ्क र स्यालको पछि मासु बेचिन्छ। " त्यस्ता छिद्रहरू बाँकी रहेको विषयमा चिनियाँ प्राज्ञिक वर्ग समर्थन जनाउँछन्। "भुत्लाको उत्पादनका लागि मात्रै तीनचौथाइ वन्यजन्तुको व्यापार हुने हुँदा भुत्लाको व्यापारमा पूर्ण प्रतिबन्ध नलगाउने हो भने हामीले वन्यजन्तुको व्यापारिक प्रयोगको सतहलाई पनि मुस्किलले असर पार्न सक्छौँ," चीनको चिङ्ख्वा विश्वविद्यालयका सहप्राध्यापक डाक्टर जियाङ जीन सङ्गले भने। "वन्यजन्तु संरक्षणका लागि हामीले चालेका सबै प्रयासहरू व्यर्थै हुन्छ।" सन् २०१२ मा ईआईले गरेको अनुसन्धानले कानुनी रूपमा छालाको लागि बाघको प्रजनन गराइरहेकाहरूले नै गैरकानुनी रूपमा औषधि र पेयपदार्थका लागि पनि बाघको हड्डी बेचिरहेको देखाएको थियो। नयाँ प्रतिबन्धले साजसज्जाको प्रयोजनका लागि पनि छुट दिएको छ। सालकको मासु किनबेच गर्नु गैरकानुनी हो तर सजावटका लागि उसको नङ र खबटाको व्यापारमा भने रोक लगाइएको छैन। बाघ, भालु र अजिङ्गरसँगै चीनले गोही, छेपारोजस्तो जीव र अन्य जङ्गली जनावरहरूको पनि हजारौं सङ्ख्यामा प्रजनन गराउँछ। पीडा दिएर भालुको पित्त चीनका प्रजनन केन्द्रहरूमा झन्डै ३०,००० वटा भालु रहेको संरक्षणविद्हरू बताउँछन्। उनीहरूलाई साना खोरहरूमा राखिन्छ र एउटा पाइपका माध्यमबाट उनीहरूको पित्तथैलीबाट पित्त निकालिन्छ। त्यसो गर्दा भालुलाई निकै पीडा हुन्छ र सङ्क्रमणको डर हुन्छ। प्रत्येक पटक पित्त झिक्दा त्यस्तो धातुको नलीलाई उही घाउमा पटकपटक छिराइने विज्ञहरू बताउँछन्। यसो गर्दा भालुहरू सङ्क्रमण अथवा अन्य जटिलताका कारण मर्न पनि सक्छन्। चिनियाँ परम्परागत औषधिका लागि भालुको पित्तको व्यापार गर्न दिइए पनि वन्यजन्तुसम्बन्धी अभियानकर्मीले पटकपटक के भनेका छन् भने तिनै अवैध काम गर्ने व्यापारीले शरीरको अन्य भाग पनि खानका लागि व्यापार गर्ने बताएका छन्। भालुका पन्जाबाट बनाइने खानेकुरा चीनका कतिपय क्षेत्रमा निकै स्वादिष्ट खानेकुरा मानिन्छ। चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार व्यापारका लागि वन्यजन्तु पाल्ने यस्तो कामबाट एक करोड ४० लाखभन्दा बढी मानिसले रोजगारी पाएका छन् र यस्तो व्यापार ५६ अर्ब पाउन्डभन्दा बढीको छ। तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण जङ्गली जनावरको मासु खाने बानी परिवर्तन गरेको हुन सक्छ। वन्यजन्तुको मासु खाने प्रवृत्ति चीनमा हालै गरिएको सर्वेक्षण अनुसार धेरैजसो चिनियाँ नागरिक अब जङ्गली जनावरको मासु खाने परम्पराविरुद्ध जान सक्ने देखिएको थियो। यसबारेको अनुसन्धानमा उत्तर पठाउने एक लाख एक हजारभन्दा बढी मानिसमध्ये ९७ प्रतिशतले वन्यजन्तुबाट आएका सामग्री उपभोग गर्ने विषयको विपक्षमा प्रतिक्रिया दिएका छन्। धेरैले सरकारले जनावरको व्यापारमा लगाएको प्रतिबन्धको समर्थन पनि गरेका छन्। वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको विषयमा फरक धारणा राख्नेहरूले चाहिँ सर्वेक्षणका क्रममा उत्तर दिँदै सरकारको कदमले वन्यजन्तु पालनको काममा असर पार्ने बताएका थिए। पेकिङ विश्वविद्यालय र अन्य सातवटा सङ्गठन मिलेर गरिएको उक्त सर्वेक्षणले चीनको पूरै जनसङ्ख्याको प्रतिनिधित्व नगर्न सक्छ। अनलाइन र सामाजिक सञ्जालमा गरिएको उक्त सर्वेक्षणमा जवाफ दिने ठूलो सङ्ख्या युवाहरूको थियो। ती मध्ये एकतिहाइ त १९ देखि ३० वर्ष उमेर समूहका मानिस थिए। "त्यसरी प्रतिक्रिया दिनेहरू धेरै सहरी क्षेत्रका थिए र धेरै वातावरण क्षेत्रका थिए, त्यसैले सर्वसाधारणले भन्दा उनीहरूले प्रतिबन्ध रुचाएको हुन सक्छ," टाउनजेन्डले भने। सुनसान सहरमा वन्यजीवहरू यसरी घुम्छन् युवाहरू के सोच्छन्? बीबीसीसँग कुरा गर्ने चिनियाँ युवाहरूले सर्वेक्षणले पत्ता लगाएको कुराको समर्थन गरे। "मलाई लाग्छ हामीले पक्कै पनि वन्यजन्तुको अवैध व्यापारबाट बजारहरूले पार पाएको विषयको समर्थन गर्छौं," बेइजिङमा विश्वविद्यालयमा अध्ययन गरिरहेकी जीले भनिन्। तर उनले आफ्नो पूरा नाम भने खुलाउन चाहिनन्। "हामी हाम्रो दैनिक खानामा वन्यजन्तुको मासु खाँदैनौँ," २१ वर्षीया ती छात्राले भनिन्। "देशभरिको विभिन्न क्षेत्रमा रहेका मेरा केही साथीहरूलाई आफ्ना परिवारले शार्क प्रजातिको माछा, सर्प र कछुवा पनि पठाइदिन्छन् किनभने उनीहरूलाई लाग्छ कि त्यसमा एकदमै आवश्यक पोषक तत्त्व हुन्छ।" जीले आफू विद्यालयमा माध्यमिक तहमा पढ्दा कृत्रिम तरिकाबाट प्रजनन गराइएको एक प्रकारको भ्यागुता खाने गरेको बताइन्। तर पछि ती भ्यागुतामा परजीवी हुन सक्ने थाहा पाएपछि खान छोडेको उनले बताइन्। "कोरोनाभाइरसको प्रकोपपछि चीनमा धेरै युवाहरूले परम्परागत खाने गरिएको वन्यजन्तुको मासु खान छोड्नेछन्।" प्रतिबन्धले साँच्चै काम गर्ला? सन् २००३ मा सार्स प्रकोपपछि चीन सरकारले त्यहाँ वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाएको थियो तर केही महिनामै ती प्रतिबन्धहरू खुकुलो हुँदै गए। यस पटक भने केही कदमहरू प्रतिबद्ध देखिएको वन्यजन्तुसम्बन्धी अभियानकर्मीहरूले बताएका छन्। अक्स्फर्ड विश्वविद्यालयकी वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ता तथा कोरोनाभाइरसको प्रकोपपछि चिनियाँ सरकारको वन्यजन्तुसम्बन्धी नीतिको अध्ययन गरेकी युहान लीले भनिन्, "कोभिड-१९ देखा परेयता चीन सरकारले वन्यजन्तुसम्बन्धी भएका ६०० वटा अपराधको अध्ययन गरिसकेको छ र आशा गरौँ कानुन कार्यान्वनमा केन्द्रित गरिएको अहिलेको प्रयास मान्यता नै बनोस्।" तर संरक्षणवादी संस्थाहरूले भने परम्परागत औषधिको नाममा भुत्ला र गहनालगायत अन्य विषयका नाममा वन्यजन्तुको मासुको गैरकानुनी व्यापारलाई प्रोत्साहित गर्ने बताएका छन्। "यिनै छिद्रले गम्भीर समस्या निम्त्याउँछन्। हामी त्यसबारे अहिले अध्ययन गरिरहेका छौँ," सरकारी सहयोग गरेको संस्था चाइना कन्जर्भेशन एन्ड ग्रीन डेभेलपमेन्ट फाउन्डेशनका महासचिवले भने। "वन्यजन्तुको मासुमाथि प्रतिबन्ध बाहेक वन्यजन्तुबाट गरिने सबै प्रयोगहरूमा पनि रोक लगाउनुपर्छ।" "सबैको आँखा अहिले चीनको वन्यजन्तु संरक्षणसम्बन्धी कानुनमा छ जुन छिट्टै संशोधन हुने भनिएको छ," ईआईएका ह्वाइटले भने। "यदि त्यो संशोधनले यी छिद्रको सम्बोधन गरेन भने यो अवसर साँच्चै गुम्नेछ।" संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय अग्रणी समूह द इन्टर्न्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचरले सहमति जनायो। एशियाका क्षेत्रीय निर्देशक अबान मार्कर कब्राजीले भनिन्, "संशोधित कानुनले भूमिगत रूपमा हुने वन्यजन्तुको गैरकानुनी व्यापार रोक्नका लागि कार्यान्वयनसम्बन्धी बलिया रणनीतिहरू ल्याउने विषय प्रत्याभूत गराउनुपर्छ।"
news-53004092
https://www.bbc.com/nepali/news-53004092
इजिप्टमा एकै ठाउँ तीन हजार वर्ष पुराना ३० वटा ममी
केही महिनाअघि इजिप्टको लक्सोरमा काठका बाकसमा ३० वटा ममीहरू फेला परे।
विज्ञहरूका अनुसार कुनै कुलीन परिवारका सदस्यहरूलाई त्यहाँ झन्डै ३,००० वर्षअघि समाधिस्थ गरिएको थियो। एक शताब्दीयता पहिलो चोटि त्यति ठूलो सङ्ख्यामा एउटै ठाउँमा सुरक्षित ममी भेटिएको बताइएको छ। ती शवपेटिका र ममी एउटा सङ्ग्रहालयमा राखिएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
160928_mh17_report
https://www.bbc.com/nepali/news/2016/09/160928_mh17_report
‘एमएच-१७ उडान खसाल्न रुसी उपकरण’
दुई वर्षअघि मलेसियाली वायुसेवाको एमएच-१७ उडानलाई पूर्वी युक्रेनको आकाशबाट खसालिएको घटनाको छानबिन गर्न गठित अन्तर्राष्ट्रिय अभियोजनकर्ताहरुको एक टोलीले सो उडानलाई रुस समर्थित विद्रोही नियन्त्रित क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको निष्कर्ष निकालेको छ।
क्षेप्यास्त्र प्रहार गर्ने उपकरण रुसबाटै ल्याइएको र पछि फिर्ता लगिएको बताइएको छ। उनीहरुका अनुसार सो क्षेप्यास्त्र प्रहार गर्ने उपकरण रुसबाटै ल्याइएको र पछि फिर्ता लगिएको थियो। रुसले चाहिँ छानबिनको निष्कर्ष राजनीतिक भएको प्रतिक्रिया दिएको छ। पूर्वी युक्रेनमाथि उडिरहेको मलेसियाली वायुसेवाको एमएच-१७ उडानमा क्षेप्यास्त्र प्रहार भएपछि त्यस्मा सवार सबै २९८ जनाको ज्यान गएको थियो। एम्स्टर्डेमबाट क्वालालम्पुर गइरहेको बोइङ-७७७ विमान खस्नुअघि आकाशमै टुक्रा-टुक्रा भएको थियो। छानबिनको निष्कर्ष सुनाउँदै अभियोजनकर्ताहरुले जमीनमा रहेका विद्रोहीको संवादको ‘वायरट्याप’ अर्थात रेडियो सञ्चारको अभिलेख सुनेपछि सो विमान खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र त्यसलाई प्रहार गर्न प्रयोग गरिएको उपकरण र त्यसको अवस्थितिबारेका तथ्यहरु थाहा पाइएको बताएका छन्। डच प्रहरी अधिकारी विल्बर्ट पाउलिस्सेनले जमिनमा रहेका विद्रोही कमाण्डरका संवादको विश्लेषणबाट क्षेप्यास्त्रको प्रकार र त्यो कहाँबाट प्रहार गरिएको थाहा भएको बताए। ‘वायरट्याप’ “पहिलो ‘वायरट्याप’ कुराकानीबाट के प्रष्ट हुन्छ भने त्यो आक्रमण जानीजानी गरिएको थियो। अनुसन्धानको निष्कर्ष के छ भने १७ जुलाई २०१४ का दिन फ्लाइट एमएच-१७ मा ९-एम-३८ सिरिजको क्षेप्यास्त्र प्रहार गरिएको थियो।" अभियोजनकर्ताहरुले एमएच-१७ उडानमा भएको क्षेप्यास्त्र आक्रमणमा रुस संग्लन भएको भनी आरोप लगाउन आफूहरुले नखोजेको बताएका छन्। उनीहरुले सो विमानलाई आक्रमण गर्न प्रयोग गरिएको ‘बुक’ भनिने क्षेप्यास्त्र ओसार्न एक सय मानिस सहभागी भएको बताएका छन्। अनुसन्धानकर्ताहरुले सो क्षेप्यास्त्र प्रहार गर्ने आदेश कस्ले दिएको त्यो प्रष्ट भइनसकेको बताएका छन्। उनीहरुले सो घटनाका सम्बन्धमा फौजदारी हिसाबले कसलाई जिम्मेवार ठहर्याउने भन्ने विषयमा निर्णय भइनसकेको बताएका छन्। अनुसन्धानकर्ताको टोलीमा नेदर्ल्याण्डस्, अष्ट्रेलिया, बेल्जियम, मलेसिया र युक्रेनका अधिकारीहरु सामेल थिए। युक्रेनी विद्रोहीहरुले सो घटनामा आफ्नो संलग्नता नभएको दोहोर्याएका छन्। रुसले चाहिँ अनुसन्धानको निष्कर्षलाई अस्वीकार गरेको छ। रुसी संसद डुमाको तल्लो सदनका प्रमुखले निष्कर्ष अति नै राजनीतिक भएको र त्यसको एउटा पनि शब्दलाई आफूले विश्वास गर्न नसक्ने टिप्पणी गरेका छन्।
news-49395109
https://www.bbc.com/nepali/news-49395109
नेपाली कम्युनिस्ट पार्टीहरूको उत्तर कोरिया, भेनेजुएला र क्युबा मोह
नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ।
नेपाल मजदुर किसान पार्टीको उत्तर कोरियाको वर्कर्स पार्टीसँग निकट सम्बन्ध छ राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग नेपालका वामपन्थी दलहरू र नेताको हिमचिम छ। ती देशहरुसँग नेपालको सम्बन्धले बेलाबेलामा घरेलु राजनीतिलाई समेत तरङ्गित तुल्याउने गरेको छ। आफ्ना ठूला छिमेकी देश र अन्य शक्ति राष्ट्रसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको नेपालले बताउने गरेको छ। यस्तोमा उत्तर कोरिया, भेनेजुएला र क्युबासँग सम्बन्ध राख्दा अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न पक्षलाई ध्यान दिनुपर्ने विषयमा परराष्ट्रसम्बन्धका विज्ञहरूको मत विभाजित छ। कोरियाको पुन: एकीकरणसम्बन्धी सन् २००० मा आयोजित एक कार्यक्रममा अहिलेका प्रधानमन्त्री केपी ओली पनि सहभागी थिए उत्तर कोरियासँग सम्बन्ध नराख्न दबाव यसै महिना नेपालको एउटा सानो वामपन्थी दल नेकपा मालेको स्थायी कमिटी सदस्य सुरेन्द्र ढकालको नेतृत्वमा रहेको एउटा प्रतिनिधिमण्डलले प्योङ्याङको भ्रमण गर्‍यो। नौ सदस्यीय उक्त प्रतिनिधिमण्डल विमानस्थलबाट ओर्लिएको भिडिओ र त्यसका पुरुष सदस्यहरू दौरासुरुवाल र कोटमा तथा महिला सदस्यहरू सारीचोलोमा सजिएर कोरियाली सर्वोच्च नेताको जन्मस्थानको भ्रमण गरेका तस्बिरहरू सार्वजनिक भए। छदिने भ्रमण पूरा गरी अघिल्लो हप्ता नेपाल फर्किएका ढकाल भन्छन्, "अहिलेसम्म ६१ वटा देश घुमिसकेँ, उत्तर कोरियाजस्तो व्यवस्थित र सफा देश देखेको छैन। वर्षौँदेखिको नाकाबन्दीसँग जुध्दा पनि देशको सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उसले हासिल गरेका उपलब्धि हाम्रा लागि पनि निक्कै शिक्षाप्रद छ।" भूतपूर्व उपप्रधानमन्त्री रहिसकेका नेकपा मालेकै अध्यक्ष सीपी मैनाली नेपाल उत्तर कोरिया मैत्री सङ्घका अध्यक्ष हुन्। मैनाली यसै वर्ष अहिलेका उत्तर कोरियाली नेता किम जङ-अनका हजुरबुवाको जन्मजयन्ती समारोह मनाउन गठित समितिका प्रमुख थिए। नेपाल र उत्तर कोरियाबीच सन् १९७४ देखि कूटनीतिक सम्बन्ध कायम रहेको छ। नेपालका भूतपूर्व प्रधानमन्त्रीहरू टङ्क प्रसाद आचार्य, कीर्तिनिधि बिष्ट र माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका छन्। विक्रम संवत् २०७४ सालमा उत्तर कोरियाको भ्रमण गरेर फर्किएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाली नेतालाई अमेरिकासँग शान्तिवार्तामा ल्याउन आफ्नो भ्रमणले पनि भूमिका खेलेको सार्वजनिक रूपमा नै बताएका थिए। नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको पनि उत्तर कोरियाको वर्कर्स पार्टीसँग नजिकको सम्बन्ध रहेको छ। आफ्नो परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिबन्धहरूको सामना गरिरहेको छ। गत नोभेम्बरमा राष्ट्रसङ्घले पारित गरेको एउटा प्रस्तावले सदस्य राष्ट्रहरूलाई प्रवासी कामदारका रूपमा आउने उत्तर कोरियाली प्रति चनाखो हुन भनेको थियो। सन् १९७० मा नेपाल र उत्तर कोरियाले व्यापार सम्झौता गरेका छन् र उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ५ वटा उत्तर कोरियाली कम्पनीहरूले १४ करोड २५ लाख लगानी गरेका थिए। विक्रम संवत् २०७४/७५ मा एउटा सफ्टवेअरसम्बन्धी कम्पनी र अर्को रेस्टुराँमा उत्तर कोरियाबाट लगानी भएको देखिन्छ। गत जुन महिनामा नेपाल भ्रमण गरेका उत्तर कोरियाली मामिला हेर्ने अमेरिकी विशेष दूत मार्क लाम्बर्टले नेपालले उत्तर कोरियाली नागरिकहरूसँग व्यवहार गर्दा राष्ट्रसङ्घीय प्रतिबन्धहरू पालना हुने सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। त्यसको केही महिनाअघि मात्रै नेपालका लागि उत्तर कोरियाली राजदूतले सभामुख कृष्णबहादुर महरालाई भेटेर नेपालको जलस्रोत र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आफ्नो देश इच्छुक रहेको धारणा राखेको विवरण आएका थिए। नेकपा मालेका अध्यक्ष मैनाली भन्छन्, "नेपाल असंलग्न र तटस्थ मुलुक हो र हामीले एउटा मुलुकको विखण्डनमा लाग्ने तिब्बती शरणार्थीलाई त मानवीय आधारमा बस्न दिइरहेका छौँ। आफ्नो मुलुकका लागि लड्ने र कानुनी रूपमा यहाँ बसिरहेका उत्तर कोरियालीहरूलाई लखेट्नु भनेर अमेरिकाले भन्न मिल्दैन।" नेपालको राष्ट्रिय राजनीति तरङ्गित तुल्याउने भेनेजुएला ल्याटिन अमेरिकी देश भेनेजुएलाका घटनाक्रममा सत्तारूढ नेकपाले यसै वर्षको सुरुमा प्रतिक्रिया जनाएपछि त्यसले नेपालको राष्ट्रिय राजनीति तरङ्गित बनाएको थियो। अमेरिकाले न्याश्नल असेम्ब्लीका प्रमुख विपक्षी नेता हुवान गोआइदोलाई सरकार प्रमुखको रूपमा मान्यता दिएपछि प्रधानमन्त्री केपी ओली विदेशमा रहेका बेला भेनेजुएलाको सार्वभौमसत्तामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेकपाका एक जना अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेका थिए। नेपाल फर्किएपछि ओलीले आफू स्वदेशमा भएको भए त्यस किसिमको वक्तव्य नआउने धारणा राखे। तर पछि नेपाल सरकारले अमेरिकाको नाम उल्लेख नगरी भेनेजुएलाको राजनीतिक मामिला त्यहाँको आन्तरिक विषय भएको भन्दै त्यसमा बाह्य हस्तक्षेप हुन नहुने धारणा सार्वजनिक गर्‍यो। नेपालको त्यस्तो धारणा प्रति साङ्केतिक विरोध जनाउँदै काठमाण्डूस्थित अमेरिकी राजदूतले लगानीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएनन्। अघिल्लो महिना भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोका छोराले आफ्नो देशका दुई मन्त्रीसहित आठसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको भ्रमण गरे। त्यसक्रममा उनले नेपालको संसद् भवनको भ्रमण गर्नुका साथै नेकपाका विभिन्न शीर्ष नेताहरूलाई भेटेका थिए। नेकपाको मदन भण्डारी स्कूल अफ एशियाले मार्क्सवादी विचारधाराबारे सञ्चालन गर्ने तालिममा भेनेजुएलाबाट त्यहाँको सत्तारूढ दल आबद्ध नेताहरू आउने गरेको किसान महासङ्घका नेता रहेका नेकपा सांसद बलरामप्रसाद बाँस्कोटा बताउँछन्। विपक्षीको सहभागिताबिना सन् २०१८ मा सम्पन्न चुनावबाट मडुरो राष्ट्रपतिमा चुनिएपछि बाँस्कोटा नेकपाका अध्यक्ष प्रचण्डको शुभकामना सन्देशसहित शपथग्रहण कार्यक्रममा सहभागी भएका थिए। "नेपालमा 'बेला न कुबेला भेनेजुएला' भन्ने खालका धारणा राख्ने गरिन्छ। तर भेनेजुएला नै पुगेर हेर्दा त्यहाँ राष्ट्रपति मडुरोको पक्षमा जनता, सेना र अदालत सबै छन्," उनी भन्छन्। मडुरोको दलका युवा तथा विद्यार्थी सङ्गठनसँग नेकपाका युवा तथा विद्यार्थी सङ्गठनले सम्बन्ध राखेका छन्। मडुरोका छोरालाई अमेरिकाले प्रतिबन्ध लगाएको छ अमेरिकाले राष्ट्रपति मडुरोलाई तानाशाहका रूपमा चित्रण गर्ने गरेको छ र कडा प्रतिबन्धहरू लगाएको छ। उसले मडुरोलाई समर्थन गर्ने भेनेजुएली नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने र मडुरोको सरकारसँग सम्बन्ध राख्ने विदेशी कम्पनी वा सरकारलाई पनि प्रतिबन्धहरू लगाउने जनाएको छ। अमेरिकी धारणालाई समर्थन गर्दै युरोपेली सङ्घ ईयूसहित ५० भन्दा बढी देशले गोआइदोलाई मान्यता दिएका छन्। राजा वीरेन्द्रले सन् १९७५ मा नेपाललाई 'शान्ति क्षेत्र' प्रस्ताव गरेपछि त्यसको समर्थन जुटाउने प्रयत्न अन्तर्गत भेनेजुएलासित नेपालको कूटनीतिक सम्बन्ध सन् १९८७ एप्रिलमा स्थापना भएको थियो। क्युबाली क्रान्तिसँगको साइनो, बेजोड ऐक्यबद्धता नेपालमा त्यस बेलाको नेकपा एमालेको नेतृत्वमा पहिलो पटक कम्युनिस्ट सरकार बनेपछि सन् १९९५ मा एट्लान्टिक महासगरको तटीय क्षेत्रमा रहेको क्युबाका परराष्ट्रमन्त्रीले काठमाण्डूको भ्रमण गरेका थिए। सत्तामा रहेका आफ्ना कम्युनिस्ट सहकर्मीबाहेक त्यसबेला उनले तत्कालीन राजा वीरेन्द्रलाई पनि भेटेका इन्टर प्रेस इन्स्टिट्युटको एउटा समाचारमा उल्लेख छ। राजनीतिक दर्शनभन्दा पनि पारस्परिक सहयोगका आधारमा परराष्ट्रसम्बन्ध सञ्चालन गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएर उनी काठमाण्डूबाट चीन र उत्तर कोरिया गएका थिए। चवालीस वर्ष देखि नेपाल र क्युबाबीच कूटनीतिक सम्बन्ध रहँदै आएको छ। अहिले नेपालमा संसद्‌मा दुईतिहाइको समर्थन रहेको नेकपाको सरकार रहँदा यसै महिना काठमाण्डूमा क्युबाप्रति ऐक्यबद्धता जनाउँदै एउटा क्षेत्रीय सम्मेलन नै आयोजना गरियो। त्यसको उद्घाटन पूर्वप्रधानमन्त्री प्रचण्डले गरेका थिए भने समापन अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि उक्त सम्मेलनमा उपस्थित थिए। दशवर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्डले क्युबाली क्रान्तिका चर्चित नेता चे ग्वेभेरालाई आफ्ना प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्ने गरेका छन्। एशिया प्रशान्त क्षेत्रका प्रतिनिधि सम्मिलित उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले चे ग्वेभेराको छापामार युद्धबारेको पुस्तक द्वन्द्वकालमा आफूले १०० पटकभन्दा बढी पढेको उल्लेख गरेका थिए। त्यसबाहेक उनले क्युबाविरुद्धको अमेरिकी प्रतिबन्ध विश्वव्यापी मान्यता र मानवाधिकारको सिद्धान्तविपरीत रहेको भन्दै न्यायोचित व्यवहारको पक्षमा नेपालले निरन्तर पैरवी गरिरहेको बताएका थिए। प्रचण्डले सन् २०१५ को विनाशकारी भूकम्पका समयमा चिकित्सक सहितको टोली पठाएर नेपाललाई भौगोलिक रूपमा टाढा भएर पनि क्युबाले सहयोग गरेको उल्लेख गरेका थिए। उक्त सम्मेलनमा चे ग्वेभेराकी छोरीसहित १५ देशका डेढ सय प्रतिनिधि सहभागी थिए। अमेरिकाले सन् १९९८ मा पक्राउ गरी सन् २०१४ मा रिहा गरेका क्युबाली गुप्तचर फर्नान्डो गोन्जालेज लर्ट पनि उक्त सम्मेलनमा भाग लिन आएका थिए। यो पनि पढ्नुहोस् उसबेला पक्राउ परेका पाँच गुप्तचर अधिकारीलाई 'क्युबन फाइभ' भनेर राष्ट्रनायक जसरी क्युबामा सम्मान गर्ने गरिन्छ। उक्त सम्मेलनका एक आयोजक नेकपाका नेता पशुपति चौलागाईँले पार्टीको मजदुर, किसान र युवा सङ्गठनको तहमा क्युबाली कम्युनिस्ट पार्टीसँग सानो सङ्ख्यामा भए पनि नियमित रूपमा दुईतर्फी भ्रमण हुने गरेको बताए। प्रभाव के पर्छ? केही वर्षयता नेपालमा दुवै छिमेकी भारत र चीन र अनि महाशक्ति अमेरिकासहित कतिपय पश्चिमा देशहरूको चासो ह्वातै बढेको पाइन्छ। यस्तोमा राष्ट्रसङ्घको प्रतिबन्ध खेपिरहेका वा अन्य किसिमले एक्लिएका देशहरूसँग सम्बन्ध कायम गर्दा नेपालको राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा बताउँछन्। राष्ट्रसङ्घीय मिशनमा फोर्स कमान्डरका रूपमा काम गरेको अनुभव भएका उनी भन्छन्, "कुनै राम्रो घटनामा शुभकामना दिनु वा मानवीय क्षति भएको बेला समवेदना दिनुबाहेक अन्य बेलामा राष्ट्रिय हित हेरेर बोल्नुपर्छ। दलका नेताले आफ्नो दलीय सम्बन्धका आधारमा बोल्नु र सम्बन्ध राख्नुले देशको प्रतिनिधित्व गर्दैन भनेर अन्तर्राष्ट्रिय समुदायले बुझ्नुपर्छ।" "तर नेताहरूले जुनसुकै विषयमा जे पनि बोलिदिँदा त्यसले उनीहरूकै विश्वसनीयतामा कमी ल्याउँछ। अन्तर्राष्ट्रिय स्तरमा खासै भूमिका नभएका देशहरूलाई धेरै महत्त्व दिएर बोल्दा त्यसले आशङ्का पनि बढाउँछ र त्यो व्यवहारमा पनि देखिन सक्छ।" शर्माले नेपालमा रहेको राष्ट्रसङ्घीय मिशन अनमिनप्रति दलहरूले सार्वजनिक रूपमा राखेका दृष्टिकोणले नोक्सान पुर्‍याएको सन्दर्भलाई उदाहरणका रूपमा प्रस्तुत गरे। "अनमिन हटाउने नेपालको शान्तिप्रक्रियाको हाम्रो निर्णय थियो। तर जसरी सेना र अरू दलहरूले विरोध जनाए त्यसमा अरू देशले बोलेर प्रतिक्रिया दिएनन्। तर लामो समयसम्म उनीहरूले राष्ट्रसङ्घीय मिशनका फोर्स कमान्डर जस्ता ठूला पद नेपाललाई दिएनन्। त्यसले हाम्रो लागि एउटा नेतृत्व विकासको मौका गुम्यो।" "त्यो एउटा देशलाई सजाय दिएको जस्तो थियो तर केही पनि नबोली सजाय दिइएको थियो।" अवकाशप्राप्त रथी शर्मा थप्छन्, "न ती देशहरूले हामीलाई केही दिन सक्छन् न उनीहरूलाई हामी केही दिन सक्छौँ। त्यही भएर राष्ट्रिय हितलाई ध्यान नदिई जथाभावी सम्बन्ध राख्दा वा अभिव्यक्ति दिँदा मुलुकलाई नोक्सान मात्रै छ।" तर पूर्वकूटनीतिज्ञ भेषबहादुर थापा सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैमनस्य नराख्ने परराष्ट्रनीतिको मान्यतामा नेपाल प्रतिबद्ध देखिएको बताउँछन्। उनी भन्छन्, "ठूला देशले साना देशलाई हेप्न खोज्ने र आफ्नो बडप्पन कायम राखिराख्न खोज्ने कुरा निरन्तर चलिरहन्छ। शक्तिराष्ट्रहरूको विदेश नीतिको मूल मर्म अरू देशहरूलाई आफ्नो अधीनमा राखिराख्न खोज्ने हुन्छ, तर नेपालले जानीजानीकन आफूले प्रतिपादन गरेको विदेश नीतिको जुन मुलधार छ त्यसमा असर गर्ने किसिमको संवादहरूमा फसेको आभास छैन।"
news-46246786
https://www.bbc.com/nepali/news-46246786
कोलम्बो प्रोसेस: आलोचित बनेका पाँच मुख्य विषय
बिहीवार र शुक्रवार काठमाण्डूमा भेला भएका वैदेशिक रोजगारीमा कामदार पठाउने कोलम्बो प्रोसेसका सदस्य रहेका नेपालसहित १२ देशका मन्त्रीहरूले कामदारले चासोपूर्वक हेरेका कतिपय मुद्दामा स्पष्ट हुन नसक्नुलाई श्रम मामिलाका जानकार एवम् सरोकारवालाले बैठकको असफलताका रूपमा हेरेका छन्। यी हुन् आलोचित बनेका पाँच मुख्य विषय समान ज्याला
आफ्ना कामदारको समान सेवा-सुविधाबारे सामूहिक सौदाबाजी गर्ने भन्ने एक अपेक्षित मुद्दामा सदस्य राष्ट्रहरू सहमत हुन सकेनन्। समान सेवा सुविधाको कुरा उठ्ने गरी सदस्य राष्ट्रहरूले गर्ने द्विपक्षीय श्रम सम्झौताको साझा दस्तावेज तयार पार्नेबारे शुरूमा कुरा उठे पनि निष्कर्षमा पुग्न नसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। उनले भने, "अहिले नै कामदारहरूको समान सेवा-सुविधा बनाउने गरी अगाडि बढ्न सकिएन।" कोलम्बो प्रोसेस: कसरी पुग्ला नेपालीलाई फाइदा न्यूनतम तलबमा आउला त एकरूपता सार्कसँग सहकार्य घोषणापत्रमा सार्कजस्ता क्षेत्रीय संगठनसँग सहकार्य गरेर अगाडि बढ्ने समेत भनिएको छ। सार्क राष्ट्रहरूबीच पनि समान ज्यालाबारे छलफल गर्ने प्रसङ्ग उठे पनि सार्क सम्मेलन पर सरिरहँदा कुरा अघि बढ्न सकेको छैन। रोजगारदाताकै भर तलब, व्यवस्थित स्वास्थ्य सेवाजस्ता महत्त्वपूर्ण मानिएका कुरामा कोलम्बो प्रोसेसका सदस्यहरूसँगै रोजगारदाता देशहरू रहने एउटा क्षेत्रीय मञ्च 'आबुधाबी डाइलग'मा छलफल गरेपछि मात्र यसबारे निर्णय लिने बताइएको छ। वैदेशिक श्रमविज्ञ प्राध्यापक गणेश गुरूङ् भन्छन्, "कोलम्बो प्रोसेसले कुनै सम्झौता नै गरेको भए पनि यसको अनौपचारिक संरचनाका कारण बाध्यकारी हुँदैनथ्यो। तर महत्त्वपूर्ण विषयमा एक मत भएको भए त्यसले रोजगारदातासँग आफ्ना कुरा राख्दा नैतिक रूपमा मनोबलल उच्च हुन्थ्यो।" सदस्यहरूबीचकै प्रतिस्पर्धा श्रमिकको ज्याला तोक्ने विषयमा १२ वटा मुलुकको रोजगारदातासँग आ-आफ्नै प्रतिस्पर्धा हुनुले मतैक्य हुन कठिनाइ भइरहेको सरोकारवालाहरू बताउँछन्। आप्रवासन सम्बन्धमा काम गरिराखेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरूङको बुझाइमा राष्ट्रियताका आधारमा विदेशमा भइरहेको श्रमको मूल्यको विभेद रोक्न सकिएको छैन। उनी भन्छिन्, "कामदार पठाउने मुलुकहरू पहिले आफूहरूबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ।" अस्पष्ट व्यवस्था आफ्ना श्रमिकहरू अप्ठ्यारोमा पर्दा उद्धार तथा सहायताका लागि सदस्य राष्ट्रहरूको सामूहिक संयन्त्र खडा गर्ने कुरा बैठकको निर्णयमा समेटिए पनि त्यसको प्रारूप स्पष्ट छैन। आप्रवासन मामिलाका कतिपय जानकार भने कामदारलाई प्रत्यक्ष असर पर्ने भनिएको यस्ता मुद्दामा सदस्य राष्ट्रहरू एकजुट नभएसम्म विदेशमा काम गर्ने श्रमिक असुरक्षित रहिरहने बताउँछन्। विभिन्न पाँच विषयगत समितिहरूमध्ये कतिपयले आफ्ना प्रतिवेदनहरू उच्चस्तरीय बैठकअघि बुझाउन नसक्दा सदस्य राष्ट्रहरूले कतिपय मुद्दामा अगाडि बढ्न सकेनन्।
47690502
https://www.bbc.com/nepali/47690502
ब्रोकन हार्ट सिन्ड्रोम: मन दुखे कसरी हुन सक्छ मृत्यु
वैज्ञानिकहरूका अनुसार दु:खद घटनाका कारण तपाईँको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ।
स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउँछ भन्ने पत्ता लगाएका छन्। उनीहरूले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई 'ब्रोकन हार्ट सिन्ड्रोम' भनेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-50207242
https://www.bbc.com/nepali/news-50207242
ब्रेक्जिट: समयसीमा ज्यानुअरी अन्त्यसम्म थपियो
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने समयावधि ज्यानुअरीको अन्त्यसम्म थप गर्ने पुष्टि गरेका छन्।
एउटा ट्वीट गर्दै उनले निर्णयलाई लिखित रूपमा औपचारिकता दिइने बताए। युरोपेली सङ्घ ईयूका राजदूतहरू उक्त निर्णयमा अन्तिम रूप दिन ब्रसल्समा छलफल गरिरहेका छन्। ज्यानुअरी ३१ को समयसीमाबारे ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अनिच्छुक थिए, तर संसद्‍को निर्णयका कारण उनी त्यस्तो अनुरोध गर्न बाध्य भए। समर्थन तर ईयूबाट ब्रिटेन बाहिरिने विषयमा प्रधानमन्त्री जोनसनले संसद्‍को समर्थन पाए त्यसअघि नै पनि बाहिरिन सक्ने बताउने ठानिएको थियो। यो प्रस्तावबारे पुन: वार्ता हुन नसक्ने कानुनी प्रावधान पनि हुनसक्ने बताइएको छ। हाउस अफ कमन्सले प्रधानमन्त्रीको डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गर्ने ठानिएको छ।
news-44431092
https://www.bbc.com/nepali/news-44431092
'किम-ट्रम्प शिखरवार्ताका लागि १ करोड ५० लाख डलर खर्च’
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्।
सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ। सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्। साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्। उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो। आशा उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु-प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन्। बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो। परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा वासिङ्टनले गरिरहेको छ। सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनकै शब्दमा दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए। शिखरवार्ताबाट के चाहन्छन् किम?
news-50556586
https://www.bbc.com/nepali/news-50556586
बैकुण्ठ मानन्धर: नेपाली धावकले नै आफ्नो ३२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरून् भन्ने इच्छा
काठमाण्डूको कालीमाटीमा जन्मिएका बैकुण्ठ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा ४२ किमि दूरी दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा पूरा गरेर दक्षिण एशियाली कीर्तिमान बनाएका थिए।
आफूले ३६ वर्षको उमेरमा राखेको कीर्तिमान ६८ वर्ष हुँदा पनि कसैले भङ्ग गर्न नसकेको देख्दा मानन्धर आश्चर्य व्यक्त गर्छन्। उनी अहिले प्रशिक्षकका रूपमा सक्रिय रहेका छन्। मंसिर १५ गते काठमाण्डूमा सुरु हुने १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा आफ्नो कीर्तिमान नेपाली धावकले नै भङ्ग गरून् भन्ने उनको चाहना छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
news-54655313
https://www.bbc.com/nepali/news-54655313
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुखको भेटबारे नेकपा 'अनभिज्ञ', अब 'छलफल हुने'
रअ भनेर चिनिने भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयलसँग नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको भेटवार्ताका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी जानकार नरहेको बताउँदै उक्त विषय पार्टीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सत्तारूढ दल ओलीले बुधवार गरेको भेटवार्ताका विषयबारे अनभिज्ञ छ उनका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अन्य कुनै वरिष्ठ नेता वा पार्टी सचिवालयमा यस विषयमा छलफल भएको वा जानकारी दिइएको छैन। परराष्ट्र मन्त्रालयले समेत गोयलको भ्रमण आफ्नो जानकारीमा नभएको बताएको विवरण सार्वजनिक भएको थियो। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बिहीवार एउटा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र गोयलबीचको भेटका बारेमा जानकारी सार्वजनिक गरेका थिए। आलोचना र संशय ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उक्त विज्ञप्ति प्रेषित गरेपछि नेकपाका नेता र कार्यकर्ता तथा विपक्षी नेताहरूले पनि प्रधानमन्त्रीको चर्को आलोचना गरे। धेरैले प्रधानमन्त्रीले कूटनीतिक आचारसंहिता पालना नगरेको टिप्पणी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले आफूले सामान्यतता कूटनीतिक व्यक्ति वा विदेशका राजनीतिक नेताहरूसँग भेट्दा परराष्ट्र मन्त्रालयको औपचारिक प्रतिनिधि राखेर भेट्ने गरेको बताउँदै उक्त आचारसंहिता कार्यान्वयनमा धेरै जोड दिँदै आएको बताए। उक्त भेटलाई असामान्यको सङ्ज्ञा दिँदै नेकपाको प्रवक्ता पनि रहेका श्रेष्ठले भने, "अहिले त नेपालको प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग यसरी भेट्नुपर्ने कारण के होला भन्ने प्रश्न आफैँ पनि गम्भीर रूपमा उठ्नु स्वाभाविक भएको छ। भेट किन भन्ने प्रश्न पनि छ भने भेट यसरी किन भन्ने प्रश्न पनि छ।" "त्यसैले यसलाई सामान्य रूपमा लिने स्थिति त बनेन," उनले बीबीसीसँग भने, "यो विषयमा छलफल हुन्छ, हुनुपर्छ।" गोप्य भेट नेपालले गत मे महिनामा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै यो भारतबाट नेपालमा भएको "पहिलो उच्चस्तरीय भ्रमण" रहेको जानकारहरू बताउँछन्। दुई देशबीचको सम्बन्ध 'सामान्य नरहेको अवस्थामा' गुप्तचर निकायका प्रमुख आफैँ नेपाल आएर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुको गहिरो अर्थ रहेको उनीहरूको मत छ। 'परराष्ट्र मन्त्रालयका अधिकारी समेत नराखी' गरिएको भनिएको गोप्य वार्ताले झन् सत्तारूढ दलका नेताहरूलाई नै झस्काइदिएको विश्लेषकहरू बताउँछन्। भेटमा के भयो? प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै भनेका छन्, ''भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।" "भेटका क्रममा उहाँ [गोयल] ले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो" प्रेस नोटमा भनिएको छ। (*यहाँ यसअघिको समाचार विवरण केही सच्चाइएको छ।- सम्पादक) थापाका अनुसार गोयल ओलीलाई भेट्न बुधवार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए। वक्तव्य सार्वजनिक हुनुअघि कुनै पनि सरकारी निकायले यस विषयमा केही प्रतिक्रिया जनाएका थिएनन्। तर विभिन्न नेताहरूले आफूले गोयललाई नभेटेको भन्दै स्पष्टीकरण दिएका थिए। किन असन्तुष्टि? सत्तारूढ नेकपामा केही समयअघि मात्रै पार्टीमा देखिएको विवाद साम्य पार्ने क्रममा सरकारले गर्ने महत्त्वपूर्ण कार्य र निर्णयबारे पार्टीमा छलफल गरिने सहमति भएको थियो। तर बिनाजानकारी विदेशी गुप्तचर निकायका प्रमुखसँगको बैठकले पार्टीभित्रकै नेताहरू अलमलमा परेको देखिन्छ। गोयल नेपाल आएर राजनीतिक भेटघाटमा सक्रिय रहेको समाचार सार्वजनिक हुनासाथ सत्तारूढ नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने त्यस्तो भेटवार्ता नगरेको बताइएको थियो। नेकपा स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले त बिहीवार ट्विटमार्फत् आफ्नो विमति सार्वजनिक गरे। उनले रअ प्रमुखसँग ओलीको जसरी र जस्तो समय अनि तरिकाले भेटवार्ता भयो त्यो आपत्तिजनक रहेको उल्लेख गरेका छन्। किन उठ्यो कूटनीतिक मर्यादाको कुरा? परराष्ट्र मामिलाका जानकारहरूले पनि ओलीको भेट कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्। पूर्वराजदूत दिनेश भट्टराईले भारतीय पक्षमा पछिल्लो समय नेपालमा चीनको प्रभाव बढेको भन्दै चिन्ता बढेको अनि नेपाल पक्षमा भने भारतसँग संवादको ढोका खुला गर्न चाहेको अवस्थामा भ्रमण भएको हुनसक्ने भए पनि यसले दीर्घकालीन रूपमा नेपाललाई प्रभाव पार्न सक्ने बताए। "जुन हिसाबले बैठक भयो त्यसले प्रधानमन्त्रीले आफ्ना व्यक्तिगत समस्या बताउने अनि भारतले त्यसलाई हल गर्ने र त्यसका आधारमा लेनदेनका कुराकानी भएको हुनसक्ने आशङ्का गर्ने ठाउँ छ," उनले भने। "त्यसो भएको हो भने तत्कालका लागि फाइदा भए पनि यसले दीर्घकालीन रूपमा समस्या उत्पन्न हुनसक्छ।" रअ प्रमुखलाई प्रधानमन्त्रीले भेट्नुको अर्थ के तर पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने कूटनीति सोझो बाटोबाट नहिँड्ने बताउँदै पछिल्लो भ्रमणको मूल्याङ्कन परिणामबाट गर्नुपर्ने बताए। यस अघि पनि नेपाल र भारतबीच सफल सैन्य कूटनीतिको अभ्यास भइसकेको बताउँदै उनले नेपाल भारत सम्बन्धमा देखिएको मनमुटाव र संवादहीनता तोड्नका लागि अर्को अभ्यास सुरु भएको हो भने यसको परिणामबाट मूल्याङ्कन गरिनुपर्ने उनको धारणा छ। "नेपाल र भारतको सम्बन्धमा विगतमा औपचारिक र अनौपचारिक कूटनीतिक विधिहरूको प्रयोग हुँदै आएको थियो। त्यसलाई सर्वथा नौलो कूटनीतिक माध्यमको प्रयोग भइरहेको छ भनेर बुझ्नु उचित हुन्छ," बिहीवार साँझ बीबीसी नेपाली सेवाका लागि गनी अन्सारीले लिएको अन्तर्वार्तामा पाण्डेले भने। तर भट्टराई भने कूटनीतिको दृश्य र अदृश्य रूप हुने भए पनि सबै देखिन नहुने बताउँछन्। "यो नदेखिने खाले पर्‍यो," उनले भने।
news-47910960
https://www.bbc.com/nepali/news-47910960
जापान सपना: वैदेशिक रोजगारीको आसमा भाषा पढ्दै
जापानले नेपाली कामदार लैजाने श्रम सम्झौता भएपछि वैदेशिक रोजगारमा जापान जान चाहनेहरूले जापानी भाषा सिक्न थालेका छन्।
संगीता पोखरेल, २२, पनि चिया पसलको व्यवसायसँगै भाषा सिक्न थालेकी छन्। जापानमा रोजगार पाए साढे दुई वर्षकी छोरीलाई श्रीमान्‌को जिम्मामा छोडेर विदेश जाने रहर बोकेकी पोखरेल नेपालीको जापान सपनाको प्रतिनिधि पात्र हुन्। हेर्नुस् उनको बाध्यता र सपनाको कथा सृजना श्रेष्ठले बनाएको यो भिडिओ - अनि यो पनि
news-44499828
https://www.bbc.com/nepali/news-44499828
इद अल-फित्रका बेला खाइने लोकप्रिय परिकार: तस्वीर
यो सप्ताहान्तमा संसारभरका मुस्लिमहरुले इद अल-फित्र पर्व मनाएर पवित्र रमजान महिनाको अन्त्य गर्दैछन्। महिनाभरको कठिन ब्रत पछिको यो उत्सवको समय हो। उत्सव भन्ने बित्तिकै त्यसमा सबैभन्दा ठूलो भूमिका खानपिनकै हुन्छ। र, विविधताले भरिपूर्ण मुस्लिम समुदायमा खानेकुराको परिकारको भण्डार निकै ठूलो छ। आउनुस् हेरौं संसारभरका केही लोकप्रिय परिकारका तस्वीर।
शीर खुर्मा दक्षिण एशिया - शीर खुर्मा शीर खुर्मा दुधमा सेवई पकाएर हाडे बदामका साथ प्रस्तुत गरिने गुलियो परिकार हो। यो यस्तो विशिष्ठ परिकार हो जुन इद अल-फित्रका बेला भारत, पाकिस्तान, बांग्लादेश, नेपाल लगायतका क्षेत्र भर नै देख्‍न पाइन्छ। शीर खुर्मा बनाउन पहिले सेवईलाई बाक्लो दुधमा पकाउने गरिन्छ। त्यसलाई फ्रिजमा राखेर चिस्याएपछि दाखकाजु र अलैंची लगायत बास्ना आउने मसला हालेर खाने गरिन्छ। मान्टि रुस- मान्टि मान्टि नेपालमा प्रचलित मम जस्तै एकप्रकारको परिकार हो। यस्मा मुछेको पिठोमा भेंडाको मासु वा वीफको किमालाई पोको पारेर बफाएर पकाइन्छ र नौनीका साथ खाने गरिन्छ। यो क्षेत्र अनुसार नै फरक ढंगले तयार पारिने परिकार हो र रुसका मुस्लिमहरु इदका बेला मान्टि खाएर पर्व मनाउने गर्छन्। रुसमा कुल जनसंख्याको १५ प्रतिशत मुस्लिमहरु छन्। सान्जी चीन: सान्जी सान्जी एक परम्परागत परिकार हो जुन पिठोलाई बटारेर तयार पारिन्छ र यो चीनका झण्डै २ करोड ३० लाख मुस्लिमहरुमाझ एकदमै लोकप्रिय छ। गहुंको पिठोलाई चाउचाउ जस्तो आकारको बनाइ तेलमा तारेर यो परिकार तयार पारिन्छ। र यसलाई चुलिएको थुप्रो लगाएर प्रस्तुत गरिन्छ। कुरुमकुरुम गर्ने यो खानेकुरा चीनको शिनजियांग प्रान्तभरी नै पाइन्छ । त्यहां उईगर समुदायको सुपरमार्केटमा समेत यो परिकार बेच्न राखिएको हुन्छ। बटर कुकिज मध्य-पूर्व: बटर कुकिज यो बिस्कुट जस्तो कुकिजमा छोहडाको लेप र मिहिन पारेर काटिएको ओखर वा पेस्ता र चिनीको धुलो मिसाएर भरिएको हुन्छ। यो मख्‍खन जस्तो चिल्लो कुकिजको माग रमजानका बेला निकै हुने गर्छ र इदको पर्वका बेला यो मध्य-पूर्वभरी नै प्रशस्तै पाइन्छ। अरब विश्वमा यो परिकारको भिन्न, भिन्न नाम छ- सिरियामा मामुल, इराकमा क्लाइचा र इजिप्टमा काह्क। केटुपाट इन्डोनेशिया: केटुपाट कुकिज र अन्य परिकारका अतिरिक्त केटुपाट खाएर इद मनाउने चलन इन्डोनेशियाको वार्षिक प्रचलन हो। पामको रुखको पातमा भातलाई बेरेर यो परिकार पकाइन्छ। यो खानेकुरा समान्यतया अन्य परिकारका साथ खासगरी ओपोर आयाम भनिने नरिवलका साथ पकाइएको कुखुराको मासुको तरकारीसंग खाने गरिन्छ। साम्बल गोरेंग केन्टांग भनिने कुखुराको कलेजो र आलु हालेर खुर्सानीको लेदोमा पकाइने तरकारीसंग पनि केटुपाट खाने गरिन्छ। बिरयानी संयुक्त अधिराज्य: बिरयानी युकेमा बिरयानी जस्तो परम्परागत परिकार इदजस्तो विशेष पर्वको रौनक नै हो। यो रंगीविरंगी चामल, मासु र हरियो तरकारीका साथ पकाइने मसालेदार परिकार हो। कांक्रो, बाबरी र दहीको रायताका साथ यसलाई प्रस्तुत गरिन्छ। युकेको जनसंख्याको पांच प्रतिशतभन्दा बढी दक्षिण एशियाली मूलका छन्। इन्जेरा सोमालिया: कम्बाबुर सोमालियामा कम्बाबुर रोटी एकदमै लोकप्रिय छ। यो तात्तातो नै खाने गरिन्छ। दिनको जुनसुकै समयमा पनि यो रोटी खान सकिन्छ। यो रोटी धुलो चिनी र दहीका साथ खाने गरिन्छ। यस्तै प्रकारको रोटीलाई इथियोपियामा इन्जेरा भनिन्छ।
news-49061461
https://www.bbc.com/nepali/news-49061461
ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन्
रुसमा हरेक वर्ष आफ्नै बच्चा मारेको अभियोगमा कैयौँ महिलामाथि मुद्दा चलाइन्छ। आरोपितमध्ये धेरै चाहिँ बच्चा भएका गृहिणीदेखि सफल व्यावसायिक व्यवस्थापकसम्म छन्।
यो रुसको मात्रै समस्या भने अवश्य पनि होइन। संयुक्त राज्य अमेरिकामा हरेक चार आमामध्ये एकमा आफ्ना बच्चा मार्ने विचार आउने गरेको अनुमान मनोविद्‌हरूको छ। सन् २०१४ मा गरिएको एक अध्ययनले न्याय मन्त्रालयको ३२ वर्षको तथ्याङ्क हेर्दा बच्चाको हत्या आँकडा अन्य सबै हत्याको १५ प्रतिशत रहेको देखाउँछ। एउटा अध्ययनमा सन् १९७६ देखि १९९७ सम्ममा बाबुआमाले ११ हजार बच्चाको हत्या गरेको उल्लेख छ। औसतमा यसले एक वर्षमा ३४० भन्दा बढी बच्चाको हत्या हुने देखाउँछ। तर रुसमा अन्य कैयौँ मुलुकमा जस्तै बाँच्नका लागि तपाईँ बलियो हुनुपर्ने र मानसिक स्वास्थ्यबारे नबोल्नु नै राम्रो हो भन्ने ठानिन्छ र तपाईँ जीवनमा अगाडि बढिरहनुपर्छ। यी कथाले बच्चा जन्मने बित्तिकै हुने मानसिक अवसादको धेरैजसो पहिचान नहुने गरेको देखाउँछन्। त्यसैले समयमा उपचार नहुने गरेको पनि देखाउँछन्। र, धेरैजसो दु:खद अन्त्य नभएसम्म नजिकका नातेदारले पनि के भइरहेको हो भन्ने बुझ्न विफल रहने देखाउँछन्। समाजमा वर्जित बीबीसी रुसी सेवाका पत्रकारहरू ओलेस्या गेरासिमेङ्को र स्वेटलाना राइटरले किन आमाहरू आफ्नै बच्चाको हत्या गर्छन् भन्ने कुरा पत्ता लगाउन रुसी महिलाहरूसँग कुराकानी गरेका छन्। उनीहरूको अनुसन्धानले मातृत्वबारे रहेको मिथक कसरी भत्काउन आवश्यक छ र धेरै महिलाहरूमाथि पर्ने चरम बोझ र दबाबको वास्तविकताबारे बोल्न आवश्यक छ भन्ने देखाएको छ। त्यसो गरियो भने बच्चा मार्ने कार्य नहुन सक्छ। अल्योना अल्योना आफ्ना श्रीमान् प्योटरसँग खुशी वैवाहिक सम्बन्धमा थिइन् र बच्चा पाउन लागेकोमा रोमाञ्चित पनि। उनीहरूले बच्चाका लागि लुगाहरू र उसलाई लिएर हिँड्ने बग्गी किने। अल्योना बच्चा पाउनु अघिका कक्षाहरूमा सहभागी भइन्। तर त्यस्ता कक्षामा कसैले पनि नयाँ आमा बन्दा हुने मानसिक समस्याबारे बोल्दै बोलेन। बच्चा जन्मेपछि अल्योनालाई निद्रा नपर्ने समस्या विकास भयो र उनले त्यसलाई झेल्न नसकेको बताइन्। उनलाई पहिले केही मानसिक समस्या भएको थाहा भयो र मनोचिकित्सकले उनलाई औषधि दिएपछि केही सहयोग पनि भयो। एक दिन प्योटर घर आउँदा सात महिनाको बच्चा बाथटबमा मृत अवस्थामा फेला पारे र पछि अल्योना मस्को शहरको बाहिरी भागमा एउटा तालको छेउमा फेला परिन्। बच्चालाई पानीमा डुबाएपछि अल्योनाले एक बोतल भोड्का पिइन् आफू पनि डुब्न खोजिन् र होस गुमाइन्। अहिले उनीविरुद्ध मुद्दा चलिरहेको छ। दुःखी प्योटर अल्योनाको मुद्दाको हरेक सुनुवाइमा जान्छन् र कठघरामा बसेकी उनलाई सम्झाउन खोज्छन्। यदि अल्योनालाई कसैले बच्चा पाएपछि हुने मानसिक अवसादबारे भनिदिएको भए अहिले भइरहेका सबै कुरा रोक्न सकिन्थ्यो भन्नेमा उनी आश्वस्त भएका छन्। उनी भन्छन्, "उनको कुनै दुराशय थिएन उनी मानसिक अवसादको शिकार भएकी थिइन्।" "यदि उनलाई सही डाक्टरले हेरेको भए, यदि उनले अनुरोध गरेका बेला मैले अस्पताल लगेको भए, अहिलेको घटना हुने नै थिएन।" रुसी अपराधशास्त्रीहरूका अनुसार ८० प्रतिशत महिलाले आफ्नो बच्चाको हत्या गर्नुअघि टाउको दुख्ने गरेको वा निद्रा नपर्ने गरेको वा महिनावारी नियमित नहुने गरेको गुनासो गर्ने गरेका थिए। उनीहरू को हुन्? रुसी कानुनमा धेरै परीक्षण नगरिएको र वर्जित अपराधलाई फिलिसाइड भनिन्छ त्यो भनेको आमाले आफ्नै बच्चा मार्ने हो। कसैले भर्खरै जन्मेको बच्चाको हत्या गर्छन् त कसैले दुई वर्ष नपुग्दैको उमेरमा। सन् २०१८ मा रुसमा ३३ वटा यस्ता मुद्दा चलाइएका छन्। केही अपराधशास्त्रीहरूले रिपोर्ट गरिएका भन्दा आठ गुणा बढी यस्ता घटना रहेको तर अदालतसम्म यस्ता घटना आइनपुग्ने गरेको अनुमान लगाउँछन्। "हाम्रो अस्पतालका २० मध्ये ३ अथवा ४ शैय्यामा आफ्नै बच्चाको हत्या गरेका महिलाहरू राखिएका हुन्छन्," फरेन्सिक विज्ञ र मस्कोको सरबस्की इन्स्टीट्युट अफ साइकियाट्रीकी प्रमुख अनुसन्धानकर्ता मार्गरीटा कचेभा भन्छिन्। एकजना अकाउन्टेण्ट, एकजना शिक्षिका, एक बेरोजगार महिला, एकजना समाज कल्याण परामर्शदाता, एकजना वेट्रेस, एकजना डिजाइन स्कूल पास गरेकी महिला, एउटा ठूलो परिवारकी महिला, एकजना पसलकी सहायक- बीबीसी रुसी सेवाले कुरा गरेका ३० जनाभन्दा बढी महिलाका कथा फरक फरक छन्। समाजले गर्ने आशङ्काका विपरीत आफ्ना बच्चाको हत्या गरेका धेरै महिलाका श्रीमान् थिए, घर, जागिर थियो र कुनै कुलत थिएन। डाक्टरहरू भन्छन्- बच्चालाई जन्म दिएपछि दबेर बसेको मानसिक रोग अचानक बढ्न सक्छ। महिलाहरूमा केही दीर्घरोग हुनसक्छ जुन दैनिक जीवनमा देखा नपर्न सक्छ, तर गर्भावस्था, बच्चा जन्म दिँदा वा मेनोपजका बेलामा देखिन सक्छ। "हेर त, मैले बच्चा मारेँजस्तो छ" ३८ वर्षीया आना शिक्षिका हुन्। उनका १८ र १० वर्षीय छोरा छन्। उनीहरू उनका बाबुआमाले अत्यन्त चाहना गरेर पाउन लागेका बहिनीको पर्खाइमा थिए। तर ७ जुलाइ २०१८ को दिन आनाले आफैँ एम्बुलेन्स बोलाइन्। बच्चा जन्मनुअघि उनलाई असाध्यै ठूलो पीडा भइरहेको थियो। त्यसपछिका दिनमा स्थिति झन बिग्रियो। आनाले आफूले सहन सक्छु भन्ने ठानिनन्, एकजना मनोचिकित्सकले उनलाई आराम गर्न भनिन्। उनका श्रीमान् मस्कोमा काममा गएका बेला आफ्ना बच्चालाई एकजना साथी कहाँ छोडिन् र आफू एउटा खाट किन्न जान लागेको बताइन्। तर उनी आफ्नी आमाको समाधिस्थल गइन्। अर्को दिन उनी खाली खुट्टा बच्चा लिएर हिँडिरहेका बेला प्रहरीले कहाँ जान लागेको भनेर सोध्दा केही भन्न सकिनन्। उनकी सासुले उनलाई घर लिएर गइन्। र, त्यति बेला आनाले आफ्नो बच्चालाई तकियाले मुख थुनेर मार्न खोजिन् भन्ने कुरा अदालतले स्थापित गर्न खोजिरहेको छ। ७ जुलाइका दिन एम्बुलेन्स आएपछि आनाले डाक्टरलाई भनिन्, "हेर त, मेलै बच्चा मारेँ जस्तो छ।" स्वास्थ्यकर्मीहरूले आनालाई बचाउन सफल भए र उनलाई अस्पतालमा भर्ना गरियो। उनलाई दीर्घरोग बनिसकेको स्किजोफ्रेनिया भएको पत्ता लाग्यो। "त्यो भनेको पूर्ण पागलपन होइन भन्ने बुझ्न जरूरी छ। बच्चाको हत्या गरेका बेला मानसिक रोगी हुने महिलाले त्यसअघि पूर्ण रूपमा साधारण जीवन बिताइरहेको हुन सक्छ," डा. कचेभा भन्छिन्। "हे भगवान्‌, डाक्टर मैले यो के गरेँ? अब म कसरी बाँच्नु?" २१ वर्षीया एरिना उनको नवौँ तलामा रहेको फ्ल्याटबाट आफ्नो बच्चा अगाँलोमा राखेर हाम फालेकी थिइन्। उनका श्रीमान्‌ सैनिक हुन् र बच्चा जन्मँदा उनी काममा थिए। आफ्नी श्रीमतीमा मानसिक समस्या देखिएकाले उनले केही उपचार पनि गराएका थिए। उनी आफ्ना बाबुआमासँग एक वर्षदेखि बस्दै आएकी थिइन्। उनले बच्चाको हत्या र आफ्नो आत्महत्या गर्ने प्रयत्न गरेको अघिल्लो दिन आफ्ना श्रीमान्‌ले आफ्नो हत्या गर्न चक्कु तिखारिरहेको प्रहरीलाई बताएकी थिइन्। जादु जस्तो भयो- आमा र बच्चा दुवैको ज्यान गएन। उनीहरूलाई अस्पताल पुर्‍याइयो र पछि एरिनालाई प्रहरी नियन्त्रणमा लगियो। मनोविद्‌हरूले उनलाई स्किजोफ्रेनिया भएको पत्ता लगाए। स्किजोफ्रेनिया भएका आमाहरू र डिप्रेसन भएका आमाहरूले आफ्ना बच्चा मार्नुपरेको बारे धेरैजसो उस्तै उस्तै कारणहरू दिने गरेका छन्। "म यति खराब आमा छु, उसकै राम्रोका लागि हो," "यस्तो नराम्रो संसार छ, बच्चा यस्तोमा नबाँचेकै राम्रो।" अपराध गरिसकेपछि उनीहरूलाई शान्ति हुँदैन र पहिलो, दोस्रो या तेस्रो प्रयत्नमा आफ्नै ज्यान लिन्छन्", डाक्टर कचेभा भन्छिन्। उनी भन्छिन् घरका कुनै सदस्यले त्यसो गर्नबाट रोक्न सके भने त्यस्ता महिलाहरूलाई उनको संस्थामा ल्याइपुर्‍याइन्छ। उपचार शुरू भएको ६ महिनामा उनीहरू पूर्ण रूपमा निको हुन्छन्। अमेरिकामा जस्तै रुसमा पनि आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूलाई कस्तो सजाय दिने भन्ने अदालतले निर्णय गर्छन्। यदि फरेन्सिक मनोविद्‌हरूले आमालाई पागल पाएनन् भने उनलाई लामो जेल सजाय पनि हुनसक्छ। यस्ता धेरै महिलाहरूले आफ्नो बाल्यकालमा नराम्रो व्यवहार भोगेका हुन्छन्। रुसी फरेन्सिक मनोविद्‌हरूले गरेको अनुसन्धान अनुसार आफ्नो बच्चाको हत्या गरेका ८० प्रतिशत महिला गरीब परिवारमा हुर्केकाहरू र तीमध्ये ८५ प्रतिशतको आफ्नै वैवाहिक जीवनमा समस्या हुन्छ। अनुसन्धानकर्ताहरू यी विषयबीच प्रत्यक्ष सम्बन्ध हुने देख्छन्: झूटो बोल्ने, विवाद गर्ने, झगडा गर्ने, अप्रसन्नता, मातिने गरी रक्सी खाने‍जस्ता बानी किशोरी अवस्थामा हुने केटीहरू पछि गएर आफ्नै परिवारका वयस्क महिलाले जस्तै व्यवहार गर्ने गर्छन्। आफ्ना बाबुआमासँग सहज सम्बन्ध नहुनेहरूको पनि बच्चाप्रति कठोर व्यवहार हुन सक्छ। बच्चाको हत्या गर्ने आमाहरूले त्यसअघि बच्चालाई अति धेरै माया दर्शाएर त्यो प्रवृत्तिलाई छोप्छन्। "घरेलु हिंसा पीडितहरूले पनि भविष्यमा यस्ता अपराध गर्नेमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्।" "यस्ता धेरै महिलाहरूले बाल्यकालमा शारीरिक तथा मानसिक दुर्व्यवहार भोगेका हुन्छन्।" कैयौँ वकिलले आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूको वकालत गर्न अस्वीकार गर्छन्। "त्यस्तो त मलाई हुनै नसक्ने सोच्थेँ" "जेलका अधिकारीहरू अरु बन्दीका तुलनामा बच्चाको हत्या गर्नेहरूबारे धेरैजसो केही भन्न चाहँदैनन्," अर्कै अपराधमा जेल परेकी नायिका मरिना क्लेसचेभा भन्छिन्। "मैले पनि उनीहरूलाई भेटेँ उनीहरूकै घर वरपरका मानिसले नभनेसम्म उनीहरू किन जेल परे भन्ने कसैलाई थाहा हुँदैन। जेलभित्र उनीहरूका कुनै साथी हुँदैनन्। उनीहरू असाध्यै चुपचाप बस्छन् र कुनै पनि तर्कवितर्कमा अगाडि सर्दैनन् किनभने उनीहरूलाई अरुले भुतुक्कै पार्देलान् भन्ने डर हुन्छ।" मस्कोस्थित क्लिनिकल प्याथोलजिष्ट याकोभ कोचेटोभ भन्छन्- महिलाहरूले आफूमा आउने हत्याको विचार अस्वीकार गर्छन् र बचाउका लागि अरूमाथि आफ्नो आक्रोश थोपर्छन्। "म त्यस्ता खाले आमाहरूको भत्सर्ना गर्थेँ। त्यस्तो त मलाई कहिल्यै हुने छैन भन्ठान्थेँ," एउटा ठूलो दूरसञ्चार कम्पनीमा काम गर्ने विज्ञ ३३ वर्षीया तात्याना भन्छिन्। ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन् "विक्रीका बेला भेट हुने कैयौँ मानिस, व्यावसायिक भ्रमणमा बन्ने साथीहरू र म असाध्यै बच्चा चाहन्थ्यौँ। बच्चा जन्माउन हामी जस्तो हुनुपर्ने हो त्यसैगरी तयार भएका छौँ जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ भन्ने देखियो।" "जन्म दिने काम असाध्यै कठिन थियो र सुँडेनीहरू राम्रा थिएनन्। पछि मलाई जन्म दिएका बखतको झल्को आउन थाल्यो पीडादायी सपना देख्न थालेँ। ब्युँझँदा मुटु हल्लिरहेको हुन्थ्यो। तौल बढ्यो कपाल झर्‍यो….यी सबैले मलाई मेरो बच्चाप्रति क्रोध बढाउँदै लग्यो- यस्तो लाग्थ्यो उसले मेरो जीवन बरबाद पार्‍यो।" जब बच्चा रातमा सुत्दैनथ्यो अथवा दाँत उम्रन लागेकाले रुन्थ्यो र तात्यानालाई असह्य हुन्थ्यो। "तिमी त आमा हौ नि होइन? अरूले गर्न सक्छन् तिमी किन सक्दिनौ?" "उसको रुवाइले मेरो टाउको फुट्ला जस्तो हुन्थ्यो र त्यसले मलाई मेरो बाल्यकालमा भोगेका समस्याहरू सम्झाइदिन्थ्यो," तात्याना सम्झन्छिन्। "जे पनि मैले नै भोग्नुपर्ने किन भन्ने भावना आउँथ्यो। सुताउने प्रयत्न गरिरहेका बेला मैले बच्चालाई बेस्सरी हल्लाइदिन्थेँ। ऊ डराएर झन् बेस्सरी रुन्थ्यो। मैले उसलाई ओछ्यानमा मिल्काइदिएर चिच्याउँथेँ "तँ त मरे कै भए जाती हुन्थ्यो। त्यसपछि म लाजले र पश्चातापले भरिन्थेँ किनभने म मातृत्वको मजा लिन सकिरहेकी थिइनँ।" तात्यानाका श्रीमान्‌ले बच्चालाई उनले मानसिक समस्या दिइरहेको बताए। उनका गुनासाहरूलाई बेवास्ता गर्दै उनले भने, "तिमी एक आमा हौ होइनौ र? अरुले गर्न सक्छन् तिमी किन सक्दिनौ? पहिला शुरूमा यो बच्चा नै किन पाएकी?" एक वर्ष बित्यो र परिस्थिति झन् बिग्रँदै गयो। आत्महत्या गर्ने विचारसहित उनी मनोचिकित्सक कहाँ गइन्। "यस्ती दुष्ट आमा यो पृथ्वीमा नरहेकै जाती भन्ने लाग्यो। मेरो छोराले म भन्दा असल आमा पाउनुपर्छ। मानसिक पीडा भन्दा आफैँलाई सिध्याउन मेरा लागि सहज हुन सक्छ। मलाई यस्ता धेरै समस्या थिए। मनोविद्ले तत्काल मेरो समस्यालाई गम्भिरतासाथ लिए र मलाई सहयोग गरे।" बचाउ जब आफ्नो बच्चाको हत्याको कुरा अगाडि आउँछ हामी परिवार नियोजनका साधन प्रयोग गर्ने र बेबी बक्स प्रयोग गर्ने कुरा गर्न थाल्छौँ। तर रुसी र पश्चिमा डाक्टरहरूले बच्चा जन्मेपछि हुने डिप्रेसनबारे सचेत रहन महत्त्वपूर्ण रहेको बताउँछन्। "बच्चा जन्माउनुअघि सबै सम्भावित दृश्यबारे विचार गर्नु राम्रो हुन्छ। आफ्नी आमासँग आफ्नो सम्बन्धबारे छलफल गर आफू र आफ्नो पार्टनरबारे आफ्नो भावना के छ त्यो छलफल गर र त्यसले बच्चा जन्माएपछि कसरी तिमीलाई प्रभावित पार्नेछ भन्ने पनि विचार गर" मनोविद्‌ मरिना बिलोब्राम भन्छिन्। मार्गरिटा कचेभा भन्छिन्, "मस्को र यो क्षेत्रमा सङ्कटमा परेका महिलाहरूका लागि हाम्रा केन्द्रहरू छन्। घरेलु हिंसादेखि डिप्रेसन भएका सम्म महिलाहरूका लागि यी केन्द्र खुला छन्। तर ती आधा मात्र भरिएका छन् किनभने महिलाहरू त्यहाँ गएर आफ्ना समस्या भने भने आफ्ना बच्चा अरुले लैजालान् कि भनेर त्रस्त छन्। स्थानीय तहमा उपलब्ध मनोवि‌द्कहाँ पनि त्यसै कारणले उनीहरू जान डराउँछन्। र आफ्ना श्रीमान्‌ र परिवारलाई भन्यो भने चुप लाग भन्छन् भन्ने त्रासमा पनि छन्।" "ईश्वरका रूपजस्ता बच्चा बोकेर मुस्कान छरिरहेका आमाहरूको मात्र पोस्टर टाँस्ने होइन कि कस्तो सम्म हुन सक्छ भन्नेबारे पनि पोस्टर बनाउनुपर्नेछ।"
news-50026772
https://www.bbc.com/nepali/news-50026772
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई 'भूपरिवेष्‍टितबाट भू-जडित देश' बन्न सहयोग गर्ने
नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाललाई "भूपरिवेष्‍टित देशबाट भू-जडित देश" बन्न सघाउने बताएका छन्।
शनिवार साँझ काठमाण्डूमा उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै सीले यस्तो धारणा राखेका हुन्। उनले भने, "हामी चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौँ। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ। केरुङदेखि काठमाण्डूसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ।" "बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भू-जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।" उनले नेपाल र चीनबीच कुनै समस्या नभएको र मित्रता मात्र कायम रहेको बताए। नेपालसँग मिलेर आफूहरूले "मैत्रीपूर्ण रणनीतिक साझेदारी" स्थापना गर्ने निर्णय गरेको सीले जानकारी दिए। आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद उनले भने, "वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ।" "नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो साझा गृहस्थल पृथ्वी विशेषगरि सगरमाथा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौँ।" यसपटकको भ्रमणमा नेपाल र चीनको साझा खाका बनाउन सकेको भन्दै उनले प्रसन्नता व्यक्त गरे। उनले संयुक्त प्रयासबाट नेपाल र चीनले द्विपक्षीय भविष्य तय गर्न आह्वान गरे। त्यसअघि बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनको सम्बन्ध "सागरजस्तै गहिरो र सगरमाथा जस्तै उच्च रहेको" बताएकी थिइन्। उनले भूपरिवेष्टित नेपाललाई जोडिन चीनले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले सहयोग गर्न आह्वान गरिन्। नेपालको आह्वान उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने प्रयासमा चीनको सहयोग आवश्यक रहेको बताइन्। भण्डारीले भनिन्, "लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ।" भण्डारीले नेपालले एक चीन नीति अपनाउँदै आएको दोहोर्‍याइन्। उनले नेपाली जनताले केरुङदेखि काठमाण्डू हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताइन्। उनले भनिन्, "रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्ष्य नेपालीहरूको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ।" रात्रिभोजअघि शनिवार साँझ राष्ट्रपति भवन शीतल निवासमा सी र भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले "दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध पक्षमा छलफल" भएको जनाएका छन्। उनले जारी गरेको एक वक्तव्यमा "दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको" उल्लेख छ। उक्त भेटवार्तामा नेपालका मन्त्रीहरू तथा चीन र नेपालका उच्च अधिकारीहरू पनि सहभागी रहेको उनले जनाएका छन्। नेपालमा २३ वर्षपछि चीनका राष्ट्रपतिको भ्रमण भएको हो। यसअघि सन् सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए। सी भारतको दुईदिने अनौपचारिक भ्रमण सकेर शनिवार नेपाल आइपुगेका हुन्। उनलाई काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। उपलब्धि नेपालमा बहुप्रतिक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको निकै ठूलो उपलब्धिका रूपमा अर्थ्याइएको छ। अधिकारीहरूका अनुसार सीको राष्ट्रपति भण्डारीसँग भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ। राष्ट्रपति सीले आइतवार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने बताइएको छ। आइतवारै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता र सम्झौताहरू हुनेछन्। त्यसपछि उनी नेपालको भ्रमण टुङ्ग्याएर स्वदेश फर्कनेछन्। स्वागत सीको स्वागतका लागि काठमाण्डूका सडकहरू सिँगारिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सीलाई राखिने सोल्टी होटलसम्मको सडक र राष्ट्रपति निवाससम्म पुग्ने सडकहरूमा स्वागत द्वारहरू बनाइएका छन्। त्यहाँ दुवै देशका राष्ट्रपतिहरूका तस्बिरहरू सजाइएका छन् भने नेपाल र चीनबीच मित्रता भाव व्यक्त गरिने नाराहरू लेखिएका छन्। विमानस्थलमा पानीको फोहोरा र ठाउँठाउँमा फूलहरू सजाएको देख्न सकिन्छ। नेपाल र चीनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका स्थलहरूका तस्बिरहरू पनि सडक किनाराका खम्बाहरूमा राखिएका छन् भने दुवै देशका झण्डाहरू फहर्‍याइएका छन्। विमानस्थलमा सीलाई नेपाली संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरेर स्वागत गरिएको थियो। कर्मचारी र सर्वसाधारणहरू सडक किनारामा उभिएर उनको स्वागत गरेका थिए। विमानस्थलमा उनलाई नेपाली सेनाले सलामी दिएको थियो। त्यहाँबाट उनी कालिमाटीस्थित सोल्टी होटल पुगेका थिए। त्यसपछि सी दुईपक्षीय भेटका लागि शीतल निवास पुगेका हुन्। सम्झौता हुने सीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच विभिन्न आर्थिक साझेदारीका विषयमा छलफल र सम्झौताहरू हुने अधिकारीहरूले जानकारी दिएका छन्। दुई देशबीच पूर्वाधार सञ्जाल विस्तार र आर्थिक लगानीमा वार्ताहरू केन्द्रित हुने उनीहरूको भनाइ छ। छलफलमा नेपाल र चीन जोड्ने नाकाहरूमा पूर्वाधार विकास र स्तरोन्नतिलाई प्राथमिकता दिइने बताइएको छ। दुई दिनअघि पूर्व प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सीसँग "केरूङ-काठमाण्डू रेलमार्ग निर्माणको लगानीको ढाँचाबारे समेत छलफल हुने" बताएको ओलीको सचिवालयद्वारा जारी एक वक्तव्यमा जनाइएको थियो। नेपालका विभिन्न ठूला आयोजनाहरूका लागि चिनियाँ लगानीबारे सम्झौताहरू गरिने जनाइएको छ। सीको भनाइ नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सीले नेपालको सरकारी मुखपत्र गोरखापत्र र द राइजिङ नेपालमा एउटा आलेख लेख्दै नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको व्याख्या गरेका थिए। त्यसमा उनले "चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ" भनेका छन्। उनले त्यसका लागि चीन र नेपालले मिलेर गर्नुपर्ने काम भनेर चारवटा बुँदाहरू पनि उल्लेख गरेका थिए: लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपालमा भएको भ्रमणलाई विभिन्न राजनीतिक दलका नेताहरूले ऐतिहासिक भएको बताएका छन्। सत्ताधारी दलका नेतादेखि विपक्षी दलका नेताहरूले सीको भ्रमणलाई 'ठूलो उपलब्धि'का रूपमा अर्थ्याएका छन्। विपक्षी नेताहरूका भनाइमा यो भ्रमण ऐतिहासिक भएकाले त्यसबाट अधिकतम लाभ लिन सरकारले पहल गर्नुपर्नेछ। उच्चस्तरीय भ्रमणहरू सन् २०१२ मा चिनियाँ प्रधानमन्त्रीको सङ्क्षिप्त नेपाल भ्रमणपछि यो पहिलो उच्चस्तरीय भ्रमण हो। परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्। नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पटक चीन भ्रमण भइसकेको छ। उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ। नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो। नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए। नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२औँ देश बनेको थियो। दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए। सन् १९५६ सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले पहिलो पटक चीनको उच्चस्तरीय भ्रमण गरेका थिए। टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्। आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए। सन् १९६० एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए। नेपाल र चीनबीच उच्च तहमा भ्रमणहरू निकै हुने गरेका छन्। तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रमणमा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्। चीनबाट नेपालमा यसअघि भएका उच्चस्तरीय भ्रमण
news-50643330
https://www.bbc.com/nepali/news-50643330
मेसी: छैटौँ पटक बालोन डि'ओर जितेका महान् खेलाडीबारे अरू खेलाडी यसो भन्छन्
बार्सिलोनाबाट खेल्ने आर्जेन्टिनाका खेलाडी लियोनल मेसीले छ पटक बालोन डि'ओर जितेर नयाँ कीर्तिमान बनाएका छन्।
विश्वभरि उनका धेरै समर्थक र प्रशंसक हुनु आश्चर्यको विषय होइन। उनका प्रशंसकमध्ये चर्चित फुटबल खेलाडी पनि छन्। यहाँ उनका बारेमा फुटबलका अन्य महान् खेलाडीहरूको भनाइहरू प्रस्तुत गरेका छौँ। यी भनाइ फुटबलमा मेसीले राम्रो खेल्ने ४-३-३ को प्रारूपमा प्रस्तुत गरिएको छ। गोलरक्षक क्षेत्ररक्षक मिडफील्डर स्ट्राइकर अनि थप दुई
news-47971952
https://www.bbc.com/nepali/news-47971952
अफगानिस्तानमा तालिबानले भत्काएका बुद्ध मूर्ति फेरि बनाउने प्रयास
अफगानिस्तानमा तालिबानले सन् १९९६ मा सत्ता कब्जा गरेपछि अतिवादी इस्लामिक कानुन लागु भयो।
अफगानिस्तानमा इस्लाम धर्म आउनुभन्दा अगाडि प्राचीन कालमा बनाइएका धार्मिक र ऐतिहासिक सम्पदा तालिबानले देशमा नष्ट गर्‍यो। त्यसरी नष्ट गरिएका सम्पदामध्ये बामियानस्थित विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्ति पनि थियो। अहिले काबुलस्थित राष्ट्रिय सङ्ग्राहालयले भग्नावशेष जोडेर प्राचीन बुद्ध मूर्तिहरूलाई पुरानै स्वरूपमा बनाउने प्रयास गरिरहेको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
news-56073021
https://www.bbc.com/nepali/news-56073021
नेपाल कोरोना भाइरस खोप: 'वृद्धहरू बोल्न सक्दैनन् जे गरे पनि हुन्छ भन्ने सोच देखियो'
सरकारले कोभिड-१९ विरुद्धको खोप वितरण गर्दा विश्व स्वास्थ्य स‍ङ्गठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा अलग रहेर प्राथमिकता सूची निर्धारण गरिरहेको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्षले अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीपछि जोखिममा रहेको उमेर समूहका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने मापदण्ड डब्ल्यूएचओले तय गरेको उल्लेख गरे। एकजना पूर्वस्वास्थ्यमन्त्रीले खोप वितरणलाई भूकम्पपछिको राहत वितरणसँग तुलना गर्दै पहुँच हुनेकहाँ पुगेको धारणा राखेका छन्। तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू प्राथमिकता नमिचिएको र ज्येष्ठ नागरिकहरूलाई फागुनको अन्तिम साताबाट खोप दिइने बताउँछन्। बीबीसीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप उपलब्ध गराउने जिम्मेवारी आफ्नो भएको भन्दै ‘चिन्ता’ नगर्न सुझाव दिए। सरकारी अधिकारीहरूचाहिँ नेपालको अर्को २० प्रतिशत जनसङ्ख्याका लागि खोप खरिदका क्रममा रहेको र फागुनको २३-२४ गतेदेखि बढी उमेर समूहका व्यक्तिहरूलाई खोप लगाउन थालिने बताउँछन्। ज्येष्ठ नागरिकको 'पालो मिचिएको' आवाज किन उठ्यो? सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र अस्पतालमा कार्यरत सहयोगी कर्मचारीहरूलाई खोप वितरण गर्ने बताएका थियो। पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप वितरण गर्ने लक्ष्य लिएको खोप अभियानमा करिब एक लाख ८५ हजार जना सहभागी भएका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए त्यसपछि अघिल्लो साताबाट सरकारले राजधानीमा पत्रकार, संयुक्त राष्ट्रसङ्घका निकायमा कार्यरत कर्मचारी र राजदूतावास तथा विभिन्न कूटनीतिक नियोगमा कार्यरत विदेशी सहितका व्यक्तिहरूलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो। आइतवारबाट जिल्लास्थित सबै सरकारी कार्यलय, संस्थान तथा ब्याङ्कका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स र शववाहनका चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइँदैछ। तर खोप अभियानलाई नजिकबाट नियालिरहेका ज्येष्ठ नागरिक तथा अगुवाहरूले सरकारले प्राथामिकताक्रम मिचेको र मनपरी ढङ्गले खोप बाँडिरहेको टिप्पणी गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालयका भूतपूर्व उपकुलपति केदारभक्त माथेमा भन्छन्, “संसारभर नै वृद्धवृद्धा, त्यसमा पनि जो अशक्त छ उनीहरूलाई प्राथमिकताका साथ खोप लगाइन्छ। सरकार असाध्यै असंवेदनशील देखियो। सरकारमा रहेका व्यक्तिहरूले आफ्नो राजनीतिक फाइदा हेर्नुभएको हो कि?” “स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दिएर हामीलाई दिने कुरा हामी मान्थ्यौँ। तर त्यसमा पनि हामीले प्रशस्त धाँधली भएको सुनेका छौँ। धेरै कम उमेरको मान्छेहरू हाम्रै साथीहरू जो विभिन्न बोर्डमा छन् उनीहरूले हामीले लगाएर आयौँ भनिरहेका छन्। अग्रपङ्क्तिमा काम गर्ने समूहको परिभाषा के हो? गुमराहमा राखेर गोलमाल गर्ने देखियो। वृद्ध मान्छेहरू कराउन सक्दैनन्, जे गरे पनि हुन्छ भन्ने ठानियो।” पूर्वउपकुलपति माथेमाले आफूलाई पनि ‘खोप मिलाइने’ भन्दै ‘केही ठाउँबाट’ कुरा आए पनि आफूले त्यसलाई अस्वीकार गरेको बताए। कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण किन गरियो खोप र राहत वितरणको तुलना? पूर्वस्वास्थ्यमन्त्री विद्याधर मल्लिक कोभिड-१९ को खोप वितरणलाई २०७२ सालको विनाशकारी भूकम्पको राहत वितरणसँग तुलना गर्छन्। जोखिमका भएकैले ज्येष्ठ नागरिकलाई पहिला खोप दिनुपर्ने मान्यता रहेको भन्दै उनले भने, “भुइँचालोको बेलामा पनि जसको हातमा डाडुपन्यु थियो, जोसँग डन्डा थियो उसैले टेन्ट र ब्ल्याङ्केट लिएर गयो। आमजनता बर्खामा त्यसै बस्नुपर्‍यो।“ मल्लिकको आरोप छ, “रोगजस्तो कुरामा म शक्तिशाली छु, त्यही भएर मैले पहिला खोप लगाउन पाउनुपर्छ भन्नु अनियमितता नभई अपराध हो।” सरकारले गठन गरेको कोभिड-१९ समिति विज्ञ समितिले बनाएको प्रारम्भिक मस्यौदामा पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सहयोगी कर्मचारी, दूरी व्यवस्थापन गरी काम गर्न नमिल्ने कोभिड-१९ नियन्त्रणमा खटिने सुरक्षाकर्मी र शव व्यवस्थापन कर्मचारी, महिला स्वयंसेविका र ७५ वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई पहिलो चरणमा खोप उपलब्ध गराइने उल्लेख छ। त्यसमा ७५ वर्ष र त्यसभन्दा बढी उमेरका सात लाखसहित नेपालको जनसङ्ख्याको लगभग ३.७५ प्रतिशतलाई खोप उपलब्ध गराइने भनिएको थियो। दोस्रो चरणमा ५५ वर्षदेखि ७४ वर्ष समूहका सबै र दीर्घरोग भएका ४० देखि ५४ वर्ष उमेरका व्यक्तिहरूलाई खोप उपलब्ध गराउने प्रस्ताव गरिएको थियो। स्वास्थ्य मन्त्रालयले पछि त्यसलाई परिमार्जन गर्दै दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका सबै र ४० देखि ५४ वर्षको उमेर समूहका दीर्घरोग भएका व्यक्तिलाई खोप दिने जनाएको छ। दीर्घरोग भएका शरणार्थी र आप्रवासी कामदारलाई पनि दोस्रो चरणमा नै खोप दिने भनिएको छ। तेस्रो चरणमा १८ वर्षदेखि माथिको उमेर भएका सबैलाई खोप उपलब्ध गराउने बताइएको छ। के छ विश्वस्वास्थ्य सङ्गठनको मापदण्ड? राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले सरकारले अहिले निर्धारण गरेको खोप वितरणको मापदण्ड विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तय गरेको प्राथामिकताभन्दा फरक रहेको बताए। उनले भने, “डब्ल्यूएचओको प्राथामिकता सूचीमा सबैभन्दा पहिले अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारी, सुरक्षा र सफाइ गर्ने व्यक्तिहरू पर्छन्। पहिलाको सूचीमा त्यसरी नै बनाइएको थियो। त्यसपछि ज्येष्ठ नागरिकलाई नै दिनुपर्ने हो। तर यहाँ पछि बनेको सूचीमा जसले कोरोनाभाइरस फैलाउने सम्भावना छ, त्यसलाई पहिले खोप लगाऔँ भन्ने मापदण्डलाई पालना गरिएको जस्तो मलाई लाग्छ।” “हाम्रो विज्ञ समितिमा प्राथामिकता सूचीलाई विस्तार गर्ने भन्ने सैद्धान्तिक छलफल मात्रै हुन्छ। तर अहिलेको प्राथमिकता सूचीमा विभिन्न किसिमका समूहको दबावका माध्यमबाट परिवर्तन आएको हुनसक्छ।” डब्ल्यूएचओले गएको नोभेम्बरमा जारी गरेको एउटा खोप प्राथमिकिकीकरणसम्बन्धी मार्गचित्रमा देशको जनसङ्ख्याको एकदेखि १० प्रतिशतलाई पुग्ने सीमित खोप उपलब्ध भएको अवस्थामा स्वास्थ्यकर्मी र जोखिमका आधारमा ज्येष्ठ नागरिकलाई खोप दिइनुपर्ने उल्लेख छ। ज्येष्ठ नागरिकलाई खोप दिन ढिला भएको कुरा उठेको छ नि भन्ने बीबीसीको प्रश्नमा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले भनेः “त्यसको चिन्ता मेरो हो। तपाईँहरूले गर्नुपर्दैन।” सरकारले करिब १२० स्थानबाट एकै पटक देशव्यापी रूपमा खोप कार्यक्रम सुरु गरेको थियो कहिले पाउलान् ज्येष्ठ नागरिकलाई कोभिड खोप? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप वितरणमा प्राथमिकता नमिचिएको भन्दै फागुनको २३ वा २४ गतेबाट बढी उमेर समूहका व्यक्तिहरूलाई खोप वितरण थालिने जानकारी दिए। उनले पहिलो चरणमा झन्डै नौ लाख जनालाई खोप दिएर मात्रै विभिन्न उमेर समूहका व्यक्तिलाई खोप लगाउने प्राथमिकता निर्धारण भएको र त्यसैअनुसार अहिले खोप वितरण गरिएको उल्लेख गरे। डा. गौतम भन्छन्, “हाम्रो प्राथमिकतामा कुनै परिवर्तन भएको छैन। सुरुमा नै हामीले अग्रमोर्चामा खटिने र भिडभाड हुने क्षेत्रमा काम गर्ने नौ लाख जनालाई पहिलो चरणमा खोप दिने प्राथमिकता निर्धारण गरेका थियौँ। वृद्धवृद्धा भएका ठाउँमा सङ्क्रमण लिएर मानिसहरू नपुगून् भनेर यस्तो व्यवस्था गरिएको हो। अब खोपको उपलब्धताको आधारमा हामी विभिन्न उमेर समूहमा व्यक्तिहरूलाई खोप लगाउन थाल्छौँ।” पहुँचका आधारमा खोप उपलब्ध गराइएको भन्ने आरोप ‘हावादारी’ बताएका उनले त्यसको प्रमाण प्रस्तुत गर्न चुनौती दिए। ज्येष्ठ नागरिकहरूलाई सदरमुकाम आएर खोप लगाउन कठिन हुने भएकाले दोस्रो चरणमा स्थानीय तहमा रहेका केन्द्रबाटै कोभिड-१९ खोप उपलब्ध गराइने उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयले ६० लाख मानिसहरूका लागि चाहिने एक करोड २० लाख मात्रा खोप भारतबाट किन्न अन्तिम तयारी भइरहेको जनाएको छ। त्यसबाहेक थप ६० लाख नागरिकका लागि आवश्यक एक करोड २० लाख खोप कोभ्याक्स भनिने खोपसम्बन्धी विश्वव्यापी अभियानबाट सरकारले प्राप्त गर्नेछ। उक्त खोप प्राप्तिको मिति टुङ्गो नलागेपनि चाँडै खोप प्राप्त भइसक्ने अधिकारीहरू बताउँछन्। जुम्लामा खोप लगाउन आवश्यक तयारी गर्दै स्वास्थ्यकर्मीहरू उक्त खोपहरू एकैपटक नभई विभिन्न खेपमा नेपाल आउने भनिएको छ। जनस्वास्थ्य क्षेत्रमा कार्यरत कैयौँ विज्ञहरूले प्रारम्भिक चरणमा खोपप्रति शङ्का उपशङ्का देखिनु समान्य भए पनि खोप अभियानलाई सफल पार्न सरकारले थप कदमहरू चाल्नुपर्ने धारणा राख्छन्। राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. अधिकारी सरकारले व्यापक सञ्चार अभियान अघि बढाउनुका साथै खोप कार्यक्रम सञ्चालनको ढाँचामा परिमार्जन गर्नुपर्नेमा जोड दिन्छन्।
news-49984599
https://www.bbc.com/nepali/news-49984599
टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही शुरू
टर्कीको सेनाले उत्तरी सिरियामा एउटा कारबाही शुरू गरेको छ।
सो कारबाहीका कारण अमेरिकी सैन्य साझेदार कुर्दिश नेतृत्त्वको सेनासँग टर्कीको सिधा सङ्घर्ष हुन सक्नेछ। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले कारबाही शुरू गरिएको घोषणा गरेका हुन्। एर्दोआनले टर्कीले उक्त स्थानलाई कुर्दिश मिलिसियारहित सुरक्षित क्षेत्र बनाउन चाहेको बताएका छन्। सिरिया सिमानामा टर्कीको सैन्य गतिविधि तेज ट्रम्पले के कारण टर्कीलाई दिए अर्थतन्त्र सखाप पारिदिने चेतावनी कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले टर्कीका युद्धक विमानहरूले सर्वसाधारणको बसोबास क्षेत्रमा आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विवादास्पद रूपमा उक्त क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्ने निर्णय गरेका थिए। टर्कीका राष्ट्रपति एर्दोआनसँगको एउटा फोन वार्तापछि उनले यस्तो निर्णय गरेका थिए। ट्रम्पको आलोचना ट्रम्पको कदमलाई कुर्दिश नेतृत्त्वको सिरियन डेमोक्र्याटिक फोर्सले पिठ्यूँमा छुरा घोपेजस्तो भन्दै आलोचना गरेको थियो भने राष्ट्रपति ट्रम्पकै सहयोगी रिपब्लिकनहरूले पनि त्यसको आलोचना गरेका थिए। तर उनले टर्कीले हमला गरे उसले आर्थिक समस्या बेहोर्नुपर्ने चेतावनी दिएका छन्। सिरियामा जिहादी समुह इस्लामिक स्टेटलाई हराउनेमा कुर्दहरू मुख्य अमेरिकी सहयोगीका रूपमा रहेका थिए। हमलाको घोषणा गर्दै टर्कीका राष्ट्रपति एर्दोआनले ट्विटरमा भनेका छन्- सिरियाको राष्ट्रिय सेनाको साथमा टर्कीको सेनाले भर्खरै 'अपरेसन पिस स्प्रिङ नामक सैन्य कारबाही शुरू गरेको छ।' उनले यो कुर्दिश मिलिसिया र इसलामिक इस्टेटविरुद्ध रहेको जनाएका छन्। उनले टर्कीले सिरियाको क्षेत्रीय अखण्डता र राजनीतिक एकताको सम्मान गर्ने र आफूहरूको सिरियाको कुनै पनि भूभाग कब्जा गर्ने उदेश्य नरहेको स्पष्ट पारेका छन्। आफ्नो निर्णयको आलोचना भएपछि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयका कारण सिरियामा तैनाथ एक हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका थिए। टर्कीले सिरियासँगको सिमानामा ४८० किलोमिटर लामो तथा ३० किलोमिटरभित्र सम्म फैलिएको 'सुरक्षित क्षेत्र' बनाउन चाहेको बताएको छ। उसको उद्देश्य टर्कीमा रहेका ३७ लाखमध्ये २० लाख सिरियाली शरणार्थीलाई त्यहाँ राख्ने रहेको बताइएको छ।
news-54926054
https://www.bbc.com/nepali/news-54926054
अमेरिका निर्वाचन २०२०: रिपब्लिकनहरूले 'वास्तविकता स्वीकार' गर्नै पर्ने डेमोक्रयाटहरूको भनाइ
डेमोक्र्याटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई "वास्तविकता स्वीकार" गर्न र कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।
अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन। अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन। उनले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई "बेवास्ता गर्दै" चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाइन्। "उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्," सङ्कटसँग सामना गर्ने विषयलाई "झनै कठिन" बनाएको भन्दै उनले भनिन्। "यो सर्कस बन्द गर र अमेरिकी जनतालाई साँच्चै मतलब हुने कार्य - उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा जस्ता विषयमा काम गर्न फर्क," उनले भनिन्। सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरे। अमेरिकामा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन्। त्यस्तै २४२,५२७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको भए पनि डोनल्ड ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन्। मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उनले कानुनी बाटो रोज्ने बताउँदै आएका छन् र उनको यो अडानमा अधिकांश रिपब्लिकन दलका नेताहरूले समर्थन जनाए जस्तो देखिन्छ। यसै हप्ता एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले "राष्ट्रपतिको विरासतलाई सहयोग नगर्ने" बताएका थिए। यसैबीच विगतमा दक्षिण अफ्रिकाका दिवंगत नेता नेल्सन मन्डेलाको नेतृत्वमा गठन भएको पूर्व विश्व नेताहरूको समूहले हार स्वीकार नगरेको विषयमा ट्रम्पको निन्दा गरेका छन्। उक्त कार्यले "अमेरिकी प्रजातान्त्रिक पद्धतिलाई जोखिममा पारेको" उनीहरूले बताए।
news-49418561
https://www.bbc.com/nepali/news-49418561
प्रीतम सिंह: ६० वर्षअघि राजा महेन्द्रलाई कश्मीरमा भेटेपछि नेपालमा व्यवसाय गर्न सहज बनाइदिने आश्वासन
बबरमहलबाट प्रसूतिगृहतिर जाँदा भेटिने एउटा गल्लीमा फराकिलो कम्पाउन्डभित्र बनेको एउटा पुरानो शैलीको घर छ।
त्यसको मूलद्वारमा सुनौलो प्लेटमा लेखिएको छ - सिंह रेजिडन्स। अर्थात् प्रीतम सिंहको घर। सोमवार अपराह्न त्यहाँ पुग्दा वातावरण चकमन्न थियो। अग्ला रूखहरूले छेकिएको सो घरमा घरधनी सिंह केही सहयोगीसँग बस्छन्। ढोकामा पहरा दिएर बसेका एक अधबैँसे पुरुषले घरको माथिल्लो तलामा पुर्‍याउँदा दाह्री फुलेर सेतै भएका प्रीतम सिंह भेटिए। शिरमा दस्तार (सिखहरूले लगाउने फेटा) बाँधेका उनी हँसिलो मुद्रामा थिए। प्रीतम सिंह अर्थात् काठमाण्डू उपत्यकामा बसोबास गर्ने सिख समुदायका नेता। जम्मू-कश्मीर राज्यमा ८४ वर्षअघि जन्मिएका उनी कसरी नेपाल आइपुगे र यही बसे भन्ने कथा रोचक छ। सक्रियता सन् १९५८ मा व्यवसाय गर्न नेपाल आएका अहिले पनि क्रियाशील छन्। उनी दिनहुँजसो चोभारस्थित एउटा निजी विद्यालयमा जान्छन् र त्यसको रेखदेख गर्छन्। नेपालमा बसोबास गर्न थालेको छ दशकपछि सिंहले एक पटक फेरि पुराना दिनहरू सम्झिए। त्यसो गर्दा कुनै बेला उनी भावुक बने त कुनै बेला रोमाञ्चित। जम्मू-कश्मीरबाट संयोगले ढुवानी व्यवसाय गर्न नेपाल आइपुगेका उनी सन् १९६० को एउटा घटना सम्झ‍ँदा निक्कै पुलकित देखिन्थे। त्यही घटनाले उनको जीवनमा नयाँ मोड ल्याइदियो। र, अहिले उनीसँग यसरी भेट गर्नुको सम्बन्ध पनि सोही दिनबाट विकसित घटनाक्रमसँग जोडिएको छ। राजा महेन्द्रसँग कश्मीरमा भेट सन् १९६० को जुलाई दोस्रो साता भारत-प्रशासित कश्मीरको राजधानी श्रीनगरमा राजा महेन्द्रसँग प्रीतम सिंहको भेट भयो। हुन त उनले त्यसको दुई वर्षअघि नै पहिलो पटक काठमाण्डूस्थित नारायणहिटी राजदरबारमा राजा महेन्द्रलाई भेटिसकेका थिए। तर श्रीनगरको त्यो भेट उनका लागि विशेष थियो। उनलाई त्यहाँका तत्कालीन प्रधानमन्त्रीले निम्त्याएर राजा महेन्द्रसँग भेटघाट गराएका थिए। राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग प्रीतम सिंह "म नेपालबाट आमाबुवालाई भेट्न भनेर श्रीनगर गएको थिएँ," त्यस बेलाको घटना सम्झदैँ उनले भने, "यस्तै जुलाईको ९-१० तारिखको कुरा हुनुपर्छ... म घरैमा थिएँ। एक्कासि त्यस बेलाको जम्मू-कश्मीरका प्रधानमन्त्री बक्सी गुलाब मोहम्मदबाट बोलावट भएको छ भन्ने खबर आयो।" उनलाई राजा महेन्द्र कश्मीर भ्रणममा आएका छन् भन्ने जानकारी त थियो, तर उनैलाई भेट्न प्रधानमन्त्रीले बोलाएका हुन् भन्ने चाहिँ थाहा थिएन। त्यहाँको मन्त्रिपरिषद्‌मा एक पटक मन्त्री बनिसकेका उनका भाइ रङ्गेल सिंहमार्फत् उनलाई खबर आएको थियो। "म घरबाट त्यस्तै दिउँसोको ४ बजेतिर राजभवन (श्रीनगरस्थित तत्कालीन प्रधानमन्त्रीको सरकारी निवास) गएँ, त्यहाँ त राजा महेन्द्र र बक्सी साहेबसँगै बसिरहेका थिए," उनले भने, "बक्सी साहेबले मलाई धाप मारेर 'यी हाम्रो ठूलो परिवारका सदस्य हुन्, नेपालमा व्यवसाय गर्छन्' भन्नुभयो।" त्यसपछि राजा महेन्द्रसँग करिब १५ मिनेटजति कुराकानी भएको प्रीतम सिंह सम्झन्छन्। कुराकानी "राजा महेन्द्रले 'नेपालमा व्यवसाय गर्न कत्तिको सहज छ? कुनै समस्या त छैन नि?' भनेर सोध्नुभएको थियो," उनी भन्छन्, "मैले 'सबै ठिकठाक छ' भनेँ।" उनका अनुसार राजा महेन्द्रले सिंहलाई आफ्ना शाही पार्श्ववर्ती मेजर जेनरल शेरबहादुर मल्लसँग चिनजान गराइदिए र भने, "तिमीलाई केही समस्या पर्‍यो भने मल्ललाई भन, म समाधान गराइदिन्छु।" राजा महेन्द्रले सन् १९६० जुनमा जापान, अमेरिका र क्यानडाको औपचारिक भ्रमण गरेर फर्कने क्रममा कश्मीरको पनि अनौपचारिक भ्रमण गरेको इतिहासकारहरूले लेखेका छन्। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँग प्रीतम सिंह तर उनीहरूले उक्त भ्रमणको उद्देश्य स्पष्ट पार्न सकेका छैनन्। प्रीतम सिंहले महेन्द्रको उक्त भ्रमणको उद्देश्यबारे खुलाउँदै भने, "राजा महेन्द्र र रानी रत्नसहित करिब ३० देखि ४० जनाको भ्रमण टोली अमरनाथ यात्रामा गएको थियो। उहाँहरू अमरनाथ यात्रामा निस्कँदा पहलगामसम्म पुर्‍याउन हामी पनि गएका थियौँ।" महेन्द्रसँगको त्यो सङ्क्षिप्त भेटपश्चात् केही दिनमा सिंह नेपाल फर्किए र ढुवानी व्यवसायमा मग्न भए। अनिकालको त्यो ढुवानी झन्डै दुई वर्षपछि एक दिन उनलाई अञ्चलाधीश कार्यालयबाट फोन आयो। "कालीबाजे भन्ने एकजना अञ्चलाधीश थिए, उनको नाम मैले बिर्सिएँ," सिंह भन्छन्, "उनले मलाई 'राजाबाट हुकुम भएको छ, भारतबाट तत्कालै १० हजार टन चामल ल्याउनुछ। कसरी ल्याउने हो?' भनेर सोधे।" त्यस बेला पाँच-सातवटा मात्र ट्रकका भरमा आफ्नो व्यवसाय चलाइरहेका उनका लागि त्यत्रो चामल केही दिनभित्रै ल्याउन निक्कै कठिन थियो। तर पनि उनले अञ्चलाधीशलाई भने, "मैले भनेको सुविधा दिनसक्नुहुन्छ भने म ल्याउन सक्छु।" अञ्चलाधीशले उनलाई सुविधा दिने आश्वासन दिएपछि सिंहले तीनवटा माग राखे- ट्रकको नम्बर प्लेट सहजै लगाइदिने, कर छुट गर्ने एवम् सामान लोड र अन्लोडलाई सहज बनाइदिने। उनले भारतीय ट्रकबाट ढुवानी गराउने उद्देश्यले यस्ता सर्त राखेका थिए। सरकारले उनका तीनवटै सर्त स्वीकार मात्र गरेन, भारतीय ट्रकहरूलाई अस्थायी नम्बर प्लेट लगाइदिने जिम्मा पनि उनैलाई दियो। "त्यस बेला मलाई ५०० देखि ६५० नम्बरसम्म आफैँ बाँड्न अनुमति दिइएको थियो। त्यसले गर्दा मैले सबैलाई आफैँ नम्बर लगाइदिँदै चामल ढुवानी गराएँ। सरकारले दुई-तीन महिना लाग्ने सोचेको रहेछ मैले १५-२० दिनभित्रै सबै चामल नेपाल ल्याइपुर्‍याएँ," उनी भन्छन्। सिंहका अनुसार त्यो चामल नेपालको पहाडी भेगमा अनिकाल लागेपछि भारतले सहयोगस्वरूप नेपाललाई उपलब्ध गराएको थियो। यसरी चाँडै सबै चामलको ढुवानी गराउन सफल भएपछि सिंहलाई राजा महेन्द्रले नारायणहिटी दरबारमै बोलाए। "त्यसबेला उहाँकै हातबाट मैले एक हजार रुपैयाँ बक्सिस, प्रमाणपत्र र धन्यवाद पाएँ," हाँस्दै उनले भने, "तर प्रमाणपत्रमा राजाको दस्तखत छैन। त्यसबेलाका खाद्यसम्बन्धी मन्त्रीको दस्तखत छ।" राजाको आदेशमा छोराको नागरिकता त्यही बेला राजा महेन्द्रले अरू केही चाहिन्छ कि भनेर सोधेछन्। "त्यस बेला मेरो छोरो चार वर्षको थियो। मैले उसलाई नागरिकता दिलाई पाऊँ भनेँ। राजाबाट हुकुम भयो अनि मैले पछि त्यसैका आधारमा छोराको नागरिकता पनि पाएँ," सिंह भन्छन्। त्यो महेन्द्रसँग उनको तेस्रो भेट थियो। त्यसको केही वर्षपछि महेन्द्रकी जेठी छोरी अधिराजकुमारी शान्ति राज्यलक्ष्मीको घरबाट सिंहलाई निम्तो आयो। त्यहाँ पुग्दा राजा महेन्द्र पनि उपस्थित थिए। राजाले सिंहलाई भने, "कुमार र अधिराजकुमारीले अमरनाथ यात्रा गर्ने इच्छा गर्नुभएको छ, तिमीले घुमाइदिनुपर्‍यो।" त्यसको केही दिनमै शान्ति, उनका पति बझाङ्गी राजा दीपक जङ्गबहादुर सिंह र अन्य केही व्यक्तिसहित प्रीतम सिंह अमरनाथ यात्राका लागि निस्किए। दीपकसँग र शान्तिको विवाह सन् १९६५ मा भएको थियो। सिंहलाई अमरनाथको त्यो यात्राको मिति सम्झना छैन, तर विवाहको एक-दुई वर्षपछि हो कि भन्ने लाग्छ। नेपाली राजपरिवारका ती सदस्यहरू अमरनाथ यात्राका क्रममा झन्डै एक महिना सिंहसँगै घुमे। उनले पथप्रदर्शक बनेर अमरनाथसहित कश्मीरका सबैजसो पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गराए। "उहाँहरू करिब १० दिनजति त हाम्रो घरमै पनि बस्नुभयो," उनी प्रफुल्ल मुद्रामा सुनाउँछन्। त्यस बेलादेखि अधिराजकुमारी शान्तिको परिवारसँग जोडिएको घनिष्ठता अहिले पनि कायमै रहेको उनी बताउँछन्। "उहाँहरू त हुनुहुन्न, तर अहिले पनि उहाँका छोराछोरीहरूसँग भेट भइरहन्छ। मेरो हालखबर सोधिरहन्छन्," सिंहले भने। विसं २०५८ सालमा भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारसहित अधिराजकुमारी शान्तिको पनि मृत्यु भयो। पहिलो भेट प्रीतम सिंहको राजा महेन्द्रसँग भएको पहिलो भेटको कथा पनि रोचक छ। जम्मूमा जन्मिएका उनले विद्यालयको पढाइ सकेपछि विमानचालक बन्ने सपना देखे। त्यो सपनाले डोर्‍याएर उनलाई लखनऊ पुर्‍यायो। त्यहाँ उनले विमानचालकको तालिम लिए। तालिम लिँदा उनका दुलत भन्ने मिल्ने साथी थिए। ती साथीले पछि नेपालको विमान उडाउन थाले र क्याप्टेन भए। राजा महेन्द्रका भ्रमणहरूमा विमान उडाएकाले उनको राजासँग निकट सम्बन्ध थियो। उनै साथीमार्फत् सन् १९५८ मा नेपाल आएका बेला सिंहले पहिलो पटक राजा महेन्द्रलाई राजदरबारमै भेटेका थिए। "त्यो भेटमै राजा महेन्द्रले के गर्नुहुन्छ भनेर सोध्नु भएको थियो," सिंह सम्झन्छन्, "हाम्रो परम्परागत रूपमा जम्मू-कश्मीरमा यातायातको व्यवसाय छ भनेपछि उहाँले 'नेपालमा आएर पनि व्यापार गर्नूस्, केही सहयोग चाहिए भन्नूस्' भन्नुभयो।" राजा महेन्द्रको आग्रहसँगै आफ्नै रुचिका कारण पनि उनले नेपाललाई व्यवसाय गर्ने थलो बनाउने सोच बनाएर त्यसको केही महिनामा नै उनी नेपालमा तीनवटा ट्रक लिएर आए। त्यस क्रममा कैयौँ दिन लगाएर भारतको पटनादेखि काठमाण्डू आइपुगेको उनी सम्झन्छन्। गुरुद्वारामा नेपाली पुजारी "कतै बाटो राम्रो थिएन, तराईमा त झन् बयलगाडा गुडाउने बाटो मात्र थियो," त्यसबेलाको नेपाल सम्झँदै उनी भन्छन्, "कान्ति राजपथबाट त ट्रक ल्याउन अझ मुस्किल थियो। जीपका लागि बनाएको बाटोमा हामीले धेरै दु:ख गरेर ट्रक लिएर आएका थियौँ।" काठमाण्डू उपत्यकामा ट्रक भित्र्याएपछि उनले हनुमानढोकामा गएर तीनवटै ट्रक दर्ता गराए। त्यस बेला दर्ता गरिएका ट्रकका नम्बर अहिले पनि उनलाई कण्ठ छन्- २३८, २३९ र २४०। ढुवानी व्यवसायमा संलग्न भएकाले उनले पनि अन्य ड्राइभरका साथमा चालक अनुमतिपत्र पनि लिए। "मेरो लाइसेन्स नम्बर ५२०० हो," दाह्री मुसार्दै उनले भने, "त्यो बेला अहिले जस्तै धेरै गाडी थिएनन्, सबै जस्तो काम हनुमानढोकाबाटै हुन्थ्यो।" अहिलेको व्यवसाय लामो समय ढुवानी व्यवसायमा संलग्न भएका सिंहको परिवारले अहिले भने त्यो व्यवसाय छाडेको छ। झन्डै १० वर्षअघि पहिले छोरा र त्यसको छ महिनापछि श्रीमतीको मृत्यु भएपछि उनी बिस्तारै ढुवानी व्यवसायबाट टाढिए। थापाथलीस्थित प्रीतम सिंहको घर उनीहरूले अन्य दुईजना साझेदारसँग मिलेर केही दशकअघि मोर्डन इन्डियन स्कूल सुरु गरेका थिए। अहिले पनि उनी त्यसैको रेखदेख गर्छन्। विद्यालयका लागि आवश्यक पर्ने बसहरूको प्रबन्ध उनैले गरिरहेका छन्। लामो समयको यातायात व्यवसायको अनुभव विद्यालय सञ्चालनमा पनि काम लागेको उनी बताउँछन्। उनका तीन छोरीहरू परिवारसहित विदेशमा छन्। नेपालमा भने उनका जेठा नाति छन्। ललितपुरमा बस्ने उनी आफ्नै एउटा विद्यालय चलाउँछन्। कश्मीरबारे मत प्रीतम सिंह पछिल्लो पटक करिब एक वर्षअघि कश्मीर पुगेका थिए। उनले त्यहाँको आफ्नो केही जमिन बेच्न चाहेको भए पनि हालसम्म बेच्न सकेका छैनन्। कश्मीरले पाएको विशेषाधिकार अन्त्य गरिनुलाई प्रीतम सिंह उचित मान्छन् उनी कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने गत अगस्ट ५ को भारत सरकारको निर्णयको समर्थक हुन्। उनी भन्छन्, "हामीले आफ्नो जग्गाजमिन पनि विक्री गर्न पाइरहेका थिएनौँ। एकदमै सस्तोमा किन्न खोज्थे, अब त्यहाँ सबैले जग्गाजमिन किन्न पाउने भएपछि महँगोमा विक्री हुन्छ।" सिंहलाई सो निर्णयले कश्मीरका धेरै नागरिकलाई फाइदा पुग्छ भन्ने लाग्छ। त्यहाँ भइरहेको आन्दोलनबारे चाहिँ उनी भन्छन्, "मलाई त सबै कुराहरू केही समयपछि ठिक हुन्छ जस्तो लाग्छ।" करिब डेढ घण्टा लामो कुराकानीपछि बैठक कोठाबाट उठेर भर्‍याङसम्म आइपुगेका सिंहले दुवै हात हल्लाउँदै भने, "तपाईंले मलाई साठको बखतमा पुर्‍याइदिनुभयो। आँखाअगाडि त्यो बेलाकै कुराहरू झलझली आउन थाल्यो।" नेपालमा सिखहरू
news-44256673
https://www.bbc.com/nepali/news-44256673
डोनल्ड ट्रम्प: किमसँग अर्को महिना वार्ताको सम्भावना
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग अर्को महिना शिखर वार्ता हुन सक्ने बताएका छन्।
जुन १२ तारिखमा हुने भनेर निर्धारित गरिएको भेट अचानक स्थगित गरेको घोषणा गरेको भोलिपल्ट पत्रकारहरूसँग कुरा गर्दै ‍ट्रम्पले अमेरिकी तथा उत्तर कोरियाली पक्षबीच हाल छलफल चलिरहेको बताए। उनले भने, "अब के हुन्छ भनी हामी हेर्दैछौँ। अहिले हामी उत्तर कोरियासँग छलफल गर्दैछौँ। हेरौँ अब के हुन्छ। जुन १२ मै पनि शिखर बैठक हुन सक्छ।" प्रशंसा उत्तर कोरियाली उपविदेशमन्त्रीले जारी गरेको विज्ञप्तिको पनि ट्रम्पले प्रशंसा गरेका छन्। सो विज्ञप्तिमार्फत् उत्तर कोरियाले आफू अमेरिकासँग कुनै पनि समय र कुनै पनि प्रकारमा कुरा गर्न तयार रहेको बताइएको छ।
news-51439840
https://www.bbc.com/nepali/news-51439840
कोरोनाभाइरस: विदेशमा फैलिएका षड्यन्त्रका कुरा र हल्लाका पछाडि नेपाली नेता पनि
विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्षलाई हल्ला तथा आधारहीन आशङ्काले प्रभावित पारिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला नेपालका केही वरिष्ठ नेताहरूले पनि चीनमा फैलिएको उक्त भाइरसको प्रकोपमा बाह्य शक्तिको हात रहेको हुन सक्ने आशयका टिप्पणी व्यक्त गरेका छन्।
हालैका दिनमा नेपालका दुई वामपन्थी नेताहरूले कोरोनाभाइरसको प्रकोपलाई अस्वाभाविक मान्दै सार्वजिनक टिप्पणी गरेका छन्। उनीहरूले भनाइमा "चीनको विकासको वेग रोक्ने प्रपञ्च पनि हुन सक्ने' भाव झल्किन्छ। उनीहरूले बोलेको कुराबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको छ। चीनबाट सुरु भएको उक्त भाइरस विभिन्न देशमा फैलिएको छ। चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ भने त्यहाँ सङ्क्रमणबाट आइतवारसम्म ९०८ जनाको मृत्यु भइसकेको छ। के भने प्रचण्डले? केही दिनअगाडि बोल्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा 'राजनीति मिसिएको' अर्थपूर्ण टिप्पणी गरे। उनले कोरोनाभाइरस सङ्क्रमणबारे "चीनलाई नरुचाउने वा मन नपराउनेहरूले" प्रचार गरेको दाबी गरे। "यसको प्रचारमा चाहिँ चीनलाई नरुचाउने शक्तिहरूले राजनीति गरेर वातावरणलाई त्रसित बनाइदिन खोजेको पनि हुन सक्छ," उनले भने। के भने बिजुक्छेले? उनीभन्दा अझ अघि बढेर नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त सोझै यो प्रकरणलाई चीनलाई तल खसाल्ने पश्चिमा षड्यन्त्रसँग तुलना गरेका छन्। आइतवार भक्तपुरमा बोल्दै उनले पश्चिमा देश विशेषत: अमेरिकालाई चीनले विकासमा पछार्न लागेकाले दु:ख दिने उद्देश्यका साथ कोरोनाभाइरस सङ्क्रमण गराएको हुन सक्ने बताए। "अबको २५ वर्षमा त हामीलाई पछार्छ र पुँजीवाद खत्तम हुन्छ भन्ने थाहा पाएर चीनलाई अब कसरी दु:ख दिने हो भन्ने तिनीहरूको मनमा परेको छ। सम्भवत: अहिले यो अचानक जुन कोरोनाभाइरस भनेर फैलाएको छ त्यो उनीहरूले नै फैलाएको हो कि भन्ने लाग्छ," बिजुक्छेले भनेका थिए। दुवै नेताले आफ्ना आशङ्का पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्। संसारभरि कस्ता हल्ला? चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले विश्वभरि नै षड्यन्त्र, आशङ्का र अफवाह फैलाउन मलिलो आधार प्रदान गरेको पाइएको छ। इन्टरनेटका प्राय: सबै माध्यममा हल्ला फिँजिएको छ। रुसमा त त्यस्ता हल्लाले प्राइमटाइम टेलिभिजन कार्यक्रममा समेत स्थान पाएका छन्। साथै ती रुसी प्रचारबाजीको एउटा उल्लेखनीय पक्ष चाहिँ तिनले अज्ञात पश्चिमा र अझ खासगरी अमेरिकालाई लगातार यसमा दोषी देखाउन खोजेका छन्। त्यहाँको एक मुख्य राष्ट्रिय टेलिभिजन नेटवर्क च्यानल वनले कोरोनाभाइरससम्बन्धी षड्यन्त्रका विषयवस्तु समेटेर विशेष कार्यक्रम उसको मुख्य सन्ध्याकालीन प्रसारण 'भ्रेम्या' मा प्रस्तुत गरिरहेको छ। ती कार्यक्रममा त्यस्ता षड्यन्त्रका हल्ला मेटाउने प्रयास गरिएको जस्तो देखाइन्छ तर पर्याप्त द्विविधाकासाथ दर्शकको मनमा आशङ्का उब्जाइन्छ। भ्रेम्याले प्रसारण गरेकामध्ये एक अनौठो आशङ्का चाहिँ यो सङ्क्रमणको नामलाई लिएर छ। कोरोनाको अर्थ ल्याटिन तथा रुसी भाषामा श्रीपेच वा मुकुट हुन जान्छ र यसलाई कुनै हिसाबमा डोनल्ड ट्रम्पसँग उसले जोडिदिएको छ। विगतमा ट्रम्पले थुप्रै सुन्दरी प्रतियोगितामा मुख्य अतिथि भएर विजेताहरूलाई सुन्दरीको श्रीपेच लगाइदिएको प्रसङ्गलाई पनि जोडिएको छ। वास्तवमा वैज्ञानिकहरूले सो भाइरसको आकार श्रीपेचजस्तै देखिने भएकाले तिनको नाम कोरोनाभाइरस राखेका हुन्। सो टेलिभिजनमा प्रसारण गरिएका रिपोर्टमा एक विज्ञलाई पनि देखाइन्छ जसले चिनियाँ कोरोनाभाइरसको स्ट्रेन कृत्रिम रूपमा सिर्जना गरिएको र त्यसको पछाडि अमेरिकी गुप्तचर निकाय वा अमेरिकी औषधि कम्पनी रहेको बताउँछन्। के भन्छ डब्ल्यूएचओ? विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रस एड्हानोम गेहब्रयससले पत्रकारहरूसँग यस्ता गलत सूचनाले "सङ्क्रमणविरुद्ध लडिरहेका साहसी मानिसहरूको कामलाई थप कठिन बनाइरहेको" बताए। "म त्रासबारे हैन, तथ्यको महत्त्वबारे भन्न चाहन्छु। मानिसहरूसँग आफूलाई र अन्यलाई जोगाउन आवश्यक तथ्यपूर्ण सूचनाको पहुँच हुनुपर्छ," उनले भने। अस्थी रूपमा 2019-nCoV भनिने गरेको नयाँ कोरोनाभाइरससँग सम्बन्धित गलत सूचनाले आशङ्का उब्जाउने र सर्वसाधारणमा त्रास फैलाउने उनले बताए। "हामी यहाँ डब्ल्यूएचओमा केवल यो भाइरससँग मात्र लडिरहेका छैनौँ, हामी यससँग सम्बन्धित अफवाहसँग पनि लडिरहेका छौँ जसले हाम्रो अघिल्लो लडाइँमा असर पारिरहेको छ।"
news-43727517
https://www.bbc.com/nepali/news-43727517
‘रासायनिक हमला’ भएको स्थानमा पहुँचको माग
विश्व स्वास्थ्य संगठन डब्लुएचओले सिरियाको डुमा शहरमा भएको संदिग्ध रासायनिक हमलाको निन्दा गर्दै सो घटनाका कारण करिब पाँच सय जना पीडितहरूमा विषाक्त रसायनको प्रभाव परेको विवरण प्राप्त भएको बताएको छ।
संगठनले एक वक्तव्यमा उक्त क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूले दिएको विवरण उल्लेख गर्दै आश्रय लिइरहेका ७० भन्दा बढी मानिसहरूको मृत्यु भएको जनाएको छ। उसले शंकास्पद हमला भएको स्थानमा तत्काल पहुँचको माग गरेको छ। सिरियाली सरकारले डुमा क्षेत्रबाट विद्रोही लडाकुहरूलाई हटाउने कार्यमा सफलता प्राप्त गर्नु केही समय अघि उसले त्यहाँ सुरु गरेको बमबारीमा रासायनिक अस्त्र प्रयोग नगरेको बताउँदै आएको छ। हमलाबारे अमेरिका-रुसबीच आरोपप्रत्यारोप सिरियाको हवाई अखडामा 'इजरेली आक्रमण'
news-55228066
https://www.bbc.com/nepali/news-55228066
नेपाल-भारत सम्बन्ध: पारवहन सन्धि पुनरवलोकनपछि नेपालले पाउने थप सुविधा यस्ता छन्
नेपाल-भारत सम्बन्ध सुधारको सङ्केतका रूपमा हेर्ने गरिएका हालैका श्रृङ्खलाबद्ध द्विपक्षीय बैठकहरूकै निरन्तरता ठानिएको यसै साता सम्पन्न एउटा संयुक्त संयन्त्रको बैठकलाई नेपाली पक्षले "अत्यन्त उपलब्धिपूर्ण" मानेको अधिकारीहरूले बताएका छन्।
नक्सा विवादपछि कटुतापूर्ण बनेको दुई देशको सम्बन्ध सुधारमा "दुवैतर्फबाट तत्परता देखाइएको" विश्लेषण भइरहेका बेला झण्डै अढाई वर्षपछि उक्त संयन्त्रको बैठक बसेको थियो। गएको सोमवार भर्चुअल माध्यमबाट भएको नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी संयन्त्र (आईजीसी) को बैठकमा दुवै देशका अधिकारीहरू नेपाल-भारत पारवहन सन्धि पुनरवलोकनलाई "अन्तिम रूप दिन" सहमत बनेको नेपाली अधिकारीहरूले जानकारी दिए। पारवहन सन्धिका साथसाथै दुई देशका अधिकारीहरू नेपाल-भारत रेल सेवा सम्झौताको संशोधनलाई पनि चाँडै अन्तिम रूप दिन तत्पर भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्यसबाहेक पूर्वाधार विकास र प्रयोग एवम् द्विपक्षीय व्यापार अभिवृद्धिबारे भएका छलफलहरूमा भारतीय पक्ष "सकारात्मक हुनु"लाई नेपाली अधिकारीले "महत्त्वपूर्ण उपलब्धि"का रूपमा अर्थ्याएका छन्। उक्त बैठकमा सहभागी मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव प्रकाश दाहालले भने, "सन् २०१८ यता यस्ता बैठकहरू भएका थिएनन्। झण्डै अढाई वर्षपछि बैठक भयो, त्यो मानेमा यो बैठक निकै उपलब्धिमूलक हो।" "हामीले राखेका धेरै विषयलाई भारतले सकारात्मक रूपमा लिनु व्यापारका हिसाबले निकै महत्त्वपूर्ण उपलब्धि हो।" नेपालको प्रस्ताव, भारतको सहमति मन्त्रालयका अनुसार पारवहन सन्धि तथा रेल सम्झौतामा नेपाल र भारतबीच व्यापारिक सम्बन्ध थप बलियो हुने खालका केही प्रावधानहरू थपिनेछन्। उक्त सन्धि पुनरवलोकन र रेल सम्झौता संशोधन टुङ्ग्याउन नेपालले प्रस्ताव राखेको मन्त्रालयले जनाएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, "वार्तामा नेपाल पक्षले नेपाल-भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रूप दिई शीघ्र हस्ताक्षर गर्न गरेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक भएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छन्।" सहसचिव दाहालले बैठकमा पारवहन सन्धि र रेल सम्झौतामा संशोधनका विषयहरूको विस्तृत छलफल भने नभएको बताए। उनले बीबीसीसँग भने, "पारवहनसम्बन्धी विस्तृत विषयहरूमा हामी यो बैठकमा प्रवेश गरेनौँ। किनकी हामीले यसअघि नै भएका विभिन्न चरणका बैठकमा ती विषयलाई विस्तृत रूपमा छलफल गरेर टुङ्ग्याइसकेका छौँ । यो बैठकमा चाहिँ त्यसलाई अब अन्तिम रूप दिने कुरा भयो।" थपिएका सुविधा यसअघिका चरणबद्ध बैठकहरूमा सहभागी भइसकेका नेपाली अधिकारीहरूका अनुसार पुनरवलोकन हुने पारवहन सन्धिमा नेपाललाई सहज हुने खालका केही कुराहरू थपिएका छन्। त्यस्तैमध्येको एउटा हो- 'इनल्यान्ड वाटरवे' भनिने नदीहरूको मार्ग प्रयोगको सुविधा। अहिलेको मस्यौदा जस्ताको तस्तै पारित भएमा अब नेपालले विभिन्न समुद्री बन्दरगाहबाट भारतभित्रै साना जलमार्गहरू प्रयोग गरेर सामानहरू ल्याउन पाउनेछ। त्यस्ता मार्गमा मुख्यत: तीनवटा रहेका छन्- कोलकाता-वाराणासी, कोलकाता-साहेबगञ्ज र कोलकाता-कालुघाट। अहिलेसम्म नेपालले तेस्रो मुलुकबाट सामान ल्याउँदा वा पठाउँदा भारतीय बन्दरगाहपछि स्थलमार्ग मात्र प्रयोग गर्दै आएको छ। जलमार्गको प्रयोगले लागत र समय दुवैको बचत हुने जानकारहरूको भनाइ छ। पुनरवलोकन गरिएको सन्धिको मस्यौदामा हाल वीरगञ्ज नाकाबाट मात्र भित्र्याइदैँ आएको 'बल्क कार्गो' अब विराटनगर र भैरहवा नाकाबाट पनि भित्र्याउन पाइने सुविधा थपिएको बताइएको छ। त्यस्तै पारवहन सन्धिलाई आधुनिक प्रविधिमैत्री पनि बनाउनु पर्ने भएकाले प्रविधिसँग सम्बन्धित केही संशोधन समेत गरिएको अधिकारीहरू बताउँछन्। उदाहरणका रूपमा 'कार्गो ट्र्याकिङ प्रणाली'लाई लिन सकिने उनीहरूको भनाइ छ। अब नेपाल-भारत आयात निर्यातमा यो प्रणालीलाई अनिवार्य गर्दै लगिने बताइएको छ। रेल सम्झौतामा के थपिन्छ? वर्तमान रेल सम्झौता परिमार्जन भएपछि नेपाली रेल पनि भारतका बन्दरगाहसम्म पुगेर सामान ल्याउन सक्ने उक्त सम्झौता संशोधनका छलफलहरूमा सहभागी अधिकारीहरू बताउँछन्। नेपालमा अहिले रेल सेवा विकासको क्रममा रहेकाले भविष्यमा त्यो सम्भावना रहेकाले सम्झौतामा त्यस्तो बुँदा राखिएको बताइएको छ। त्यस्तै भारतका निजी रेल सेवाहरूले पनि नेपाली नाकासम्म सामान ल्याउन पाउनेलगायतका व्यवस्था त्यसमा थपिएको अधिकारीहरूको भनाइ छ। यी दुई विषयबाहेक सोमवारको बैठकमा नेपाल-भारत व्यावार तथा वाणिज्यबारे थप विषयमा छलफल र सहमति जुटेको सहसचिव दाहालले जानकारी दिए। उनका अनुसार नेपालले फूलबारी-बङ्गलाबन्ध मार्ग प्रयोग गर्दै आएकोमा उक्त त्यो मार्गमा ट्राफिक समस्या धेरै देखिएको भन्दै भारतसँग एसियन राजमार्ग प्रयोग गर्न दिन माग गरेको छ। त्यसबारे भारतीय पक्षले सम्बन्धित निकायहरूसँग छलफल गरेर नेपाललाई जवाफ दिने भएको छ। नेपालले उक्त बैठकमा नेपाली जुटका सामग्रीमा भारतमा लगाइएको अतिरिक्त शुल्कबारे पनि कुरा उठाएको र त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराउने आश्वासन पाएको मन्त्रालयले जनाएको छ। पारवहन सन्धि र रेल सम्झौता संशोधनको आवश्यकता लामो समय द्विपक्षीय व्यापार वार्ताहरूमा सहभागी भएका वाणिज्य मन्त्रालयका पूर्व सहसचिव रविशंकर शैँजूका अनुसार नेपाल र भारतबीचको पारवहन सन्धिका कतिपय प्रवाधानहरू अहिलेको नयाँ परिस्थितिका लागि पुराना भइसकेका छन्। उनी भन्छन्, "प्रविधि र पूर्वाधार विकासका हिसाबले पनि कतिपय कुरा परिवर्तन गर्नुपर्ने अवस्था रहेको थियो। त्यसलाई चरणबद्ध छलफल गरेर टुङ्ग्याइसकिएको छ। अब हस्ताक्षर भएपछि लागु हुने हो।" उनी भारतमा कृषकहरूले धेरै अनुदान पाउने भएकाले सस्तोमा उत्पादन हुने हुँदा नेपालमा उत्पादित वस्तुले बजार नपाउने अवस्थालाई कम गर्नका लागि पनि पारवहन सन्धिमा केही प्रवाधान राख्नु आवश्यक परेको बताउँछन्। त्यस्तै रेल सम्झौतामा पनि दुवै देशका लागि समान रूपले फाइदा पुग्नेगरी संशोधन गर्नुपरेको उनको भनाइ छ। हस्ताक्षर कहिले होला? नेपाली अधिकारीहरूले उक्त सन्धि र रेल सम्झौताको अन्तिम रूप तयार भएर आगामी तीन महिनासम्ममा हस्ताक्षर हुनसक्ने बताएका छन्। तर त्यो कोरोनाभाइरस सङ्क्रमणको अवस्थामा पनि निर्भर गर्ने उनीहरूको भनाइ छ। नेपाल र भारतबीच पारवहन सन्धि हरेक सात वर्षमा दुवै पक्षको सहमतिमा नवीकरण गर्ने सहमति छ। यदि दुवै पक्षको संशोधन नभएमा यो स्वत: नवीकरण हुने गर्छ। पछिल्लो पटक सन् १९९ मा पुनरवलोकन भएको उक्त सन्धि सन् २०१३ मा नवीकरण भएको थियो। गत ज्यानुअरीमा उक्त सन्धिको समय सकिएको भए पनि त्यसबेला स्वत: नवीकरण भयो। अहिले यसको म्याद अझै ६ वर्ष बाँकी भए पनि नेपालले पुनरवलोकन चाहेकाले चाँडै पुनरवलोकन भएको सन्धिमा हस्ताक्षर हुने बताइएको हो। पुनरवलोकन भएको सन्धिमा हस्ताक्षर भएपछि स्वत: नवीकरण भएको पुरानो सन्धि स्वत: रद्द हुने प्रावधान छ।
news-46769240
https://www.bbc.com/nepali/news-46769240
सचिन तेन्दुलकरः एक चड्कनले बदलिएको जिन्दगी
सन् २०१३ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिने बेला सचिन तेन्दुलकरले खेलपछि प्रशिक्षक रमाकान्त अचरेकरलाई यसरी सम्झे, "मेरो खेलजीवन शुरू हुँदा म ११ वर्षको थिएँ। आज अचरेकर सरलाई स्ट्याण्डमा देखेर म निकै खुशी छु। म उहाँको स्कूटरमा बसेर एक दिनमा दुई-दुईवटा म्याच खेल्न जान्थेँ।"
सचिन तेन्दुलर र रमाकान्त अचरेकर "सरले मलाई स्कूटरमा लैजानुहुन्थ्यो ताकि मैले म्याच नछुटाऊँ। सरले मलाई कहिल्यै भन्नुभएन कि तिमीले एकदम राम्रो खेल्यौँ किनकि उहाँ चाहनुहुन्थेन म कहिल्यै लापरबाह होऊँ। तर सर अहिले त्यस्तो भन्न सक्नुहुन्छ किनकि अचेल म खेल्दिनँ।" दुई सय टेस्ट र चार सय ६३ वानडेमा करिब ३५ हजार रन र सयवटा शतक प्रहार गरेका खेलाडीले यस्तो भन्दा रमाकान्त अचरेकर कस्ता मान्छे थिए भन्नेबारे तपाईँ अनुमान गर्न सक्नुहुन्छ। तर त्यस्तो अनुमान गर्नुअघि त्यतिबेला रमाकान्त अचरेकर के गर्थे भन्ने कुरा बुझिहाल्नूस्। चम्किलो तारा त्यतिबेला अचरेकर बिरामी थिए र केही वर्षदेखि टीभी हेर्न पाइरहेका थिएनन्। टीभी सेट अगाडि पनि उनी बस्न सक्दैनथे, बोल्न गाह्रो हुन्थ्यो। तर उनको परिवारका सदस्यलाई यो कुरा थाहा थियो कि मुम्बईस्थित वानखेडे रङ्गशालामा जब सचिनले अन्तिम टेस्ट खेल्नेछन् तब अचरेकरका लागि त्यो एउटा भावुक पल हुनेछ। उनकी छोरी कल्पना मुरकरलाई थाहा थियो कि बुवालाई रङ्गशाला लैजानैपर्छ। सचिन तेन्दुलकरलाई क्रिकेट मैदानमा हेर्नका निम्ति अचरेकर पहिलो पटक रङ्गशाला पुगेका थिए। सन्यास लिने सचिनको फैसलालाई लिएर उनी सन्तुष्ट थिएनन्। आइपीएलमा पहिलोपटक नेपाली खेलाडी आईपीएलमा दिल्लीले सस्तोमै किनेको हो त सन्दीपलाई सन्दीप लामिछानेको क्रिकेट यात्रा अचरेकरकी छोरीका अनुसार सचिनले अझै केही वर्ष खेल्छन् होला भनी उनलाई लागेको थियो। खैर, कुरा एउटा भेटको हो, जसको कारण क्रिकेटको आकाशमा सचिन तेन्दुलकर जस्तो तारा चम्कियो। त्यो भेट रमाकान्त अचरेकर र ११ वर्षीय सचिन तेन्दुलकरबीचको थियो। त्यो भेटबारे सचिन तेन्दुलकरले आफ्नो आत्मकथा 'प्लेइङ्ग इट माइ वे' मा मीठो तरिकाले चर्चा पनि गरेका छन्। सचिनले लेखेका छन्, उनका दाइ अजितले अचरेकर सरसँग भेटाउन शिवाजी पार्क लगेका थिए, ‍जहाँ १५ वर्षमुनिको 'समर क्याम्प'का लागि 'ट्रायल' भइरहेको थियो। बच्चाहरूको खेल हेरेर क्याम्पमा लैजान सकिने वा नसकिने कुराको निर्क्यौल अचरेकर सरले गरिरहेका थिए। सचिनले आफ्नो अनुभवबारे लेखेका छन्, "मैले त्यसअघि नेट्समा कहिल्यै बलिङ्ग गरेको थिइनँ। वरिपरि धेरै मानिसहरू जम्मा भएका थिए। मलाई बलिङ्ग गर्न लगाइँदा मैले असहज महसुस गरिरहेको थिएँ।" "सरले निकै गम्भीरतापूर्वक हेरिरहनुभएको थियो, मैले खासै प्रभावित पार्न सकिनँ। मेरो बलिङ्गपछि सरले अजितलाई बोलाएर अहिले म धेरै सानो भएकोले पछि लिएर आउन भन्नुभयो।" सचिन अत्तालिएकोले टाढाबाट उसले बलिङ्ग गरेको हुर्नूस् भन्ने कुरामा अचरेकर सरको चित्त बुझाउन अजित सफल भए। प्रशिक्षणको सिलसिला अचरेकर सर तयार हुनुभयो र अभ्यासको क्रम शुरू भयो। त्यसको पाँच वर्षपछि सचिन भारतीय टोलीमा पुग्न सफल भए। रमाकान्त अचरेकरले शुरूकै दिनमा सचिनलाई घण्टौँसम्म अभ्यासमा पसिना बगाउन सिकाए, जुन कुरालाई सचिनले खेलजीवनभरि अनुशरण गरे। अभ्यासका दिनमा रमाकान्त अचरेकरले एउटा नियम लागु गरेका थिए- अभ्यासका क्रममा सचिनलाई आउट गर्ने बलरलाई उनले एउटा सिक्का दिनेछन्। र, सचिनले त्यो सिक्का कसैको हातमा पर्न नदिने भनेका थिए। त्यो नियमको दोस्रो रूप थियो यदि दिनभरि कुनै पनि बलरबाट आउट नभए सचिनले नै सिक्का पाउनेछन्। सचिनले एक एक गरी रमाकान्त अचरेकरबाट १३ वटा सिक्का पाए र अहिले पनि ती सिक्कालाई जतनका साथ राखेका छन्। सचिनका अनुसार ती सिक्का उनका लागि कुनै इनामभन्दा कम छैनन्। सचिनलाई एउटा खेलाडी बनाउनुभन्दा करिब दुई दशक पहिले रमाकान्त अचरेकर स्टेट ब्याङ्क अफ इन्डियाका कर्मचारी थिए। घरमा क्रिकेटको माहोल थियो किनकि उनका बुवा, विजय मांजरेकरका हजुरबुवासँग न्यू हिन्द क्लबको तर्फबाट क्रिकेट खेल्थे। हुन त रमाकान्त अचरेकरले पनि क्रिकेट खेल्न शुरू गरे तर उनी घरेलु क्रिकेटभन्दा अगाडि बढ्न सकेनन्। न्यू हिन्द क्लबका लागि चाहिँ उनी सचिन बनिसकेका थिए। यो कुरा सन् १९६४-६५ तिरको हो। एकदिन अचानक क्लबको मैदान नजिकैको दयानन्द बाल विद्यालयका विद्यार्थीहरूले मैदानमा अभ्यासका लागि अनुमति मागे। त्यसपछि शौखका रूपमा प्रशिक्षणको सिलसिला शुरू भयो। त्यसपछि अचरेकरको पहिचान एउटा प्रशिक्षकका रूपमा बन्न थाल्यो। सन् १९८१-८२ सम्म उनी सो क्षेत्रका उत्कृष्ट प्रशिक्षकका रूपमा स्थापित भए। अतः अजित तेन्दुलकरले आफ्ना भाइ सचिनलाई क्रिकेटर बनाउने निर्णय गर्दा उनले सबैभन्दा पहिला अचरेकरलाई सम्झे। सबैभन्दा पहिले अचरेकरले नै सचिनमा लुकेको प्रतिभाको पहिचान गरेका थिए। सचिन पनि यति खरो उत्रिए कि क्रिकेट जगत्‌ले उनलाई सधैँ सम्झिरहनेछ। हुन त अचरेकरको छत्रछायामा विनोद काम्बली, प्रवीण आमरे र अजित अगरकर जस्ता क्रिकेटर पनि थिए तर तीमध्ये कोहिनूर भएर सचिन नै निस्के जसले कैयौँ अवसरमा आफ्ना प्रशिक्षकहरूको शिर ठाडो बनाए। पूर्ण अनुशासित सचिनको लोभलाग्दो सफलताको कारण बताउँदै अचरेकर सधैँ एउटा कुरा भन्थे, अनुशासन। सचिनको पूरै खेलजीवनलाई नजिकबाट नियालेकाहरूले यो कुरा स्वीकार्छन् कि उनी एकदमै अनुशासित खेलाडी रहे। खासमा सचिनमा अनुशासनको जग हाल्ने र सफलतका लागि लगातार अभ्यास गर्नुपर्ने बानी सानैदेखि अचरेकरले नै बसाइदिएका थिए। २४ वर्षसम्म लगातार क्रिकेट खेल्नुको एउटा कारण घण्टौँसम्मको अभ्यासलाई सचिनले कहिल्यै बोझका रूपमा लिएनन्। शुरूवाती दिनमा सचिन तेन्दुलरले कमजोरी देखाउँदा अचरेकरले रिसमा एक चड्कन हानेका थिए। सो घटनाबारे सचिनले पनि चर्चा गरेका छन्। आफ्नो स्कूलको सिनियर टोलीको फाइनल म्याच हेर्न एकचोटि उनी म्याच खेल्न गएनन्। अचरेकरले यो कुरा सुनेपछि सबैका सामु सचिनको गालामा एक चड्कन हान्दै भने, "मानिसहरूले तिम्रो खेल हेरेर ताली बजाऊन् न कि हेर्ने ठाउँमा तिमी बसेर ताली बजाऊनू।" अचरेकरका अनुसार त्यो घटनापछि सचिनबारे कहिल्यै गुनासो गर्नुपरेन। र, त्यसपछि २४ वर्ष लामो खेलजीवनमा सचिनले हरेक शृङ्खलाअघि आफ्ना प्रशिक्षकसँग सरसल्लाह गर्न कहिल्यै बिर्सेनन्। सचिन लगायतका क्रिकेटरलाई खेलमा ल्याएका कारण अचरेकरलाई सन् १९९० मा प्रशिक्षकलाई दिइने सबैभन्दा ठूलो सम्मान द्रोणाचार्य पुस्कार प्रदान गरियो। त्यसको करिब २० वर्षपछि सन् २०१० मा उनलाई पद्‌मश्री पुरस्कार प्रदान गरियो। उनको निधनपछि सचिनले भनेका थिए, अचरेकर सरको उपस्थितिमा स्वर्गमा पनि क्रिकेट समृद्ध हुनेछ। क्रिकेट जगत्‌मा जब जब सचिनको नाम लिइनेछ, अचरेकरको पनि याद आउनेछ।
news-51223444
https://www.bbc.com/nepali/news-51223444
कोरोनाभाइरस: के नेपाल जोखिममा छ?
चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा पनि त्यसले चिन्ता बढाइरहेको छ। चीनमा भाइरस सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ।
पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा, त्यताबाट उक्त भाइरस नेपालमा प्रवेश गर्न सक्ने जोखिम कम गर्न समयमा नै सतर्कता अपनाउनुपर्ने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन्। डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरस नेपालमा देखा परिहाले सरफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्। यो भाइरसबाट बच्न अरू के गर्नुपर्छ? हेर्नुस् डा. पुनसँग कुराकानी गरेर बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ। अनि यो पनि:
news-48769523
https://www.bbc.com/nepali/news-48769523
तपाईँका घरका स्वच्छ राख्नैपर्ने आठ विषयहरूबारे तपाईँलाई थाहा छ?
ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।
काँचो वस्तु काटेपछि त्यस्ता सतहहरू राम्ररी सफा गर्नुपर्छ स्वास्थ्यका लागि हात, लुगा र भुइँ सही समयमा सफा गरिरहनु पर्छ- उक्त संस्थाले चेतावनी दिँदै भनेको छ- तर चारमध्ये एकजनाले त्यसलाई महत्त्वपूर्ण ठान्दैनन्। सही समयमा सही काम गर्न सकेमा सङ्क्रमण कम हुने र एन्टिबायोटिकले काम नगर्ने स्थिति पनि कम हुने बताइएको छ। र "अति सफा" भन्ने कुरा हुँदै हुँदैन। आरएसपीएच रिपोर्टका अनुसार मानिसहरूमा फोहोर, किटाणुहरू, स्वास्थ्य र सरसफाइबारे अन्यौल छ। दुई हजारजना मानिसहरूमा गरिएको सर्वेक्षणमा २३% ले आफ्ना बच्चालाई उनीहरूको रोगप्रतिरोधी प्रणाली राम्रो बनाउन खतराजन्य किटाणु भएका ठाउँमा पनि छाडिदिनुपर्ने ठानेको बताएका थिए। तर यो रिपोर्ट बनाएका विज्ञहरूले भनेका छन् "त्यो सम्भवत: हानिकारक विश्वास हो" जसले केही घातक सङ्क्रमण गराउन सक्छन्। बरु उनीहरू भन्छन्, मानिसहरू सफा देखिए पनि किटाणुहरू फैलाउने विशेष ठाउँहरू यथासमयमा सफा गर्नेमा केन्द्रित हुनुपर्छ। स्वास्थ्यका लागि ध्यान दिनुपर्ने आठ विषय के के हुन्? शौचालय प्रयोग गरिसकेपछि, खोकेपछि, हाछ्युँ गरेपछि, अनि बिरामी मानिसको सेवा गरेपछि हात धुनु अति आवश्यक रहेको रिपोर्टमा लेखिएको छ। भान्छाको भुइँ र मासु काटिसकेपछि काट्न प्रयोग गरिएको सतह अर्थात् 'चपिङ बोर्ड' सफा गर्नु अति आवश्यक छ। त्यसैगरी स्यान्डविच र खाजा बनाउनु अघि चपिङ बोर्ड सफा गर्नुपर्छ। र फोहोर सफा गरिसकेपछि भाँडा माझ्ने वस्तु र ब्रशहरू सफा गर्नुपर्छ। भुइँ र फर्निचर फोहोर देखिन सक्छन् तर तिनमा रहेका सूक्ष्म जीवाणुले स्वास्थ्य खतरामा भने पार्दैनन्। सरसफाइले ब्याक्टेरिया कसरी हटाउँछन्? भुइँ, भाँडाहरू तातो र साबुनपानीले धुँदा ब्याक्टेरियाहरू पखालिएर ढलमा पुग्छन्। द फूड स्ट्यान्डर्ड एजेन्सीका अनुसार "ब्याक्टेरिया मार्न भने ७० डीग्री सेल्सियस भन्दा माथिको तातो पानी चाहिन्छ।" कस्ता उत्पादन प्रयोग गर्ने? धेरैजसो तीन प्रकारका बस्तु छन् र तिनले फरक फरक काम गर्छन्। विज्ञहरू भन्छन्, "त्यसमा लेखिएका निर्देशनहरू पढ्नु महत्त्वपूर्ण छ।" खानेकुरा तयारी गरेपछि भुइँलाई कपडाले भन्दा कागजको रुमालले पुछ्नु राम्रो हुन्छ। यसले भान्छा सफा गर्ने कपडा प्रदुषित हुनबाट बच्छ। शौचालय प्रयोग गरेपछि हात धुनु महत्त्वपूर्ण छ विज्ञहरू के भन्छन्? लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनकी प्रोफेशर स्याली ब्लुमफिल्ड भन्छिन्, "मानिसले स्वास्थ्य र सफाइबीचको फरक थाहा पाउन जरुरी छ।" "सरसफाइले फोहोर र जीवाणु हटाउने भन्ने बुझिन्छ भने स्वास्थ्यकर सफाइ (हाइजीन)ले महत्त्तवपूर्ण स्थान र समयको सही सफाइ भन्ने बुझिन्छ जसले खाना बनाउँदा वा शौचालय प्रयोग गर्दा या घरपालुवा जनावरको रेखदेख गर्दा हुने सम्भावित सङ्क्रमणको जालो तोड्नेछ। " रोयल सोसाइटी फर पब्लिक हेल्थकी खाद्य र सरसफाइ विज्ञ प्रोफेशर लिसा अकरली भन्छिन् "घर बाहिर गएर साथीहरू, परिवार र घरपालुवा जनावरसँग खेल्दा फाइदाकारक ब्याक्टेरियासँग भेट हुन सक्छ र स्वस्थ्यकर सन्तुलन प्राप्त हुन सक्छ तर खराब कुरासँग भेट हुन भने भएन। राम्रो स्वास्थ्यका लागि त्यसो गर्नु हुँदैन। " "समयमै स्वास्थ्य रहने तरिका अपनाउने हो भने त्यसले सङ्क्रमणबाट बचाउँछ, त्यसो गर्दा सस्तोमा स्वस्थ्य रहन सकिन्छ र कम मेहनत पर्छ र 'राम्रो ब्याक्टेरिया'सँग पनि भेट त भइहाल्छ।" उनी भन्छिन्, "सङ्क्रमणबाट बच्ने भनेको हाम्रा बच्चाहरूलाई सुरक्षित बनाउनु हो र स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्नु पनि हो। सँगसँगै यसले एन्टिबायोटिक प्रतिरोधी समस्या विरुद्धको सङ्घर्षमा पनि ठूलो भूमिका खेल्छ।"
54942137
https://www.bbc.com/nepali/54942137
नेपाल-चीन सम्बन्धः सीमा विवादपछि चीनसँग नेपाली काङ्ग्रेस प्रतिवादमा ओर्लिनुको अर्थ के हो?
नेपालको उत्तरी छिमेकी चीन र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच नेपाल-चीन सीमा विवादका सम्बन्धमा भएको पछिल्लो वाद-प्रतिवाद अस्वाभाविक र जटिल भूराजनीतिक एवम् कूटनीतिक अवस्थाको सङ्केत भएको कतिपय विश्लेषकहरूले बताएका छन्।
उत्तरी नेपालको हुम्लास्थित सीमा विवादबारे आफ्नो एक नेताले दिएको प्रतिवेदनप्रति तीखो चिनियाँ प्रतिक्रियाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले चर्को प्रतिवाद गरेको छ। काङ्ग्रेस नेता जीवनबहादुर शाहीको प्रतिवेदन उल्लेख गर्दै चिनियाँ पत्रिका ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखमा आफूलाई भारतपरस्त पार्टीको रूपमा चित्रित गरिनु अनि लगत्तै नोभेम्बर १३ मा काठमाण्डूस्थित चिनियाँ दूतावासले पार्टीलाई लेखेको पत्रमा शाहीको प्रतिवेदनलाई "आधारहीन र झुटो" भन्दै "गैरजिम्मेवार र अमैत्रीपूर्ण" पनि भनिएकोमा सो दलको शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गम्भीर ध्यानाकर्षण भएको जनायो। उक्त प्रतिवेदन सम्बन्धमा दूतावासको "आधारहीन आरोप लामो समयदेखि नेपाली काङ्ग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमाविपरीत भएको" बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार बसेको थियो राजनीतिक र कूटनीतिक असर कस्ता? पछिल्लो घटनाक्रमलाई कतिपय विश्लेषकहरूले अप्ठ्यारो अवस्थाको रूपमा चित्रण गरेका छन्। खासगरी लामो समयदेखि चीनले नेपालमा शान्त कूटनीतिको प्रयोग गर्दै आएको ठानिन्थ्यो। अब त्यो अवस्था नरहेको प्रष्ट सङ्केत देखिएको राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले बताए। चीनले हुम्लाको सीमापारि आफ्नै भूमिमा भवनहरू बताएको दाबी गरेको छ "कठिन समय आएको छ। प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली काङ्ग्रेसले देशको सीमाबारे आफ्नो सरकारलाई केही भन्नै नपाउने भन्ने हुँदैन। नेपालभित्र चीनको बारे फरकफरक भनाइ नआओस् भन्ने अपेक्षा नै वाहियात हो। हरेकको व्यवहारबारे टीकाटिप्पणी अवश्य हुन्छन्," उनले ग्लोबल टाइम्सको लेख भन्दापनि दूतावास नै अग्रसर भएको चाहिँ अस्वाभाविक र आपत्तिजनक भएको बताए। प्राध्यापक खनालले प्रतिपक्षी दललाई कूटनीतिक संवेदनशीलताको भने ख्याल गर्न सुझाव दिए। विदेश मामिलाका जानकार तथा पत्रकार एवं देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे पनि यसलाई शुभ सङ्केत मान्दैनन्। "विगतमा वीपी कोइरालाको पालामा नेपाल सरकारले मुस्ताङमा फायरिङ भएको विषय उठाउँदा चीनले माफी पनि मागेको थियो। तर अहिले पार्टीगत रूपमा अस्वाभाविक स्थिति आएको छ किनभने नेपाल सरकार स्वयंले चाहिँ चीनले सीमा नमिचेको बताइरहेको छ," उनले भने। "आन्तरिक मामिलामा भारत र पश्चिमालाई जसरी निम्त्याइयो त्यसको स्वाभाविक परिणति हो अहिलेको हामीले हेपिनुपर्ने र गाली खानुपर्ने अवस्था," उनले भने। जटिल भूराजनीतिको चपेटा केही समययता दक्षिण एशियाको भूराजनीतिमा नाटकीय परिवर्तनहरू आइरहेका छन्। महिनौँदेखि नेपालका दुई छिमेकी भारत र चीनबीच सीमा विवादका कारण अत्यन्त तनावपूर्ण स्थिति छ। अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिका कारण यो क्षेत्र अर्को शीतयुद्धको केन्द्र त हुने होइन भन्ने चिन्ता धेरै विश्लेषकहरूले गरिरहेका छन्। विगतमा अमेरिका र सोभियत सङ्घजस्ता महाशक्ति राष्ट्रबीचको शीतयुद्धकालमा नेपालले असंलग्नता र तटस्थता प्रदर्शन गरेको थियो। अब त छेउका दुई छिमेकी नै विपरीत ध्रुवमा देखिएका छन्। "शीतयुद्धको पुनरुत्थानका प्रयत्नहरू भइरहेका छन्। यतिखेर नेपाल कुनै धुर पस्ने वा कसैको पक्षपोषण गर्ने काममा लाग्नु हुँदैन," चीनका लागि पूर्व नेपाली राजदूत टङ्क कार्कीले बताए। उनले नेपाललाई कुनै एउटा ध्रुवमा लाग्न प्रत्यक्ष वा अप्रत्यक्ष प्रयास भइरहेको हुनसक्ने भन्दै दुवै देश छिमेकी भएका हुनाले नेपालले कतैतिर नलागी स्वतन्त्र र तटस्थ परराष्ट्रनीति अङ्गीकार गर्नुपर्ने बताए। यो अवस्थामा सीमा विवादजस्तो अत्यन्त संवेदनशील मुद्दामा देशको एउटै स्वर हुनुपर्ने पत्रकार तथा विश्लेषक घिमिरे बताउँछन्। "चीनसँग सिमाना विवाद छ भन्ने कुरा उठ्नासाथ परराष्ट्रमन्त्रीले छैन भनेर जबाफ दिइहाल्नु कूटनीतिक विचलन हो। यस्तो विषयमा दुवै देश बसेर समाधान गर्नुपर्छ। चीनले पनि अधिक-प्रतिक्रिया जनाइहाल्नु उचित छैन," उनले भने।
news-43826685
https://www.bbc.com/nepali/news-43826685
एमाले-माओवादी एकता: 'माधव नेपाल खलनायक हुन सक्दैन'
माओवादी नेताहरू एकता महाधिवेशनपछि केपी ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने सहमति रहेको बताउने गरेका छन्।
तर एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टीको भावी नेतृत्व सुम्पिने सुनिश्चितता अहिले नै गर्न नहुने पक्षमा देखिएपछि एकता प्रक्रिया अलमलमा परेको कतिपयको ठम्याइ पाइन्छ। हाम्रा साथी शरद केसीले नेता नेपाललाई सम्पर्क गरी “अन्तिम चरणमा पुगेको भनिएको पार्टी एकता प्रक्रियामा तपाईँले खलनायकको ‌ भूमिका खेलेको भन्ने आरोप छ नि?” भनी सोधेका थिए। "यो त कुन चाहिँ खुराफातीले भनेको कुरा हो। माधव नेपाल एकताको पक्षपाती हो। माधव नेपाल खलनायक हुन सक्दैन ...। माधव नेपाल त नेता मान्छे हो, नायक मान्छे हो। " सुन्नुहोस् उनीसँगको कुराकानीको सम्पादित अंश (फोटो: नेता नेपालको फेसबुक पृष्ठबाट)
news-54913486
https://www.bbc.com/nepali/news-54913486
कोरोना भाइरस महमारी: नेपालमा लाखौँ मानिसको रोजगारी गुम्यो, सरकारले कसरी गर्न सक्छ सहयोग
दशैँको मुखमा अनि गन्तव्य देशमा महामारी व्यापक फैलिरहेकै बेला पनि केही महिनाअघि मात्र अत्यन्त कष्टका साथ घर फर्किएका हजारौँ नेपालीहरू फेरि भारततिर लागेका तस्बिरले देशभित्र बेरोजगारीको अवस्था कति भयावह बनिरहेको छ भन्ने देखाएको अर्थविद्हरू बताउँछन्।
पर्यटन गतिविधि सुस्त हुँदा धेरैको रोजगारीमा गम्भीर प्रभाव परिरहेको छ कोरोनाभाइरस महामारी र त्यसको सङ्क्रमण विस्तार गर्न लगाइएका लकडाउनको सबभन्दा धेरै घातक असर मानिसहरूको जीविका परेको छ। नेपालमा यही कारण १५ लाखभन्दा धेरै मानिसले रोजगारी गुमाएको हुनसक्ने विवरणहरू सार्वजनिक भएका छन्। करिब ८० लाख मानिस कुनै न कुनै काममा अल्झिएको अनि थप मानिसहरू अनौपचारिक क्षेत्र भनिने अभिलेखमा नदेखिने रोजगारीमा सामेल भएको मानिन्छ। "यो पृष्ठभूमिमा यति सङ्ख्यामा रोजगारी गुम्नु भनेको निकै धेरै हो। हाम्रो ठूलो जनशक्ति श्रममा आधारित नै रहेको हुनाले हामीलाई धेरै क्षति भएको छ," भूतपूर्व अर्थसचिव रामेश्वर खनालले बताए। "यो अत्यन्त खराब अवस्था हो। रोजगारी गुम्नुको अर्थ गरिबी बढ्नु पनि हो। कोभिडकै कारण नेपालमा थप १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएको विवरण आएका छन्," अर्थविद् केशव आचार्यले बताए। यसरी रोजगारी गुमाउनेमा ठूलो सङ्ख्या महिलाहरूको पनि छ। "हालसालै महिला मन्त्रालय अनि राष्ट्रसङ्घको महिला निकायले गरेको द्रुत अध्ययनका बेला सम्पर्क गरिएका महिलाहरूमध्ये ८३ प्रतिशतले काम गुमाएको पाइयो। त्यसमाथि पनि पहिलेदेखिनै जोखिममा परेका मधेशी वा मुस्लिम वा एकल महिला समूहहरूमा झन् धेरै अप्ठेरो परेको छ," महिला रोजगारीका विषयकी जानकार शरु जोशी श्रेष्ठले बताइन्। प्रत्येक वर्ष सरदर पाँच लाख थप मानिसलाई रोजगारी दिलाउनुपर्ने लक्ष्य त पूरा हुन नसकिरहेको अवस्थामा एक्कासि गुमेको यति धेरै रोजगारी पुनर्स्थापना गर्न सकिएला त? अर्थविद्हरू भन्छन् - सकिन्छ तर त्यसका लागि सरकारले दृढ अठोटका साथ केही काम तत्काल गर्नुपर्छ। के होलान् त त्यस्ता काम जसले अर्थतन्त्रलाई पुन: चलायमान बनाउन सक्छन्? सरकारका सामु के छ विकल्प? कोरोनाभाइरस महामारीको बेला रोजगारीमा पुगेको क्षति नेपालले मात्र बेहोरेको नौलो सङ्कट होइन। विश्वभरि यस्तै प्रभाव परिरहेका छन्। अनि विश्वभरि विभिन्न सरकारहरूले यसलाई पुन: जागृत गर्न कदम पनि चालिरहेका छन्। छिमेकी देशहरू बाङ्ग्लादेशमा प्रत्यक्ष नगद सहयोगसहित अर्बौँ डलर बराबरको राहत प्याकेज ल्याइएको छ भने भारत र पाकिस्तानले पनि ठूलो धनराशिसहित आर्थिक पुनरुत्थानका विभिन्न प्याकेज घोषणा गरेका छन्। नेपालले केही अर्ब रुपैयाँ कोरोनाभाइरस व्यवस्थापनमा खर्च गरेको र केही राहत मौद्रिक नीतिमार्फत् अघि सारे पनि आर्थिक पुनरुत्थानका उल्लेखनीय प्याकेज ल्याएको छैन। सङ्कटका बेला सरकारले सार्वजनिक पूर्वाधारमा व्यापक लगानी गरेर रोजगारी सृजना गर्न सुझाइएका छन् अर्थविद्हरूले अब त्यस्तो गर्न ढिलो गर्न नहुने सरकारलाई सुझाव दिएका छन्। "अर्थतन्त्र त्यतिखेर मात्र चल्छ जतिखेर मानिसहरूसँग आयस्रोत हुन्छ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण त बाँच्नकै निम्ति पनि मानिसहरूलाई आयस्रोत जरुरी हुन्छ। त्यो रोजगारीमार्फत् नै गरिनुपर्छ," अर्थविद् पुष्प शर्माले बताए। तत्काल व्यापक रोजगारी सिर्जना गर्न अहिले सरकार नै अघि सर्नुपर्ने सुझाव पूर्वसचिव खनालले दिएका छन्। "यस्तो ठूलो खति भएको बेला अर्थशास्त्रको नियमले के भन्छ भने निजी क्षेत्रले मात्र यो सक्दै सक्दैन। सरकारले वित्तीय नीतिमार्फत् कदम चाल्नै पर्छ। यसको तात्पर्य के हो भने सरकार वा सरकारी संयन्त्रले खर्च वृद्धि गरेर श्रममूलक योजनामा लगानी गर्नुपर्छ। जस्तोसुकै निर्माण कार्य होस् - त्यो अहिलेको लागि वा भविष्यका लागि आवश्यक छ/छैन नहेरीकनै लगानी गर्नुपर्छ ताकि मानिसहरू काममा अल्झिन पाऊन्," उनले भने। सरकारले केही खर्ब रुपैयाँ विकास निर्माण कार्यहरूमा तत्काल लगानी गरेर रोजगारीका व्यापक अवसर सिर्जना गर्नुपर्ने उनीहरूको सुझाव छ। अनि त्यसो गर्न नेपाल सरकारसँग स्रोतको अभाव नहुने उनीहरूको ठम्याइ छ। 'स्रोत छ, तर इच्छाशक्ति आवश्यक' धेरैको सोचाइ के छ भने नेपालजस्तो गरिब देशले कसरी ठूलो धनराशिको प्याकेज ल्याउन सक्ला र? तर अर्थविद्हरू भन्छन् सङ्कटको बेला सरकारलाई स्रोत अभावले अड्काउनेछैन। एक त विद्यमान बजेट तथा नीतिकै अक्षरश: पालना गरेमा पनि समस्या धेरै हदसम्म समाधान हुनसक्ने उनीहरू ठान्छन्। "यसपालिको बजेटमै सात लाख रोजगारी सिर्जना गरिने भनेर विनियोजन गरिएका छन्। प्रधानमन्त्री रोजगार योजना, गरिबी निवारण कोष, साना पूर्वाधार निर्माण, वन, कृषि तथा सिँचाइजस्ता क्षेत्र पहिचान गरिएका छन्। तर खै त तिनको कार्यान्वयन?" खनालले प्रश्न गरे। पूर्वाधारका थुप्रै क्षेत्रमा सरकारले प्रशस्त लगानी गर्न सक्ने सम्भावना देखिन्छ उनको भनाइमा यदि बजेट पुगेन भने पनि अहिलेको अवस्थामा त सरकारले राष्ट्र ब्याङ्कलाई नोट छाप्न लगाएर भए पनि खर्च गर्नुपर्छ। अर्थविद् आचार्य र शर्मा पनि अहिले खर्च गरेर माग सिर्जना गराउन सकिए त्यसपछि अर्थतन्त्र चलायमान हुने र सङ्कट टर्ने ठान्छन्। शरु जोशी श्रेष्ठका अनुसार रोजगारी गुमाएका महिलाहरूलाई झनै दूरगामी मनोसामाजिक असर परिरहेको छ। उनीहरूको उत्थानका लागि सरकारले लक्षित प्याकेज ल्याउनुपर्ने उनले बताइन्। तर चारै जनाले यो काम गर्न सरकारले प्रदर्शन गरेको 'उदासीनता'प्रति आश्चर्य प्रकट गरे। 'सबै अवस्था अनुकूल' सरकारले ठूलो ऋण लिएर परिचालन गर्नु सामान्य अवस्थामा जोखिमपूर्ण नै मानिन्छ। तर नेपालको हकमा अहिले आन्तरिक तथा बाह्य दुवै क्षेत्र यसो गर्न अनुकूल रहेको कतिपय अर्थविद्हरूले बताएका छन्। ब्याङ्कमा सामाजिक सुरक्षा भत्ता लिनेको लाइन नेपालको तथ्याङ्क हेर्दा कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४० प्रतिशतभन्दा पनि कम ऋण रहेको छ। "सामान्यतया: यो अनुपात ८० प्रतिशत ननाघेसम्म खासै चिन्ता गर्नुपर्दैन। त्यसैले आवश्यक परेको खण्डमा नेपाल सरकारले १८-२० खर्बसम्म ऋण लिन सक्छ। जबकि त्योभन्दा धेरै कम लिए पनि अहिले पुग्छ," आचार्यले बताए। त्यसको लागि आन्तरिक अवस्थापनि अनुकूल रहेको उनले औँल्याए। "हाम्रा ब्याङ्कहरूमा अहिले लगानीयोग्य दुई खर्ब रुपैयाँ अधिक तरलता छ। ब्याजदर पनि निकै कम दुईदेखि पाँच प्रतिशत छ। सरकारले यो सस्तो ब्याजदरमा ऋण उठाउन सक्छ," उनले भने। अर्कोतिर विगतमा जस्तो सरकारले धेरै ऋण लेला भनेर बाह्य दातृनिकायले पनि प्रश्न गर्ने अवस्था अहिले छैन। बरु विश्व ब्याङ्क तथा मुद्रा कोषजस्ता संस्थाले आर्थिक पुनरुत्थानका निम्ति सहयोग नै गर्न तम्तयार रहेको देखिन्छ। "राजनीतिक इच्छाशक्ति हुने हो भने खर्च वा लगानी वृद्धि गरेर रोजगारीमा धेरैभन्दा धेरै मानिसलाई अल्झाउन सकिन्छ," पुष्प शर्माले बताए। चरम पुँजीवादी भनिएका अमेरिकाजस्ता देशले समेत यो बेला प्रत्यक्ष नगद सहयोग गरेर माग सिर्जना गरिरहेका छन् भने समाजवादी अर्थव्यवस्था अपनाएको मुलुकले अनकनाउनुपर्ने कारण नरहेको अर्थविद्हरूको भनाइ छ।
news-54004332
https://www.bbc.com/nepali/news-54004332
कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकासहित वाग्मती प्रदेशमा कुल सङ्क्रमितमध्ये झन्डै एकतिहाइ महिला, सङ्ख्या बढ्नुको कारण के हो
विभिन्न जिल्लामा महिलाहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने क्रम उल्लेख्य सङ्ख्यामा बढेको तथ्याङ्कले देखाएको छ। देशभरि फेला परेका सङक्रमितमध्ये महिलाको सङ्ख्या २२ प्रतिशत भए पनि केही जिल्लामा उक्त सङ्ख्या ३० देखि ४० प्रतिशतसम्म छ।
यो वृद्धिलाई केही विज्ञहरूले सङ्क्रमण "भुसको आगो जसरी" समुदायमा फैलिन थालेको सङ्केतका रूपमा बुझेका छन्। तर त्यो पुष्टि गर्न पर्याप्त आधारहरू छैनन्। काठमाण्डू उपत्यकामा केही समययता परीक्षण गरिएकामध्ये झन्डै २५ देखि ३० प्रतिशत महिलामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सङ्क्रमण पुष्टि हुनेमध्ये कतै यात्रा नगरेका व्यक्तिको सङ्ख्या ६० प्रतिशतभन्दा बढी छ। "यसको अर्थ केही हदसम्म समुदायमा सङ्क्रमण रहेको भन्ने हो," महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने। तथ्याङ्कले के भन्छ? सरकारले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म ४१,६४९ जनामा सङ्क्रमण प्रमाणित भएको छ। तीमध्ये महिलाको कुल सङ्ख्या ९,२७२ अर्थात् २२.३ प्रतिशत छ। बुधवार अपराह्णसम्म देशभरि १८,१०८ जनामा सक्रिय सङ्क्रमण थियो। उपत्यकामा अहिले ५,००० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म उपत्यकाका तीन जिल्लामा पुष्टि भएका सङ्क्रमितमध्ये झन्डै ३५ प्रतिशत महिला छन्। काठमाण्डू जिल्लामा निको भएकासहित कुल ५,२६५ जनामा सङ्क्रमण देखिएकोमा झन्डै ३३ प्रतिशत महिला, ललितपुरमा ७७२ सङ्क्रमितमध्ये झन्डै ४३ प्रतिशत महिला र भक्तपुरमा ५५६ सङ्क्रमितमध्ये झन्डै ४० प्रतिशत महिला छन्। चितवनमा पनि सङ्क्रमित महिलाको सङ्ख्या उल्लेख्य छ। त्यहाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत महिला छन्। अरू प्रदेशसँग तुलना गर्दा वाग्मती प्रदेशका जिल्लाहरूमा सङ्क्रमित महिलाको प्रतिशत उच्च देखिएको छ। वाग्मतीमा भेटिएका सङ्क्रमितमध्ये एकतिहाइ महिला छन्। अहिलेसम्म सर्वाधिक ११,३६१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ मा महिलाको सङ्ख्या १५ प्रतिशत मात्र छ। कारण के हो? डा. पाण्डेका अनुसार प्रारम्भिक चरणमा क्वारन्टीनमा बढी परीक्षण गरिएको थियो। बाहिरबाट आएर क्वारन्टीनमा ८५ प्रतिशतजति पुरुष बसेकाले महिलाहरू सङ्क्रमित हुने सङ्ख्या निकै कम थियो। "श्रममा भारत र विभिन्न मुलुक जानेमा पुरुषहरू बढी थिए। त्यस बेला १५ देखि ४५ वर्षका व्यक्तिहरू धेरै सङ्क्रमित भएका थिए," उनले भने। तर पहिलो पटक लकडाउन अन्त्य भएपछि तथा तराईका जिल्लामा कलकारखाना खुलेसँगै भारतबाट कामदारहरू आएका र त्यसपछि नेपालमा पनि सङ्क्रमण बढ्ने क्रम सुरु भएको उनको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन महिला र ६०-६५ वर्षमाथिका जेष्ठ नागरिकहरू सङ्क्रमित हुने क्रम बढ्नु समुदायमा सङ्क्रमण पुगेको 'दरिलो सङ्केत' भएको आफ्नो बुझाइ रहेको बताउँछन्। नेपालमा अझै पनि पुरुषका तुलनामा महिलाहरू कामकाजमा कम सक्रिय रहेका कारण पनि उनीहरू नै सङ्क्रमित हुने क्रम बढ्नुले घरघरमा सङ्क्रमण पुगेको सङ्केत गरेको विज्ञहरू बताउँछन्। "पुरुषका तुलनामा महिलाहरूको घरव्यवहारमा बढी हात हुने हुँदा उनीहरू नै सङ्क्रमित भएको अवस्थामा त्यो फैलिन सक्ने जोखिम उच्च रहन्छ," डा. पुनले भने। परीक्षणका लागि एन्टीबडी विधि किन? कोभिड-१९ बाट बिरामी हुनेहरूको सङ्ख्या तीव्र रूपमा बढेसँगै सरकारले एन्टीबडी परीक्षण सुरु गर्ने तयारी अघि बढाएको छ। उक्त कार्य विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओसँगको सहकार्यका आधारमा अघि बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपालमा समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको अवस्था हो होइन भन्ने पत्ता लगाउनका लागि "एलाइजा" विधिबाट एन्टीबडी परीक्षण गरिन लागेको हो। त्यसका लागि हाल जनशक्ति छनोटको कार्य भइरहेको अधिकारीहरूको भनाइ छ। कोरोनाभाइरस सङक्रमण भएपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टीबडी बनाउन थाल्छ "जनशक्ति आउटसोर्सिङको काम सकिनासाथ हामी उनीहरूलाई तालिम दिन्छौँ। करिब एक हप्तामा उनीहरूलाई परिचालन गर्न सकिने अवस्था देखिन्छ," डा. पाण्डेले बीबीसीलाई बताए। "हामीले अन्तर्राष्ट्रिय रूपमा समेत मान्यता हुनेगरी काम अघि बढाइरहेका छौँ।" परीक्षणका लागि के गरिन्छ? डा. पाण्डेका अनुसार मुलुकका सातै प्रदेशबाट सबै उमेर समूहको प्रतिनिधित्व हुनेगरी रगतको नमुना सङ्कलन गरिनेछ। खासगरी छ हप्तासम्म यात्रा नगरेका मानिसहरूको शरीरबाट तीनदेखि पाँच मिलिलिटर रगत सङ्कलन गरेर सबै नमुना राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइने उनको भनाइ छ। "छ हप्तासम्म कहीँ पनि नगएका मानिसको परीक्षणले समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको छ वा छैन भन्ने विषय प्रष्ट पार्नेछ।" एन्टीबडी परीक्षण गर्ने कार्य धेरै कठिन नभए पहिलो पटक गर्न लागिएको अवस्थामा व्यवस्थापनका विषयमा समय लागेको डा. पाण्डेले जानकारी दिए। उनका अनुसार एन्टीबडी परीक्षण गरेको केही समयपछि परिस्थिति परिवर्तन हुनसक्ने भएकाले तीन वर्षसम्मको योजना तयार सरकारले योजना बनाएको छ। के हो एन्टीबडी परीक्षण? कोरोनाभाइरस सङ्क्रमण भए नभएको हेर्ने विषयमा यो अन्तर्राष्ट्रिय रूपमै मान्यता प्राप्त गरिसकेको परीक्षण विधि रहेको विज्ञहरू बताउँछन्। डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणसँग लड्न शरीरले बनाएको तत्त्व अर्थात् एन्टीबडीले शरीरमा पहिला सङ्क्रमण सङ्केत दिन्छ। "पीसीआर विधिबाट तत्कालीन अवस्था वा परीक्षण गरिएको अवस्थामा सङ्क्रमण भएको छ वा छैन पत्ता लाग्छ। एन्टीबडीले भने सर्भेलन्सको काम गर्छ। रगत परीक्षणबाट कसैमा कुनै समयमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो वा थिएन भन्ने कुरा हेर्न सकिन्छ," उनले भने। "तसर्थ समुदायमा सङ्क्रमण फैलिएको नफैलिएको हेर्नका लागि यो राम्रो विधि हो।" विज्ञहरूका पीसीआर विधि व्यक्तिमा सङ्क्रमण पत्ता लगाउन उपयुक्त हुन्छ भने व्यक्तिबाटै सङ्कलित नमुना जाँचिने भए पनि समुदायको अवस्था हेर्न एन्टीबडी परीक्षण प्रभाकारी हुन्छ। अनि एन्टीबडी परीक्षणको विधि पीसीआरजस्तो जटिल पनि हुँदैन। एउटा उपकरणमा एक पटकमा ४५ वटा नमुना परीक्षण गर्न सकिने जानकारी डा. पाण्डेले दिए। पनि कोठामा पनि यो विधिबाट परीक्षण गर्न सकिने डा. पुन बताउँछन्। "लामो समयदेखि समुदायमा सङ्क्रमण भए नभएको विवाद भइरहेको अवस्थामा यस्तो परीक्षण गरिनु सकारात्मक छ। यसलाई अलि पहिले नै गर्न सकिएको भए परिस्थितिअनुसार तयारी गर्न सहज हुने थियो," उनले भने। यो पनि हेर्नुहोला कोभिड-१९ को भविष्य के होला
news-50474215
https://www.bbc.com/nepali/news-50474215
भूकम्पपछि फेरिएको रङ्गशालाको नयाँ रूप
२०७२ सालको भूकम्पका कारण जीर्ण बनेको दशरथ रङ्गशालाले दक्षिण एशियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा नयाँ रूप पाएको छ।
पुनर्निर्माण अन्तिम चरणमा पुगेको रङ्गशालामा साग खेलकुदका उद्घाटन र समापन रङ्गशालामा हुने खेलकुद परिषद्ले जनाएको छ। मुख्य चिन्ताको विषय बनेको भीआईपी प्यारापिटको छानो हाल्ने काम पनि यसै हप्ताको अन्त्यसम्ममा सकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाले बताए। प्यारापिटमा विभिन्न रङ्गका ११ हजार चार सय वटाभन्दा बढी कुर्सी राखिसकिएको छ भने विशिष्ट अतिथिका लागि चार हजार वटा कुर्सी पनि यसै साता थपिँदैछन्। निर्धारित समयमा रङ्गशाला नबन्दा विश्वकप फुटबल छनौटको एक खेल भुटानमा आयोजना गर्नुपरेको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि: 'गल्फमा पदक पक्का'